-दीपेन्द्र दोङ तामाङ-
ढक्ढक……ढकढक……………।
अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो ।
को हँ ? ढोका ढक्ढक्याउँने ?? माथि चोटामा सुत्नुभएका सेते काकाले माथिबाटै सोध्नुभयो ।
हामी हौं काका । बाहिरबाट आवाज आयो ।
ए तिमीहरु पो । ल,ल एकछिन है । परिचित आवाज सुनेर होला सेते काका आश्वस्त हुनुभयो ।
एकछिन पछि सेते काका तल ओर्लेर ढोका खोल्नुभयो । अनि बाहिरबाट कम्व्याक्ट पोशाकधारी एक जना पुरुष र दुई जना महिला भित्र पसे । ती महिला दुवैले बन्दुक पनि भिरेका थिए ।
उहाँहरु चाहिं को नि ? परिचित जस्तै लाग्ने पुरुषले सोधे । अब भने मलाई पनि त्यो आवाज र अनुहार ठम्याउँन गाह्रो भएन । उनी कोही नभएर गाउँकै नाम्गेल दाइ हुनुहुन्थ्यो । जो माओवादीका क्षेत्रीय कमाण्डर हुन् भन्ने सुनेको थिएँ ।
म हूँ,नाम्गेल दाइ । म आफैंले शुरुमा बोलें ।
मेरो आवाज सुनेर नाम्गेल दाइले मेरो अनुहारमा टर्च लाइटको उज्यालो फ्याँक्नुभयो र बोल्नुभयो–ए तिमी पो भाइ ? अनि कहाँबाट हौ ?
शहरबाट आजै आएको दाइ । आउँदा आउँदा ढिला भयो अनि आज यतै बसें । घरमा हजुर वुवा विरामी हुनुहुन्छ रे भनेर आएको । मैले आफू आउँनुको उद्देश्य पनि सुनाएँ ।
ल ठीक छ ।
यति भनेर उहाँले सँगैका दुईटी महिलाहरुको कानमा के के भन्नुभयो,आवाज प्रष्ट भएन । एकैछिन् पछि एक जना बोलिन्–ओहो तपाई पो ? तपाईसँग यसरी अप्रत्यासित भेट होला भनेर मैले त सोचेकै थिइनँ । म तपाईको कार्यक्रम नियमित रुपमा सुन्छु अनि लेखहरु पनि पाए जति पढेकी छु ।
म छक्क परें । छापामार युवती अनि मेरो श्रोता र पाठक ? मनमनै सोंचें,तै पनि खुशी नै लाग्यो ।
परिचय आदन प्रदान भयो । उनले आफ्नो वास्तविक नाम म्हारसाङ र पार्टीले दिएको नाम सुगन्धा रहेको बताइन् । दुवै नाम कति राम्रा । मनमनै सोचें ।
अँध्यारोको बीचमै पनि मैले उनको अनुहार ठम्याउँन खोजें । होचो कद,गोरी र गोलो मुहार र अलि बुक्क परेको गालाकी धनी म्हारसाङ अर्थात सुगन्धा शायद पुग नपुग बीस वर्षकी हुँदो हो । मैले त्यति नै अनुमान लगाएँ ।
उनीहरु रात्री गस्तीमा हिडेका रहेछन् । मेरो सम्पर्क नम्बर मागिन् सुगन्धाले । दिउँ कि नदिउँ भन्ने दोधारमा परें म ।
किन हिच्किचाउँनुभएको भएको ? म तपाईको नम्बर दुरुपयोग गर्दिनँ नि । तै पनि विश्वास लाग्दैन भने चाहिंदैन है । म अलमलिएको देखेर उनी आफैं बोलिन् ।
त्यसपछि मलाई आफ्नो नम्बर दिन करै लाग्यो । तर पनि मैले अफिसको नम्बर मात्र दिएँ । घरको नम्बर दिने हिम्मत आएन ।
धन्यवाद दिएर गए उनीहरु । तर खै किन हो त्यो रातभरि सुगन्धाकै झल्को मात्र आइरह्यो मलाई ।
………………………………………………………………………………………………..
