अङ्ग्रेजीमा एउटा उखान छ- turn the tables on । मानौँ तपाईँ चेस खेल्दै हुनुहुन्छ। तपाईँ हारको संघारमा हुनुहुन्छ। अब कसैले टेबल परिवर्तन गरेर तपाईँलाई अर्को स्थानमा राखिदियो भने? पूरै परिस्थिति बदलिन्छ। ठीक त्यस्तै भयो मरिचमान सिंह श्रेष्ठको जीवनमा पनि। राजनीतिक जीवनको उत्कर्षमा जनघृणाको पात्र देखिएका मरिचमान मृत्युशैय्यामा पुग्दा एकाएक नायक देखिए। टेबल परिवर्तनको यो स्थिति ‘परिस्थिति’ ले ल्याइदिएको हो। अझ भनौँ अहिलेका नेताहरुप्रति चुलिएको आक्रोशको प्रतिबिम्ब यसमा देखिएको हो। २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुग्दा राजा वीरेन्द्रबाट बर्खास्त गरिएका मरिचमान त्यसपछिका दिनमा ‘लो प्रोफाइल’मा बसे। वीरेन्द्रको निधनपछि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदासमेत दर्शनभेटका लागि बोलावट भएको बेलामा बाहेक सतहमा देखिने काम गरेनन्। न मिडियासँग चाहिने नचाहिने बोल्दै बसे। भारतको अस्पतालमा उपचारका लागि भर्ना भएको खबरपछि मात्रै मिडियामा मरिचमानको नाम छाएको हो। धेरैले त्यसपछि मात्रै मरिचमानको ‘राष्ट्रवादी छवि’सँग परिचित हुने मौका पाएको हो। राजा वीरेन्द्रद्वारा बर्खास्त गरिएपछि पनि राजनीतिमा सक्रिय भएको भए उनको यो छवि अहिले यस रुपमा नआउन पनि सक्थ्यो। नेपालीहरु जिउँदाको जन्ती र मर्दाको मलामीलाई जीवनको मूल्याङ्कनका रुपमा लिन्छन्। ७२ वर्षको उमेरमा आज बिहान निधन भएलगत्तै श्रद्धाञ्जलि प्रकट गर्नेहरुको ओइरो सामाजिक सञ्जालमा लागेको छ, यसलाई ‘भर्चुअल मलामी’का रुपमा लिन सकिन्छ। यसअर्थमा मरिचमानको जीवन ‘सफल’ भएको छ। खासमा मरिचमानले आफ्नो शासनमा के गरेका थिए ? कि मृत्युपछि उसको जीवनको समग्र मूल्याङ्कन नगरी सबैलाई महान बनाउने नेपाली परम्परा अनुसार उनको पनि चर्चा भएको हो ? कसरी ४६ सालका ‘खलनायक’ मरिचमान अहिले ‘राष्ट्रवादी नायक’ बने ?
‘हार्डलाइनर पञ्च र उग्र राष्ट्रवादी’
७२ वर्षअघि सल्यानको खलङ्गा बजारमा जन्मिएका मरिचमान सिंह श्रेष्ठ आफ्नो राजनीतिक कालमा हार्डलाइनर पञ्चको रुपमा चिनिन्थे। उनी सन् १९८६ देखि १९९० सम्म झण्डै चार वर्ष नेपालका प्रधानमन्त्री बने। राजाको प्रत्यक्ष शासन रहेकोले त्यतिबेलाका प्रधानमन्त्रीलाई राजाको कठपुतली मात्र रहेको पनि चर्चा गरिन्छ। तर राजालाई सल्लाह, सुझाव दिने काम भने प्रधानमन्त्रीले गर्न सक्थे, भलै त्यो सुझाव लिने नलिने सर्वाधिकार राजामा मात्रै हुन्थ्यो। सिद्धान्ततः ‘राम्रो’ पञ्चायति व्यवस्थालाई गुट उपगुटले सिद्ध्याएको थियो। पूर्व सैनिक सचिव विवेककुमार शाहले पनि लेखेका छन्- ‘दरबारभित्रै विभिन्न शक्तिबाट सञ्चालित र निर्देशितहरु थिए। पञ्चायतका हिमायतीहरु पनि विदेशीको इसारामा नाच्थे। कतिपय पञ्चायती भने उग्र राष्ट्रवादी धारमा आवद्ध थिए।’ त्यस्तै एउटा कट्टरपन्थी र उग्र राष्ट्रवादी गुटको सशक्त नेताका रुपमा थिए मरिचमान।
भारतले लगाएको नाकाबन्दीका क्रममा नझुक्ने प्रधानमन्त्री भएकोले उनलाई राष्ट्रवादी भएको तर्क गरिएको देखिन्छ। तर त्यतिबेला राजा वीरेन्द्रको प्रत्यक्ष शासनकाल रहेकोले उनीभन्दा राष्ट्रवादी राजालाई मान्नुपर्ने हुन्छ। उनको ठाउँमा अरु प्रधानमन्त्री भएको भए पनि राजाको आदेशमा हुने त्यही नै थियो।
नाकाबन्दी किन लगाइएको थियो भन्ने पनि बुझ्न आवश्यक हुन्छ। २०४५ सालमा नेपालले चीनसँग केही एन्टी एयरक्राफ्ट गन किन्न चाहेको थियो। तर भारतलाई यो मन पर्ने कुरै भएन। तैपनि किन्ने निर्णय भयो। अनि लगाइयो पारवाहन सन्धि नवीकरण नभएको नाममा नाकाबन्दी। भारतले भर्खरै भुटानमा त्यहाँका नेताले चिनियाँ नेताहरुलाई भेटेपछि चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि अनुदान फेरि लागू गरेको घटनालाई रिफरेन्सका रुपमा हेर्न सकिन्छ। पारवहन सन्धि जनआन्दोलनपछि बहुदलवादीहरुको सरकार बनेलगत्तै भएको थियो।
‘जनआन्दोलनका खलनायक’
नाकाबन्दीकै पृष्ठभूमिमा नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाले संयुक्त जनआन्दोलनको घोषणा गर्यो। पञ्चायतभित्रको गुट उपगुट, व्यक्तिगत स्वतन्त्रता हनन्, मिडियामा कडा सेन्सरसिप अनि ३० वर्षसम्म शासन गर्दा पनि जीवनस्तरमा खासै केही परिवर्तन नहनुले जनता दिक्क थिए। जस्तो अहिले नेताहरुप्रति जनआक्रोश थियो, पञ्चायत र पञ्चहरु प्रति त्यस्तै आक्रोश थियो जनतामा। फलतः २०४६ सालको आन्दोलन बिस्तारै अघि बढ्दै गयो। यो आन्दोलनलाई दबाउने प्रशासनको नेतृत्व प्रधानमन्त्रीको रुपमा मरिचमान सिंहले गरेका थिए।
शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरियो। नेताहरु नजरबन्दमा राखिए। पेशागत समूह र बौद्धिक वर्ग पनि आन्दोलनमा उत्रिए। दमदम गोली हानिएको भन्दै टिचिङ अस्पतालमा चिकित्सक र नर्सले कालो पट्टी बाँधे। जनकपुरको जदुकुहामा तीन महिला र एक बालक प्रहरीको गोलीबाट मारिए। झन् आन्दोलन फैलियो। तत्कालीन विधायिका राष्ट्रिय पञ्चायतका ४० सदस्यले सरकारी दमनको विरोधमा वक्तव्य निकाले। कयौँ बन्दका आह्वान भए। सयौँ गिरफ्तार गरिए। कयौँ मारिए। मरिचमान सरकारले उग्रवादी कम्युनिस्ट र अराष्ट्रिय तत्वहरुले मात्र अव्यवस्था फैलाएको दावी गरिरह्यो।
राजा वीरेन्द्रका विश्वासपात्रका रुपमा रहेका मरिचमान अन्तिम समयसम्म पनि आफ्नो कट्टरपन्थी अडानमा कायम थिए। हुलदङ्गा गर्ने, आगजनी गर्ने र ढुङ्गामुढा गर्नेहरुलाई जनआन्दोलन भन्न नसकिने उनको अडान थियो। प्रधानमन्त्रीका रुपमा मरिचमानले त्यस्तो अडान राखे पनि मन्त्रिपरिषद् भने जनआन्दोलनलाई कसरी लिने भन्नेमा विभाजित थियो। तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय (जो सगरमाथा आरोहण गर्ने क्रममा बिते) ले राजीनामा दिएपछि मरिचमान संकटमा परे। तर मार्च अन्तिममा उपाध्यायको राजीनामापछि नडगमाएर उनले अप्रिल १ मा मन्त्रिपरिषद् पुनर्गठन गरे र झनै हार्डलाइनरहरुलाई भित्र्याएर उदारवादीहरुलाई निकाले। उनी चाहन्थे, मन्त्रिपरिषदमा एकमत होस्। आन्दोलन चर्कँदै संकट दिनप्रतिदिन बढ्दै जाँदा पनि मरिचमान आफ्नो कट्टरपन्थी अडानमा कायम थिए। उनको यस्तो रवैयाको उदारवादी पञ्चहरुले विरोध गर्न थाले।
आन्दोलन झन् झन् देशभर फैलँदै गयो। बुद्धिजीवीहरुको सानो भेलामा पनि प्रहरी दमन गरिएपछि आक्रोश झन् झन् चुलियो। पाटन र कीर्तिपुरलाई त जनताले ‘मुक्त क्षेत्र’ घोषणा गरे। सरकारले ती सहरमा आफ्नो नियन्त्रणै गुमायो। प्रहरी त्यहाँ पस्नै सकेनन्। भक्तपुर पनि आन्दोलनले राँकिएको थियो।
उपत्यकामै यस्तो भएपछि अप्रिल ४ र ५ मा राजा वीरेन्द्रले नारायणहिटी दरबारमा राजनीतिक संकट समाधानका लागि उच्चस्तरीय बैठक डाके। प्रधानमन्त्री मरिचमानको नेतृत्वमा कट्टरपन्थी पञ्चहरु, राष्ट्रिय पञ्चायतका अध्यक्षले जनआन्दोलन दबाउन शक्ति प्रयोग गर्नुपर्ने राय दिए। उदारवादी पञ्चहरुले भने तत्कालीन प्रतिबन्धित राजनीतिक दलहरुसित वार्ता गर्न सुझाए।
