कृषि विकास मन्त्रालयले विश्वमै बद्नाम मोन्सान्टोका बीउ नेपालमा भित्रिसकेको आधिकारिक रुपमा स्वीकार्दै बिना कारण यसलाई रोक्न नमिल्ने बताएको छ। आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नेपालले World Trade Organization, International Treaty on Plant Genetic Resources for Food and Agriculture, Convention on Bio-diversity जस्ता अन्तरराष्ट्रिय सन्धि सम्झौतामा सदस्य राष्ट्रको हैसियतले सहमति जनाई सकेको भन्दै यसले बहुराष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई रोक्न नमिल्ने स्पष्ट पारेको हो। मन्त्रालयका अनुसार मोन्सान्टोका मकैका ५ र तरकारीका ४ जातहरुले नेपालमा अनुमति पाई सूचीकृत भइसकेको छ।
उता, आजै सर्वोच्चमा मोन्सान्टोका बीउलाई रोक्न मुद्दा पनि परेको छ।
प्रेस विज्ञप्तिको पूर्ण विवरण-
बिगत केही दिनदेखि बिभिन्न संचार माध्यम एवम् सामाजिक सञ्जालमा मोन्सान्टो कम्पनीबाट आयातित बर्णशंकर जातका बीउहरुको सम्बन्धमा भएका टिकाटिप्पणी प्रति कृषि विकास मन्त्रालयको ध्यानाकर्षण भएको छ।
नेपालमा हालसम्म जैबिक सुरक्षा नीति र बिरुवा जात संरक्षण एवम् कृषक अधिकार ऐन बन्ने क्रममा रहेको तर जैविक सुरक्षा संरचना (Bio-safety framework) बनी सकेको, बीउ बिजन ऐन, २०४५ र बीउ बिजन नियमावली, २०६९ कार्यान्वयनमा रहेको अवस्था छ। बीउ बिजन नियमावली, २०६९ को नियम १२ को उपनियम ४ अनुसार आनुबांशिक परिवर्तित बीउ आयात गर्न जैबिक सुरक्षा जोखिमको आधारमा मात्र दर्ता गरिने प्रावधान छ। तर,
जैविक सुरक्षा बिश्लेषण सम्बन्धी ऐन, नियम र कार्यान्वयन गर्ने निकाय समेत तय भै नसकेको अवस्था छ। त्यस्तै, कृषि जैविक विविधता नीतिमा जैविक विविधता, वातावरण र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम भएका GMO तथा त्यसका उत्पादनलाई आबश्यकता अनुसार नियन्त्रण वा निषेध गर्ने उल्लेख छ।
त्यसैले, कुनै पनि आनुवांशिक परिवर्तित जातका बीउहरुलाई यथास्थितिमा नेपालमा आयात गर्न दिन मिल्दैन। तैपनि, यो सम्बन्धमा नेपाल सरकारले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र मार्फत सावधानी अपनाई रहेको छ।
राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन बृद्धिको लागि नेपालमा बर्णशंकर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने तथा GMO को प्रयोगलाई नियमन गर्ने नीति लिएको छ। त्यस्तै, बीउ बिजन ऐन २०४५ र बीउ बिजन नियमावली, २०६९ ले समेत बहुराष्ट्रिय कम्पनीहरुबाट उत्पादित बर्णशंकर जातका बीउ खास खास प्रकृया पुर्याई नेपालमा आयात गर्न दिने प्रावधान छ। नेपालले World Trade Organization, International Treaty on Plant