पत्रकार त्यही पनि फुल टाइमर । यतिकै दौडधुप हुने भैहाल्यो । त्यसमाथि विहान एउटा रेडियो र साँझपख एउटा दैनिक पत्रिकामा काम गर्थें । त्यसैले कामको चटारो निकै नै थियो । तर आफ्नो रुचीको विषय र आफैंले छानेको क्षेत्र भएर पनि होला,जति नै चटारो भए पनि रमाइलो नै लाग्थ्यो ।
फेरि पत्रकारिता क्षेत्र नै यस्तै छ,हरेक दिन नयाँ नयाँ विषय र चुनौतिहरुसँग अपडेट भैरहनुपर्ने ।
म आफ्नै काममा व्यस्त थिएँ । कार्यक्रममको तयारी गर्दै थिएँ ।
सर तपाईको फोन आएको छ ।
रिसेप्सनिष्टले मेरो एक्सटेन्सन नम्बरमा कल गरेर जनाउ दिइन् ।
कसको रहेछ ? नाम सोधिनौ त ? मेरो प्रश्न ।
अँ सोधेको भन्नु भएन । कुनै केटी छिन् सर । के गरौं सर,लाइन पास गरौं कि नाई ? रिसेप्सनिष्टको आवाज सुनियो ।
को होलिन् त ? म एकैछिन् गम्नतिर लागें । शायद म अल्मलिएको थाहा पाएर होला रिसेप्सनिष्ट फेरि बोलिन्–होल्डमा राखेको निकै वेर भयो । लाइन पास गर्दिन्छु है सर ?
मैले पनि हुन्छ भनिदिएँ । रिसेप्सनिष्टले फोनको लाइन पास गरिदिइन् ।
हेलो । फ्याफुल्ला । निकै वेर पो कुराउँनुभयो त । व्यस्त हुनुहुन्थ्यो होला,डिस्टर्व त गरिनँ कतै ? फोनमा कुनै युवती मसँगै बोल्दै थिइन् । आवाज त कतै सुनेको र परिचित जस्तै लाग्यो ।
हजुर,म कार्यक्रमको तयारी गर्दै थिएँ । त्यसैले अलि वेर भयो । मैले जवाफ दिएँ । तर मनमा भने को होलिन् भनेर ठम्याउँने प्रयास गर्दै थिएँ ।
मलाई चिन्नुभयो त पत्रकारज्यू ? उताबाट जटिल प्रश्न आयो । जटिल यस अर्थमा कि म त्यसैको उत्तर नपाएर मनमनै अल्मलमा परिरहेको थिएँ ।
अँ….ठम्याउँन अलि मुस्किल भयो । मेरो मुखवाट फुत्ता निस्कियो ।
ल यति चाँडै विर्सनुभएको ? कति स्वार्थी हो तपाई त । म सुगन्धा बोल्दैछु । उनले आफैं परिचय खोलिन् ।
ओहो तिमी पो ? अहिले कहाँबाट ? अप्रत्यासित जवाफ पाएर म आश्चर्यमा परेको थिएँ ।
अहिले वनेपामा छु । शहर आइपुगेको बेलामा तपाईको सम्झना आयो अनि फोन गरेको नि । मैले गल्ति त गरिनँ ? उनले स्वभाविक आवाजमा बोलिन् ।
कसैले कसैलाई सम्झनु पनि गल्ति हो र ? अनि वनेपामा किन नि ? ड्युटी छैन र हिजो आज ? मैले फेरि सोधें ।
व्यक्तिगत कामले आएको नि । किन र हाम्रो चाहिं व्यक्तिगत जीवन हुन्न र ? उनले अलि असन्तुष्टी व्यक्त गरिन् ।
ल मैले त्यसो भनें र ? म आत्तिएँ ।