यसको भोलिपल्टै अर्थात् अप्रिल ६ मा आन्दोलनलाई नियन्त्रण गर्न नसकेको भन्दै राजा वीरेन्द्रले उनलाई आन्दोलन चरमोत्कर्षमा पुगेको बेला बर्खास्त गरिदिए र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइदिए। तर आन्दोलन थामिएन। आन्दोलनकारी नेताहरुले यो आन्दोलन र मुद्दा मरिचमान सरकार र प्रतिबन्धित राजनीतिक दलबीचको नभएको बरु दलविहीन राजनीतिक व्यवस्था र बहुदलीय व्यवस्थाबीचको आन्दोलन भएको बताए। उदारवादी पञ्चहरुले मरिचमानलाई नै दोष दिए। उनकै कट्टरपन्थी अडानका कारण प्रधानमन्त्री हैन समग्र पञ्चायत व्यवस्था नै तारो बनेको उनीहरुको तर्क थियो। त्यसैले मरिचमानलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई ल्याएर उदारवादी पञ्चहरु मात्रै खुसी भए, बहुदलवादी आन्दोलनकारीहरु खुसी भएनन्। चन्द प्रधानमन्त्री बनाइएकै दिन झन् ठूलो प्रदर्शन भयो। दरबारअगाडि नै आन्दोलनकारीहरुको ठूलो भिड भेला भयो। गोली चल्यो, कयौँ मारिए। उपत्यकामा कर्फ्यु लगाउनु पर्यो र अन्ततः आन्दोलनकारीसँग दरबारभित्र वार्ता भयो। राजा वीरेन्द्रले आन्दोलनका कमान्डर गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे। तर सिहले कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरे। भट्टराई राष्ट्रिय पञ्चायत अर्थात् विधायिकाको समेत अधिकार बोकेको शक्तिशाली मन्त्रिपरिषद्का अध्यक्ष बने।
मरिचमान यसरी २०४६ सालको आन्दोलनताका बहुदलवादीहरुबाट मात्र हैन, उदारवादी पञ्चायत व्यवस्था समर्थकहरुको समेत आलोचनाको तारो बने। अझै पनि उदारवादी पञ्चायती व्यवस्थाका समर्थकहरु त्यतिबेला मरिचमान सरकारलाई नै पञ्चायती व्यवस्था पतन गराएको भन्दै दोष लगाउने गर्छन्। शायद् त्यही भएर त्यसपछि कट्टरपन्थी र उदारवादी दुवै खेमाका पूर्व पञ्चहरुले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिलाई उनले फर्केर पनि हेरेनन्। एकदम गुमनाम जीवन बिताए। राजनीतिको र पनि प्रतिक्रिया दिएनन्।
‘अकस्मात् नायक’
उनी आफै लो प्रोफाइलमा बसेका थिए कि परिस्थितिले नै उनलाई लो प्रोफाइलमा बस्न बाध्य बनाएको थियो- केही तथ्यले बताउँछन्। बहुदलीय व्यवस्था पुनर्स्थापनापछि ४८ सालको चुनावमा उनी सल्यान २ बाट उम्मेदवार बनेका थिए। जितेनन् मात्र हैन, भोट पनि गतिलो आएन।
२०५१ सालको चुनावमा त काठमाडौँ ४ बाटै लडे। त्यहाँ पनि त्यस्तै भयो। कांग्रेसका पीएल सिंहले चुनाव जिते। दोस्रो एमाले भयो। एमाले फुटेको बेला वामदेव गौतमको मालेको तारा चिह्न लिएर लडेका पद्मरत्न तुलाधरले भन्दा उनले भोट बढी ल्याए। सेभ दि नेसन भन्दै उनले गठन गरेको समूहले पनि खासै केही काम गर्न सकेन।
आन्दोलनताका मुर्दावादको नारा तत्कालीन राजा ‘वीरे’ र प्रधानमन्त्री ‘मरिचे’विरुद्ध केन्द्रित थियो। तर अहिले परिस्थिति बदलिएको छ। तत्कालीन खलनायक उनीहरु दुवै अहिले राष्ट्रवादी र नायक भएका छन्।
३० वर्षको पञ्चायती व्यवस्थाबाट जनतालाई केही प्राप्त भएको थिएन। बहुदलीय व्यवस्था आएको पनि २४ वर्ष पुगिसक्यो। पञ्चायतमा राजाका आसेपासे र पञ्चहरुलाई मात्र राम्रो भयो, बहुदलमा नेता र नेताका आसेपासेहरुलाई मात्र लाभ भयो। रक्तरञ्जित आन्दोलनबाट ठूलो आशा देखाएर आएको माओवादी पनि जनआकांक्षा पूरा गर्न नसकेकाले लोकप्रियताको ग्राफमा खस्कँदैछ। देशमा नायकहरुको अभाव छ। र, नेताको विरोधमा एक नायक खडा गरियो।
आफ्नै कारण पञ्चायती व्यवस्था पतन भएको आरोपलाई मुटभित्र गाडेर बसेका मरिचमानले आफूलाई नायकका रुपमा प्रस्तुत गरिएको थाहा पाए कि पाएनन् होला ? अहिले जनताले आफूलाई कसरी हेरिरहेको छ भन्ने थाहा पाएको भए उनको आत्माले शान्ति पाउँथ्यो कि। हार्दिक श्रद्धाञ्जलि ~
[स्रोतहरुः मैले देखेको दरबार, विवेककुमार शाह The Challenge to Democracy in Nepal: A Political History, T. Louise Brown The Democratic Transition in Nepal, Ramjee P. Parajulee]
[श्रद्धाञ्जलिका शब्दहरु तपाईँले आफ्नै फेसबुक र ट्विटरमा राखिसक्नुभयो होला। श्रद्धाञ्जलि मात्रै दिन चाहनहुन्छ भने हाम्रो फेसबुक पेजमा दिनसक्नुहुन्छ, यहाँ क्लिक गर्नुस्। यहाँ कमेन्ट लेख्दा भने यसो गर्नुस्- उनको जीवनलाई तपाईँले कसरी विश्लेषण गर्नुभएको छ ? उनी सफल राजनीतिज्ञ भए वा असफल ? किन जनआन्दोलनमा मूर्दावादको नारा लगाएर खलनायक बनाइएका व्यक्ति एकाएक नायक बने ? प्रचार गरिएको राष्ट्रवादी छविमा तपाईँ सहमत हुनुहुन्छ ? आफ्नो विश्लेषणयुक्त कमेन्ट तल गर्नुहोला। ]
हामी नेपालीहरुको राम्रो बानी भानु कि नराम्रो भनू जति सुकै ठुलो नराम्रो काम गरोस मरे पछि सय खत माफ गरिदिने चलन छ यसै क्रममा राजाको प्यादा प्रजातन्त्रको खलनायक मरिच मान लाई राता रात राष्ट्र बादी र स्वाभिमानी नेताको रुपमा प्रस्तुत गरियो
अब काल पर्खेर बसेका सबै पंच नेताहरु किर्ति निधि, गिरि,सुर्य bdr लोकेन्द्र यी सबै प्यादा हरु , पनि राता रात महान rastrabadi नेता हुने भए यो सबैको कारण अहिलेका नलाएक नेताहरुको कारणले हो !
मरिचमानले नाकाबन्दीको बेला भारतको बिरोध गर्यो र उनी राष्ट्रवादी हुन् भनेर केटाकेटि कुरा नगरौ| यो (कु) तर्क राखेर उनलाई राष्ट्रवादीको पगरी राख्नु भनेको उनको उचाईलाई गिराउनु हो| वास्तवमा सबै नेपाली राष्ट्रवादी छन तर कोही पैसा र अन्य प्रलोभनमा बिक्ने छन्| मरिचमान त्यो बेलाका अन्य प्रधान मन्त्रि सरह केवल उनका हाकिम बिरेन्द्रका प्रधान मन्त्रि थिए, जनताका प्रधान मन्त्रि थिएनन| राजाले नचाहदा एक घन्टा पनि बढी टिक्न सक्दैनन्| त्यसैले उनी पदमा रहुन्जेल राजाका इशारामा चल्न बाहेक अरु केहि उपाय थिएन|
सर्ब प्रथम मरिच मन सिंह को देहाबसन भएको मा हार्दिक समबेदना दिन चाहन्छु.
यिनले गरेको राम्रो काम भनेको भारत ले नाक बन्दि गर्दा हवाई जहाज बाट भएनी अथवा खासाको बाटो भएर चिन बाट पेट्रोल लिऔने विचार गर्ने तर लैनचौर र दिल्ली मा गएर सरन लिन नजाने निधो गरेका थिए. अहिले जस्तो एउटा नेताले घरमा रोटि पकयेमा अर्को नेता मलाई रोग ले च्याप्यो भन्दै दिल्ली मा कुरा लौन जाने काम कहिले सोच द नि सोचेनन.
अर्को राम्रो काम भनेको घुस नखाने काम गरे अरु पंचा ले घुस खायेनी यिनले घुस कहिले खाएनन. मैले जाने सम्म यिनी संग एउटा टोयोटा गाडी थियो (११११) नम्बरको. मैले यिनिसंगा २ वर्ष काम गरेको छु र यिनिलाई राम्रो संग नजिक बाट राजनीति र बियेक्ति गत जिबन हेरेको छु. मैले नेपाल मा चार प्रधान मन्त्रि संग काम गर्ने सुअबसर पाको छु. chhar मद्य यिनी मा के पाको छु भने यिनी मा टिम वोर्क गर्ने, leadership गर्नसक्ने, कडा भएर निर्देसन दिने quality थियो. चार प्रधान मन्त्रि मा तिन बिते. हुनत उम्केको माछो जहिले नि ठुलो हुन्छा भन्छन तर सच्चा भन्दा यिनी असल मानिस हुन् अनि यिनी लै राजा बिरेन्द्र ले सुप्पोर्ट गरि रहन्थे. यिनैको पाला मा नेपाल आन्दोलन भयो तेस्ले यीन मा अलिकति दाग लग्यो.
तेस्पछि दोसरो मा किसुन जी गाई प्राणी जस्ता थिए सिदा पछि यिनलाई पनि अनेक बात लग्यो तर यिनी राम्रा मानिस थिए अनि लोकेन्द्र बहादुर सभ्य तथा (clean ) बियेक्ति हुन् अनि गिरिजा lastaa मा पर्छन जसले जे भनेनी.
साजन सर, गिरिजा लाई बि. पी कोइराला, कृष्ण प्रसाद भट्टराई र मरिचमान सिंह संग तुलना कदापी नगर्नुस. २०४६ को जस लिन राजा बिरेन्द्र ले इमान्दार प्रधानमन्त्री मरिचमान सिंह लाई निलम्बन गरेको सड्यन्त्र इतिहास को पाना मा प्रस्ट छ. २०४६ जनआन्दोलन को क्रम मा कति नेपाली स-पुतहरु सहिद भय तपाई हामि लाई याद छ? मरिचमान सिंह रास्त्रबादी हुन् त्यस मा कुनै दुइ मत छैन तर अहिले जुनकुरा को आशा गरियको थियो उनको परिवार तथा शुभ-चिन्तक हरु बाट तेस्को पनि कुनै औचित्य छैन. उनकै छोरा हरु पनि कम्तिका स्वार्थी रछन. मरिचमान थलियर बिरामी पर्दा बेर्थई मा नाथे सरकार संग हात फैलाउनु को साटो काठमान्डौ को २रोपनी जग्गा बेचेर समय मै उपचार गरेको भय मरिचमान ले सायद ज्यान गुमाउनु पर्दैन थियो कि?
