यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

यज्ञनिधि र पुरस्कार

डा. लेखनाथ काफ्ले

‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्‍याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्‍याउने उनको कार्य निकै महत्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए पनि उनी दाहाल यज्ञनिधि भनेर आफुलाई चिनाउछन, ‘यज्ञनिधि त पछि आएको हो, दाहाल त जन्मिनासाथ जोडिएको हो । पहिले आएको पहिले पछि आएको पछि’उनको सजिलो ब्याख्या । खोटाङ खाल्ले ८ धारापानीमा बि. सं. २०१० साउन ४ गते जन्मेका उनी माता कृष्णा कुमारी पिता तारानाथ दाहालका जेठ छोरा हुन् ।

उनले रेडियो नेपाल मार्फत नेपाली साहित्यको २०३४ साल देखि २०६१/६२ सम्म निरन्तर सेवा गरी नेपाली साहित्यिक ज्ञानको घेरालाइ नेपालीहरु माझ फैलाईरहे । उनका दुईओटै मृर्गौलाले काम गर्न छाडेपछी २०५७ साल फागुन १० गते मृर्गौला प्रत्यारोपण गरीएकोमा प्रत्यारोपण गरीखिएका दुईओटै मृर्गौलाले पनि राम्ररी काम नगर्नाले २०६८ साल साउन २२ गतेदेखि उनी ओछ्यान परेकाछन् । ‘बिराम आइलाग्यो रुन्चे मुख लाएर भएन । कहिलेकाही बोल्नै नसक्ने बनाएर झयाप्पै छोप्छ । मर्ने बेला त मान्छे बोल्छ नि, बोल्ने तागत रहेसम्म मान्छे बोल्छ म बोल्दै छु’ उनि यसै भन्छन।

मैले दाहाल यज्ञनिधिको बारेमा लेख्न बस्दा खगेन्द्र संग्रौलाको एउटा प्रसंग मेरो सम्झना कुदिरह्यो। संग्रौला भन्छन् “यदि कसैले मैले साहित्यमा लागेर नेपाली भाषा साहित्यलाई गरेको योगदानलाई राज्यले हेरेंन, मान-सम्मान केही गरेन भन्छ भने त्यो सच्चा सर्जक हुदै होइन। हामि आफ्नो रुची र इच्छाले साहित्यमा लाग्ने हो कसैको करकापले होइन। नेपालमा साहित्य पेसा होइन रुची हो। साहित्यमा लागेर केही पाउँछु भन्ने छ भने त्यस्ताले साहित्यमा नलागेकै बेश”। मलाई त्यो लेख पढ्दा यी गनगने कुन्सांग काका खगेन्द्र जहिले पनि बांगा कुरा मात्रै लेख्छन भन्ने लागेको थियो। तर पछी हाम्रो परिबेश र अबस्थामाबारे मथिंगल तताएपछी र केही घोत्याईंपछि लाग्यो उनको भनाइ त एकदम सहि पो रहेछ।

दाहाल यज्ञनिधि खगेन्द्र संग्रौलाले देखेका र लेखेका तिनै पात्र हुन् जो आफ्नो मनैबाट साहित्यमा लागे, त्यो पनि केही पाउँला र हुँला भन्ने आशा नगरिकनै। उनि लागे र लागिरहे। उनलाई दुख दिने कति भए, प्रताडना गर्ने कति भए, अझै कसैले त व्यक्तिगत गाली गरेर लेख्न पनि भ्याए तर पनि उनि लागिहे। साहित्य उनको फेर्ने स्वास र सोच्ने बिचार हो। स्वास फेर्न र सोच्नको लागि कोहि कसैसंग आशा र माग गरिन्छ र ?

आफ्नो आदर्शलाई अगाडी राखेर त्यसैलाई पछ्याउने निकैकम नेपालीहरुमा यज्ञनिधि पनि पर्दछन। उनि बीपीको प्रजातन्त्र र समाजबादमा निरन्तर आस्थावान भए बितेका गणेशमान र बाँचेका प्रदिप गिरी जसरी। तर उनले आश गरेको र भरपरेको पार्टी भने उनको आदर्श भन्दा धेरै टाढा भर्खरै बितेकी बेलायती भुपु प्रम मार्गरेट थ्याचरको नवउदारबाद र निजीकरणको स्विमिंग पुलमा बाकटे खेलेको धेरै भैसकेको छ। त्यसैले त उनका राजनीतिकर्मी बढी र नेताकमका भएका र राजनीतिलाई सेवा भन्दा पेसा बढी बनाउने सहकर्मी बुख्याँचाहरु सडकपतिबाट अरबपति हुँदा समेत दाहाल भने जस्ताको त्यस्तै रहे।