Genetic Resources for Food and Agriculture, Convention on Bio-diversity जस्ता अन्तरराष्ट्रिय सन्धि सम्झौतामा सदस्य राष्ट्रको हैसियतले सहमति जनाई सकेको छ। यी सन्धि सम्झौताहरुले समेत बहुराष्ट्रिय कम्पनीका बर्णशंकर जातहरुलाई बिनाकारण रोक लगाउन मिल्दैन।
बिदेशबाट नेपालमा आयात हुने बहुराष्ट्रिय कम्पनीबाट उत्पादन हुने जातहरु बीउ बिजन ऐन नियमको परिधिभित्र रही कृषि अनुसन्धान परिषद्बाट परीक्षण गर्दा उपयुक्त ठहरिएमा प्रकृया पुरा गरी राष्ट्रिय बीउ बिजन समितिबाट दर्ता गरी सूचिकृत गर्ने गरिएको छ। यसरी सूचिकृत गरिएका जम्मा ६० बालीका ५५६ जातहरुमध्ये नेपालमै विकास गरिएका २१५ र बहुराष्ट्रिय कम्पनीका ३४१ जातहरु छन्। बहुराष्ट्रिय कम्पनीका ३४१ जातमध्ये धानका १७, मकैका ३२, र तरकारीका २९२ जातहरु छन्। यी मध्ये मोन्सान्टो कम्पनीका मकैका ५ र तरकारीका ४ जातहरु रहेका छन्।
जात सूचिकृत गर्ने क्रममा अन्तरराष्ट्रिय सन्धि सम्झौता, राष्ट्रिय ऐन नियम, परीक्षणको नतिजा र कृषकको रुचिलाई समेत ख्याल गरी बिभिन्न कम्पनी बिच बिना भेदभाव जात सूचिकृत गर्ने र सोही अनुरुप बीउ आयात गर्न अनुमति दिने गरिएको छ। हालसम्म नेपालमा आनुवांशिक परिवर्तित बिदेशी जातहरु सूचिकृत गरिएको छैन।
बिदेशबाट आयात भै बजारमा बिक्रि बितरण भैरहेका बीउहरुको २२ वटा नमूना संकलन गरी केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा परीक्षण गर्दा न्ःइ लभनबतष्खभ पाइएको छ। नेपालमा मोन्सान्टो कम्पनीबाट आउने बीउहरु सबै भारतबाट आउने र भारतमा समेत मकैको आनुवांशिक परिवर्तित जातहरु अनुसन्धानकै क्रममा रहेको र खेती गर्न अनुमति दिई नसकिएको अवस्थामा त्यहां उन्मोचन भएका जातहरु नै नेपालमा सूचिकृत गरिएकाले आनुवांशिक परिवर्तित जात नेपालमा भित्रने सम्भावना छैन। साथै आनुवांशिक परिवर्तित जातको बीउ बारेमा बीउ उत्पादक कम्पनीले अनिवार्य रुपमा घोषणा गर्नु पर्ने अन्तरराष्ट्रिय मान्यता अनुरुप पनि नेपालमा आएको बीउमा
GMO आउने सम्भावना छैन।
माथि उल्लेखित अवस्था र मुलुकको आनुवांशिक परिवर्तित जीव सम्बन्धी अनुसन्धान परीक्षणलाई समय सापेक्ष सुदृढीकरण गर्दै सम्बन्धित सन्धि सम्झौता अनुरुप राष्ट्रिय कानून निर्माण गरी GMO को नियमन गरिंदै लगिनेछ। आयात हुने बीउमा GMO प्रवेश रोक्न उच्च सतर्कता अपनाइने छ। क्रमिक रुपमा बहुराष्ट्रिय कम्पनीका बर्णशंकर
बीउको आयातलाई प्रतिस्थापन गर्न राष्ट्रिय बर्णशंकर बाली प्रजनन कार्यलाई तीब्र पारिनेछ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र,
कृषि विकास मन्त्रालय