जतिसुकै विवाद गरेपनि मरिचमानको सपोर्ट गर्नु पर्ने स्तिथि आजका नालायक नेताले गर्दा आयको हो l मरिचमानमा बरु एक दुइ गुण देखिय ” रास्ट्रबाद” “इमान्दार” तर लोकतान्त्रिक / गणतान्त्रिक भनाउदा नेतामा कुनै पनि गुण देखियन l त्यसैले मरिचमान लाई “हीरो” भन्दापनि अहिलेका नेतालाई ” भिलेन” भनेर बुझ्नु राम्रो होला l
सबै मान्छेका राम्रा र नराम्रा पक्ष हरु हुँदा रहेछन्, चाहे त्यो महाराज नै किन नहोस् अथवा देश को प्रधानमन्त्री; झन् झुत्रे नेता हरुको त कति-हो-कति। गर्वको कुरा म मरिचमान सिंह लाइ विवेकशील योद्धा ठान्दछु जो विदेशी शक्तिको अगाडि कमजोर परिस्थितीमा कहिल्यै झुकेन तथा कुनैपनि किसिमको सार्वभौमसत्तामा सम्झौता गरेन। सिङ्गापुरबाट तेल ल्यायर नेपाली स्वाभिमान को रक्षा गर्यो तर कहिल्यै अभाव को श्रीजना हुन दियन। सलाम
किन सबै प्रधानमन्त्रीलाई राजकीय सम्मान हुदा मरिचमान सिंह लाइ भएन सबैलाई थाहै छ हाम्रो जस्तो बर्णाबेदि मुलुकमा किनकि वहा श्रेष्ठ हुनु भो , वहा कोईराला, भट्टराई, अधिकारि …… हुनु भएन यहि छ विभेद जतुया विभेद जिउदो हुदा नि मरे पछि पनि. यो खिरारे सरकारको संग्कुचित मनोभावना हो
थाहा नभा कुरामा प्वाक्क नबोलुँ के !
कहाँ सबै पूर्व प्रधानमन्त्रीलाई राजकीय सम्मान दिएको छ ?
वीपी कोइराला पनि पूर्व प्रधानमन्त्री थिए । उनी मर्दा पञ्चायती सरकारले राजकीय सम्मान दिएको थियो ? कति छोटो स्मरण तपाईँको !
तपाई को जातिय तर्क चाहि अलिक अपाच्य नै भो कि!
गणेशमान प्रधानमन्त्री पनि थिएनन्, बाहुन-छेत्री पनि थिएनन्, तै पनि, राजकीय सम्मान दिएर बिदाइ गरेकै हुन्!
मरिचमान प्रतिको भेद्बाव चै जातिय नभएर, राजनीतिक पूर्वाग्रह ले भएको हो भन्ने मेरो ठम्म्याइ छ है!
माथि विनय ले भने झैँ, बिपी लाइ पंचायेत काल मा सम्मान नदिए बराबर नै हो भन्ने हाम्लाई लाइराछ नि हौ|
After reading this article a question struck hard in my head. Should we forgive Hitler too?
if u once again read the history of world war you would say yes…because many ppl were killed ruthlessly by the allied troop rather than the luftwafe..and they were innocent.. revise the number of jews killed in the concentration camp..history has started to reveal Evil of the general Eisenhower … three days of bombardment in the German civilian towns..after of end of the war was declared..what say for that???
Dear Neo-Nazi,
below is the list of Dictators you should frame a picture each to décor your living lounge.
Hitler
Pol pot ( what a name )
Mao
Stalin
Kim Jong
saddam Hussein
Omar al-Gadhafi
baser-al-Assad
Hosni Mubarak
Fidel Castro
marich maan singh
Pushpa kamal dahal
अनि तेत्रा निर्दोष साधारण जनताहरुको मृत्युको जिम्मेवार “जर्ज बुश” को नाम लिस्ट मा जानी जानी छुटेको हो वा छुटाइएको हो? कि त फ्रेम गरेर राख्नुभाको छ? : )
How Marich Man is there is beyond my comprehension. He was responsible of deaths of people in 10s (30 or 40, dont know exact numbers), even that as things go he was not supreme commander of Nepal at that time so as he is not given full credit for standing against imperialism of India, He should not be blamed for all the deaths in JanaAndolan. I dont see how you can keep him in a list who killed millions and tens and thousands of people.
if u dont have enough knowledge, then dont express such views i mean half knowlegde views.
delete marichman from ur list.
धर्म छाड्नु हुदैन जस्तो सुकै संकट परे पनि महंगी नबढाई जनतालाई सेवा दिनु भयो , अहिलेको भाते नेताहरु केवल आफ्नो स्वार्थमा मात्रै हेर्यों जनताको रगतलाई तेतिकै पानीमा मिलाई दियो ,एसको दाँजोमा त मरिच मान सिंह ज्युलाइ त महान नेता मान्नु पर्छ .एस अर्थमा सबै जानाले सम्मान दिनु भयो येस्मा सबैलाई धन्यबाद . मेरो पनि उहाँलाई श्रद्द्रान्जली अर्पण गर्न चाहन्छु येस्तै गरि विचार गरेर मात्र देश भक्त नेता छानौ
पन्च्यात कालमा राजा सर्ब सक्तिमान थिए/ मरिचमान उनी प्रति इमान्दार थिए/ अहिले जनतालाई सर्बसक्तिमान भनिन्छ तर कोहि पनि निर्लज्ज नेताहरु जनता प्रति इमान्दार छैनन/ जनतालाइ नै मार्चन, लुट्छन र बाँकी भएको जनताको रगत मै होलि खेल्छन/ त्यस अर्थमा मरिच मान लै हिरो भन्न लाज मान्नु पर्दैन/
जसले जे भने पनि मरीचमान एउटा स्वछ छवि भाको र कुनै पनि किसिमको भ्रस्टाचार गरेर देशको ढुकुटी सकाउने खालको क्रियाकलाप नगरेको प्रधानमत्री थियो भन्ने कुरा उनको आर्थिक स्थितिले देखाउछ ! यस हिसाबले उनि अरु प्रधान्मत्रिहरु जस्तै गिरी, कोइराला, थापा, चन्द, देउबा, खनाल, प्रचण्ड, नेपालहरु भन्दा धेरै उच्च छ त्यसैले उनलाई राष्ट्रप्रेमी देशभक्त भन्दा कुनै फरक नपर्ला !
सायद यो कुरा उनि आफैले महशुस गरिसकेको हुनुपर्छ त्यसैले उनि राजनैतिक रुपले निस्क्रिय रहेर नै आफ्नो जीवनकाल बाचे !
श्रद्दान्जली वहालाई ! उहाको आत्माले शान्ति प्राप्त गरुन !
मैले बुझे सम्म नेपालको राजनैतीक क्षेत्रमा कोही न कोही केही न केहीमा चुकेकै छन । तर पनि मरे पछी माया लाग्दो रहेछ । मरिचमान सिंह प्रधानमन्त्री हुँदा म १६,१७ बर्षको थिए । त्यो बेलाको मेरो बुवाहरुको उमेरका मान्छेहरु बिचकुरा हुँदा राम्रो भन्दा पनि अलिकती नराम्रोनै चर्चा हुन्थियो ।
त्यो बेलाका नेताहरुले बिदेशमा भएको चुनावको भिडियो देखाएर, जनतालाई तपाईंहरुले भोट् मलाई हाल्यो कि अरुलाई हाल्यो म यही बसेर थाहा पाउन सक्छु भन्ने, रेकर्डिङ स्टुडियो भित्र भाषण गरेर ताली बजाएको इफेक्ट राखेर जनताले धेरै समर्थन गरेको जस्तो गरी क्यासेट चक्का निकालेर चुनाव जित्न जान्ने धुर्त नेताहरु थिए । जे होस् मरेको मान्छे मर्यो त्यो प्रधानमन्त्री होस् वा सर्वसाधारण फर्केर आउने होइन । जिउदा नेताहरुले देसको लागि आफ्नो स्वार्थ बिर्सिएर देस बिकासमा योगदान गर्ने हो कि ? कुर्सीमात्र ताक्ने नेताहरुले मृत्युको त्यो क्षण पनि छ भनेर एकपटक सोच्ने कि ?
म shashankjee संग केहि सहमत छु. राजा को तामेलदार ले तामेली को दाइत्व बाहिर गएर के काम गर्न सक्थ्यो र ? राजा ले रास्त्रबादी काम गर भनि अर्हाए र मरिचमान ले सो तामेली गर्दै गए अनि उनि राष्ट्र बादी हुन् कि भन्ने छनक देखियो. पंचायत काल मा प्रधानमन्त्रीको अलग्गै छबि बनाएर काम गर्ने अवस्था थिएन. तर ०४६ पछि आएको बहुदलिय व्यवस्थाका सर्व शक्तिमान प्रधान मन्त्रिहरु पनि तामेल्दारी भन्दा माथि को हैशियत मा बस्न सकेनन. आस्चर्य को कुरा उनीहरु स्वयम् मालिक हुँदा हुँदै पनि तामेलदार भएरै बस्न रुचाए अनि आफ्नो मालिक खोज्न थाले. राजा लाइ मालिक बनाए मा पन्च जस्तै भन्लान भनेर मालिक खोज्दै जाँदा विदेशीलाई मालिक बनौन पुगे. जसको जिन नै दासत्व मा रमाउने खाले हुन्छ उ मालिक बन्ने शक्दैन. त्यसैले मलाई मरिचमान र बहुदल्मान रोज्नु पर्दा मरिचमान नै रोज्न मन लाग्छ
म आदर सहित मरिच मान प्रति श्रद्दान्जली ब्यक्त गर्दछु
मृत्यु-बरण गरेका व्यक्ति प्रति सहानुभूति राख्नु र श्रद्दान्जली दिनु मानबिय मूल्य हो ! नेपालको इतिहासमा मरिचमानको नाम छ र सदैब रहन्छ !
मरिचमान नेपालका प्रधानमन्त्री थिए, यो यथार्थ हो, जसलाई सालिक तोडेर वा दरबार फोडेर (उदाहरण: तानसेन दरबार) मेटाउन सकिन्न, (…आतंककारीलाइ चेतना भया !)
मरिचमान राष्ट्रबादी हुन्, तेस्मा दुइमत हुन सक्दैन ! तर उनको सरकार एउटा असफल सरकार भन्दा धेरै केहि थिएन ! जब देशको सरकार (हरु) कुनैपनि कालखण्डमा असफल हुन्छन भने, त्यो असफलताको नकारात्मक असर देश र जनतालाई दसकौ सम्म पर्छ….चेतना भया !
मरिच मान सिंह अवस्य राष्ट्रवादी थिए. उनि पूर्ण प्रजातान्तिक नभएपनि धेरै हद सम्म प्रजातान्त्रिक नै थिए. चुनाव जितेर आएका, सामान्य घर परिवारका, र अहिले को चलनचल्तिको राजनैतिक शव्दमा भन्नु पर्दा नेपालका प्रथम जनजाती प्रधानमन्त्री थिए. जे जस्तोसुकै भन्नेले भने पनि उनि आफ्नै खुबीले प्रधान मन्त्रि भएका हुन्. एउटा सामान्य नेपाली बिना आफ्नो व्यक्तिगत खुबी, न त माध्यमिक विद्यालयको प्रधान अध्यापक हुन्थ्यो न त तत्कालिन संसद (राष्ट्रिय पंचायत) को अध्यक्ष्य हुन्थ्यो न त प्रधनमन्त्री नै.