नेपालमा हुने प्रत्येक आन्दोलन र परिवर्तनमा उनलाई अगाडी सारेर रगत तताउने कुरा बर्षाउन लगाए नेतागणले। उनि पनि हौसिए र भने “जदौं”। आन्दोलन सकियो र सकियो उनको उपादेयता पनि। रेडियोमा “जदौ” भनेर देशभरि साहित्यलाइ जनजन सम्म पुर्‍याउने उनलाई नेपालका अरु पार्टीका नेताहरुको त के कुरा आफुले मनमा राखेको पार्टीका कुनै समय संगै सडक तताएकाहरुले पनि अछुत कै ब्यबहार गरे। यस्तो लाग्दथ्यो उनि समाजमा हेपिएका दलितहरुले संरक्षण गरेको शब्द “जदौ” बारंबार रेडियोबाट ओकल्दै थिए। अनि उनलाई पनि केही मानिसहरु दलितको दायरा भित्रै राखेर ब्यबहार गर्दथे। उनको नेपाली भाषालाई गाउँगाउँ सम्म पुर्‍याउने काम पनि नेपाली साहित्य हाम्रो मात्रै पेवा हो भन्ने केही सम्भ्रान्त र साँघुरो सोचाई राख्ने बर्गले पचाउन सकेन, सकिराखेको छैन। त्यसले त उनलाई झनै बिद्रोही बनायो जो आफ्नै सहकर्मीहरुको पनि स्वार्थ बिपरित थियो। तर पनि उनि बदलिएनन् बिद्रोही नै बने, स्वरमार्फत साहित्य र जनजागरणको लामो, अफ्ठ्यारो र घुमाउरो बाटोमा हिंडीरहे निरन्तर, जीवन नपहेलिंजेल, जीवन नगलुंजेल, स्वरमा कम्पन रहुन्जेल।

उनी आन्दोलनमा अगाडी अगाडी हिड्दा पछीपछि लाग्नेहरु आन्दोलन पछि राज्य र समाजबाट लिन सकिने र पाउन मिल्ने सबै सुखसुबिधा प्राप्त गर्ने ठाँउमा पुगे। उनलाई भने खोला तर्दा प्रयोग गरिएको लौरो वा डुंगा जस्तो खोलाको अर्को किनारा तीरमै छाडियो। त्यो डुंगा जुन धन र मान प्राप्तिको गन्तव्यमा पुग्न हतारिएको मनुवालाई व्यवधानहरूको गहिरो नदी सुरक्षित तारिदिन्छ र पर्खेर बस्छ तिनै यात्रुहरुको जुन एकदिन फेरी फर्केर आउने छ भन्ने आशामा। तर उनलाइ थाहा थिएन सहकर्मीहरु कहिल्लै फेरी फर्केर आउने छैनन् किनकि उनीहरुको गन्तव्य, बाटो र साधन बदलिसकेको छ। तै पनि खोला तारिदिने माझी उनि कसैलाई गुनासो गर्दैनन।

सायद एउटा आदर्शवान मान्छेहरुको लाममा उनि सधै अगाडी बसेरै होला, उनकै सहकर्मी मन्त्रि बने, डाइरेक्टर बने, जीएम बने पनि उनि भने ध्रुवतारा जस्तै सधै चिसो उत्तर दिशा मै टिलपिल, जहाँको त्यही रहे । उनले त्यही जीवन रोजे, त्यही जीवन भोगे जुन उनको विचार सुहाउँदो थियो, आफ्नो मनको तरंग अनुरूप थियो। उनले आदर्शलाई मोलमोलाइ गरेनन, बिक्रीमा राखेनन्, निधार वा छातीमा टाँसेर देखाउदै हिडेनन। उनको आदर्श उनको जीवन पद्दति बन्यो।