त्यसपछि उनी एकछिन् मज्जाले हाँसिन् । उनको त्यो हाँसो,कुरा गराइ सुन्दा उनी एउटा सशस्त्र मोर्चासँग आवद्ध छिन् र प्रत्येक पाइला पाइलामा दुष्मनको खतरा छन् भन्ने विर्सन करै लाग्थ्यो ।
त्यसदिन झण्डै दस मिनेट टेलिफोन वार्ता गर्यौं हामीले । त्यो वार्तासँगै हामीबीचको दुरी अझ छोटिएछ क्यार,मैले उनलाई घरको नम्बर पनि दिएँ ।
बाँचिएछ भने फेरि मौका मिल्नसाथ तपाईलाई कल गर्नेछु । यति भनेर उनले फोन राखिदिइन् ।
उनको त्यो भनाइले मेरो मनमा चिसो पस्यो । कता कता नरमाइलो लाग्यो । त्यो उदासी मेटाउँन झण्डै एक हप्ता नै लाग्यो मलाई ।
……………………………………………
त्यसपछि पनि कहिले घर त कहिले अफिसमा म्हारसाङ उर्फ सुगन्धाको फोन कल आइरह्यो ।
अलिकति वातावरण मिल्यो उनी मलाई फोन गर्न विर्सन्न थिइन् । उनीसँग फोनमा कुरा गर्न पाउँदा खै किन हो मलाई अर्कै किसिमको आनन्द आउँथ्यो । एक किसिमको आत्मीयता महसुस हुन्थ्यो । अनि उनी त एउटा विचार र आस्थासँग आवद्ध भएर मुक्तिका नाउँमा कि मार्ने कि मर्ने लडाइँमा होमिएकी क.सुगन्धा हुन् भन्ने कुराले भने कहिले कहीं भित्री मनलाई खिन्न पनि बनाउँथ्यो ।
म सुगन्धाप्रति आकर्षित भएछु कि के हो ? केही दिन मात्र उनको फोन आउँनमा ढिलाइ भयो कि म आत्तिन थाल्थें । उनी भूमिगत जीवनमा छिन् र पलपल खतरा मोलेर हिडेकी छिन् भन्ने पनि विर्सन्थें म । वस्,मैले चाहेको वेलामा कुरा गर्न पाइयोस्,मेरो मन यस्तै भन्थ्यो ।
उताा सशस्त्र संघर्षको क्रम अझ चुलिदै गएको थियो । देशको कार्यकारी शासन राजाले लिएसँगै संकटकालको घोषणा भैसकेको थियो । विद्रोहीहरु प्रायको टाउकोको मूल्य तोकिएको थियो ।
त्योसँगै हत्या,भिडन्त र विस्फोटका खबरहरु सामान्य जस्तै थिए । सञ्चारकर्मी भएको नाताले त्यस्ता खबर सबैभन्दा पहिले हामीलाई नै आउँथे । त्यस्ता खबरहरु सुन्दा म त्यसै त्यसै आत्तिन्थे । सुगन्धाको अनुहार र वोलीको झलझली याद आउँथ्यो ।
शायद मेरो मनोदशा बुझेर होला,कतै ठूलो भिडन्त वा क्षतिको केही खबर आए कि तुरुन्तै सुगन्धा फोन सम्पर्कमा आउँथिन् । उनको आशय म बुझ्थें । म चिन्तामा पर्छु भन्ने लागेर मेरो शंका मेटाउँन उनी त्यसरी सम्पर्कमा आउँथिन् ।
तिमीलाई के लाग्छ मिक्साङ–कतै मैले सुगन्धालाई माया त गर्न थालेको थिइनँ ?
………………………………………………………….
म काठमाडौं आएको छु । म आउँनुको एउटै कारण तपाईसँगको भेट हो । कहाँ भेटौं हामी ?
