अमेरिकाको फ्याउरे खबर (Fox News) को जसलाई पनि उडाउने कार्यक्रममा एक जना नेपाली पनि परेछन्। Fox News का Jesse Watters ले पाए तपाईँलाई पनि उडाउँथे। हामी चैँ के विधि सिरियस भा’का। सरकारदेखि लिएर सरकारी कर्मचारीसम्मलाई गाली गर्दैछौँ। सुदर्शन सुवेदी कुनै सरकारी कर्मचारी थिएनन्, डिप्लोम्याट थिएनन्। सरकारी पैसामा घुम्न गएका पनि थिएनन्। उनी राष्ट्रिय अपाङ्ग महासंघ का अध्यक्ष हुन्। UN को महासभामा NGO को प्रतिनिधिका रुपमा UN Guest भएर गएका हुन्। UN मा अङ्ग्रेजी जान्ने नजान्ने हेरेर पाहुना बोलाइँदैन, उसले सम्बन्धित क्षेत्रमा गरेको कामको मूल्याङ्कन गरेर बोलाइन्छ। पर्वतको विपन्न परिवारमा जन्मिएर पोलियोपीडित भई दाहिने पाटो बेकारजस्तै छ उनको। सानोमा उनलाई कक्षाका सहपाठीहरुले अपाङ्ग भनेर गिज्याउँथे, आज तपाईँहरु अङ्ग्रेजी जानेन भनेर खुब गिज्याइरहनुभएको छ। तर तपाईँ जस्तो अरुलाई होच्याएरमात्र बसेनन् उनी। अघि बढे अपाङ्ग हकहितका लागि। अशोका फेलो बने सन् २००४ मा। अपाङ्ग भएकामा गर्व छ उनलाई। अपाङ्कका मुक्तिदाता हुन् उनी।
अपाङ्गका मुक्तिदाता
पर्वतको एउटा विपन्न परविारमा जन्मेका उनलाई दुई छाकको जोहो नै जीवनको सबैभन्दा ठूलो समस्या थियो। पुरेत्याइँबाट बाबुले जोहो गरेको चामल र दक्षिणाले कुनै छाक पेटभर िखान पाउँदा उनीहरू दसैँ आएको अनुभूति गर्थे। त्यही बेला बर्दियामा पुनर्बास आयोजना खुल्यो। उनका बाबु परविारको दुई छाक टार्ने सपना बोकेर मधेसतिर झरे। त्यहाँ परविारको भोको पेटले अन्न त पायो तर उनी लामो ज्वरोबाट सिकिस्त भए र पोलियोको सिकार हुन पुगे। उनको दाहिने खुट्टा अशक्त भयो । यसपछि उनको जीवनले सयौँ हन्डर खायो, अनेकौँ प्रतिकूलताको सामना गर्यो।
बर्दिया सरेपछि सुदर्शन सुवेदी, ३९, ले आफ्नो जीवनलाई एउटा चुनौतीपूर्ण मोडमा उभिएको पाए। उनको विगत त संघर्षपूर्ण र निरस थियो नै, भविष्य पनि तरनिसक्नुको जँघारमा हेलिँदै गएको अनुभव गरे। आर्थिक विपन्नता र शारीरकि अपाङ्गतासँग लडेर कसरी आममानिससरह सम्मानित जीवन जिउने भन्नेमा उनको मस्तिष्कले खूब कसरत गर्यो। उनी टुंगोमा पुगे, नपढी सुखै छैन। पढ्नु पनि सजिलो थिएन। विद्यालय पुग्न ठ्याक्कै एक घन्टा लाग्थ्यो। उनका लागि यो पनि सहज हुन सकेन। तर, सामाजिक काममा अत्यन्तै रुचि राख्ने उनका बुबा अरू व्यक्तिहरूसँगको सहकार्यमा गाउँमै विद्यालय स्थापित गर्न सफल भए। यसबाट सुदर्शनले शिक्षार्जन गर्ने अवसर पाए। यो विद्यालय साँच्चिकै उनको जीवनको वरदान हुनपुग्यो।
उनले विद्यालय सके र त्यहीँबाट कानुनमा प्रवीणता प्रमाण-पत्र उत्तीर्ण गरी राजधानी आए। कानुनको स्नातक तेस्रो वर्षको शोधपत्र -थेसिस) लेख्ने क्रममा उनको जीवनले अर्को मोड लियो। आफू अपाङ्ग भएकाले उनले यसै विषयमा थेसिस लेख्ने निर्णय गरे। सामग्री तयार गर्दा अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को अध्ययन गरे। त्यस ऐनको एउटा दफामा अपाङ्ग व्यक्तिलाई जुनसुकै सरकारी शिक्षण संस्थामा निःशुल्क अध्ययन गर्न पाउने प्रावधान छ। उनले ऐनको त्यही प्रावधान देखाउँदै आफूले निःशुल्क अध्ययनको अवसर नपाएका बारे प्रश्न गरे, क्याम्पस प्रमुखलाई। तर, क्याम्पस प्रमुखले टेरपुच्छर लगाएनन्। बरू उनलाई अदालततिर जान सुझाए। उनले बीएल उत्तीर्ण गरेका थिएनन् तसर्थ अदालतमा बहस गर्न उनीसँग अधिवक्ताको लाइसेन्स थिएन। सार्वजनिक सरोकारको रटि दायर गरेरै भए पनि उनले आफैँ बहस गर्ने निश्चय गरे। अर्का दृष्टिहीन बाबुकृष्ण महर्जनसँग मिलेर उनले सर्वोच्चमा बहस गरे। सर्वोच्चले उनीहरूको पक्षमा फैसला गर्दै जुनसुकै किसिमको अपाङ्गता भएको व्यक्तिले सरकारी शिक्षण संस्थामा निःशुल्क अध्ययन गर्न पाउने निर्णय सुनायो। यसबाट सुवेदी अत्यन्तै उत्साहित भए।
त्यही बेला राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाका लागि आन्दोलन चलिरहेको थियो। अपाङ्गहरू पनि काँधमा काँध मिलाएर त्यस आन्दोलनमा ओर्लिए। कैयौँपल्ट तत्कालीन महेन्द्र प्रहरी क्लबको थुनामा जाकिए। बल्लतल्ल आयोगको स्थापना भयो। तर, त्यसपछि आन्दोलनका अगुवाहरूले अपाङ्गहरूलाई दूधबाट झिँगा झिकेर मिल्काएजस्तै व्यवहार गरे। त्यस आयोगमा उनीहरूको एउटा डेस्कसम्म बनाइएन। अनि, सुवेदीले सारा अपाङ्गहरूलाई गोलबद्ध गरी ‘हाम्रा लागि हामी नै’ भन्ने नारामा आन्दोलन थाले। लडाइँका लागि एउटा मोर्चा नै बनाए।
अपाङ्गको शिक्षाका लागि सुवेदीले पहिल्यै अधिकार प्राप्त गरसिकेका थिए। अब उनले अपाङ्गको अधिकारका लागि निःशुल्क बहस गर्न थाले। पछिल्लो समय उनी अपाङ्गहरूको शिक्षा मात्र होइन, पहुँचयुक्त शिक्षा अर्थात् हरेक शिक्षण संस्थामा ह्वीलचेयर जानसक्ने भिरालो बाटो बनाइनुपर्ने र अरू व्यक्तिसरहको व्यवहार गरनिुपर्ने भन्नेजस्ता अवधारणाको रेखाङ्कन गर्न सफल भए।
उनले थाहा पाउँदा २८ जना मानसिक बिरामीलाई धुलिखेलको जेलमा थुनिएको थियो। उनले यसका विरुद्ध पनि मुद्दा लडे र जिते। यसले सुवेदीको मनोवल झन् उकासियो। सरकारले ०५३ सालमै विदेशी संस्थालाई देखाउन मानसिक स्वास्थ्यसम्बन्धी नीति बनाएर फाइलमै थन्काएर राखेको थियो। उनले यसका पानाहरू पल्टाए र लागू गर्न दबाब दिन थाले। “यसैको फलस्वरूप अब स्वास्थ्य मन्त्रालय अपाङ्ग-स्वास्थ्यसम्बन्धी ऐन तर्जुमा गर्ने तयारीमा छ,” सुवेदी भन्छन्, “हामीले मानसिक अपाङ्ग -बौद्धिक अपाङ्ग) र अशक्तहरूको अधिकार प्राप्तिका लागि सर्वोच्चमा रटि हालिसकेका छौँ।”
उनी अपाङ्गहरूका लागि अनुकरणीय हुनपुगेका छन्। त्यसैले उनलाई अपाङ्ग भएकामा गर्व छ। अपाङ्ग नभएका भए सायद उनले यस पाटोमा ध्यान दिने थिएनन्। उनी आफैँ अशक्त छन् तर अपाङ्ग-शोषणको प्रसङ्ग उठ्यो भने उनीभित्र सवलाङ्गको भन्दा दोब्बर स्फूर्ति र जाँगर पलाउँछ। “मेरो जीवनको एउटै उद्देश्य अपाङ्गहरूको अधिकार दिलाउनु हो,” भन्छन्, “मेरो दाहिने पाटो बेकारजस्तै भएको छ तर आत्मबलले मलाई कहिल्यै अपाङ्ग हुन दिने छैन।” साभारः रमण घिमिरे/नेपाल साप्ताहिक
अझै गिज्याउने हो भिडियो हेरेर ? ल गिज्याउनुस्। तपाईँको स्वतन्त्रता हो। यसरी गिज्याउँदैमा हरेश खाने भएको भए दाहिने खुट्टा बेकम्मा भए पनि उनी युएन पुग्ने थिएनन्। गिज्याउनुस्, वास्तविक अपाङ्ग को हो प्रष्ट देख्नेछ संसारले।
http://www.youtube.com/watch?v=lDHReE7QegA
अब वहाले के दिने वहा जस्तै अपाङ्ग र अन्य नेपालीलाई ?? प्रश्न यहा छ! के यसरि नै चलिरहने हो नेपाली प्रतिनिधिहरुको क्रियाकलाप??? वहालेले गरेको प्रतिक्रियाले हामी सबै नेपालीको बेइज्जत त भएको हो नि!!