नेपाली साहित्यमा दिइने पुरस्कारहरु पनि एनजीओ वा पसल जस्ता भएका छन्। निश्चित स्वार्थ र उदेश्य प्राप्त गर्नको लागि बाँडिने बक्शिस जस्ता छन् पुरस्कारहरु । महाकबी लक्ष्मीप्रसाद देवकोटा समेत मदन पुरस्कार पाउनलाएक भएनन् भने यज्ञनिधिले नेपालका कुन पुरस्कार पाउलान र ? फेरी मलाइ पुरस्कार र सम्मान चाहियो भन्दै जुम्लाहात र लम्पसार गर्ने मनुवा उनि परेनन्। “लोकले चिने र आफुले कर्म गरे, भैहाल्यो नि। पुरस्कारले के नै लछारपाटो लगाउछ र ?” भन्ने उनको बिचारले आदर्शको बदलामा पुरस्कार साट्न र बाँड्न बसेका खुद्रा र होलसेल पसलेहरुलाई बिझाउने नै भयो। उनि तिनीहरुको आँखामा बिझ्ने, मनमा घृणा पैदा गर्ने र मुटुमा डर उत्पन्न गर्ने अर्कै लोकका जीवात्मा बनेर निस्के। त्यसैले उनि न यताका बने न उताका। खासमा कसैका पनि होइन र पनि सबैका हुन, उनि आफ्नै हुन्, आफूजस्तै हुन चाहन्छन न की अरुको फर्मामा पसेर अरुले भने जस्तो रुपमा ढालिने पग्लेको ढलौट।

दुखी, पछाडी पारिएका र दबाइएका नेपाली जनजनको माया, उनि प्रतिको भरोसा र बिश्वास अहिले पनि उस्तै छ जुन पहिले थियो। उनि जनताको लागि प्रत्येक शासकको बिरोधी खेमामा रहे भलै त्यो आफैले कुनै दिन मनले खाएको नेता र पार्टीको सरकार किन नहोस। त्यही शाहस र विद्रोहका कारणले पनि उनि गाँउमा, सहर, गल्लि चोकमा चर्चित छन्। मलाई डर र शंका लाग्छ, उनको मृत्युपछि केही मानिसहरुले उनको नाउँमा पुरस्कार स्थापना गर्नेछन्, फोटाहरुमा माला लगाएर आँशू झारेको नाटक गर्नेछन् नारायण गोपाललाई जस्तै वा कुनै पार्टीले आफ्नो झण्डा समेत ओढाउने छ, स्व. गणेशमानकोलाई जस्तै।

यज्ञनिधिले फेरी अर्को बिद्रोही स्वर निकालेर मृत्यु शैयाबाट बौरिएर भन्नु पर्ने छ “मेरो मृत्युपछि मेरो जीवन भरिको कमाइ, मेरो बिश्वास र आदर्शलाइ बिक्रिमा राख्ने काम नगर। मेरो नामको ब्यानर बनाएर मेरो आदर्श बिपरितको पसल नखोल। बाँचुन्चेल दानव देख्नेहरु हो ! मरेपछि देउता बनाउने प्रयास नगर। यो लोकमा मैले जे गरे, जे पाए त्यसमा पुरै खुशी छु। बाँचुन्चेल मेरो खुशीमा खुशी हुन नसके पनि, दुख्खमा सहभागी नबने पनि, सक्छौ भने मृत्युपछी मलाई नपछ्याउ। बरु आफैले एउटा राम्रो काम गर। आफ्नो लागि होइन समाज र पछाडी पारिएका र हेपिएका, दबाइएकाहरुको लागि केही गर। मलाई कुनै झण्डा र पार्टीमा सीमित नगर म बाँचुन्जेल जनताकै भए र मरे पछी पनि जनताकै हुन चाहन्छु। म त्यसैलाई मेरो सच्चा सम्मान ठान्नेछु”।

जदौ !

उनको चर्चित एउटा कबिता ढिकुरोको गीत

टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा
होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना
बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

भिरालो बाटो गलेनी फाटो धराली भासियो
जुनदिन यँहा स्वतन्त्रताको प्रणाली मासियो
बिरालो पाली सिंह हो भन्ने शासनको सोख भो
भाइ-भाइको रगत पिउने यँहा एउटै कोख भो ।

सन्तान तिम्रा सन्तान मेरा यो देशका हैनन रे
समुच्चा देश एउटाको बिर्ता हत्यारा कैरन रे
कम्मरु कस्ने पटुकी फुकाइ कात्रोमा हालियो
फाटेको चोली च्यातेर खोलि चितामा बालियो ।

बलिन्द्र धारा त्यो आँशु पुछ्ने पोइ पनि रहेन
एकसरो गुन्यू किन्दिने कोहि माइती भएन
कठाले टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया मोहतो तुन्ने स्यो छैन यो देशमा ।
***

43 comments to यज्ञनिधि र पुरस्कार

  • धेरै राम्रो लेख

  • sam

    ल अब त अति भयो !!!!!! ल यो महान साहित्यकार महान समाजसेबी , महान समाजबादी र यो महान गडतन्त्र बादी ” दाहाल यज्ञनिधि ” सित सोध : – इ दाहाल यज्ञनिधि कि दिदि श्री कनक देवी पोखरेल को बिराटनगर को कोशी अञ्चल अस्पताल मा दम को कारण ले देहान्त हुँदा किन इ उपस्थित थिएनन् ?????? जबाफ छ कोहि सित ??? भेडो नेपालीहरु

    • sanu sharma

      i think u r showing ur personal enmity to him. but this is not the time and place to show this.