एकदिन बेलुकी मेरो घरमा फोन गरेर सुगन्धाले आफू काठमाडौं आएको खबर र त्यसको उद्देश्य पनि सुनाइन् ।
हो र ? कहिले आयौ ? कहाँ बसेकी छ्यौ नि ? मैले पनि खुशी दर्शाउँदै सोधें ।
आजै आएकी । दिदी भिनाजुकोमा बसेकी छु । उनले जवाफ दिइन् ।
भोलि विहान स्वयम्भूमा भेटौं न, हुन्छ ? उनैले प्रस्ताव राखिन् ।
हुन्छ । विहान ७ बजे आउँछु म,माथि मूल स्तूपमै । मैले पनि स्वीकृति जनाएँ ।
…………………..
वाचा गरे अनुसार म विहान सातै बजे स्वयम्भू स्तुपमा पुगें । तर उनी भने आइसकेकी थिइनन् । म घडी हेर्दै तुवाँलो भित्र लुकिरहेको काठमाडौं उपत्यकालाई एक्लै नियालिरहें ।
सरी है,ढिला भएँ । फ्यापुल्ला । एक्कासी सुगन्धाको आवाज सुनियो ।
आवाजलाई पछ्याउँदै म उतैतिर फर्कें । जिन्स पाइन्ट र टिसर्ट अनि सेतो स्पोर्टस् जुत्तामा ठाँटिएकी एउटी मस्तकी युवती मतिरै मधुर मुस्कान छर्दै थिइन् । म अल्मलमा परें ।
चिन्नुभएन ? म सुगन्धा ।।
ती शहरीया र खुवै आधुनिक जस्ती लाग्ने युवती त सुगन्धा पो रहिछिन् । मलाई बडो अचम्म लाग्यो । हुन पो हो मैले थुम्काको सेते काकाको घरमा भेटिदा कम्व्यक्ट पोशाक,टोपी र बन्दुकमा सजिएकी धुलो र मैली सुगन्धालाई यस रुपमा भेटिन्छु भन्ने त मैले कल्पनामा पनि सोचेको थिइनँ ।
तिमी पो ? मेरो आश्चार्य प्रश्न भनेर निस्कियो ।
तपाई शहरमा बस्ने मान्छे,आँखा र मन पनि शहरिया नै भयो होला । अनि तपाईको आँखा र मनमा आफूलाई पार्न पनि शहर सुहाउँदो फेसन त गर्नै पर्यो नि होइन र ? उनी उल्टै जिस्किइन् ।
मैले के भनेर उत्तर दिनु ? मसँग कुनै जवाफ नै छैनँ सुगन्धा । मैले यति बोलें ।
त्यसो त मैले पनि कहाँ उत्तर मागेकी छु र पत्रकारज्यू ? उनी अझै मस्किइन् ।
स्वयम्भूको दर्शन गरिसकेपछि हामी तल ओर्लियौं र एउटा खाजाघरमा पस्यौं ।
सरकारी बोकाहरुलाई छल्न पनि यस्तो गेटअप चाहिन्छ । गफिने क्रममा सुगन्धाले आफ्नो नयाँ गेटअपको रहस्य खोलिन् ।
कुराकानीकै क्रममा मैले उनी कसरी म्हारसाङबाट सुगन्धा बनिन् भनेर जान्न चाहें ।
तर मेरो कुरालाई चलाखीपूर्वक छलिरहिन् उनले । सिर्फ यति भनिन्–हामीले लडिरहेको यो युद्धले भोलि कस्तो रुप लिन्छ,थाहा छैन । तर यति चाहिं पक्का छ कि हामीले शुरु गरेको वर्गीय,समानत र पहिचानको यो लडाइँमा स्वस्फूर्त रुपमा जनताको साथ रहनेछ ।
उनीसँग कुरा गरिरहँदा मलाई लाग्यो उनी युद्धको कुरा गर्न चाहन्नन् । किन कि यसमा उनी पटक्कै इन्टरेष्ट दिइरहेकी थिइनन् । युद्धमा होमिएकी एउटी छापामार सेना किन त्यसमा अरुची देखाइरहेकी छिन् ? मलाई मनमा कता कता खट्किरह्यो ।