हामी नेपालीहरु कागको पछि ज्यादा दगुर्छौ. पंचायती व्यवस्थाका नराम्रा पक्ष अवश्य थिए, त्यो भन्दैमा सबै नराम्रा त थिएनन नि. त्यस्तै मरिचमान का पनि कयौ नराम्रा पक्ष थिए. तर के सबै नराम्रा नै थिए त? शायद उनि डिप्लोम्यटिक कम थिए होलान र नाकावन्दी को समस्या टार्न सकेनन होलान तर भारत संग त झुकेनन् नि. जसले जे सुकै भनोस भारत नेपालको शत्रु हो. नेपालको प्रगतिको बाधक भारत हो र भारतले नेपाल आफ्नै खुट्टामा उभिएको कहिले नि देख्न चाहदैन. नाकावन्दीको समयमा मैले कति पटक बस चढ्न सिट नपाएर छतमा चढेर यात्रा गरेको छु. त्यस प्रति मेरो कुनै गुनासो मरिचमान लाई छैन. दोष भारत लाई छ. जसले नेपालको अधिकारको हरण गर्यो. नाकावन्दीको समय भन्दा पहिले सम्म नेपालगंज भन्दा पश्चिम, नेपाल जान भारत हुदै जान पर्थ्यो. भारतीय हरुले नेपालीलाई सार्है हेपेको देखेको र भोगेको छु. त्यहि समय हो जुनबेला नेपालको कच्ची बाटो हुदै ट्याक्टरमा यात्रा गरेको. भारत को बस बाट यात्रा गरेको भन्दा नेपालको ट्रयाक्टरको ट्रलीमा यात्रा गरेको मलाई ज्यादा गर्व छ. त्यहि बाटो पछि मर्मत गरेर बस चल्ने बन्यो. पंचायत, बहुदल गणतान्त्रिक नेपाल कुन राम्रो भनेर कसैले सोधे यहि राम्रो भन्न त सक्दिन तर अवस्य पनि मरिचमान, कृष्ण प्रसाद, गिरिजा, मन मोहन, सुर्य बहादुर, लोकेन्द्र चन्द, प्रचण्ड, शेर बहादुर, माधव नेपाल, झलनाथ, बाबुराम भन्दा कम थिएनन. नेपालले एक राष्ट्रवादी गुमेकै हो.
गिरिजा पनि मरेर गए ऊनको काण्ड हरु सब बिर्सेर tetra जनता ले सम्मान गरे खासै त के गरेका थिए र सिर्फ माओबादी संग को द्वन्द को अन्त्य गरेको थियो तेइपनि राजकीय सम्मान पाए .. जसले स्वछ छबि बनाएर धोति को अगाडी छाती फुलाएर जनता लाई जहाज बाट ल्याएर खुवाए …उनलाई चै हेप्ने…कोइ जाबो आन्द्रा मा सानो कालो दाग आउदा करोडौ खर्च गरि विदेश गएर जचौनी कोइ लाई चै एस्तो बेओहार गर्ने…………एस्तो सरकार लाई के भनौ र खोइ….. अब vote पौलास ….भाते हो……
“मरिचमान जस्तै आजको नेताहरु पनि संबिधान प्रति निष्ठावान रहेको भय हामि नेपाली र हाम्रो नेपाल यति पिल्सिने पिसिने थियन” / मेरो यहि बाक्य दिवंगत मरिचमान प्रति अर्पित हार्दिक श्रद्धान्जली हो/
मरिचमान पनि प्रचंद्र जस्तै प्रधानअध्यापक थिय/ मरिचमान पनि प्रधानमन्त्रि बने प्रचंद्र पनि प्रधानमन्त्रि बने/ दुबैको पारिबारिक आर्थिक स्थितिमा खासै भिन्नता छैन/ प्रधानअध्यापक बनेका व्यक्ति इम्मान्दार रहे लाख पति पनि मुस्किलले हुन्छ/ प्रधानमन्त्रि बनेका व्यक्ति पनि इमान्दार रहे मुस्किलले यौटा घडेरी र घर ठड्याउँन सक्ला/ यो कुराको ज्वलन्त प्रमाण बने पंचायतको मरिचमान र कांग्रेसको कृष्ण प्रसाद भट्टराई/ यति भनि सके पछि पहिला प्रधानअध्यापक; बैंकको नासु जस्तै सामान्य कर्मचारी रहेका सामान्य आर्थिक स्थिति रहेका व्यक्तिहरु पछि प्रधान मन्त्रि बने पछि आज जस्तो रुपमा हाम्रो अगाढी उभियको छ तिनीहरु कुनै सिट मरिचमानको तुलना गर्न सकिंदैन/
“जो आर्थिक मुद्दामा इमान्दार रहँदैन त्यो राजनीतिमा पनि बेइमान नै हुन्छ”/ मरिचमान तेस्तो बेइमान बर्गमा पर्दैन/ नेपाल सतिले सरापेको देस हो/ बेइमान सत्ताको उच्च कुर्सीमा पुग्ने देस हो/ नेपालको नागरिकहरुले जति सुकै सरापे पनि कार्यकर्ताले जयजयकार गरे महान नेता बनिने देस हो/ मरिचमानलाइ नेपालको नागरिकहरुले सरापेको छैन/ यति भन्नु पनि मरिचमान प्रति हार्दिक श्रधांजलि हुने छ/
नेपालको राजनैतिक पेसामा सबै भन्दा गर्न नहुने काम घुस नखानु होइन, हत्या गर्नु होइन, अपराध र अपहरण गर्नु होइन, रास्ट्रको ढुकुटीमा रजाइ गर्नु होइन, बिपतिमा परेको नागरिकलाई सुकु खर्च गर्न बजेट छैन भनेर आफु चाहि मस्ती सिट दिल्ली र विदेश घुम्नु होइन, रास्ट्रको सम्पति तोड फोद गर्नु होइन, आय दिन बन्द हड्ताल गरेर जनजीवन अस्तव्यस्त गर्नु होइन, आफ्नो कुरा नमाने लुटेर पिटर गाउँ घर बात निस्कासित गर्नु होइन, न्याय मागेर कसैले आफुलाई अप्ठ्यारोमा पारे प्रहरी र कार्यकर्ता लगायर अझै थप अन्याय गर्नु होइन/ नेपालको राजनीति पेसामा भारतको बिरोध गर्नु मात्रै ठुलो अपराध हो/ मरिचमानले यहि अपराध गरे/ तसर्थ आजको नेताहरुको निमित उ अपराधि बने/ यो भन्नु पनि मरिचमान प्रति मेरो हार्दिक श्रद्धान्जली हो/
नेपालको इतिहास साछी छ कि नेपालमा कुनै पनिनेताको मुल्याकन ” के उसले कहिले भारतको बिरोध गरेको छ बा छैन भनेर गरिन्छ/ जति सुकै इमान्दार जनप्रिय नेता पनि यदि उअस्ले कहिले कुनै बेला र प्रसंगमा भारतको स्वार्थमा बाधा पुर्यायको बा भारतको बिरोध गरेको थियो भने तेस्ता नेता मारिन्छ लखेतिन्छ/ बिरेन्द्र गणेशमान कृष्णप्रसाद मदन भण्डारी मात्रै यो कुराको प्रमाण बनेन मरिचमान पनि बने/ यो पनि मरिचमान प्रति श्रद्धान्जली नै हो/
आज भारतको हेपाह नीतिलाई नै शिरोधार्य गरेर आफ्नो राजनैतिक पेसा चलाउने नेताहरुको सरकारले सरकारले केहि सहयोग गरेर मरिचमान सायद अझै केहि महिना बा बर्ष बाच्ने थियो/ तर गरेनन/ नागरिकहरुले सक्दो सहयोग गरेर केहि दिन अरु बाच्न दिय/ भारतको हेपाह नीतिको बिरोध गर्दा लुतिन्दै आयको नागरिकले भारतको हेपाह नीतिको बिरोध गर्ने मरिचमानलाइ दिन सक्ने यतिनै थियो त् नागरिकहरुले दियको यहि केहि दिनको जीवन मरिचमान प्रति नागरिक हरुको हार्दिक श्रद्धाजली हो/
२०५१ साल को निर्बाचन मा बहुदल को हिरो ठान्ने पद्मरत्न तुलाधर को भन्दा बडी भोट मरिचमान श्रेष्ठ को आथ्यो /
मरिचमान श्रेष्ठ ज्यु लाई हार्दिक श्रन्दंजलि !!!!!
सक्रिय राजतन्त्रको बेला प्रधानमन्त्री थपना हुन्थे अर्थात राजाले अह्राएको तामेली गर्नुपर्थ्यो| बिरेन्द्रको अदुरदर्शी र सामर्थ्यले धान्न नसक्ने राष्ट्रवादी अडानलाई मरिचमानले कार्यन्वयन गरेका थिए| यदि बिरेन्द्रले अडान नलिनु भनेका भए मरिचमानले भारत बिरुद छाती तन्काउन के खाएर सक्नु नि ! उनले त हुकुमको तामेली गरेको पो त ! सुर्य बहादुरहरुले पनि भूपू राजाहरुको त्यस्तै अडान सामना गर्नुपर्थ्यो होला| तर तिनले बडो सुझबुझ तरिकाले त्यस्ता अडानहरुलाइ सुल्झाउन्थे! व्यक्तिको रुपमा बिरेन्द्र gentlemen थिए | तर उनको शासन व्यवस्था फितलो र अनिर्णायक थियो| मरिचमान थपना थियो भनेपछि उनको बारेमा धेरै के कुरा गराई भयो र ?
०४६ सालको आन्दोलनमा आफु ६ बर्षको थिए , सो के कसो भन्ने कुरो थाहा भएन | | यहाँ लाईक र डिसलाइक को अनुपात हेर्दा मरिचमानजीलाई अहिले आएर राम्रो भन्नेहरु धेरै हुनुहुदो रहेछ, किन त ? सायद इश्वरजीले भन्नुभएको ठिक होला “बिदेशी को पाउ मा सिर घोट्दा घोट्दा निधार नै टाटे बनाएर बरिस्ट हुनखोज्ने नेता भन्दा बरु गुमनाम नै भएपनि मरिचमान कै नाम भएजस्तो लाग्छ” | उहा किन एकाएक राष्ट्रबादी बनिनुभयो भन्ने कुरा हरु कसैले पोइन्ट गर्नुभए हामीलाई पनि साचो इतिहास बुझ्न सजिलो हुनेथियो | मरिचमानजीलाइ मेरो पनि हार्दिक श्रदान्जली |
मानिसको देहान्त हुनु दु:खको कुरो हो! मरिचमानका आफन्तलाई मेरो हार्दिक समबेदना छ्! तर उनको राष्ट्रवादिताको फलाको अलि बढी भयो कि? ब्यक्तिलाई देवत्वकरण गर्ने हाम्रो नानीदेखिको बानीले गर्दा बि पि लाई हामीले महा-मानव भन्यौँ|प्रचन्डले अगाडि सारेको बिचारलाइ प्रचण्डपथ नामाकरण गर्यौँ|नेतालाई देवत्वकरण गर्ने परिपाटिलाई त्याग्ने कि ? बिस्म्रितिमा गैसकेका दिवंगत ब्यक्तिलाई किन चलाएको होला! नेपाले शासक र नेताहरुले देखाएको बिनबिच्चको राष्ट्रवादले नेपालीहरुलाई दु:ख दिनसम्म दिइरहेको छ्!!!!