    • Thapa Khim

      थुइक्क यस्तो संकीर्ण सोचाइको कुरा पनि पोस्ट गर्ने हो त?

    • Bibek Dhakal

      जान नपाएर वा नमिलेर वा स्वास्थ ले नदिएर होला!

    • Tenzing Gaba

      sam जी
      नेपालीहरु सबै भेडोहरु मात्र हुन् त् ?
      होइन “भेड़ी” हरु चाही छैनन् भन्या ?

    • krishnajee

      ओहॊ…मैले यो कमेन्ट नपढी कनै तपाई को तल को कमेन्ट मा मुख फर्काएर बेक्कार मा समय नस्ट गरेछु बा, तपाई त अंश नपाएको झड्केलो छोरो जस्तो पो कमेन्ट गरिराख्नु भाको छ त, तपाई को पक्कै केहि व्यक्तिगत दुश्मनी हुनु पर्छ दाहाल संग भन्ने निष्कर्ष निस्कियो|

  • Bibek Dhakal

    अहिलेको पुस्ता भन्दा आफुलाई के कुरामा भाग्यमानी ठान्छौ भनेर कसैले सोध्यो भने म गर्व का साथ् भन्छु कि म ” साहित्य संसार” र ” फोन ईन” जस्ता कार्यक्रम हरु सुन्दै हुर्केको हूँ!
    दाहाल यज्ञनिधि मलाइ मनपर्ने थोरै प्रस्तोता मध्ये एक हूँ – उनको व्यक्तिगत पाटोबारे मलाई त्यति थाहा थिएन ( मिर्गौला रोग बारे चाही करिब १४ १५ वर्ष जति अघि नेपाल टि वि मा हेरेको थिए) तर यो ब्लग पढेपछि उनको मिठो स्वर र वाचन शैलीको जति प्रसंशक थिएँ, उनको स्वाभिमानी प्रबृत्तिको पनि ” फ्यान” भएँ! अंग्रेजहरुले भन्ने जस्तो ” टोपी खोलेर सलाम छ है” भन्न मन लग्यो!
    दिर्घायु र स्वास्थलाभको कामना
    जदौ!

  • Nirmal B.

    नेपालको कानुन ” लुटेराहरुले ” नै जानुन ! अपराधीहरुले राज्य गरेको देसमा येस्तै हो कसैलाई ५० लाख खर्च मिल्छ भने कसैलाई जीवनजल पनि मिल्दैन ! असमानता, अन्याय र अन्धबिस्वासले गाजेको देस हो नेपाल ! ज दॊ !!!!

  • तेन्जिंग गाबा

    जदौ,
    दाहाल यजनिधिको “साहित्य संसार” बर्सौ सुन्न पाएकोमा म आफैलाई भाग्यमानी सम्झन्छु / भाषा-साहित्य प्रति फिटिक्कै रुचि नहुनेहरुलाई पनि मन्त्रमुग्ध बनाउने उहाको त्यो कला अनि उहाले भाषालाई लगाउनु भएको गुणलाई जति आभार व्यक्त गरे पनि कम हुन्छ /

    उहाले “साहित्य संसार” कार्यक्रम २५-३० बर्ष अगाडी समापन गरेको केहि हरफहरु अझै मस्तिष्कमा ताजै छन् :
    “……………बाढी है आयो मर्स्यांदी गंगा, वारी है पीपल पारी बर, आजलाई यहि मैइझारो गर्छु ………….जदौ !!!!”

    यत्तिको अर्थपूर्ण, भाबपूर्ण, लोकलय र झर्रो नेपाली भाषाको समिश्रण आजसम्म मैले सुनेको छैन /
    ****************************
    ……………………….जदौ !!!

  • Bipin Rai

    दाहाल सर राम्रो साहित्यकार मात्र नभएर एउटा राम्रो मास्टर पनि हुनु हुञ्छ. उहाले जुन रुचिका साथ पढाउनु हुन्थियो अहिले पनि समझदा आनन्द लाग्छ. सरको बिधार्थी हुन् पाएकोमा गर्ब गर्छु. जदौ.