किन गलतलाई गलत र ठिकलाई ठिक भन्ने प्रवृति हामि नेपालीमा छैन त ???
यसरि त हाम्रो स्थिति र देशको प्रतिनिधिहरुको जिन्दगि दया र माया ले मात्र चल्ला जस्तो छ है! यो पनि ध्यान राख्ने हो कि!!?? धन्यबाद!
त्यो फ्याउरो ले जे सोध्यो ……… त्यो सोध्यो …….. त्यो त्यस्को स्तर हो रे, ल ठीक छ तर राष्ट्र संघको महासभा कुनै बगैचा त अवश्य पनि थिएन जँहा गयो…….. घुम्यो……… र फर्क्यो । त्यति साधारण अङ्रेजी सम्म नबुझ्ने मान्छेले महासभामा के बुझ्यो होला र अब फर्केर के योगदान गर्ला ???? यदि त्यस्तै थियो भने जेस्सी वाल्टरले प्रश्न गर्दा “माफ गर्नु होला म अङ्रेजी जान्दिन” भनेर नेपाली, थारु, मैथिली, नेवार, भोजपुरी, राई, लेप्चा, राउटे, जिरेललगायत कुनै पनि उस्ले जानेको भाषामा त्यति मात्र भनिदिएको भए, “ए यो चै हो रहेछ् है” भन्नु हुन्थ्यो तर यस्तो टपर्टुइया जस्ले नेपाललाई खिल्लीको बिषय नै बनाई दियो त्यस्तोलाई अझ आश्रय दिएर रुख चड्ने बाँदरलाई लिस्नो लगाई दिएको जस्तो बाहेक अरु केही हुनेवाला छैन ।
अग्रेजी भाषा नजान्नु महानता होइन योगदान नै महानता हो त्योसो त कुनै देशको जिम्मेवार बोकेका या देशको राष्ट्र प्रमुकले पनि अग्रेजी बोल्न नजानेका धेरै उदाहरणहरु छन टाडा जानु पर्दैन हाम्रै छिमेकि राष्ट्र चीनमा हेरे पुगिहाल्छ ! चीनका राष्ट्रप्रमुखहरु आफ्नै भाषामा बोल्ने र आफ्ना सचिव द्वारा अंग्रेजीमा अर्थ खुलाईएको उदाहरणहरु नै काफी छ ! यो त हामी नेपालीहरु अंग्रेजी २/४ शब्द जान्दैमा आफुलाई महानता ठान्नेहरुको लागि मात्रै हाँसोको पात्र हो ! बरु सकेमा अरुको भाषा संस्कार,संस्कृति लाई अनुसरण गर्नुभन्दा आफुमा भएको गुणहरुलाई अन्तराष्ट्रियकरण गर्न सक्नु ठुलो महानता हो !!
फ्याउरे “न्युज” ले सोधेका प्रश्न हरु अति निम्न स्तरका थिए, ताल न सुर को. नेपालको क्विजिन के हो, नेपालीहरु कसरि रमाइलो गर्छन, अनि न्यु योर्कमा युवती हरु संग इश्क गर्यो कि गरेन भन्ने प्रश्न हरुले फ़्याउरे “न्युज” कति घटिया छ भन्ने जानकारी दिन्छ. साथै, बाटोमा हिंड्दै गरेको राष्ट्र संघका पाहुना हरु संग गरेको “अन्तरबार्ता” लाइ फ़्याउरे “न्युज” ले आफ्नै डम्फु बजाउन दुस्प्रयास गर्यो. यी बगम्फुसे घमण्डी फ़्याउरेहरुले दिन खोजेको घटिया र आधारहीन उडन्ते संदेश यो हो:- “अमेरिकाले राष्ट्र संघ लाई यति पैसा दिन्छ, त्यो पैसाले तेस्रो विश्वका हरु आएर केहि काम नगरी मस्ती लुट्छन”, आदि आदि.
फ़्याउरे हरुको बुद्धि भएको भए, उनीहरु सोध्न सक्थे:- “तपाईं के काम बिशेष ले राष्ट्र संघ आउनु भो? तपैले नेपालमा के कस्तो योगदान दिनु भाको छ? तपाई को संस्थाले राष्ट्र संघ र अमेरिका लाई के कसो सुझाब, योगदान दिन सक्नु हुन्छ? तपाइलाई राष्ट्र संघ र अमेरिका ले के कसो सहायो गर्न सक्छन?” तर अहँ उन्ही हरु यस्ता प्रश्न सोध्ने चाहना नै गरेनन, गर्दैनन्. उनि हरु त अरु लाई होच्याउन मात्र खोज्छन र तेत्ति मात्र जान्छन. यी पाजी हरु आफ्नै बैकल्पिक दुनिया मा छन्, अमेरिका बाहिर को कुरा सोध्यो भने उनीहरु जिल्ल पर्नु सिबाय अरु केहि गर्न सक्दैनन्.
थुइक्क फ़्याउरे.
नेपाली भएर किन इंग्लिश जान्नु पर्यो होला सायद यो भएर नेपालका शिक्षित वर्ग पछि छौ
किनकी संसार मा कुनै पनि देशमा बिकाश अरुको भाषा बाट भएको छैन,भाषाको पछाडी परेर अरुको खिल्ली उदौनेहरुलाई सारमा लग्नु पर्ने हो नेपाली भएर थुइक्क नेपाल मा पदर बिदेशी भाषाको गुनगान गाउने हरु हो
Watter, you chose the wrong set of people for your show… Find these people in this video from ur own country, who will best suit for your programme.
http://www.youtube.com/watch?v=_mWtWz_aGyk
if a person would know the meaning of all the words, what is the use of dictionary ??? There is no point of complaining that some body does not know the meaning of a word. There are so many Nepali words I don’t know the meaning of it. It is very natural and acceptable not knowing the meaning of any word. It is very easy to build the castle of mustard but very hard to be the practical and realistic. It is really very ridiculous for this news to receive this much attention and platform in Nepali media !!!!!!!!!!!!!!!!!!!!!!