हुनसक्छ युद्धको कुरा गरेर मेरो मनमा युद्धप्रतिको वितृष्णा नजागोस् भन्ने चाहन्थिन् उनी । अथवा निरस युद्धको धङ्धङ्दीबाट उन्मुक्ति चाहन्थिन् उनी । त्यसैले मैले पनि युद्धको बारेमा सोध्न छोडिदिएँ ।
त्यसपछि हामीले एक अर्काका नीजि मामिलाका बारेमा केही वेर गफ गर्यौं । साथै भविष्य र सपनाका बारेमा पनि गफियौं ।
त्यसरी सुगन्धासँग गफिइरहँदा ममा कता कता आत्मीयताबोध भैरहेको थियो । उनको कुरा गर्ने शैली,रुपरंग र विचार सबै राम्रा लाग्थे मलाई । उनको कुरा सुन्दा कता कता उनी पनि मप्रति आकर्षित भएकी छिन् भन्ने आभाष मिल्थ्यो । तर त्यसबारेमा न मैले खुलेर भन्न चाहें, न त उनले नै । मात्र आँखा र मुटुको धड्कनले मात्र भनिरहेको थियो–हो हामी साँच्चै मायामा परेका छौं ।
करीब पैंतालीस मिनेटको कुराकानी पछि हामी छुट्टियौं । फेरि सहर आउँदा भेट्ने र मौका पाउँनसाथ टेलिफोनमा कुरा गर्ने सहमति भयो हामीबीच । छुट्टिने बेलामा भावुक मुद्रामा उनी बोलिन्–आफ्नो ख्याल राख्नु ।
ख्याल त तिमीले पो राख्नुपर्छ त सुगन्धा । किन कि तिमीले पल पल तिम्रै शब्दमा वर्गीय र सामन्ती शत्रुहरुसँग सामना गरिरहनुपर्छ । आफ्नो मृत्युलाई समेत देश र जनताका लागि तिमीले जो नामसारी गरिदिएकी छौ । मैले जवाफ दिएँ ।
उनी केही बोलिनन्,मात्र एक मुस्कान छरिन् । मैले त्यो मुस्कान खेर फाल्न चाहिनँ । झटपट मनको क्यामरा खोलें र मुटुभित्रै खिचेर राखें–मेरी सुगन्धाको त्यो अमूल्य मुस्कानको तस्वीर ।
(प्रकाशोन्मुख उपन्यास ‘मिक्साङ’बाट)
प्रिय पाठक साथीहरु,यहाँहरुको अमूल्य सुझाव,कमेंट्स र जिज्ञासाका लागि धन्यवाद । मेरो आउन लागेको यो उपन्यास कुनै वाद र सिद्दान्तको पक्षमा भन्दा पनि पहिचानको राजनीति गरिरहदा नागरिकहरुमा बढ्दै गएको भ्रम,अन्यौलता र आशंका माथि केन्द्रित छ । तर यसले न कसैको समर्थन गरेको छ,न त विरोध नै । मात्र विश्लेषण गरेको छ । कुनै सुझाव र कमेंट्स भए [email protected] मा पठाउनुहोला ।
हामि नेपालि हरु फिलिम नहेरी नराम्रो भन्ने धन्ग्धंगी बाट उठ्न सकेको छैनौं भन्ने प्रमाण हुन् कमेन्ट हरु नि,किताब नै ननिस्कि यो एस्तो र तेस्तो भन्न थालिसके,अरु जे जस्तो भएनी सृजना भनेको कला हो जो सबै संग हुदैन,दिपेन्द्र जी लाइ अग्रिम शुभकामना..तपाईं को कृति सफल होस्,जसको बारे मा लेखिए नि सत्य कुरा लै धेरै नबनग्गाइयेको होस् जय होस्
“काम कुरा कता-कता कुम्लो बोकी ठिमीतिर भनेको यहि हो ”
सीर्सक यकातिर कमेन्ट लेख्ने अर्को तिर राम्रोसंग पढेर कमेन्ट लेख्नु बयकोभय हुन्थ्यो नि पाठक वर्गहरु ले यो पार्टी भित्र को कुरा हैन धेरै वर्षा पछि भेटेको फेरी भेटेमान सकिन्छ कि नमरेको भय बन्ने खालको भाब लेख्नु भयको छ पत्रकर जी ले …..