  • Sam

    दाहाल यज्ञनिधीको सिघ्र स्वास्थ्यको कामना.
    श्याम गिरी
    USA

  • Sanjeev Pandey

    नेताहरूलाई सराप्दै गरौँला, तर अहिलेलाई भने दाहाल यज्ञनिधिको उपचारको लागि आर्थिक सहयोग संकलन पो सुरु गर्ने हो कि? डा काफ्ले वा सालोक्यजीले यसमा अग्रसरता लिइदिनुभए देश- विदेशमा रहेका थुप्रै साथीहरूले सहयोग गर्ने थिए; जसले दाहाल र उहाँको परिवारलाई यो दु:खको समयमा थोरै भए पनि राहत मिल्ने थियो।

    • लेखनाथ काफ्ले

      संजीवज्युको विचार अति उत्तम छ. सालोक्य जी ले यसमा अग्रसरता लिइदिनुभए अझै राम्रो होला. हाल म नेपाल बाहिर भएकोले व्याबहारिक रुपले अलि गारो हुन्छ.

  • Lalit Narayan

    रेडियो कार्यक्रम साहित्य संसार मार्फत लाखौं नेपाली माझ लोकप्रिय हुनु भएका दाहाल यज्ञनिधि एक असल गुरु पनि हुनुहुन्थ्यो l बाल्यकालमा दरबार हाई स्कुलमा सरस्वति वन्दना पढाउनुहुँदा ” …..सा मा पातु सरस्वति भगवती निशेष जड्या पह ” भन्नाले सरस्वति माताले मलाई रक्षा गरुन भनेको हो भनेर बुझाउनु भाको झल्झली याद आइरहेछ l साहित्यका श्रस्ठा अनि मेरा श्रदेय गुरु दाहाल यज्ञनिधिलाइ सरस्वति माताले रक्षा गरुन l नेपाली साहित्यका अनमोल ताराको स्वास्थ्य उपचारको लागि कुनै पहल गरिएको छ भने थाहा पाउँ l सहयोगको लागि तयार छु l

  • Harihar Dahal

    उहाँ नाताले मेरो दाजु हुनुहुन्छ। उहाँ स्वाभिमानी हुनुहुन्छ,बिद्रोही स्वभाबको हुनुहुन्छ र छुवाछुतको त झनै उग्र बिरोधि।मैले अन्तरजातिय विवाह गरें।वहाँले मेरो श्रीमतीलाई सधैं भनी रहने एउटा कुरा याद आउछ।बुहारी नानी,तिमीले छोएको सिगाने बाहुनहरुले खाएनन भने उनिहरुले खाँदै गरेको बेला गएर भात छोइ दिनु, मरे छोड्दैनन त्यो भात किनकी बाहुनहरु लोभि हुन्छन।(यो आरोप समग्र बाहुनहरुलाई लागु हुँदैन, मैले दाईलाई बिशेष प्रसँगमा संझन मात्र खोजेको हुँ)।
    आदर्णीय दाजु,हजुर अझै लाख बर्ष बाच्नुपर्छ,किनकि जातभातको अन्त्य अझै भएको छैन।हृदयबाट श्रद्धा गर्ने मेरो दाजुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

  • Abhi

    That’s a good read. And it’s good also because this is the first time I have ever read something other than a lopsided praise of Maoists from Dr Kafle.

  • Lakshman

    यज्ञ निधि जस्ता प्रतिभावान व्यक्तिलाई हामीले बचाउनु पर्छ / सरकारले केहि गर्ला भनेर आशै नगरे हुन्छ / भ्रस्ट नेता , आफ्नो पार्टीको झोले नेता भए उस्ले सहयोग गर्थ्यो / एसको लागि तपाईं हामीले online मार्फत सहयोग गर्न सक्छौं / माइ संसार ले यसमा संयोजक बनि दिनु पर्यो / सर्ब प्रथम हामीले ” HELP YAGYANIDHI ” PAYPAL ACCOUNT खोल्नु पर्यो / MINIMUM BALANCE बाट यो ACCOUNT खोल्न सकिन्छ / PAYPAL ले ACCOUNT VERIFICATION गरि सके पछी हामीले त्यो ACCOUNT मा सहयोग रकम पठाउन सक्छौं /
    उमेशजी यदि तपाईं यो सहयोग कार्यमा संयोजक बन्न चाहनु हुन्छ भने कृपया paypal account खोलेर सो को जानकारी माइ संसार मार्फत दिनु पर्यो र ” HELP YAGYANIDHI ” paypal account को लिंक तपाईं को माइ संसारमा राख्नु पर्यो/
    / account खोलियको जानकारी पाउना साथ म मेरो तर्फ बाट donation पठाउने छु / आशा छ यो कार्यमा सबै साथीहरुले आफ्ना सहयोगी हातहरु अघि बढाउनु हुने नै छ / ” प्रविधिको प्रयोग गरौँ , प्रतिभालाई बचाउँ “