यो घटनाको वास्तविकता नबुझ्नेहरुको लाइनमा उभिएको एउटा मान्छे म पनि हुँ र म यस मानेमा सुवेदी जी संग क्षमा चाहन्छु कि उहाँ एउटा असल मानव हुनुहुँदो रहेछ जस बारे मलाइ थाहै थिएन ! तर सुवेदी जी लाइ अलग गरेर आम मानिसकताको हिसाबले मैले देखेको सत्य के हो भने यस्ता कार्यक्रममा अक्सर हाम्रा डिप्लोम्याट हरु जाने गर्छन र उनीहरुको अंग्रेजीको अवस्था पनि कतिपयको दयनीय नहोला भन्न सकिन्न ! हो हामीले हाम्रा सबै काममा नेपाली भाषाको प्रयोग गर्न सके त राम्रै भयो तर व्यवहारिक हिसाबले हेरौं न हाम्रा थुप्रै डिप्लोम्याट हरुले आज-अहिले पनि भारतीय संग हुने औपचारिक-अनौपचारिक भेट हरुमा हिन्दीमा वार्ता गर्नुहुन्छ …होइन र ? हिंजो यो घटना पछि आफ्नो स्टाटस यो घटनाको बिरोध गर्नुहुने बि.बि.सी.का कर्मचारी रबिन्द्र मिश्रले पनि त्यहाँ पुगेर अंग्रेजी बोल्नै पर्ने केहि छैन भन्नु भयो कुरा ठिकै पनि होला तर मैले बुझेको वा मलाइ दुखेको सुबेदी जी होइन मैले सोचेको थिए त्यो व्यक्ति कुनै डिप्लोम्याट हुनुहुन्छ र उहाँले हाम्रो देशलाई राम्रो संग चिनाउन सक्नु भएन भन्ने मेरो ठम्याई हो ! र मलाइ के लाग्छ भने रबिन्द्र जी ले आफ्नै कार्यक्रममा कुनै विदेशीलाई प्रश्न राख्नु परे अवश्य पनि नेपालीमा राख्नु हुन् उहाँले पनि अंग्रेजीमा नै राख्नु हुन्छ यहाँ केवल उहाँले यो व्यवहारिक भन्दा भावनात्मक अभिव्यक्ति राख्नु भयो कि ? हो भोलि जापान,कोरियाको जस्तो आर्थिक,सामाजिक शैक्षिक आदि हैसियत बनाएर भिक्षाले छाक टार्नु पर्ने अवस्था बाट हामि बाहिर निस्कना साथ् हामीलाई पनि यो अंग्रेजी यति बिधि त पक्कै चाहिन्न तर अहिले सुदर्सन जी को बिषयलाई छाडेर हेर्दा मलाइ लाग्छ चुनाव नै गर्न हातमा लाउने निलो मसि भारतले नदिए हाम्रो चुनाव नहुने र दैनिक विदेशीले दिने दानको कागजमा ल्याप्चे लाउनु पर्ने हाम्रो अवस्था हुन्जेल हामीले व्यवहारिक रुपमा अहिले भने जत्तिकै अंग्रेजीलाइ पाखा लाउन त सक्दैनौ कि ? म त्यो स्तरको बौद्दिक व्यक्तित्व त होइन तर पनि सालोक्य जी त्यहाँ आलोचना गर्ने अधिकांशको आलोचना व्यक्ति चिनेर व्यक्तिको लागि गरिएको थिएन त्यहाँ त्यो आलोचना आफ्नो देशको मायाँ, आफ्नो देश प्रतिको सद्भावले प्राकृतिक रुपमा आएको एउटा इमोशन हो जो स्वाभाविक पनि हो ! र हामीले आलोचना गर्यौं किन गर्यौं त्यो पनि त हेरौं न …हामि अगुल्टोले हानेको कुकुर बिजुली देखि चम्किए जस्तै हो ….कति नै दिन बितेका छन् र हाम्रा उच्च पदस्थ हरुले भारत संग अंग्रेजीमा लेखिएको सम्झौतामा हस्ताक्षर गरेर नेपालका बिभिन्न स्थानमा भारतीय जांच चौकी स्थापनाको लागि नेपाल सरकारले अनुमति दिएको तथ्य सार्वजनिक भएको र त्यो कसरी भयो भन्दा अन्तिम कारण ‘अंग्रेजी’ नै थियो भनिएको छ ? हामीले हाम्रा उच्च पदस्थ र नेताको कारण बिदेशमा पटक नेपालको बदनाम भएको छ ! कहिले राजदुतले समस्या पार्छन त कहिले बहालवाला मन्त्रि नै बिना भिसा देश बाट बाहिरिन्छन ! जे होस् समग्रमा मैले भन्न खोजेको के हो भने व्यक्तिगत रुपमा म सुदर्शन सुवेदी जी प्रति भुल बश गरिएको मेरो सोंचको लागि हृदय देखि क्षमा चाहन्छु तर सुदर्सन जी लाइ त्यो घटना बाट बाहिर राखेर त्यहाँ कुनै हाम्रा डिप्लोम्याट भएको ठानेर मैले राखेको मेरो त्यो सोंच सधै प्रतिशोधको राजनीति गर्ने हाम्रा शिर्ष नेताको जस्तै नभई त्यहाँ कुनै बिदेशी मेरो देशको नाममा खील्ली उडाएर हाँस्दा मुटु गाँठो परेर आएको मेरो देश प्रतिको माँया र सद्भाव त्यसको कारण हो ! कुनै बिरोधका लागि बिरोध होइन ! अन्त्यमा १ पटक पुन: सुदर्शन सुवेदी जी ले गर्नु भएका महान कार्यको लागि हृदय देखि हार्दिक नमन !!!
अन्तमा फाक्स न्युजका दुवै प्रस्तोताले नेपालको निक्कै मजाक उदाएका छन| अनि मजाकको कारण चाही सुबेदीजी नै हो भलै उहा बेकसुर होस्! हामी नेपाली भात मात्रै खान्छौ? नेपालीहरु रोमान्स गर्दैनन? मजा (fun) गर्दैनन्?
sorry i have to go to restroom भनेर खुरुक्क हिडे हुन्थ्यो तर खै किन हो उहा डटेर बस्नु भयेछ |
अस्ति मात्रै एक वकिल महासयले राष्ट्र संघमा पठाएको चिठ्ठी पत्रमा पनि तेसरी नै गलत शब्द प्रयोग गरि वकिल आफ्नै मजाक पात्र भनेको यहि माईसंसारमा पढेको…आफुले नजाने बचेर हिड्नु नै उत्तम
WATTER हास्नु कारण चाँही उसले english बोल्न जानेन भनेर होइन कि उसले एकछिन सोचेर पनि येउतै फूड को मात्र नाम लिनु थियो. सुदर्शन जी ले एङ्ग्लिश मा न आए सिधै दल भात तरकारी भनेको भए हुन्थ्यो. एस्तो भनेको भए watter भुज्ने थिए न र हासोको पात्र बन्ने थिएन. तर प्रसारण हुने चनेल भएकोले प्रोग्राम एडित गरि एस्लाई हटाउनु पर्थ्यो. तर प्रसारण नै गरेको ले होच्यैयेको है हो भन्ने भान हुन्छ |
foxnews aka conservatives at least a fraction of conservatives don’t like UN institution… and since the whole program is meant for fun, or making fun of UN and its attendants, viewers should take it lightly.
I am not offended a bit.