बीरेन्द्रलाई राष्ट्रवादी सोच्नेहरुले यो पनि बुझ्नपर्यो कि जनतालाई भारतको आर्थिक नाकाबन्दी ताका पीडा दिएर राजदरबारले के त्यागे? हप्तैपीछे बंगुर बार्बेक्यु खानु र बलिवुडको भिडिओ हेर्न बन्द गरेका थिएनन| नाकाबन्दीको परिणाम स्वाभिमानी जनताले भोगे तर आखिरमा पाए के? जनमत संग्रहमा जबर्जस्ती पंचायतलाई नजिताएको भए अहिले राजतन्त्र कुनै रुपमा कायमै रहने थियो होला| जनमत संग्रहमा पंचायतलाई जिताउन जुन कहालीलाग्दो बन संहार गरे त्यसलाई इतिहासले सही रुपमा लेख्नेछन|
मरिचमान सिंहको बारेमा भन्नपर्दा आफुलाई लागेको एउटा पक्ष कसैले ओउल्याएको देखिन| सो के भने काठमान्डौमा उबेला माथिल्लो तहमा राजनीतिमा पुग्न र टिक्न एउटा सपोर्ट सिस्टम ब्याक अपको रुपमा नभई नहुने पुर्जा हो| निगाहले होस् वा योग्यताको भरमा होस् वा स्वाथनिहित आन्तरिक कलहको फायदा दिलाउन होस्, उच्च पदमा जसो तसो पुगिएला तर त्यंहा टिकिरहनलाई सो ब्याक अप टीमले थमाई रहन सक्नु पर्छ| किनभने त्यंहा खुट्टा तान्नेहरु र बहालवालालाई उछिनेर आफ्नै स्व्वार्थ पूर्ति हुने व्यक्ति राख्न निरन्तर प्रयत्नशील रहन्छन| पंचायत व्यवस्था वास्तवमा निर्दलीय एकदलीय व्यवस्था थिए जुन अनेकौ लुट र गुटहरुमा विभाजित थियो|
उक्त सपोर्ट सिस्टममा जातपात र नातागोताको धागोले गाँसिएर अदृश्य रुपमा प्रमुख भूमिका खेलेको हुन्छ| जुन उबेला उग्र रुपमा थियो, प्रथमत नारायणहिटी मार्फत वा अप्रत्यक्ष रुपमा| फरक यति हो अहिले नारायणहिटीको सट्टा राजनैतिक दल वा नेतामा सरेको छ तर जातपात र नातागोता पुर्जा चल्ती नै छ|
मरिचमानलाई राष्ट्रिय पंचायतको अध्यक्षमा नियुक्त गरिदा दरवारले सायद जातपातको कोण केही हदसम्म हेरे तापनि उनकै योग्यताको भरमा महापंच छानिए होलान|
तर जब उनलाई प्रधान मन्त्रि पदमा नियुक्त गरियो, उपत्यकामा जातीय र राजनैतिक चेतनाले सल्बलाएका सचेत नेवार बासिन्दाहरुलाई साम्य पार्नेतिर पनि सम्भवत दरवार र दर्वारेहरुको लक्ष्य थियो| कठपुतली त् त्यसै पनि उबेलाको प्रधान मन्त्रि थियो| त्यसै भएर हिजसम्म आफ्नो नाउँको पछि सिंह मात्र लेख्ने व्यक्तिलाई प्रधान मन्त्रि बनाए पछि रातारात श्रेष्ठ पनि थपिन पर्ने कारण के हुनसक्छ?
जब राजदरवारले सबै रिमोट आफ्नो हातमा राखेर प्रधान मन्त्रिलाई जनताको आँखामा निकम्मा र नालायक देखाए अनि उनको कुर्सी ढुलमुलाउन लाग्यो त्यसबेला मरिचमानको कुनै भरपर्दो लब्बी र ब्याक अप सपोर्ट सिस्टम थिएन| जनताका बिरोधका शिकार मरिचमान भए पनि वास्तवमा सो बिरोध दरवारको एकतन्त्रीय शासन प्रति थियो| उनी उपत्यकाका नेवार थिएनन, न त् उनको उपत्यकामा दरिलो पकड स्थापित भैसकेको थियो| यो बुझ्न उनी भन्दा अघिका प्रधान मन्त्रिहरुलाई एक नजर दिन आवश्यक छ|
पटके प्रधान मन्त्रि सुर्य बहादुरको राजनीतिमा आफ्नै ग्याङ्ग र घनिष्ठ नातागोता परिवार ठाउँमा छन्, राजदरवार देखि लिएर निजामति सेवा, अदालत, प्रहरी, सेना, मेडिया, मेशिनरी र व्यवसायीहरुमा|
अर्का पटके लोकेन्द्रको दरवार र सेनामा आफ्नै सहानुभूति राख्नेहरु थिए|मरिचमान कै बाटो भएर प्रधान मन्त्रि नियुक्त भएका र दरवारको निर्देशनमा मन्चन गरेर नालायक सिद्ध भएका नगेन्द्र रिजालको पनि आफ्नै सुत्र र सपोर्ट सिस्टम थियो, व्यवसायीहरु साथमा थिए|
मरिचमानलाई उपत्यकाका नेवारहरुले जातको रुपमा अँगालो हालेनन भन्दा अत्युक्ति नहोला| प्रतिष्ठित व्यवसायी गजानन्द बैद्य उनका साथमा थिए भन्ने सुनियो तर यो केवल व्यवसायिक नाता हो वा व्यक्तिगत रुपमा उनको नेतृत्वको सपोर्ट हो त्यो थाहा भएन| उनलाई पंचायत बिरोधको लहरीमा भिलेन बनाईयो| अनाहकमा राजालाई राष्ट्रवादी देखाईयो|
नेपाली राजनीतिमा अनि साधारणत् जनमानसमा अर्को भ्रम पालिएको देखिन्छ| नेताले आफ़ो पदमा रहदा घुस खाएको वा भ्रस्टचार नगरेको मापक उनको त्यसपछिको जीवन यापन वा जीवन शैली| नेताले पदमा रहदा गरेको आचरण केवल पदको समाप्ति पछि झोली तुम्बी बोकेर एकपाखेमा बस्यो भन्दैमा वा भाडाको घरमा बसेको नाटक गर्दैमा उनी भ्रष्टचार विहीन ठहराईनु पूर्णत गलत हो| नेताले आफु पदमा हुँदा जानीबुझी वा आफ्नो पदको जिम्मेवारी निर्वाह नगरेर कसैलाई, जो कोही चाहे ब्यवसायी होस्, पुत्री, पत्नी नाता आफन्त, नाजायज फायदा दिएर आय वा पद वा कुनै लाभ दिएको पनि भ्रस्टचार नै ठहरिनु पर्छ| यसरी नाजायज फायदा उठाएकाहरुले पावर बाट हटे पछि पनि सपोर्ट सिस्टमको काम गर्छ|
मरिचमान पदमा हुँदा र पछि पनि पावर र सपोर्ट सिस्टमको भ्याकममा बाँचे| सायद उनी प्रधान मन्त्रि नभएको भए बिरोध पनि सो उत्कर्षमा पुग्न थिएन कि जसको फलस्वरूप आज सम्म पनि जनताको कल्याण नगर्ने राजदरवार अझ सम्म जीवितै रहने थियो भनेर शंका गर्न सकिन्न?
श्रद्धान्जली सहित|
मरिचमान सिंह र बिरेन्द्र एकाएक हिरो हुँदा २०४६सालको जनआन्दोलनमा ज्यान गुमाएका सयौं सहिदहरुले के सोच्दै होला कुन्नि?
२०४६ सालको आन्दोलन मा “मरिचमान लाई फाँसी दे हातखुट्टा भाची दे” भनेर लगायको नारा अझै कानमा गुन्झी रहेको छ! तर बौदल आएपछि नेताहरु को ताल मरिचमान को भन्दा झूर भयो तेसैले मरिचमान लाई श्रद्दान्जली दिन कन्जुश्याँई गर्नुहुन्न जस्तो लाग्छ! कसैले भन्न सक्छ ऐले का नेता हरु यो अर्थ मा मरिचमान भन्दा राम्रो भनेर? एउटा उदाहरण?
राष्टवादी र अराष्टवादी अनि पक्ष र विपक्षमा मरिचमानको मृत्युपछि चर्किएका वहस गर्नु भन्दा एउटा नेपाली मरेकोमा दुःख व्यक्त गर्नु मानवता हो । नेपाली राजनीतिको ईतिहासदेखि वर्तमानसम्म सबैले तात्कालीन समय र मोड अनुसार हरेकले समयको माग र परिस्थितिको अनुकूलताअनुसार उनीहरुले निभाएको भूमिकाले गर्दा कसैलाई नकारात्मक र सकरात्मक पाटोबाट केलाउने गरिएको छ । त्यतिबेला बहुदल प्रणाली बन्देज रहेको र पञ्चयाती व्यावस्था रहेको अनि २०४६ सालको आन्दोलनलमा मरिचमानले निभाएको भूमिकालाई शायद नकारात्मक पाटोको रुपमा केलाईएको होला । यद्यपि उनी देशको प्रधानमनत्री जस्तो पदमा रहीसकेकोले उनलाई राज्यले सम्मान गर्नुपथ्र्यो भन्नेचाहिं मलाई लागेको छ । बहुदल शासन लागु भएपछि पनि विभिन्न आरोह अबरोह भईरहेका छन् । माओवादी जनयुद्धले त देशलाई धेरै नोक्सानी नै पु¥यायो । पछि गणतन्त्र ल्याउन २०६३ को आन्दोलनले नयाँ प्रारुप कोरेर गणतन्त्रको प्रयोगमा गईरहेको छ । नेताहरु संविधान बनाउन असफल भए । अझै पनि देश संक्रमणकलीन अवस्थामा बामे सरीरहेको छ । जीवनमा मानिस एकचोटी मर्नैपर्छ । मान्छेको मृत्युमा शोक र श्रदान्जली व्यक्त गर्नुमा पनि पक्ष र विपक्षमा राजनीतिक रङ्ग हाल्नु दुःखदायी कुरा हो । बाचुन्जेल कसैले वास्ता नगर्ने अनि मरेपछि राष्टबादी र अराष्टवादी भन्दै जुहारी खेल्नु बिडम्वाना हो ।
मरिचमन न त नायक हुन् न त खलनायक नै! यिनी पंचायती व्यवस्थाका एउटा राजनैतिक खेलाडी मात्र हुन्! उनमा प्रजातन्त्र कम र रास्ट्रियता धेरै थियो! भारतले नेपाललाई हेपेर नाकाबन्दी लगाउदा समेत टक्कर लिने यिनलाई बहादुर नै मान्नु पर्छ!
राजनैतिक ब्यबस्था जे भएपनि यिनी नेपालका बैधानिक प्रधानमन्त्री नै थिए! नालाएक नेताहरुलाई टाउको, घुडो, आँखो,पेट जे दुख्दा पनि राष्ट्रकै ढुकुटी सकाएर इंडिया, थाइलैंड,जापान, अमेरिका, क्यानाडा आदि देशमा उपचारको नाउमा लाखौ करौडौ स्वाहा गराउने नेपाल सरकारले मरिचमानको उपचारमा बेवास्था गर्नु दुख लाग्दो छ!