    • sam

      गणेश मान ले त्यतिकै नेपाली जनताहरुलाई भेडा भनेका होइनन रहेछन । त्यो बेला मा गणेशमान ले यो ” सब्द ” बोल्दा कटक्क मुटु दुखेको थियो , बुढा बौलाए छन् जस्तो लाग्थ्यो तर क्रमस: समय बित्त्दै गयो बुज्ने भए , परिपक्क भए , गिदिले सहि र गलत छुट्टाउने उमेर मा पुर्याउदा पो झसंग भए बुढा त सोरै आना सहि रहेछन ।
      यज्ञनिधि भन्ने ” जिर्ण शरीर ” लाई राज्य ले कति गर्ने ?? २ / २ ओटा मृगौला फेरिदियेर पनि फेरी त्यहि समस्या । १२ / १३ वर्ष का स साना नानीहरु हस्पिटल तिर जानु पर्छ सामान्य उपचार खर्च सहित नपाएर काल को मुख मा पुगेका छन् बरु तिनीहरु का लागि केहि गर्नु नि इ फुस्रा कमेंटर हरुले
      देश नेपाल त आँखा मै न बिलाउने हो तर त्यो देश मा बस्ने र आफुलाई नेपाली भन्न रुचाउने ” गु ” हरुले नेपाललाई पनि ” गु ” बनाएर छोडे

  • गुरु

    नेपाली साहित्यमा जिवनभर योगदान गर्नुभएका दाहाल यज्ञनिधी प्रति हृदय देखिनै श्रद्धा तथा आभार प्रकट गर्दछु। जदौ.

  • आशा

    सिघ्र स्वास्थ्य लाभको कामना. नेपाली साहित्यका एक तारा जसलाई सरकारले चिन्न सकेन तर जनताले भने कहिले पनि बिर्सने छैनन. जदौ.

  • Basanta Thapa,Maryland,USA

    जिउदोमा राज्य र समाजले उचित सम्मान र सहयोग गर्न नजानेकै कारण देश अधोगति तिर गैरहेछ भने राजनीतिको नाममा नपुसंक काम गरे पनि राज्य दुइनो गाइ बनिरहेको छ राजनीतिकर्मीहरु लाइ ! ताजा उदाहरण योग्य भएर होइन नेताहरुको काइकुइले चिठठा परेर रास्ट्रपति बनेका महामहिब रामबरण उपचरार्थ जापान पुगेका छन् \६० लाख को झोली र झोले बोकेर ! साहित्य त रमाइलो गर्ने थलो न पर्यो \ जसको फल जि हजुर र कसैको पछि नलाग्दा यज्ञनिधि दाहालको यो गति भयो \ एक दाहाल को हालीमुहाली चलिरहेको देशमा अर्का दाहालको यो गति हुनुले जातियाता को ओकालत र पछि लाग्नेलाई दरिलो झापड लगाएको छ \ सानो उमेर देखि उनको आवाज सुनेका हामी सायदै बिर्शन सकिन्छ, यहि नै उनको जित र पुरस्कार हो \राज्य त पाखुरी चलाउने हरुको कब्जामा रहेको बेला कलम र स्वर चलाउने हरुको अपमान त हुन्छ नै ! बरै ! !

  • निहारिका शर्मा

    दाहाल यज्ञनिधिको प्रस्तुती मलाई एकदमै मन पर्छ । नेपाली साहित्यमा रहेको उहाँको योगदानलाई साहित्यका अनुरागीहरुले सायदै विर्सिएलान । सतिले सरापेको देशमा राम्रा मान्छेको उचित कदर हुदैन, मरेपछी उहाँ यस्तो हुनु हुन्थ्यो …उस्तो हुनुहुन्थ्यो भनेर गोहीको आशुँ झार्ने चलन छ । दाहाल यज्ञनिधिले राजनीति वा चाकडी चाप्लुसी गरेको भए वा कथित नेता वा नेताका आसपासे भएको भए उनको हाल विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार भईरहेको हुन्थ्यो होला । खै के भनौ यस्तै छ यहाँको चलन । दाहाल यज्ञनिधिको स्वास्थ्य लाभको कामना गर्दछु ।

  • आजकाल यो माइ संसारले पनि पढ्ने जस्ता समाचार नराख्ने भयो..

    • Nirmal B.

      कस्ता समाचार चाहियो?,, यो समाचार नभए के हो? बुझ्ने प्रयास.
      गर्नुहोस.