अर्को रमाइलो Fox News को भिडिओ, समाचार वाचिका टीवीमै पाद्छिन
http://www.youtube.com/watch?v=gdMrmgRFPVI
us को नुन खाने ‘झोक्राएका बकुल्ला हरु(नेपालिहरु)’ त्यहाँ बसेर फुर्ती गरेर हुदैन ! :: नेपाल घिन लागेर भागेका हरुले देश भक्तीको कुरा गरेको सुहाएन !!!
अँगरेजी नबुझने िकन अंमृका जानु त, िमटींग मा के बुझे हाेलान त??
नेपाल औउने सबै पर्यटक ले नेपालिमा डिप्लोमा गरेर आउछन हो तेसो भए? ” अंग्रेजी नबुझे किन अम्रिका जानु” रे ???- उनि त्यहाँ युनिभर्सिटीको डिग्री लिन त्याहा गाका हून र ? कस्तो उल्लु भन्न नि नसुहाउने कमेंटर हरु हुन्छन के भन्नु!!
धन्यवाद सुबेदीजी तपाईको लगन र तपस्याको लागी. सुदर्शन सुबेदी जस्ता अरु पनि केहि पुत्रहरु हुँदो हो त नेपाल आमाको स्थिति अहिलेको जस्तो दयनिय पक्कै पनि हुन्थेन.
भाषा भनेको कुराकानीको माध्यम मात्र हो. अंग्रेजी भाषा नजान्दैमा कोहि सानो हुन्दैन. फ्रान्स, जर्मनी, इटाली, चीन का राष्ट्रप्रमुखहरु पनि आफ्नै भाषामा कुरा गर्छन.
जो अंग्रेजी भाषा जान्नु नै सबथोक सम्झिन्छन उ मानसिक रुपमा दासत्वोको शिकार छ.
फ्याउरे समाचार (Fox News) को यो रोचक अन्तर्वार्ता हेरौं |
http://www.youtube.com/watch?v=IcvKfeM2c54
यहाँ एउटा कुरा भन्न मन लाग्यो मा पढेको स्कुलमा नेपाली/खस मातृभाषी (भन्नु पर्दा) बाहुन-छेत्रीहरुले अन्य मातृभाषी (शेर्पा, तामांग, नेवार र गुरुङ) हरुको नेपाली भाषा प्रति हेय भावले व्यंग्य गरेको मेरो स्कूल जीवनको याद अझै ताजा गरायो !
अहिले आएर थाहा भयो कत्ति चित्त दुख्दो रहेछ भनेर, अर्काको भाषा/accent प्रति दुर्ब्यबहार गर्दा !!
सायद अहिलेको समाजमा त्यस्तो दुर्ब्यबहार नहोला भन्ने आशा गरेको छु !
It could be rather funny,
Watters: What’s the cuisine in Nepal like?
सुबेदी : दाल, भात तरकारी
Watters: What ??
सुबेदी : हो, येही त हो नि.
Watters: Can you speak in English ?
सुबेदी : तिमि नेपाली बुज्दैनौ कि क्या हो ?
Watters: Sorry, anyway thanks.
सुबेदी: नेपाली संग निहु खोज्छ खैरे, ल खोज. अंग्रेजी त मरे पनि बोल्दिन .
मान्छे नि कति बेरोजगार भन्या टाई न तुइ को कुरोलाई लिएर इस्स्यु बनाउदै
यो यति ठुलो बनाउने पर्ने मुद्दा नै हैन!! हैन जो जहाँ जे भय पनि एङ्ग्लिश किन बोल्न आउने पर्ने!! जापानिज,चाइनिज,कोरियन,रसियन,का रास्ट्रपति ले समेत एङ्ग्लिश प्रस्ट बोल्न सक्दैनन्!! कहिले खिसी हुदैन! किन नेपाली मात्र खेदो गर्छन?
नेपालीमा मज्जासंग “दाल, भात, तरकारी, ममचा, ….” भन्नु पर्ने हो यो फ्याउरे लाइ | यो fox news भनेको यहाँको पुरातन बादी दक्षिणपन्थीहरुको च्यानल हो | यिनीहरुको बिदेशीको बारेमा ज्ञान शुन्य छ | यो च्यानलले सेता युरोपियन बाहेक बाँकी सबै विदेशीलाई हेप्छ | भ्रामक समाचार सम्प्रेसण गर्न माहीर छन् यिनीहरु | म फक्स न्युज १ मिनेट पनि हेर्न सक्दिन | यो च्यानल अनपढ र पाखे अमेरिकन बीच लोकप्रिय छ | प्रगतिशील र सिक्षित अमेरीकनाले यो च्यानल हेर्दैनन् | यी बाट के आशा गर्ने ?
यो कुरामा नकारात्मक कमेन्ट गर्ने हरुले बास्तविक नेपाली खाना “ढिडो र गुन्द्रुक” लाई ५ सेकेन्ड भित्र अंग्रेजीमा उल्था गर्ने प्रयास गर्नु उचित होला
निर्मला जी,
तपाइको रिप्लाई सटिक छ …. अंग्रेजी बोल्न आएको राम्रो हो र कति ठाउँमा यो फाइदाजनक पनि छ तर अंग्रेजी बोल्न नआउदैमा सबै कुरा बिग्रीहाल्छ भन्ने कुरा सत्य हुदै होइन |
I think its not abt language people r laughing at him,its abt his knowledge in Nepali food.
कुरै नबुजी तिल लाई ठुलो ढुङ्गा बनाउने हामी नेपाली Sorry सुदर्शन सुवेदी ji
एकरत्ति पनि ठट्यौली भावना नभएका उपबुज्रुकहरू भित्तो देख्नासाथ कुकुरले खुट्टा उचाले जस्तो गर्छन् । एउटा ठट्यौली कार्यक्रम जसले जानाजान अचानकसंग बेतुकको प्रश्न सोधेर ठट्टा गरे; अनि ती उपबुज्रुक जो आफनै राष्ट्र भाषा राम्ररी बोल्न/लेख्न जान्दैनन्, उफ्रिहाले । एउटा औपचारिक समारोहको सहभागीलाई ‘तेरो देशको लोकप्रिय खान के हो’ भनेर सोध्नु औपचारिक प्रश्न हो ? यत्ति जाबो कुरो पनि नबुझ्ने अंग्रेजी पण्डितहरू देखेर झन् बढी हाँसो उठ्यो !
उनीहरुको अस्तित्वमा हामीले बाच्नु पर्ने होइन होला त , अनि किन बोल्नु पर्यो उनीहरुको भाषा अनि मान्नु पर्यो सस्कृति ?? हामि हाम्रो सस्कृतिमा बाच्छौ र आफ्नै भाषा बोल्छौ , स्याल्हारुको जमातमा गाइ पुग्यो रे अनि भ्याउ भ्याउ नै गर्नु पर्ने त होइन होला नि ? गाईको आफ्नै भाषा हुन्छ नि , स्यालको भाषा किन चाहियोर ? DWAN नै गर्छ नि , निउ खोज्छ भने यस्तो जबाफ दिन्छु हामि चेतना भया ,स्यालहरु
मलाई त यो त्यस्तो big issue बनाउनु पर्ने जस्तो लागेन. journalist ले सोध्या होला, म interview लिन्छु भनेर अनि उनले हुञ्छ भनेका होलान . अनि त्यति ठुलो news channel ले what is your cuisine भनेर सोध्ला भनेर कसले expect गर्ला र ? अनि cuisine means भन्दै मा English जानेन भन्न मिल्दैन especially when the expected question is issue related.
I bet 90% of you folks will get confused with such question when the question is not the expected one (related to the issue). If he were not confident in English, he would probably reject the interview !!!
This Jesse Watters is proud of making this video.
Funniest one of all time ! re.
Look at this :
https://www.facebook.com/#!/JesseWattersFNC/posts/238463402974713?comment_id=862539¬if_t=like
Comment on this guys.
