मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चुनाव गराइराख्‍ने कि अर्को उपाय रोज्ने?

    देश कामचलाउ सरकारको हातमा पुगेको एक महिना हुन लागिसक्यो तर नयाँ सरकार बन्ने छाँटकाँट छैन। संसदमा कसैले पनि बहुमत पुर्‍याउन सकेका छैनन् दुई पटक चुनाव भइसक्यो, १७ गते तेस्रो पटक हुँदैछ। एमाले तटस्थ बस्ने भनेपछि काँग्रेस उम्मेदवारले बाँकी सबै सां‍सद मिल्दा पनि ३०१ पुर्‍याउन सक्दैनन्। फोरमले सहयोग नगरेसम्म माओवादीले कुनै हालतमा बहुमत पुर्‍याउन सक्दैन। अहिले [...]

    अबको प्रधानमन्त्री को?

    प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि अब कसको नेतृत्वमा कस्तो सरकार (सहमतीय, बहुमतीय) बन्नुपर्छ जस्तो तपाईँलाई लाग्छ ? अब तपाईँको पालो- तपाईँको रोजाइको प्रधानमन्त्री र तपाईँले रोज्नुको कारण पनि संक्षेपमा लेख्‍नुस्।

    गोल हैन काकाले पाए रेडकार्डको मोल

    विश्वकप २०१० सुरु हुनुअघिदेखि नै चर्चामा रहेका केही खेलाडीमध्ये एक थिए ब्राजिलका काका। अहिलेसम्म उनले एक गोल पनि नगरे पनि २ गोलले अग्रता लिइराखेको आजको खेलमा बिनसित्तिमा रेडकार्डको महँगो मोल चुकाउन पुगेका छन्। ३ गोलले अग्रता लिइराखेको खेलमा ७९ औँ मिनेटमा आइभोरी कोस्टका कप्तान ड्रोग्बाले गोल गरेपछि एकाएक खेल फुटबल हैन, कुस्तीमा परिणत भएको [...]

    झिङ्गा भन्केको जस्तो आवाज किन?

    विश्वकपका खेलहरु हेर्ने गर्नुभएको छ भने पक्कै याद गर्नुभएको हुनुपर्छ, खेल हुँदै गर्दा झिङ्गा भन्केको जस्तो भुँSSSS आवाज आएको आयै गर्छ। कतिपय बेला त कमेन्ट्री पनि सुन्न पाइन्न। मैदानको आवाजको त कुरै छाडौँ, कमेन्टेटरको आवाजलाई समेत दबाई दिन्छ यो आवाजले। एकोहोरो भूँSSSS भूँSSSS!!!

    के हो त यो ? यो भुभुजेला रहेछ। एक मिटर जति लामो [...]

    अब तपाईँको पालोः समाधानको उपाय के?

    देश झन् झन् असहमति, अविश्वासको बाटोमा लम्किरहेको छ। नेताहरु आ-आफ्नै जिद्दीमा कायम छन्। उनीहरुको बोली झन् झन् कडा हुँदै गएको छ। हामी नेताहरुलाई यो वा ऊ भनेर गाली गर्छौँ। एकछिनका लागि मानौँ तपाईँ कुनै दलका नेता हुनुहुन्छ। लौ अब तपाईँको पालो, भन्नुस्- अहिलेको राजनीतिक गतिरोधको समाधान कसरी गर्नुहुन्छ ? समाधानका लागि कसले के गर्नुपर्छ ? [...]

    डाइलग लेख्‍नुस्, प्रशंसा जित्‍नुस्

    भारतीय प्रधानमन्त्री मनमोहन सिंह र हाम्रा प्रधानमन्त्री माधवकुमार नेपालको भुटानको राजधानी थिम्पुमा सार्क सम्मेलनको समापनपछि खिचिएको यो फोटोमा दुवैले के भनिरहेका होलान् ? संभावित संवाद (डाइलग) लेख्‍नुस्। तपाईँको काल्पनिक तर यथार्थ लाग्ने रोचक एवं घोचक डाइलगले पाठकको प्रशंसा जित्‍नेछ। सबैभन्दा बढी हरियो पाउने संवादलाई फोटोमुनि डाइलगका रुपमा राखिनेछ।

    [...]

    अनुमान लगाउनुस्, कुन ठाउँ हो यो?

    माइस‍ंसारमा एकोहोरो राजनीतिक कुराबाट ब्रेक लिन हामी कहिलेकाहीँ यस्तो अनुमान लगाउने रमाइलो गर्ने गर्थ्यौँ। तर यो क्रम टुटेको धेरै भइसकेको रहेछ।

    आज फेरि एउटा त्यस्तै अनुमान लगाउने ब्लग छ। नेपाल बन्द भएको भए गर्मीमा खुट्टा खियाउनु पर्थ्यो, बन्द फिर्ता भएको खुसियालीमा अनुमान लगाएर दिमाग खिया‌‌औँ।

    ल भन्नुस्, यो नेपालको कुन ठाउँको फोटो [...]

    काँग्रेसमा अब को?

    सभापति गिरिजाप्रसाद कोइरालारुपी ठूलो रुख ढलेपछि अहिले नेपाली काँग्रेसमा नेतृत्वको होडबाजी चलेको छ। आधिकारिक रुपमा सुशील कोइराला कार्यवाहक सभापति थिए, सभापतिको मृत्युपछि अब उनी सभापति भएका छन्। त्यसैगरी वरियताक्रममा कोइरालापछि दोस्रो भनिएका शेरबहादुर देउवा छन्। अनि उनै देउवालाई हराएर संसदीय दलका नेतामा निर्वाचित भएका रामचन्द्र पौडेल पनि छन्। तपाईँको विचारमा यी तीन नेता कोइराला, देउवा [...]

    बीबीसीका लागि ब्लगिङ

    अपडेटः यो कार्यक्रम सकियो। प्राविधिक कारणले समस्या धेरै निम्तियो। हुँदाहुँदा सहभागीहरुले कागजमा लेखेर वेबक्याममा देखाएर एकापसमा कुरा गरे। आफूले पनि एक दुई पटक त त्यस्तै गरियो। हुँदाहुँदा अन्तिमतिर त कार्यक्रम सञ्चालकले समेत सबै सहभागीलाई कागजमा लेखेको सन्देश देखाउन भनेका थिए। यसको प्रतिक्रियामा भेनेजुएलाका फ्रान्सिस्कोले ट्विट गरे- asking people to handscroll bits of text on paper [...]

    के त्यो व्यङ्ग्य मात्रै थियो?

    यहाँका दलहरुले केही निर्णय क्षमता राख्दैनन् त्यसैले अब दिल्ली गएर वार्ता गर्छु, यही मञ्चबाट दिल्लीसँग वार्ता सुरु भएको उद्‌घोष गर्छु भन्ने प्रचण्डले हिजो बीबीसीसँगको अन्तर्वार्तामा ‘आन्तरिक मामिलामा दिल्लीसँग वार्ता गर्छु भनेको यहाँका दलहरुका लागि व्यङ्ग्य मात्रै हो’, मेरो भाषणको सार त्यस्तो हैन, पत्रिकाहरुले तोडमरोड गरे भनेका छन्। तपाईँले पनि भाषण सुन्नुभएकै होला। नभए यहाँ गएर [...]

    eXTReMe Tracker