      • sam

        साहसी मान्छे जहिले पनि सफल हुन्छ तर दुस्साहसी आकास बाट त झर्छ तर सिमल को रुख मा अडकिन्छ

        • Nirmal B.

          तपाइको साहस ज्यादै छ जस्तो छ तर त्यो साहस केवल आफ्नै स्वार्थ पुरा गर्ने हो भने त्यो नै दुस्साहस हो मेरो बुझाइमा ! म त सिंगो नेपाल नै सिमलको रुखमा अड्केको देख्छु तर पनि हामि कसैमा साहस छैन रहेछ कृपया नेपालको उद्दार गरिदिनु हुन्थ्यॊकि?

    • Vijay

      समाचार नै चाहिने भए नागरिकन्युज, इकान्तिपुर, अन्लाइनखबर छदैछन नि…यो त समाचार भन्दा पनि बिचार को क्षेत्र हो !

    • Bibek Dhakal

      घर्ति जीले सायद उहाले पढ्ने गरेको “खबर”पत्रिकाहरु जस्तै रसरंग, सत्य यौन कथा, शुक्रवार, विहिबार के के हुन् त्यस्तैमा आउने खालका समाचार राख्नु पर्यो भन्या होला!

  • sam

    जहाँ नया कुरा को जन्म हुन्छ त्यहि नै सिर्जना हो । त्यसैले साहित्य भनेको सिर्जना हो ।साहित्यमा बासी कुराको अर्थ हुन्न किनकि सिर्जना नै साहित्य हो ।
    समुधुर बाणी , छन्द र लय मिलाएर रेडियो नेपालको ” साहित्य संसार ” मा ३० मिनेट मज्जा ले जम्थे र साहित्य सित रुचि भएका श्रोताहरुलाई पनि हल्लिन दिदैन थे । यो खुबी पक्का पनि उनमा थियो । तर
    उनले जति सुकै आफुलाई ” दाहाल यज्ञनिधि ” भने पनि चिन्ने ले उनलाई ” यज्ञनिधि दाहाल ” नै भनेर चिन्थे , एकांकीपन , गुम्सिरहने बानी, साथीभाई हरुको बिच मा हिनता महशुस गर्ने , र घमण्डी पन ले गर्दा उन्नतिको बाटोमा आफै तगारो लगाएका थिए । उनको यहि भित्रि परिचयले गर्दा उनीसित साथीभाई , इस्ट मित्र र आफ्नै घर परिबारका सदस्यहरु पनि इनि सित त्यति हिमचिम र खुल्न चाहदैन थे । उनको एकांकी पन ले गर्दा नै उनको जिबन एक्लिएको हो किन कि यो बाटो स्वयम् यज्ञनिधि दाहालले आफै चुने थिए । त्यसैले पनि उनको यो एक्लो र बिरक्त लाग्दो जिबन को लागि उनले अरुलाई साएद न कोसुन । आउदा खल्ती बिना को भोटो जादा खल्ती बिना को कात्रो । जदौ

  • पारंगत राई

    मैले जीवनमा अत्यन्तै श्रद्धा गर्ने व्यक्ति हुन् दाहाल यज्ञनिधि। ‘आउँदा जाँदा लाउँला पिरती’, ‘माछी काँडैले, मायाँ लाउदैमा छेक्यो डाँडैले’ जस्ता ठेट वाक्यहरु, प्रस्तुति शैली मेरा कानमा अहिले पनि गुञ्जिरहन्छ उहाँको नाम सुन्ने, पढ्ने, याद आउने बित्तिकै।

    • नेपाली रमेश

      ‘आउँदा जाँदा लाउँला पिरती’, ‘माछी काँडैले, मायाँ लाउदैमा छेक्यो डाँडैले’ …………फेरी बाल्यकाल मा पुराइदीनुभयो……..धन्यबाद राई जी ….सानो छदा रेडियो नेपाल बाट सुनेको साहित्य संसार…….अहो, जिन्दगि कति बगिसकेको रहेछ………
      दाहाल यज्ञनिधि को स्वास्थ्य लाभ को हृदय देखि नै कामना….

  • जदौ ! जदौ !! जदौ !!! दाहाल यज्ञनिधि …….येतिखेर को सान्धर्विक कविता … जदौ !!!!!!!