अंग्रेजी बोल्न र बुझ्दैना भने आलु खाना गाको त् ? देशकै बिज्जेत गर्यो साला
त्यहाँ मेला हेर्न गाको होरा ? यस्ता खालका मान्छे हरुले देश चलाउन खोज्दा
देशको यो हाल भएको हो ? जे होस् सुदर्शन सुबेदीको पाठबाट अरुले केहि सिक्नु
पर्छ भन्ने ज्ञान पाएको छ हा हा हा हा हा हा ,,,,,, मत हासेरै मर्ने भो भन्या
आलुत तिमीले खाइरहेको छौ गुरुङ जी , घटनाको बास्ताबिक्तानै नबुझी तिमीले भ्याउ गर्दा स्याल्हारुको जमात मा तिमि मिस्सियौ तेत्ति हो ,
रेमनजी नेपाली राम्रो सँग लेख्न आउदैन भने आलु खान कमेन्ट गरेको त (बिज्जेत ,गाको, होरा) हहहहाहा!!!!!!!!!!!!!
“””” आ ममम्ममामा …….. हासेरचई हैन गुरुङ पासा तिमीलाई dislike गर्ने जमात ले पायेभने सबले चिमोटी चिमोटी खलास चै कन्फर्म पार्नेथ्यो “”””” , यो खड्का जी स्टायिल मा पड है पासा I
सुदर्शनजीलाई त विदेशीहरुको भाषा आएन, Reman Gurung जी लाई त आफ्नै भाषा पनि राम्ररी नआउने रहेछ. केहि उदाहरणहरु:
बुझ्दैना
बिज्जेत
होरा
सुदर्शनजीले अंग्रेजी नजानीकनै ठूलो काम गर्नु भयो र UN मा भाग लिन जान पाउनु भयो.
गुरुङजी त अंग्रेजी जानेरै पनि अरुको खिजी उडाउन बाहेक केहि गर्न सक्नु भएन. त्यस्तो अंग्रेजी जान्नु भन्दा त नजानेकै बेश.
गुरुङजी पहिले आफ्नो कमजोरी हेर्नुस अनि अरुको खिजी उडाउनुहोला.
यहाँ, एक नेपालि हुँदा हुँदै, लज्जास्पद नेपालि टिप्पणी लेख्न लाज नहुने अरुको गैर मातृभाषाको सम्बादको आलोचाना गर्दै हिंड्ने ?
आफ्नो आंगको भैंसी नदेख्ने, अरुको आंगको जुम्रा खोज्ने भनेको यही होला |
I have circulated this through out wherever I can that this very social work is victimized by a prank interviewer. Thanks to mysansar.
नेपाली भयेर अंग्रेजिमा लेखेर कमेन्ट गर्नचांहि लाज सरम छैन , अर्काले अंग्रेजि बोल्न जानेनन् भनेर गिज्याउनु काहासम्म सहि हो ।
‘खिर खाएको छौ ? भनेर नेपालीमा त्यो अंग्रेजलाई हामीले सोधौ त हाम्रो देशमा आएको बेला अनी के उत्तर दिन्थियो होला !! जाबो त्यो गाई खाने भाषा जानेनन् भनेर हाम्रो गोर्खालीको बेइजत गर्ने त्यसले !!
म लाइ राम्रो लग्यो तपाई को कुरा, म नि धुखी थिए कि हामी नेपाली भाषा लाइ लिएर अफ्न्नो देसको प्रतिनिधि लाइ गालि गर्छन ! Chinese रास्ट्रपति लाइ एङ्ग्लिश आउदैन ! तर उनीहरु लाइ कसैले न राम्रो भन्न सक्दैन्न ! हामि किन एङ्ग्लिश न आए देश को इज्जत गए जस्तो गरेको? देश को इज्जत भाषा ले होइन , देश को प्रति मायाले जताउछ , देश बनाउन भाषा होइन , इमान्दारी ले काम गरेको हुनु पर्छ. !!!
वाहियात रिपोर्टर. के के न गरें भन्ठानेको होला. तिनीहरुको फेसबुकमा गएर कमेन्ट हान्दिम. – https://www.facebook.com/billoreillyfnc
साथी हो, युएन को बैठकमा जान अंग्रेजी अनिवार्य हुदैन र जान्नु जरुरी पनि छैन. आफ्नो क्षेत्रमा प्रयाप्त योगदान गरेर युएनले बोलाएर गएका हुन सुबेदी जी. युएनको अफिस अमेरिकामा छ भन्दैमा त्यहाँ जान अंग्रेजी नै जान्नु पर्छ भन्ने कुरा गलत हो. उनलाइ गाली गर्नु अगाडी उनको सामाजिक योगदानको बारेमा जान्नु जरुरी छ. नेपालमा खाना भनेकै भात हो. भात भनेको पाकेको चामल मात्रै होइन. थालमा त्यस संग राखिने सबै पर्छन.
यो ब्लग पढे पछि त म उनको दृढ प्रतिज्ञा र काम प्रतिको लगाव प्रति नतमस्तक छु ! अझै अगाडी बढ्नुस सुबेदी जी, तपाइको जय होस् !
what is cuisine???? Nepalese only eat rice???
अर्काको भाषा नबुझादा पाइने दुख यस्तै हो …धेरै ब्लगर ति प्रोस्तोता देखेर रिस पोखेको ठिकै हो…तर तेस्तो त यहाँ पनि हुन्छ नि हैन र .. काठमाडौँका रैथानेहरुलाई यसरि नै गिज्याइन छ त हैन र????
What’s the cuisine liked in Nepal?
Cuisine means ?
Food ?
Rice and …..
Just Rice ……
I do not see any mistake or odd in this conversation. Why the Nepalese people especially Nepalese students studying in US and aboard are making it an issue for insulting a personality like Sudarsan Subedi, the chairperson of National Federation of the Disabled Nepal . We are proud of you Sudarsanji for what you are doing in empowering persons with disabilities and advocating for their Rights .
Oh my god !!!,
I can’t believe this,
Jesse Watters can speak his own language,
He is enormously intelligent like a fair swine.
सरी, मैले नि लेखेको थिए, मा तुरुन्तै सच्च्याउछु!
Oh my god !!!,
I can’t believe this,
Jesse Watters can speak his own language,
He is enormously intelligent like big a fair swine.
This is a bullshit programme. This programme is only suitable in open society like in the USA where parents does sex in front of the kids. They should not ask such uncivilized question to Nepalese citizen who grow up in civilized society.
Of course anybody can be nervous if they have to encounter with such stupid interviewer. This program is trying to put other country down. Regardig cuisine: Nepal is multicultural country since 10000 years back where we have 1000 of cuisine in practice.
This Nepalese gentleman is just nervous and could not remember as there are 1000 kinds of cuisine in Nepal. This american does not know how to eat so far. They dont have their food that is why they invented gun to steal other’s food.
Regarding romance: this interviewer should not ask such question because Nepalse grow in civilized society where sex and romance are not public issue. Only this can be possible in western world where kids do sex in front of the parents and vise versa and people swap their wife.Regarding fun : whole western world are pouring in Nepal in search of fun. because they are sick of their bloody stressful life.
I think both programmer including Jesse Watter are tired and sick of their gigolo life over night and part time job as programmer to turn their black money into white. This is 100% sure that this Jesse does not know who is his father thats why they talk about romance but not about father. LikeReply
Well these types of journo doesn’t think before doing something, their target is to get attention, and make fun of those who can’t defend themselves. Couple of months ago 2 RJs from Sydney made a prank call to a nurse at the UK hospital claiming to be the Queen, but the issue was more severe the nurse had to commit suicide,she couldn’t cope with the humiliation. Look at the pattern of his stupid questions, they are random and focused on confusing he asked, Have you found romance here in NY? why on earth he had to find romance in NY??? he was not over there for a film shooting,
अमेरिका मा एङ्ग्लिश नजान्नु कुनी ठुलो कुरा होय्ना या कति ले एङ्ग्लिश बोल्दैनान
mexican र chineese हरु कति यो भस्सा को वास्ता गर्दिनन तिनुहरु को मजाक बनाएर प्रसारण गर्ने त्यो टिवी को हिम्मत हुदिना किन भने या sue गारो भने त्यो टिवी को हालत पातला हुन्छ /हामी नेपाली २ ३ वर्षा या बस्दै मा अरु ले बोल्न जानेनन भने मजाक बनोउनु पर्ने /
सुदर्शन जी ले नेपाली अपांगताको लागि योगदान पुरयाउनु भाको छ . ति अंग्रेज हरुका लागि होइन, ……
अर्काको भाषा जान्नै पर्छ भन्ने पनि जरुरि छैन! फेरी यी खैरे ले हामी ले स्कूल मा पढेको जस्तो अंग्रेजी बोल्ने भए त मरिजाउ ……………के बोल्छन बोल्छन ,मकै पद्द्किये जतिक्कै, सुरु सुरु मा त म पनि अलमल परेको नि ……..