पंचायतदेखि प्रजातन्त्र र गणतन्त्र सम्म आईपुग्दा समेत शिक्षा,स्वस्थ्य र देश बिकासमा कछुवाको गति कायमै रहनु लाज मर्दो कुरो हो।तसर्थ अहिले र उहिलेका नेताहरु सबै एकै भकारका गोबर हुन भन्दा फरक पर्ने छैन।
त्यति मात्र फरक हो’कि मरिचमानसिङले ४६ सालको जनआन्दोलन र आफू बिरेन्द्रबाट बर्खास्त भएपछि आफूले गरेका पाप,गल्ति र कम्जोरीहरु प्रायस्चित गरि राजनीतिदेखि टाढै रहने कोशिस गरे।तर अहिलेका गणतन्त्रबादी आवरणमा रहेका भ्रष्ट नेताहरुले आत्मालोचना कहिले गर्ने हुन त्यो हेर्न बाँकि छ।जेहोस एउटा मानबियताको आधारले उहाँको निधनमा श्रदान्जली चाही टक्राउन चाहान्छु।
कमेन्टहेरे अचम्म लग्छबा,
मरिचमन राम्रो नराम्रो भन्ने कुरा मूल होइन मूल बिसय भनेको Democracy ho मानिस यो कुरा किन बुज्दैन जे पायो तेही कमेन्ट, अमेरिका जस्तो देसमा बुस लाई जनताले चुनेर त्यो देसले पहिलाको अवस्थामा फर्कन आठ वर्षालग्यो जापान मा कोइजुमि पछि राम्रो नेता अहिले सम्म आएको छैन जुन देसमा हेर्नुस तेही छ.. तर सात्सोत सत्य भनेको प्रजातन्त्र हो र चुनाब हुनु पर्यो र चुनाबमा १० बर्षमा देस कयापटल हुदोरहेछ भन्नेकुरा हाम्रै छिमेकि बाट थाहा हुञ्छ तर प्रजातन्त्र लाई मास्न खोज्ने मानिस कदापी राम्रो हुदैन प्रजातन्त्र छ त नेतालाई गाली गर्न पाएका छौ . खुला प्रस्न सोधन पाएका छौ [ एकदिन त चेताउलन्नी.
हामी भित्रको EDUCATION SYSTEM नै गलत छ
हामीपनि केहि गतिला छैनौ बिदेस का toilet नराम्रा छन् भने तेस्को ओरिपरि नेपाली बसेका छन् भने थाहा हुञ्छ . अपर्त्मेंट को त कुरै छोडौ गन्नायेरा बिजोग .. म पनि तेस्तै छु .. अनि येसो तेसो नेताले बिगारे….. हास्न मन लग्छ … बिदेसमा भएका NRN को तालामाला बाटै धेरै थाहा हुन्छ….. बिदेस जान्छ ३ तले घर बनाउछ केकेना पहिसा कमाएको गार्डेन छ फोहोर लएर पिच बाटोमा फल्छ अनि चियाको सुर्की लाउदै नेतालाई गाली गर्छ. बिदेसमा थोरै बढी कमाउने भयो भने यो नेपाली संग के बोल्नु भन्न थाल्छ अनि राष्टीय़ेताको कुरा गर्छा ….बिदेसमा देस बेचेर रेफुजी बस्छ अनि राष्टीय़ेताको कुरा गर्छ…… खानेकुरामा बिस मिसाएर बेचेर राष्टीय़ेताको कुरा गर्छा
प्रजातन्त्र Hi Hi !! मरिचमान लै bye bye नारा लगाएको आझै याद छ सानो हुँदा !! जसलाई bye bye भने पनि नेपाल देश को प्रगति भएन के गर्नु !! झन् देश पतूर बनाये आहिले क ले त !! सबै नेपाली सिक्षित न भए सम्म देश को उन्नति जुन सुकै Man आए नि न हुनी छैन !! उनको बयान ठुलो हुँदा चाही सुनियो हल्का फूलका !! मान्छे चाही स्वबिमानी र विचार परक रहेछन !! अहिले क नेता ले जे represent गरे पनि अलि स्वबिमानी र विचार परक चाही हुन सकेनन. अहिले का निकम्मा भए पछि पुराना नै राम्रा laagni रहेछ !! जय होस् !!
भलै राजाकै निर्देशनमा उनले त्यतिबेला काम गरेको भएपनि मरिचमान एउटा राष्ट्रवादी र स्वच्छ व्यक्ति हुन् भन्ने कुरामा कुनै द्दिविधा छैन | यदि कसैलाई यो कुरामा द्दिबिधा छ भने उसले कुनै न कुनै रंगको चश्मा लगाएको छ भन्ने कुरा प्रस्ट हुन्छ | समय र परिस्थितिले मानिसलाई राम्रो र नराम्रो देखाउंछ | त्यतिबेला (पंचायत ढलेको बेला) को परिस्थितिले उनीलाई नराम्रो बनाएको थियो | यदि बहुदल पछिका नेताहरुमा ईमान्दारिता र आफ्नो मातृभूमिप्रति प्रेम देखिँदो हो त मरिचमानको अबस्थामा कुनै परिबर्तन आउने थिएन | तर उनीहरुमा यो कुनै कुराहरु कहिले पनि देखिएन, आज देश अश्मिताको डिलमा पुगेको छ र यो परिस्थितिले मरिचमानको राष्ट्रवाद र स्वच्छतालाई टल्काईदिएकोछ | भएको यति मात्र हो | अरु कुरामा टाउको दुखाउनु कुनै जरुरि नै छैन | मरिचमान सिंह श्रेष्ठलाई हार्दिक श्रद्दान्जली !
“शायद् त्यही भएर त्यसपछि राजनीतिलाई फर्केर पनि हेरेनन्” This statement is not true. He ran for the MP from Kathmandu # 3 and got around 5,500 votes which is more than what Padma Ratna got.
पढ्नु पर्यो नि पहिला माथिको सबै। दुई लाइन पढ्यो, कमेन्ट ठोकिहाल्यो ।
काठमाडौँ ३ हैन ४ बाट उठेका हुन् अनि २०४८ सालमा पनि सल्यान २ बाट उठेका हुन् । माथि लेखिएको छ ।
राजनीतिलाई फर्केर पनि हेरेनन् भन्नुको अर्थ पूर्व पञ्चहरुको राप्रपाको राजनीति भन्न खोजिएको होला ।
You are right about # 4. My bad.
But “शायद् त्यही भएर त्यसपछि राजनीतिलाई फर्केर पनि हेरेनन्” statement is still not true no matter whatever is written elsewhere. Thanks for taking time to read and comment.
मरिचमानको मृत आत्माको चीर शान्तिको कामना । मरिचमान एकाएक नायक हुनुमा देश हाँक्ने अहिलेका नेता खलनायक भएर हो । बहुदलीय व्यवस्थाले नेपालीलाई दिएको केही छ भने बोल्न र बर्बराउन मात्र हो । पञ्चले खोलेका उद्योग बन्द बेच्ने वा घाटामा त बहुदलले नै पुर्याएको हो । राज्यले बोकेको वायुसेवा पञ्चले छोडेको भन्दा निरिह अवस्थामा बहुदलले पुर्याएको छ । न्याय पनि दिए जस्तो त लाग्दैन । यी बहुदलबादीले नै होइन देशमा सङ्कटकाल लगाएर नरसंहारको बाढी लगाएका ? माओबादीलाई एउटा अपराधिक गुटको रुपमा तत्कालीन कानुनको दायरामा राखेर कार्यवाही गरेको भए यति विधि नरसंहार पक्कै हुने थिएन । माओबादीले गरेको गैह्र न्यायिक हत्यालाई हत्यारालाई गरिने तत्कालिन कानुनि दायरामा राखेर कार्यवाही गर्न त हुन्थ्यो होला नि ? बहुदलकालमा भएको नरसंहार गन्ति गर्ने हो भने पञ्चायति व्यवस्था त के राणाकालमा मारिएका गन्ति गर्दा पनि बहुदलकालकैले जित्ला । बहुदल र लोकतान्त्रिककालमा जस्तो “र” को ताँती पञ्चायतकालमा थिएन न त पञ्चहरू बहुदले नेता जति साह्रो दुर्गन्धित नै बने । बहुदलकालमा जस्तो विदेशिको परेड पञ्चको पालामा थिएन । त्यसैले पञ्चायति दुर्गन्ध वास्नादार भएर हैन बहुदलीय दुर्गन्ध कडा भएर नेपाली जनताले पञ्चलाई नायक देख्न थालेका हुन् कि !
श्रीमतीलाई वायु फाल्न असहज हुँदा राज्यकोषको ढुकुटीबाट विदेशमा उपचार गर्ने बहुदले नेताले क्यान्सर लागेर थलिएका पूर्व प्रधानमन्त्रि मरिचमानको उपचारमा राज्कोष नदिँदा पनि मरिचमान हिरो हुने अवसर जुरेजस्तो लाग्छ । अर्को तर्फ बहुदले नेताहरूको आर्थिक हैसियत र उपचार गराउन हात फैलाउनु पर्ने यी पञ्चको बीचको फरक पनले पनि हिरो हुन सघाएको छ ।
मरेको बाघको जुँगा उखेल्ने भनेको यहि हो/बिग्रेका मनस्थिति बोकेका बिद्द्वान नेपालीहरु यस्तै हुन्छ/जुन सुकै विचारधारा भएको भए पनि आखिर मरिचमान सिंह नेपाली नै हो,पंचायतकालमा माननीय मन्त्रि,अध्यक्ष र प्रधान मन्त्रि भएकै हो/ तर अव देशको राजनीति प्रजातान्त्रिक समाजबाद,बहुदलिय जनबाद,माओबाद नभएर बाहुनबाद भएको पूर्ण रुपमा पुष्टि भएको तथ्य
मरिचमान सिंह,गोरे बहादुर खपांगी र ओम गुरुङको स्वास्थ्य उपचारमा गरेको विभेद मात्र होइन एमालेकी नेत्री साहना प्रधान,कांग्रेसको भिम बहादुर तामांगको स्वास्थ्य उपचारमा दुइ कौडी उपलध नगर्ने बाहुनबाद,शुसिल कोइरालाको उपचार गर्न अमेरिका जाँदा साठ्ठी लाख,प्रचण्डको श्रीमतीको उपचारको गर्न पचास लाख,अपुताली के पी ओलीको उपचार गर्न एर एम्बुलेन्स सहित दुइ करोड उपलब्ध गर्ने बाहुनबादी सरकारले पछिल्लो समयमा झलनाथ खनाल,रामचन्द्र पौड्याल,माधव नेपाल,आदि इत्यादिको स्वास्थ्य उपचारमा राज्यले गरेको खर्च अझै प्रत्यक्ष देखाएको छैन/बाहुनले जातिया विभेद गरेको छैन भन्ने बाहुनको धोति ओढेर हिंड्ने भुस तिग्रेहरुले अझै यी कुराहरु कुकुरलाई सिङ्ग उम्रेको दिन मात्र बुझ्ने हो कि /
तपाइको लिस्टमा लोकतान्त्रिक आन्दोलनमा पुरा जीवन अर्पेका सैलाजा आचार्य , चक्र बास्तोलाहरुको नाम छुटेछ .