यसले पाठक बर्गको मुटुमा नछोय पनि मेरो मुटुमा छुरा प्रहार गर्यो दान्ने बाद पत्रकार ज्यु!!!,
कोठा हो कि कोठीमा बसेर युद्धको बारेमा मनगढन्ते ‘उपन्यास’ लेखेर परिवर्तनकामीहरूलाई बद्नाम गर्न खोज्नेहरूको यो प्रयास ‘सह्रानीय’ छ । बक्शीस थाप्न गए हुन्छ ।
कोठा हो कि कोठीमा बसेर “ज्यानमाराहरुको” समर्थनमा कमेन्ट लेख्नेलेहरुले….बक्सिस थापे जस्तै, कि कसो ?
एक नागरिकको हैसियतले कसैको कुरामा समर्थन वा विरोध गर्न पाउनु अधिकारको कुरा हो । तर हावालारी कथा अनि उपन्यास लेखेर समाज अनि देशलाई दिग्भ्रमित पार्नु जतिको गलत हो त्यसको विरोध उत्तिकै जायज । चेतना भया !
“कुरामा” समर्थन गर्नु र “कर्तुतको” समर्थन गर्नुमा त आकाश र जमीन जस्तै हो…चेतना भया..! बाँकि भए !
कुरामा समर्थन र बिरोध गर्न त पाइन्छ
तर कर्तुतको “अपराधको” पनि समर्थन गर्ने या त रोगी हो वा पाल्तु….!
हर्केको यो भनाइ, माडी (बादरमुडे बस बिस्फोट) हत्याकाण्डको समेत बिरोध गर्न नसक्नेहरुलाई हो….!
कसको पाण्डुलिपीमा पढिबक्स्यो महाराजले ? जब-जब बाँदरमुढेजस्ता घटनाको कुरा अाउँछ, तब तब मेरो शीर झुक्छ । तर पनि जानकारीका लागि, युद्धकालमा यस्ता कैयौं घटना हुन्छन्, जानाजान वा अञ्जान । माओवादीले त यो घटनाका लागि खुला अनि औपचारिकरूपमा माफी नै मागेको हो । कुरालाई बटारीबटारी प्रस्तुत गर्ने महारोगी हो वा महाराजको पाल्तु ?
पुष्प जी,
बादरमुडेमा “अपराध” तपाइले गरेको हैन….तेसैले तपाइले “सिर-झुकाउनु” पर्दैन…..! तर तेस्ता अपराधहरुको भने डटेर बिरोध गर्नुस….परेको हर्केले बेहोर्छ…!
नेपालीहरुको हकमा तपाइको अर्ति काम लाग्दैन रहेछ हर्के जी !
अब हिजो पिस्कर र छिन्तंगमा आइमाई केटाकेटीहरुसहित स्वाहा गराउनेलाई आज “फर्किनु पर्यो” , ” इनिहरु धेरै ठिक”, ” ईनको पालामात राम राज्य थियो” भनेर कुर्लिने मान्छे हरु प्रसस्त भेटिन थालेका छन्! सब समयको खेल रहेछ हर्के जी – भोलि गएर यै बादरमुढे काण्ड गराउने हरुप्रति पनि सहनाभूति राख्ने हरु न आउलान भन्न सकिन्न!!