अंग्रेजी भाषा मानवीयता, बौद्धिक स्तर नाप्ने मापदण्ड हो र? त्यसो हो भने त अंग्रेजी भाषाशास्त्री यो ब्रम्हाण्डका सर्वोत्कृष्ट प्राणी हुने थिए।
यहाँ अमेरिका मा यस्तै छ…अलि जान्नेले नै बोल्यो भने पनि हामीले बोल्ने ब्रिटिश english बोल्ने हो यहाँ को ले बुझ्दैनन् वा भनु बुझनै खोझ्दैनन ,अनि घरि घरि सोध्छन वा haschan ,वहा त नौलो ठाउमा अचानक interview लिन aouda अलमल हुनु स्वाभाविक हो…हामी यहाँ बसेको १२-१३ वर्ष भयो अझै राम्रो संग boss ,bus ,zoo भन्दा यहाकाले राम्ररी बुझ्दैनन् र अर्थ को अनर्थ भयर haschan .
सुदर्शन जी को काम प्रशंशानिया छ !! विदेश मा रहेका धेरै नेपाली हरु अंग्रेजी फरर्र बोल्दैमा बुद्धिमान हुइञ्च भन्ने सोच रख्चन जस्तो लाग्छ !! कुइरे बन्ने चक्कर मा नेपाली हरु चै घर को न घाट को हुने देखिन्छ !! अंग्रेजी न आएर के भो त ? नेपाल मा काम गरेका छन् किन चाहियो अंग्रेजी ?? त्यो पनि फ्यौरे समाचार च्यानेल मा !! त्यो च्यानेल ले त बिदेशी सब लै तल्लो जात सोच्छ ! कुइरे भै खा छन् बजिया हरु !!
अंग्रेजी वेाल्नै पर्छ भन्ने मानसिकता नैं दरिद्रताकेा उपज हेा । चाइनिजले अंग्रेजी नवेाल्दा हुने, हामीले चाही जानी नजानि नवेाली नहुने, उपत्यांट्रँग लाग्ने टीभी च्यानलकेा जवाफमा सही कुरेा वेाल्नै पर्छ भन्ने के छर
म त हिजो-आज एकदमै दिग्भ्रमित भएको छु , यो नेपाली भन्ने जात देखी। के नेपाली भनेको भेडो जात नै हो? नेपालीहरु जत्तिको आडम्बरी र खोक्रो राष्ट्रबाद शायद कसैले देखाउदैन यो संसारमा। आँफै राम्रो, आँफै सुरो, आँफै जान्ने, आँफै बलियो अनी के के अरे। नेपालले कुन देश सग युद्ध गरेर जितेको छ र हामी वीर भन्नु? अङ्रेजसग हारेको ईतिहास छ, त्यो पनि एउटा सानो फौज सग पुरै देश लडदा पनि। खोइ जापानिजहरु या अङ्रेजहरु एस्तो कुरा गर्दैनन त। बुद्ध जन्मेको देश अरे, सगरमाथाको देश अरे। सगरमाथा नेपालीले बनाएको हैन र बुद्ध जन्मेको ठाउँ अहिले नेपालमा पर्छ भनेर तेत्रो घमन्ड गर्नु?
कुरा रहयो, एउटा नेपालीले गर्दा देशको बेइज्जेत भयो अरे? कुन इज्जत नै छ र नेपालीको अन्तरराष्ट्रिय जगतमा? अनी भेडाहरु येति पनि बुझ्दैनन कि सुदर्शनजीले बोलेको कुरा सम्पादन गरेर रमाइलोको लागि प्रसारअण गरिएको हुन्छ भनेर। मानोउ उन्ले बोल्न जानेनन् अरे, नर्बश भये अरे, अनी तेस्ले देशको इज्जत जान्छ त?
साथीहरुहो, खोक्रो आदर्श र आडम्बरिपन छोडेर नेपाल लाई प्रगती पथमा लैजाउ, तेस्पछी मात्र संसारले चिन्छ नेपाललाई र इज्जत पनि दिन्छ। बुद्धको देश र सगरमाथाको देश भन्दैमा कसैले इज्जत दिदैन यो भिकारी परालाई.
मलाई के लाग्छ भने सुदर्सन जी ले दाल, भात र तरकारी भन्न खोज्नु भएको हो.
मलाई पनि थाहा भएन तेस्लाई अंग्रेजी मा कसरि भन्ने, किन भने येति सजिलो संग अंग्रेजी मा एस्लाई भन्न सकिन्न जस्तो मलाई लाग्छ. कृपया सहयोग को अपेक्च्या गर्छु कसैले भन्दिनु हुन्छ भने.
भाषा लाई भन्दा बिचार् ,सेवा, वहाँले गरेका कामको मुल्याङ्कन गर्ने गरौ
Chinese ,Japanese ,कोरेअन एङ्ग्लिश नबोल्दा नि हुने हामी Lai कनि कनि भए पनि bollni पर्ने रे !!!! सोल्टी आर्को चोटी जादा नो F ****** एङ्ग्लिश भन्नु !!!!
Thank you so much for the clarification. कुनै खाते नेता होला भनि ठानेको थिए. Sorry सुबेदी जी.
Such a douche bag! I hate Fox News. arggghh so much more now….
सुदर्सन आएको भएर हस्नुभो , चन्द्रकान्ता आएको भए के गर्नुहुन्थ्यो. हरेक नेपालीका घरघरमा दाजु या भाइ या दिदीबहिनीमा कोइ न कोइ अंग्रेजी भाषा नजान्ने छन् हाम्रो गाउघरमा या सहरमा पनि . के यो कार्यक्रममा उनि हरुलाई अन्तरबार्ता लियियो भने बोल्लान अंग्रेजी ? अवस्य बोल्दैनन .
हास्छौ भने आफ्नै परिवारप्रति हास सुबेदिमाथी होइन . र सुबेदिजी अंग्रेजी क्लास लिन न बिर्सिनुस . तपाई को लागि फाइदा हो अमेरिका बस्दा . गिज्याउनु भएन बरु राम्रो सुग्गेस्शन दिन सकियो सुदर्संजी लै.
मेरो बिचारमा दुइभसि हुनु राम्रो कुरा हो र आफ्नो मात्री भाषा मा सक्श्यर हुनु झनै बिशेष कुरा होl कसैले अंग्रेजी बोल्दैमा त्यो मानिसको छ्यमता थाहा हुदैन तर सुबेदीजी को बारेमा खासै कसैलाई थाहा थिएनl धेरै जनाले उनलाई नेपालका दिप्लोमत भन्ठानेका थिएl त्यसैले पनि धेरैले उनको बिरोध गरेका हुन् भन्ने मलाई लाग्छl हामी सबैजना उहाको कामका लागि उहाको आभारी छम तर बाबुराम भट्टराई जस्तो पोख्त अंग्रेजी बोल्ने मान्छेलाई त बिरोध गर्ने नेपालीहरुले सुबेदिजीलाइ कहाँ छाद्छान त! नेपालका सिक्षित जनता कोसाइले पनि तेस्तो हिसाबले सोच्दैनन्l आज जसलाई सुबेदिजी को बारेमा थाहा छ उनीहरु पक्कै पनि उनलाई आदर गर्छन होला तर सबैजनाको सोचाई एउटी हुदैन त्यसैले हामीले अरुको बिचारको पनि respect गर्नापर्चा जस्तो मलाई लाग्छl त्यसैले बहस गर्नु हामी सबैको टाउको दुखाउनु मात्र होl सुबेदीजी जिन्दाबाद!