मान्छे मरे पछि स्वाभाविक रुप मा उ प्रति सहानुभूति जागेर आउछ / कुरेर बसौ, खड्के ओली मरे पछि उसलाई पनि राष्ट्रबादी नेता मान्नेको कमि हुने छैन नेपालमा ///
नायक त होइनन तर खलनायक पनि हैनन्…..प्रधानमन्त्री हुँदा तत्कालिन देश, राजनीति परिवेश अनुसार जे गरे त्यो उनले पालन गर्नु पर्ने कर्तब्य हो…चाहे उनको ठाउँमा अहिलेका खिल राज रेग्मी प्रधान मन्त्रि भएका भए पनि उनले तेइ गर्ने थिए..र मरिचमान सिंह जुन कालमा प्रधानमन्त्री भए त्यो बेला उनको लागि निकै नै चुनौतिपूर्ण स्थिति थियो, हरेक तवरबाट…
ठिक हो, उमेशजीले भन्नु भाको जस्तै ४५ सालको इन्धन क्राइसिस्को बेला महत्वाकांक्षी निर्णय लिए, त्यो उनको एकल निर्णय त थिएन होला- यस्तो निर्णयमा दरवारको पूर्ण कन्ट्रोल हुन्थ्यो…तर के थाहा, सायद उनले नै पो बीरेन्द्रलाई सुझाएका थिए कि एसो गर्न…यदि सो कदम को श्रेय उनले पाउन हुन्न भने त्यसरीनै जनान्दोलनको बेलाको संहारको अपजस पनि उनको टाउको मात्र थोपार्नु ठिक नहोला!
दुख लाग्दो कुरा उनि उपचाररत रहदा सरकारको तर्फबाट सारै उपेक्षा भयो…बरु मनमोहन सिंहले फुल गुच्छा पठाएर स्वस्थ स्थिति बुझेको समाचार आयो..यो सारै लज्जास्पद कुरा हो !
जे भएपनि एक पुर्व प्रधानमन्त्री र कमसेकम आफ्नो आइडियोलोजिमा अडिग रहने नेताको हिसाबले हार्दिक श्रद्दान्जली!
I could not understand people double standard here. If late Marich Man was just the puppet of late Birendra in Panchayat system and he is not the nationalist and think Birendra was nationalist than Marich man did not suppress the people movement at that time it was Birendra that suppress the people movement and he was puppet and was just made scapegoat.
मरिचमान सिंह श्रेष्ठलाई मेरो हार्दिक श्रद्धान्जली उनको आत्माले चिर शान्ती पाओस
हो अहिले पनि नेता र बेबस्था ठिक छैन तर त्यो ब्यबस्था, परिपाटी र शाशन नाभोगेकाले मात्रै मरिचामानलाई अहिले महान रास्त्रबादी देखेका हुन् / अहिलेका मोहन बैद्ध र ति मरिचमानको रास्त्रबाद एउतै हो ….. बिहान बेलुकाको छाक र दुइ धारो लुगाको चिन्ता भएका जनतालाई के को रास्त्रबाद र नानाथरिका बाद र सिद्धान्त /
लेखमा भनिए जस्तै बास्तबमा मरिचमान राजाका बुख्याँचा मात्रै थिए तेतिखेर, उनलाई कट्टर रास्त्रबादी पनि तेतिखेरको दरबारले बनाइदिएको हो, दिएको सल्लाह सुने जस्तो मात्रै गर्थे तेतिखेरका राजा र दरबारियाहरु, देश राजा र राजपरिवारको बिर्ता थियो भने खेताला जस्ता थिए जनता, पन्चेहरु सबै राजा र राजपरिवारका सदस्यहरुको धुपौरे र जनमानसमा डन अनि प्रतिबन्धित दलका नेताहरु तेही धुपौरे र डन हुन नपाएर उखार्पात थियो / तेतिखेर बास्तबमा चक चकि चै येही ज्ञानेन्द्रे, धिरेंद्रे, पम्फादेबी, महेन्द्रका छोरी ज्वाईंहरुको नै थियो, यिनीहरुलाई नै भूमिगत नेता मानेर पन्चे नेता तथा मन्त्रीहरुले राजनीति गर्नु पर्थ्यो /
४६ साल सम्म राजाको खेतमा बाउसे को खुब राग थियो पिरो थियो!
४६ साल पछि खेत जनताले मोहियानी हक दाबि गरि राजाबाट भाग लगाई लियो अनि बाउसे लाइ पनि खेत धनीले निकाली दियो तेसपछी,
“किन चाउसिर मरिच, आफ्नै पिरोलो”
त्यै भयो यो राजाको बाउसे मरिच लाइ पनि!
४६ पछि पनि राजनीतिमा आउने अथक प्रयास त गरेकै हो तर राजाको आदेशमा खेत खन्ने बाउसे हरुको जनाधार नहुदा कसरि उम्रिन्छ र? तेसैले बाउसे बाट बर्खास्त हुनेबित्तिकै चाउरियो सकियो!
उबेला राजाको बाउसे भयर राजाको खेत जोगाउने अथक प्रयास त गरेकै हो तर किन सक्थ्यो जहा प्रजाहरुलाइ अब खेतमा त हाम्रोपनि मोहियानी हक लाग्छ रे भन्ने थाहा भयो अनि तेही अझै केहि लाइ यो खेत त हाम्रो हो राजाले त ठेकेदारीमा हत्यायाको मात्र हो भन्ने पनि बुझे अनि प्रजाहरुले मोहियानी मा आधि लिय अनि केहि पछि पुरै जनताले नै लिय!
जहासम्म रास्त्रबादी को कुरा छ त्यो हामि सबै रास्ट्रबादि नै हो! रास्ट्रियतालाइ सम्मान गर्ने रास्टियताको जगेर्ना र संरक्षण गर्ने हामि सबै रास्त्रबादी हौ! कसैले आफुलाई बढी र अरुलाई कम रास्त्रबादी देख्नु जरुरि छैन! आफ आफ्नो सोचाइ अनुसारको रास्ट्रबादको र देश भक्तिको परिभाषामा बटार बुटुर होला त्यो अर्कै कुरा तर देश भित्र को सट्टा र कुनै कुरालाई खिचातानीमा त अरास्त्रिया र मा रास्त्रबादी भनेर हिलो छ्याप्ने र जलप लगाउने कुरा अकर्मड्यताको ध्योतक हो!
आम नेपालि जस्तै मरिचमान पनि रास्त्रबादी हो! तर उ देशको लागि भिजन भयको नेता होइन हो त सिर्फ कसैको खेतमा आली लगाइदिने र खेत जोगाइदिने बाउसे, हली.!
मानबिय क्षति र एउटा व्यक्तिको मृत्युमा मेरो पनि श्रद्दान्जली! आत्माले शान्ति पाओस!
त्यसो भया भिजन भयको नेता को हो त ? लौ एक जना को नाम लिएर देखाऊ ! नेपाली काँग्रेस क कार्यकर्ता कोइराला परिवार को बौसे , अनि माओबादी कार्यकर्ता प्रचंडे को बौसे. जनाधार भएको पार्टी कुन छ नेपाल मा आहिले ?
इथिहास जित्ने हरु को घोडा हो , नेपाली क्रान्तिकारी हरु येही भन्छन , जस्तो कि उ जन्मनु भन्दा पहिला त संसारै छैन जस्तो , अनि चपाइञ्छ अनुहार ति इथिहास का कथित कुपात्र र सुपात्र हरुको , गरिञ्छ बयान आफ्नै अनि गाइञ्छ गुनगान आफ्नै वर्तमान मा बिजयी बिर क्रान्तिकारी हरु द्वारा अनि तेही बयान बनछ उसको मृत्यु वा दुर्गति को कारण ,इतिहास भन्ने तरिका फरक , तेही इतिहास लाइ रेफ्रंस बनाएर गरिएको रेपोर्तिंग फरक मानौकि प्रिथिवी मा हिट्लर जन्मेकै थिएनन् दुनिया मा आफ्नो साम्राज्य फैलाएकै थिएनन् अनि आफ्नो हत्या आफैले गरेकै थिएनन् मानौकि मरिच मान र वर्तमान नेता हरु मात्र तेस्ता नेता हुन् जसले नेपाल माथि राज गरे अनि बनाए घोडा इथिहास लाई भबिस्य कसैलाई ताहा नै नभएको जस्तो | मरिच मान लाई कसैले नचिनेकै जस्तो , बहुदलिय व्यवस्था मा स्वछ छबि को नेता नेपाल मा नभएकै जस्तो | अचम्म |
उही दुइचार पञ्चे र अहिलेको राजनीतिबाट अतिवाक्क भएकाहरू त होला नि उनलाई नायक देख्ने । जे होस्, एउटा राष्ट्रवादी राजाको प्रधानमन्त्री भएको हिसाबले श्रद्धाञ्जली !
रास्त्रबादी त यिनी होइनन राजा हुन्. किनभने त्यो बेला मा राजा को इच्छा बिरुद्द यिन ले इंडिया संग अडान लिए भन्ने त कुरा त मुर्ख ले मात्र सोच्ने हो. तर यिनी इमान्दार रहेछन र भ्रस्टचार नगरेका रहेछन. शेर बहादुर अरबपति बने, प्रचण्ड अरबपति बने, सुजाता हरु अरबपति बने, ओली महिना को करोड खर्च गर्ने हैसिएत राख्दछ भने यिनी संग औषधि गर्ने पैसा पनि रहेनछ. सत्ता बात हटे पछि गाइ पालेका थिए, त्यो तेती खेर नाटक जस्तो लाग्दथ्यो, तर होइन रहेछ. एउटा इमान्दार नेता लाइ श्रद्दान्जली !
नायक र खलनायक भन्ने कुरा हरेक मान्छेमा आ-आफ्नै मात्रामा हुने कुरा हो, कुन धेरै कुन थोरै भन्ने मात्र सबैमा फरक फरक हुन्छ र हाम्रो मान्यता (पारम्पारिक) के हो भन्दा, बिति सकेको मान्छेको नायकपन (गुण) मात्र सम्झिनु पर्छ खलनायाक्पन (अबगुण) हैन, त्यै भएर अहिले वहाँ नायक हुनुभएको मा कुनै आश्चर्य मान्नु पर्ने देख्दिन | वहाँलाई मेरो पनि भावपूर्ण श्रद्धान्जली !!!
हाम्रो पारम्परिक मान्यता यस्तो भए पनि हामी अलि क्रिटिकल हुनुपर्छ । मान्छे मरेपछि देवत्वकरण गर्नाले बाँचेकाहरुले जे गरे पनि हुने रहेछ भन्ने पर्न सक्छ । बहुदलीय व्यवस्थामा विकृति भित्र्याउन प्रमुख कारक बनेका गिरिजालाई मरेपछि महानायकको महाअवसानसमेत लेखे कसैले । पश्चिमी छापामा मरेपछि ओबिच्युरी लेखिन्छ जसमा उसको गुणदोषको विवेचना गरिएको हुन्छ । मरेपछि गुणैगुण मात्र देख्ने अवगुण जति लुकाउने हाम्रो परम्परा हो भने त्यसलाई सच्याउनु पर्छ विशेष गरी सार्वजनिक व्यक्तित्वहरुको ।
मरिचमान एक कट्टरपन्थी अनुदारवादी पञ्च नेता थिए । नाकाबन्दी उनको कारणले भएको हैन राजा वीरेन्द्रले चीनबाट हतियार किन्ने निर्णय गरेर भएको हो । उनी भारतका अघि नझुकेर यस्तो भएको भन्नु कूतर्क हो । राजा वीरेन्द्रले झुक भनेको भए झुक्नुपर्थ्यो । कार्यकारी अधिकार उनलाई थिएन । उनले गर्न सक्ने भनेको राजाको निर्णयको विरोधमा राजीनामा थियो । शान्तिपूर्ण आन्दोलनलाई अन्तिम समयसम्म बल प्रयोग गरेर दमन गर्नुपर्छ भन्ने व्यक्ति थिए उनी । तर राजा वीरेन्द्रले त्यसो गर्न चाहेनन् । बरु उनलाई नै हटाइदिए ।
अहिले का नेता नालायक भएर यिनी लाइ नायक देखिएको हो | ४६ साल को शान्तिपूर्ण आन्दोलन लाइ जबर्जस्ति दबाउने प्रयास गर्ने यिनी ले माओबादि हरु को हत्या र हिन्सपुर्ना बिद्रोह यिन को हात मा परेको भए कति जनता मर्थे होलान होला यिनी तानासाही प्रिष्टपोसक नै हुन् तर अहिले को बिदेशी दलाल भन्दा तानासाह नै भोग्नु असल हो जस्तो लाग्छ मलाइ पनि |
मृत आत्मा लाइ श्रदान्जली !!