  • Ratna

    धन्यवाद माइसंसार ! यज्ञनिधि नेपालका बहुमूल्य रत्न हुन्, यो लेख पढेपछि जोसुकैलाई उनि प्रति अपार श्रद्धा, मान र सम्मान प्रकट गर्न मन लाग्छ, काश ! तपाइले त्यस्ता महान साहित्यकारको फोटो पनि यसमा राख्न सकेको भए सुनमा सुगन्ध हुने नै थियो | जदौ दाहाल सर, दिर्घायूको कामना गर्दछु |

  • यज्ञनिधी दाजू समाजवादी विचारका साँच्चै नै साँस्कृतिक चिन्तक हुन । विचार अनुसारको ब्यवहारको वकालत गर्नेहरू भन्दा पनि ब्यवहारिक उदाहरण हुन दाहाल दाइ । पन्चायत र लोकतन्त्रमा पनि रेडियो नेपालको वार्षिक कार्यक्रममा राजा अाउँछन् र चाकडी गरैाला भनेर रेडियो नेपालमा हाल अाफुलाइ क्रान्तिकारी भन्न रूचाउने लाइन बस्थे तर दाहाल दाइ रेडियो नै जानुहुन्नथ्यो अनि हामीलाइ भन्नुहुन्थ्यो – जेठो अाउँछ भनेरै म अाज रेडियो नगा’को । यी सच्चा गणतन्त्रवादी र समाजवादी दाहाल दाजुलाइ मैले जहाँ गएपनि श्रध्दापूर्वक संझिरहन्छु ।

    • sam

      ” जेठो आउछ भनेर रेडियो नगएको ”
      यहि मुख लुकाउने बानीले गर्दा नै यज्ञनिधि पलायन भएका हुन् ।
      आफुले काम गरेको ठाउँ को हाकिम या मालिक लाई स्वागत या सम्मान , चिसो तातो सोध्नु ” चाकडी ” होइन सभ्य मानिस को गुण हो । आफ्नो समस्या र कठिनाईहरु अरु सामु नराखी भित्रै भित्रै गुम्सिनु , पोलिनु यज्ञनिधि को स्वभाब थियो । गर्दियोस भन्ने चाहना पनि राख्ने तर गर्दन फुलाउदै हिड्ने इनको परिचय थियो ।
      ” किन चाउरिस मरिच आफ्नै राग ले “

      • sam

        र दुख लाग्छ ३ करोड नेपालीको मानसिकता नै यहि हो कि मैले तेरो लागि गरे अब मलाई पनि दे भन्ने

  • James Rajendra

    सच्चा स्रस्टा लाई मेरो लाखौ सलाम

  • Dev

    धन्यवाद Mysansar मन छुने लेख को लागि.

  • नेपालमा सम्मान संस्कृती लोप हुँदै गएको छ। राष्टि्रय जिवनमा महत्वपूर्ण योगदान दिएकालाई सम्मान गर्नबाट चुकिरहेको छ समाज। यो सबै त्यसैले भइरहेको छ।

  • krishnajee

    मेरो बाल्यकाल मा साहित्य भनेको के हो भनेर कसैले सोद्धा दाहाल यज्ञनीधि भनेर भन्ने गर्थे, किन कि साहित्य संसार मात्रै एस्तो कार्यक्रम थियो जसले घर घर मा, जनजिब्रो मा भाका हरु टिपाउथ्यो | छन्द भनेको के हो र त्यसको मीठास कस्तो हुन्छ भनेर पस्कन सक्ने एक मात्र भान्छे दाहाल नै हुन् भन्ने मलाई लाग्दछ | यस्तो कालजयी गुणी भलाद्मी को एस्तो नमीठो अवस्था, साचिकै सती ले सरापेको देश नै हो रैछ बा |

    • sam

      सतिले सरापेको भनेर ” महिलाहरुलाई ” दोष दिन नखोजौ सर यो देश बिर्गारने १०० % पुरुष हरु हुन् यस्ता यज्ञनिधि दाहाल हरु जस्ता मान्छेहरु त अहिले हर F M station हरु मा छन्

      • krishnajee

        साम जी, “सती ले सरापेको” भनेर भन्दा सती लै उच्च महत्व दिएर नै भनिएको हो, शायद यहा ले सती को बास्तविक figurative meaning लाई नजरअन्दाज गर्नु भएको हो कि भन्ने भान भयो | जहा सम्म हरेक FM मा दाहाल रहेको भन्ने प्रश्न छ, प्यार प्यार बोलेर, ताइ न तुइ को अंग्रेजी accent झारेर अनि गीति कथा र अर्थ न बर्थ का फिल्मी gossip फलाक्ने हरु लाई तपाई दाहाल यज्ञ नीधि को कोटी मा राख्नु हुन्छा भने त्यो फगत बौद्धिक दरिद्रता सिवाय केही हैन भन्ने मेरो बुझाइ हो |