मलाई पनि सुरुमा त नेपाली कुटनीतिक कर्मचारी भनेर समाचारमा आउँदा कुटनीति पढेको व्यक्तिले त २/४ शब्द अंग्रेजी जान्नै पर्ने हो किन कि उसले लोकसेवा को परिक्षामा अंग्रेजी भाषामा लेख्नु पर्छ कुनै पेपर भन्ने सुनेको थिए . सबैले पोस्ट गर्दा मलाई पनि लाइक र कमेन्ट गरु गरु जस्तो लागेको थियो . यो समाचारले मलाई निकै मर्माहत बनायो धन्य हो मैले लाइक र कमेन्ट ठोक्न भ्याइनछु . आज म एउटा नराम्रो काम गर्न बाट बचे . सालोक्य जी लाइ धेरै धेरै धन्यबाद यस्तो जानकारीको लागि .
यो अमेरिका मिचाहा देश हो सबैलाई थाहा भएको कूरा हो आफ्नो शक्ति देखाएर दुनिया लाई दास जस्तै ब्यबहार गर्छ । यसैको प्रभाव त्यहा गएका नेपाली र अन्य देशी ले नि अरूलाई तूच्छ व्यावहार गर्छन! I hate America
अपाङ्ग र गरिब भनेर excuse पाइन्छ र ? सक्च्याम पढेलेखेको अपाङ्ग पनि हुन्छन नि cuisine भनेको नाबुज्ने लै UN meeting मा पठार का हुन्छ, येस्तै हो र नेपाल को Represent गर्ने मान्छे ??? अपाङ्ग भनेर उम्कन पैन्दैना येस्मा पनि भ्रस्टाचार र नाताबाद भएको मलाई लाग्छ, के आधार मा तेस्लाई पुरायो ? घोर बेइजत नेपाल को, अर्को पाली सडक मा भिक् माग्दै गरेको अपाङ्ग लै पठाउदा best हुन्छ
कोहि मान्छे शाररीक रुपमा अपाङ्ग हुन्छन त कोहि मानसिक रुपमा. श्रवन मगर जी मानसिक र बौदिक दुवै रुपमा अपाङ्ग हुनुहुँदो रहेछ.
कहिले UN मा फ्रान्स, जर्मनी, वा रुसका नेताहरुको भाषण हेर्नु भएको छ. हेर्नुभएको छ भने थाहा हुनु पर्ने, ती देशका नेताहरु कुनैले पनि अंग्रेजीमा भाषण दिंदैनन, आफ्नै भाषामा बोल्छन.
नेपालको बेइज्जत त तपाई जस्ता अंग्रेजी जान्ने मानसिक रुपमा अपाङ्ग व्यक्तिहरुले गर्दा भएको छ. अर्काको चाकडी गर्न छोड्नुस र आफै बन्न सिक्नुस.
Answers to Watters’ questions.
What’s the cuisine in Nepal like?
– Blood, toil, sweat and tears.
What’s fun to do in Nepal?
– Keep on going with what life has to offer and nature has to nourish. Live with the thrill that you could be killed anytime- on the pavement by mad dogs, on the street by wild traffic, in the water by sizzling undercurrent, in home shelter by scalding heat or freezing ice; dig holes all day and defy age, time, gravity and death; find peace in wilderness, comfort in pain, and yet be able to stare at green leaves falling of the trees and think how beautiful life would be if I was just this alive and was just in Nepal forever.
Any romance in New-York?
-Yes, with over 50 women, from over-bleached blondes to voluptuos milfs, skinny/curvy brunettes to model-looking slags who appear to have popped out of hollywood; but none of them comparable to the unfeigned beauty of classic hardworking Nepalese village girls- in terms of both demure and attitude, nor were they as much entertaining as classy outgoing city girls from back home.
Thanks Birke,
I like your comment and i want to add…
thais be best answer,
Question 1 What’s the cuisine in Nepal like?
Answer is “Corruption” to tell that word he found easy just rice he is great, he saved all nepali just be proud.
Question 2 What’s fun to do in Nepal?
Answer is ” kidnaping, Fight each other…. etc. here again he saved us, just be proud.
म पनि कुरै नबुझी उनि त हाम्रो देशको डिप्लोम्याट भन्ठान्या.
विडियो हेर्दा म पनि हाँसे. कस्तो मेरो घने–उही घनश्याम कृष्ण क्या त–जस्तो लाग्या थ्यो. अब आत्म ग्लानीमा डुबेको छु बरै. मुखकीताब मा लेखेको इस्टाटस मेट्नै पर्ने भो. टुइट पनि डिलिट गर्न पर्ने भो.
मैले आज सिकेको पाठ:- पहिले कुरो बुझ्नु पर्च, अनि बोल्नु पर्च.
With Dhaka Topi and Dhura Sural, everybody think he is a part of official Nepali delegations as Nepal Government high level officials. So people comment for those aspects. Knowing fact of Mr. Subadi and program of Fox News people realizes their mistakes. But In my view, nobody made mistakes. It’s happened unknowing the full stories of this regards.
Fox News, संसारको सबै भन्दा मुर्ख News Channel हो |
http://en.wikipedia.org/wiki/Fox_News_Channel_controversies
धन्यबाद सालोक्य जी , मैले त तत्कालै हाम्रा रेग्मी जी संग gayako Kunai नेता होला भनेर Nikai dhukkha लागेको थियो तर यो लेख पढे पछि बल्ल थाहा पाइयो . Sorry for that .
आज दिन भरिका सामजिक संजालका पोस्टहरु हेर्दा अंग्रेजीका पादरी हुँ भन्ने मानबहरुको मानसिक अपांगता देखेर दु:ख लग्यॊ / समाचारका स्रोत सब ठिक हुन्नछ भन्ने मनसिकता भएका हरुले के बुझनु जरुरि छ भने दृस्टी भ्रम पनि हुदो रहेछ /
Bill O’rielly is a joke by himself. The baboon who was questioning Mr Subedi is simply a jerk. Did you pay attention to what they were saying at the end? “We are paying 1/5th of the UN Budget, which is about 300 million. These people come from some third country and spend that money.” Thats How full of shit they are. The whole fox news is so busy giving blow job to the Republicans, they don’t have time to do the real reporting.
By the way he is a Nepali diplomat. You are a moron if you think he has to speak English. He at least tried some words and he probably knows few other languages from Nepal and India. I bet you my life if any of those jerks from fox news know even a single word from any other language than English. Watch this video to see how Bill O’rielly was raped in public by John Stewart, my man. http://www.youtube.com/watch?v=SPqXIfDYlZg
I dont know who still watch these morons.
हामी नेपाली मा सेन्स ओफ हुमोर एक पैसा को पनि छैन गाठ्ये .
अंग्रेजी लाइ कसैको खुबी को मापन गर्ने साधन को रुपमा प्रयोग गर्नेहरु कति कमजोर मानसिकता बोकेका रहेछन भन्ने त त्यो भिडियो लाइ पोस्ट गर्नेहरुले आफै ले आफ्नो बास्तविकता देखिहाले | एउटा कुरा यदी अंग्रेजी आउदैन भने ” NO English Please ” भनेको भए सबै भन्दा राम्रो हुने थियो, प्रश्न माथि प्रति प्रश्न गर्दा या प्रश्न लाइ बुझ्न खोज्दा अलि कुरा बिग्रिएको हो तर हास्नै पर्ने केहि पनि छैन | सुदर्शन सुवेदी जी यदि कसैले सानो कुरालाई ठुलो बनाउन खोज्छन भने, तिनीहरुको कमजोर मानसिकता लाइ बुझेर खिन्नताबोध नगर्नु होला| तपाइले गरेको काम धरै प्रशंसनीय छ |
हैन सबैको यहाँ कमेन्ट पढ्ने मौका पनि पाइयो तर पनि नेपालको खानेकुराको बारेमा अलिकति मात्रै त्यो खैरे लाइ भन्दिएको थियो भने प्लस पोइन्ट हुन्थ्यो भन्ने कुरा हो के! युएन मा जाने मान्छेले जानेकै राम्रो हो नजानेको भन्दा!!