बिबेक जी,
अर्ति त होइन, हर्केले भावना साट्न खोजेको हो !
समय भन्दा बलवान त कोहि छैन तर पनि,
जसरी रावण मारेर संसारबाट दानबियता निर्मुल भएन, कौरबहरु मरेर भारत बाट पाप त भागेंन….तेस्तै कुनै ब्यक्ति वा ब्यबस्था बदलिदैमा चमत्कार नै चाई नहुने नै रहेछ…! होइन र ?
स्कुले बालक, अनपढहरुलाई युद्धमा होमेर तेसैको माध्यमबाट दरबार / घरबार जोड्ने तपाईहरुका महान (?) काम्रेड़ हरुभन्दा बक्शिस थाप्ने लेखकहरु कता हो कता राम्रो लग्यो मलाइ अहिले हेर्दा / दुवै ले धेरथोर परिबर्तन ल्याउछन समाजमा, तर एउटा ले चाइ अति हानिकारक …………….
दिपेंद्रजी
पत्रकार र छापामार केटीको लब का पुगीयेर टुन्गीयेला खै , न पत्रकार प्रधान मन्त्रि बनेको नेपाल मा इतिहास छ न छापामार केटि ले केहि पाइन् होला |
यथार्थमा युद्द सकिपछी केहि रकम पाएर सिंगल मम हुदै एउटा बचा र केहि पैसा सम्म पाइन् होला |
यो उपन्यास लेखि न सकेको भए प्रचण्ड पुत्रलाई पनि येसो सुगन्धा सग लसपस गराइदिनुस त् कहानी मा ट्वीस्ट आउछ |
पल्पसा क्याफेको छनक आयो | मलाई मात्र हो कि पढ्ने सबैलाई हो ?
सुगन्धा कथाको यउति महिला पात्रको रुपमा मुल्याकन गर्ने हो भनेत ठिकै होला तर राजनतिक पात्रको रुपमा मुल्यांकन गर्ने हो भने उनि मात्र उपभोग गर्नु गरेको पुतली भन्दा फरक देखिंदैन/
अहा……..! कति राम्रो नाम जुराइदिएछ पार्टीले “सुगन्धा”!
यस्तै सुगन्धाहरुको जीवन बर्बाद गरेर देशभरि “दुर्गन्ध” फैलाउनेहरुको मुखैभरि थुकिदिनु पर्ने बेला आएको छ….चेतना भया !
……..एस्ता थुप्रै सुगन्धा हरु अहिले दुर्गन्ध को पोखरी मा देख्दा छाती चसक्क हुन्छ !…. यी लाटा सोझा सुगन्धा हरु लाई जन्माउने, हुर्काउने र गलत रुप मा प्रयोग गर्ने स्याल हरु लाई नेपाली धर्ति ले कहिल्लै माफ गर्ने छैन !! नेपाल आमा ले कहिल्लै माफ गर्ने छैनन् !!!
दिपेन्द्र जी तपाईंको प्रकाशोन्मुख उपन्यास चाँडै पढ्न पाइयोस् ।
पहिले इस्कुल बाट भागेर दमक तिर गएर हिन्दि फिल्म हेरिन्थ्यो. बिच मा पछि आउने फिल्म को टेलर देखाएर फेरि इस्कुल बाट भागेर फिल्म हेर्न जाऊ जाऊ बनवौथियो तेस्तै यो उपन्याश त नपढी नहुने पो बनाए त यी मित्र ले .