राज्य व्यवस्था लाइ सुरक्षित राख्छु भन्ने कसम खाएर पद मा पुगेका हरु ले व्यवस्था बिरुद्द आउने बिद्रोह लाइ कसैले सजीलै कमण्डलु र झोला भिरेर आफ़ुमन्दिर तिर लागेर अराजकता मा मुलुक छाडदैन ! एक्लो मरिचमान को कुरा छाडिदिउ – पंचायत को ३० बर्से सासन मा जति मरे त्यो भन्दा १० ओउ गुणा बढी एक्लो गिरिजा प्रधानमन्त्री भएको बेला मरे ! उनलाइ दोष दिनु सरासर एक्पक्षिय र उनि प्रतिको अन्याय मात्र हुन जान्छ ! मेरो व्यक्तिगत विचार मा त स्वास्नी लाइ समेत राज्यकोष बाट उपचार गराउने – बिदेशी को पाउ मा सिर घोट्दा घोट्दा निधार नै टाटे बनाएर बरिस्ट हुनखोज्ने नेता भन्दा बरु गुमनाम नै भएपनि मरिचमान कै नाम भएजस्तो लाग्छ ! बद्नाम त यी नेता हरु छन् ! भाब पूर्ण श्रद्दान्जली सच्चा राष्ट्रबादी को !
झट्ट अनि सोझो तरिकाले बुझ्दा उनि रास्ट्रबादि देखिए पनि ,उनको राजनैतिक जिबन को विभिन्न काल खण्ड लाइ हेर्दा , उनि रास्ट्रबादि होइनन , उनि त दास जस्तो प्रधान मन्त्रि थिए तत्कालिन राजा का पहरेदार ! राजा ले एक चुट्की बजाउदा निस्कनु पर्ने पद थियो त्यति बेला . त्यसैले बरु राजा बिरेन्द्र लाइ नै रास्ट्रबादि मान्नु पर्छ, त्यति बेला भारत ले लामो नाक बन्दि गर्दा पनि पछि नहट्ने मरिचमान होइनन तत्कालिन राजा बिरेन्द्र नै हुन् , आफ्नै देश भित्रका जनतालाई मारेर भए पनि सत्ता मा हामि नै रजाइ गर्नु पर्छ भन्दै जनआन्दोलन दबाउन खोज्ने लाइ किन रास्ट्रबादि को बिल्ला भिराउनु पर्ने होला !!!!! जे भए पनि मैले एक नेपाली को हैसियत ले उनि पर्ति स्रंदांजलि अर्पण गर्न चाहन्छु !
श्याम जी,
मरिचमान राजाको कठपुतली प्रधानमन्त्रि होइनन सच्चा देश भक्ति व्यक्ति थिए अनि बहादुर थिए | यी नै प्रधानमन्त्रीको पालामा राष्ट्रका काला ब्यापारीहरुको सर्बनास सुरु गरिएको थियो, तर अहिलेका नालायक नेताहरुले तिनीहरुलाई नै सम्मान दिएका छन् |
यी नेताहरु भन्दा झन् नालायक त हामी जनता छौ, तेसैले खुम बहादुर खड्का को रिहाईमा खुशी मनाउदै स्वागतको लागि लम्बध्ध हुन्छौ
अनुप जी,
आफ्ना तर्क पुष्टि गर्नुस्
मरिचमान राजाको कठपुतली प्रधानमन्त्रि होइनन सच्चा देश भक्ति व्यक्ति थिए अनि बहादुर थिए |
कुन आधारमा भन्न सक्नुहुन्छ उनी कठपुतली प्रधानमन्त्री होइनन् । कुन तर्कले उनी बहादुर थिए भन्न सक्नुहुन्छ ? उपचार गर्न पैसा पनि नभएको तर्कले उनलाई अहिलेका नेताहरुभन्दा इमान्दार भने भन्न सकिन्छ।
यी नै प्रधानमन्त्रीको पालामा राष्ट्रका काला ब्यापारीहरुको सर्बनास सुरु गरिएको थियो, तर अहिलेका नालायक नेताहरुले तिनीहरुलाई नै सम्मान दिएका छन् |
लेखेर मात्र भएन पुष्टि पनि गर्नुपर्यो, जानकारी पनि दिनुपर्यो । उनको पालामा राष्ट्रका को को काला व्यापारीको सर्वनास सुरु गरिएको थियो ? कसरी गरिएको थियो ? अहिलेका कुन कुन नालायक नेताले तिनीहरुलाई सम्मान दिए ? तिनीहरु भन्नाले कुन कुन व्यापारी ?
निरज जी,
त्यो बेला को व्यवस्था नै त्येस्तो थियो ! राज्यब्यबस्था ले अङ्गीकार गरेको बाटो लाइ मात्र उनले पक्ष्यायेको हो ! त्येश मा मरिचमान को के गल्ति भयो र ? ठिकै छ मरिचमान राजा का कठपुतली थिए ! बर्तमान नेता हरु जो भारत को कठपुतली छन ति भन्दा त नराम्रै भए पनि भारत भन्दा राजा कै कठपुतली हुनु राम्रो होइन र ?
निरज जी,
मरिचमानको कार्यकालको अध्यन गर्नुस स्वयम् पुस्टि गर्न सक्नु हुन्छ |
आफूले लेखेका कुराको, आफ्नो तर्कको जवाफ आफैले पो दिनुपर्छ अनुप जी, लेख्ने बेलामा जे मन लाग्यो त्यही लेख्ने, पुष्टि हुने आधार माग्दा अध्ययन गर्न जा भन्ने ? अध्ययनै गर्ने भए कुन पुस्तक, पत्रिकाको कति नम्बर पेज अध्ययन गर्ने हो ? त्यो लेख्नुस् अनि त्यसबाट तपाईँको तर्क पुष्टि हुन्छ कि हुन्न भन्ने बहस म गर्छु।
आफैलाई थाहा नभएको कुरा लेखेको भन्ने यसबाट पनि पुष्टि हुन्छ। यी नै प्रधानमन्त्रीको पालामा राष्ट्रका काला ब्यापारीहरुको सर्बनास सुरु गरिएको थियो, तर अहिलेका नालायक नेताहरुले तिनीहरुलाई नै सम्मान दिएका छन् भनेर लेख्ने, अनि म जस्तो थाहा नपाएको मान्छेले को को रैछन् ती व्यापारी अनि अहिलेका को को नेताले कसरी संरक्षण गरेर राखेका रहेछन् भनेर जानकारी माग्दा मरिचमानको कार्यकाल अध्ययन गर्न जानुस् भन्ने ?
तपाईँको पारा त नेताहरुकै जस्तो भइगो नि, जे भने नि हुने, जे लेखे नि हुने, जिम्मेवारी लिन नपर्ने।
एउटा के समस्या छ भने नेपाली समाजमा जसको अन्त्य हुन्छ अर्थात मृत्यु हुन्छ तब पुज्ने र सम्मान गर्ने सस्कार छ भएको यहि हो !! भलै अति व्यक्तिगत स्वार्थ र महत्वाकांक्षी भएको भए अन्य पन्चेहरु जस्तै अहिले बिभिन्न दल खोलेर उफ्री रहन्थ्य मरीचमान अर्थात राज्यको सुबिधा उपभोग गरिरहन्थ्ये !! हामी जनताको आकांक्षा हुन्छ देश आमुल परिबर्तन नभए पनि आंशिक परिबर्तन होस् स्वास्थ्य र शैक्षिक, रोजगार, उपभोग्य बस्तुहरुमा सहजता होस् तर यो भएन भने पुन बिगतलाई फर्केर हेर्नु वा बिगतका सशाकहरुको मुल्याकन गर्नु अनौथ्यो होइन मानबिय कर्तब्य पनि हो !! २०४६ सालको जनआन्दोलनको क्रममा रत्नपार्कमा मरिचमानको सरकार को प्रहरीले सिधै पेटमा अश्रु ग्यास प्रहार नगरेको होइन र पनि हार्दिक श्रद्दान्जली !!!
अरु धेरै कुरा त थाहा छैन तर यिनी एक रस्त्रबादी थिए जो भारतीय बिस्तारबादको अगि पनि झुकेनन् .. रास्ट्रको लागि कुनै गतिलो योगदान नहुने रामराजा प्रसाद जस्ता व्यक्तिलाई राष्ट्रिय सम्मानका साथ् अन्त्यस्ती गर्ने सरकारले एउटा सच्चा रस्त्रबादीलाई उपचार सहयोग गरेको ५ लाख रे (यो भन्दा धेरै रकम त हाम्रा अन्य थुप्रै नेताले बर्सै पिछे उपचारको नाममा राज्यको ढुकुटीबाट दोहन गर्छन ) , २ करोड त हाम्रा कमरेड नारायणकाजीको जापानमा गर्दनको उपचार गर्न खर्च गर्यो , तेसै गरि अर्का महामहिम रामबरण यादवको हुदै नभाको रोगको लागि जापान सम्म पल्टन लगेर झन्डै करोड खर्च गर्यो , बिचार मरिचमान ..
श्रधाञ्जलि
एकपटक इतिहास दोहोरिएको मात्र हो मरेपछि गुणगान गाउने हामी नेपाली को बानी नै हो तर पनि ४६ साल को परिस्थिति मा ‘खलनायक’ लाई अहिलेको परिस्थिति मा(नेता हरु को चाल ले र तेल नुन ल्याउनु ले )चै नायक नै रेचन…….श्रद्धान्जली
जिउंदो छउंन्जेल सत्तोसराप थर्ने र मरेपछि भावपूर्ण श्रद्धाञ्जली दिने नेपालीको चलन झैं भैसक्यो । भोली राजा ज्ञानेन्द्र मर्दा पनि प्रखर राष्टवादीको माला लगाएर उनको लासलाई श्रद्धाञ्जली दिइनेछ । हेर्दैजानुहोला ।
हेरो बनौन पर्ने कुनै कारण छैन. तानाशाही पंचायत बेबस्था जगौना नौटंकी गरेर चिन बाट तेल ल्याउछु भन्दै मा हेरो होइदैन. भारत को बिरोध गर्नु मात्र रास्त्राबाद होइन.