FOX News मा Bill O’Reilley र Sean Hannity दुवै प्रभाव शालि व्यक्ति हुन् तथापी उनीहरु दुवै अमेरिका को डेमोक्रेटिक र Republican पार्टी को सम्बन्धमा कुरा गर्दा Republican पक्ष्यधर र आफ्नो आँगन को भैंसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने भनेजस्तै नराम्रो कुरा वा सानै भए पनि गल्ति भेटे भने उसको उछितो काढने हुन्/ बिचराहरु नेपालमा आए भने सबैलाई थाहा हुनेथियो नेपाल मा कति धेरै भाषा, भेष र संस्कृतिक बिबिधता पाइन्छ अनि हामीले सोध्यो भने कुन भाषामा कस्तो जबाफ दिन थियो संसारले थाहा पाउथ्यो/ अभिमानीहरु !
मलाइ खुशी लाग्यो नबुझेको कुरा सोद्धा , १००० पटक सोध्न पाइञ्छ . हास्नु किन पर्ने ? मलाई spanish आउदैन कसैले spanish मा केहि सोधे मैले बुझिन र उत्तर दिईन भने मेरो देसको बेज्जत भो ? मुखा हान्नु पर्ने.
“भात”-“भात” बाहेक अर्को शब्द उच्चारण गर्न नसक्ने कस्तो BL गरेको वकिल साहेब त !
कमसे कम नेपाली मै दाल भात भनेको भए पनि सन्तोष हुने थियो नि देख्ने/हेर्ने/सुन्नेहरुलाई !
यो समाचार देखेर एउटा कुरा चै गजब लाग्यो नेपालमा कत्ति छिटो बिकाश हुँदो रहेछ भनेर तलको शब्दहरुबाट:
“तर, सामाजिक काममा अत्यन्तै रुचि राख्ने उनका बुबा अरू व्यक्तिहरूसँगको सहकार्यमा गाउँमै विद्यालय स्थापित गर्न सफल भए। यसबाट सुदर्शनले शिक्षार्जन गर्ने अवसर पाए। यो विद्यालय साँच्चिकै उनको जीवनको वरदान हुनपुग्यो। उनले विद्यालय सके र त्यहीँबाट कानुनमा प्रवीणता प्रमाण-पत्र उत्तीर्ण गरी राजधानी आए।”
कालो लाइ सेतो सेतो लाइ कालो बनाउनेगरी समाचार सम्प्रेसन गर्ने Fox News अनि ठुलो ठुलो स्वरमा बोलेर आफ्नो कुरा माथि पर्न खोज्ने लठुवा Bill O’Reilly जस्ता को कार्यक्रममा अरु के आश गर्न सकिन्छ ? Full context ma सत्य बुज्न र बुझाउन नचाहने पत्रकार अनि पत्रकारितालाइ एउटा महान नेपालीको खिल्ली उदाउने हैसियत म चाही दिन्न !
अब humor को लागि गरेकोले म यसलाई एउटा bad joke को रुपमा लिन्छु ! धन्यवाद !
”हास्ने वालोकी हास्ने कि बहाना चाहिए ” भन्या जस्तै हो |
सुदर्शन आफ्नो ठाउमा गम्भीर छन् , अब हास्न मुन लाग्ने ले हास्छ भने उनको के लाग्छ ,
उसको भासा त् कमसेकम सुबेदी ले बोले ,सुबेदीको भासा उनीहरु बोल्न सक्छन ?
द्रोण
दुइ चार सब्द अंग्रेजी सुबेदीले भन्दा बढी जान्यो भन्दैमा हामीले फुंइ लगाउनु पर्ने कुनै तुक छैन l अशोका फेलो बनि सकेका व्यक्ति चानचुने होइनन, ति Fox News का reporter तथा हामी आम मानिस भन्दा धेरै उचाई भएको व्यक्तित्व हुन् l
———————
अब हेर्दै जाउँ, सुदर्शन सुबेदीले अंग्रेजी साहित्यमा स्नाकोतर गरेर देखाउने छन् यी गिज्याउँने हरुलाई l यो गिज्ज्याई सुबेदीको निम्ति शक्ति बनोस सुभकामना l
After watching the video,I noticed that the fox news was not making fun of him about his English but about the fact that he could only answer Rice (just 1 food after thinking for a while)when asked about the foods in Nepal…I wouldnt take it seriously though…
अनी त्यो कुइरेलाई तेस्को बौको नाम के हो भनेर नेपाली मा त के अङ्रेजी मा सोधे पनि हुन्छ हेरु त के भन्दो रहेछ !!!(इनीहरुसबै जसले बिरोध गरेकाछन ,आफ्नो बारीको एक डोको सुन्तला बेचेर एक बोतल मिरिन्डा खाएर गर्ब गर्ने पाखन्डिहरु हुन् )
फ्रान्सेली राष्ट्रपती जो ९९ प्रतिशत साक्षर फ्रान्सेली जनताको प्रतिनिधि हुन । उनले पनि अमेरिकामा गएर फ्रेन्च नै बोल्छन । ओबामाले नबुझे दोभाषे राख्छन । तर फ्रान्सेली जनताको महानता ” जाबो अङ्रेजी बोल्न नजान्ने लाई के राष्ट्रपती बनाउनु भन्दैनन ” भिडियो हेरम http://www.youtube.com/watch?v=CMzzlIfgnQY
फ्रान्सेली हरुलाई आफ्नो भाषा-संस्कृति प्रति गर्व छ | नेपालि हरुलाई आफ्नो भाषा-संस्कृति प्रति हिनता बोध छ |
मान्छे को स्तर , बिबेक अनि बौद्धिकतालाई अंग्रेजी भाषाको ज्ञानको आधारमा मापन गर्ने लाचार परम्पराको उत्कृस्ट दृष्टान्त !
Someone is not invited to UN because h/she can or cannot speak English. They are invited because they are doing something in their field. I was also invited to UN and I don’t know the meaning of “Cuisine” myself. But I was not invited by UN to explain the meaning of that word to some journalist there. I was invited to tell the world about the problems that people with disability have here in Nepal and what we can do together for that.
Mr. Shudarson Subedi is not part of government delegation. He didn’t spend tax money to fly to US as many people are saying. He was invited by UN and some international disability organisations sponsored his visit, because he is a prominent activist in disability rights. Its because of him- 7/8 years ago supreme court gave the order that education in public campuses must be free for people with disabilities. This act has benefited thousands of disabled persons to go to college since then. Don’t judge people in your head friends. Look out of the box. Its the Fox News that is making fun of Nepal. Its was their motive to make the program funny in any way. They just found Mr. Subedi as their prey.
Thank you सालोक्य जी. सुरुमा त मलाई पनि कस्तो कस्तो लागेको थियो अहिले पो थाहा भयो सुबेदी जी को बारेमा. त्यो कार्येक्रम नै तेस्तै रहेछ जसलाई पनि मुर्गा हान्ने. सिधै आयो होला अनि interview लिन्छु भन्यो होला सुबेदी जी लाई अक्क बक्क पार्यो. त्यो ठाउँ मा जो भए पनि अप्ठेरो पार्ने थियो त्यो Watter ले.
कुरै नबुजी तिल लाई ठुलो ढुङ्गा बनाउने हामी नेपाली 🙁 Sorry सुदर्शन सुवेदी ji