सुगन्धा कै शब्द मा हामीले लडिरहेको यो युद्धले भोलि कस्तो रुप लिन्छ,थाहा छैन । तर यति चाहिं पक्का छ कि हामीले शुरु गरेको वर्गीय,समानत र पहिचानको यो लडाइँमा स्वस्फूर्त रुपमा जनताको साथ रहनेछ ।
धिक्कार छ ती क्रान्तिकारी भनौदा टाउके नेताहरु लै जसले बिसौ हजार जनता को रगत मा होलि खेलेर करोडौ का अलिशन महल मा बसेर प्राडो पजेरो मा सयर गर्दै छन् मेरो सहानुभूति छ सुगन्धा तीमिहरुले सुरु गरेको बर्गीय समानता र पहिचान को त्यो लडाइ को पहिचान तीम्रा नेता हरु ले जनता लै दीसके देखिनाऊ यी तुम्मा हरु को पारा आफ्नै भुडी भर्न मा तल्लिन कुपुतुम्मा हरु….
थम्म्स अप लेखक जी कथा को एउटा सानो अम्स भएपनि सुन्दर लग्यो अभिबेक्ति को सुन्दर संयोजन … कलम ले सार्थकता पाउदै जावोस …. लेखक लै साधुबाद …….
प्राकृतिक मनोरम लाई कसैले उपहास गर्न सक्दैन भन्ने कुरालाई कथाकारले प्रस्तुत गर्न खोजेको जस्तो छ / आफ्नो घर परिवार इष्ट मित्र बाट टाढा रही शोषित र उत्पीडित बर्गको उत्थानको लागी बर्गीय र सामन्ती शत्रुहरुको सामना गर्दै हिडेकी सुगन्धा र पत्रकार फ्याफुल्ला लाई आ-आफ्ना प्राकृतिक सुन्दरले येसरी मोहित बनायो कि धन्न्न धन्न्न आफ्नो उद्देशबाट बिचलित हुन पुगे / तेसैले हरेक कार्यको सम्पादनको सिलसिलामा प्राकृतिक मनोरम बाट टाढा रहन खाजेमा कार्य सम्पादनमा पूर्णता न आउछ पनि सक्छ तर एसको मतलब प्राकृतिक मनोरम मा चर्लुम्म हुनु भने होइन
बिष्णु अधिकारी
तामांग जी, यो पढेर हाम्रा प्रकाश दाहाल जी ले फेरि धुइधुइति “सुगन्धा” लाई खोज्न थाल्लान्नी! कैयौ सुगन्धा लाई दुर्गंधा बनाएर पनि अझै चित्त बुझेको छैन जस्तो छ, अर्का कि श्रीमती त खोस्नेले कसैको प्रेमिका खोस्न के साइत हेर्नु पर्ला र ?
यी सुगंदाहरु को बलिदानको न उचित कदर भयो न सम्मान मात्र लाजिम्पाट दरबार.. राडो, प्राडो मा परिणत भए आज |
ति आशा ,आस्था ,त्याग बाट प्राप्त यी परिबर्तनलाइ मुट्ठीभर नेता ,कार्यकर्ता ले सम्पती र सुविधामा साटे सुगन्धा ! तिमि र तिमि जस्तै लड्ने हरुको सपना र रगत संग साटिएको छ महल , साप्रा र हुस्कीहरु ! जनताको भो कुरा नगरौ सुगन्धा यो त उस्काउने,उफ्राउने ,मराउने र सधै सधै को लागी लडाउने निरह बस्तु रहेछ \
वा… वा …यो हो प्रेमको सुरुवात, फुल काढा बीच फ़ुल्छ भन्ने प्रमाणित भएन र ?
र त्यो फूल को बास्ना डुल्न थाल्छ एउटा खास समय आएपछि , त्येसले वोरीपरीको काढा सहजै नाघेर पनि हेरनुहोस्त कसरि एउटा पत्रकार सम्म आयिपुग्यो? छोटो मिठो स्वादिलो कथा को लागि लेखकलाई धेरै धन्येबाद १ अस्तु 1
बिजापन नगरी केहि नहुने भो आखिर संसार बिज्ञापन ले नै चलाएको छ
युद्ध कालका कमरेड सुगन्ध सत्ता पछि दुर्गन्ध भए र पो हाम लाइ चिन्ता लाइरछ उपन्यास कार को रचनालाई बधाई