कोहि किन्ने भए देखि देशै बेची दिन्थ्ये ; सगरमाथा बेच्न सक्ने भए उहिले बेची सक्थे लुम्बिनी बेच्न सक्ने भए कहिले बेची सक्थे /बेचिएका नेपालीको बिचल्लीको दु:खद काहानी कति सुनेकाछौँ हामीले? ;कति भोगेकाछौँ हामीले ? फेरिपनि यिनैको जयजय कार गर्न छाड्ने होइन क्यारे /सबै सचेत नागरिकले सबै ठुला नेताहरुको कार्यक्रम बहिष्कार न गरे सम्म नेपालीको बिचल्ली रोकिने छैन / अपराधीहरुको हातमा देश गइ सकेपछि बाघको मुखबाट बाख्रो फुत्काउनु जस्तैहो / याद गर्नुहोस सज्जन्ब्रिद आज लाखौं नेपालीहरु जो; दैनिकका दु:खद घटनाबाट पिडीत भई मानसिक रुपमा गहीरो चोटमा परेका छन् / के उनीहरुको जीवनको मूल्य यी भ्रष्ट नेताहरुले तिर्न सक्छन? कति किशोर किशोरी हरुको जीवन बर्वाद भैसक्यो यिनका चल खेल बाट /
लौन हामीलाई अझै गरीब र दास नै बनाउने यो मोंसान्टो को असर निस्तेज पार्न के गर्ने हो तेतातीर लाग्दा ठीक होला की……!!! अनि अर्थ न बर्थ गोविन्द गाई भन्या जस्तो असर को केहि पर्वाह नै नगरी जथाभाबी जे पायो तेही सन्धी मा दस्तखत ठोक्ने काम कृपया रोक्नु पर्यो…..!!! तत्काल को व्यक्तिगत लाभको लागि देश र आगामी पिंढी लाइ बाधक नराख्दा बेश हुन्थ्यो कि…???
नेपाल का धेरै जसो सरकारी निकाए र यसमा कम गर्ने कर्मचारी हरुको सबभन्दा ठुलो चासो भन्नु नै निम्न कुरामा सिमित देखिन्छन|
१. रकमी काजकी प्रक्रिया पुर्याएर सरकारी बजेट स्वाहा पार्ने
२. जना सम्पर्क हुने, अनुमति दिने सन्ता हरुले पैसा खाएर गर्न नहुने काम गरि दिने
३ बेपारीहरुको चासो पुरा गर्न उइनिहरुकै खल्तीका खुद्रा पैसामा बिकेर जना साधारण ले पाउन पर्ने सुबिधा बाटै कित बन्चित गराई दिने र बेपारी को स्वार्थ को लागि देश र जनताको स्वास्थ संग खेलवाड गर्ने|
यी चरित्र बाट कृषि मन्त्रालय अछुतो छ भनेर कसले पत्याउने?
अहिले एस्तो मसान्तो र चौधरी ग्रुप को आलोचना एउटा देश मा नलाएक बेपारी का किर्य कालाप बाट सतर्क गरौन पर्ने अभियान चलेको बेलामा कृषि मन्त्र लाएको बिज्ञप्ति को ध्येय को हो?
सरसर्ती हेर्दा, चौधरी ग्रुप लाई चेतावनी दिनु र कारबाई गर्नु को सट्टा अझै जनतालाई मुर्ख बनाउने खेल मै बडी बेस्थ देखिन्छा|
आखिर यो मन्त्रालय कसको लागि काम गर्दै छ|
नलाएक हरु!
मोंसंतो त पहिलेनै नेपाल भित्रि सकेको रहेछ, अनि के कृषि मन्त्रालय ले किसान हरु संग येस्को उद्पादन कस्तो भयो केई रिपोर्ट गरेको छ र ? http://www.mysansar.com/2013/12/9676/ को ब्लग अनुसार त येस्ले त ठुलो जात्रा गरिसकेको रहेछ , सन् १९०३ बाट (saccharine)चिनी देखि सुरु गरेको आफ्नो बदमासी सन् १९४० मा ddt लाई हानिकारक छैना भन्ने अनि सन् १९६० तिर agent orange जस्तो खतरनाक रसायन अनि हानिकारक म़ल हरु उद्पादन गर्ने जस्तो सयौ आमनबिय काम गरिसकेको मोंसंतो को बिउ किन भित्रवउनु पर्यो र ? आफ्नै देस मा बदनाम भएको अनि अरु कयौ बिकसित देस हरु मा प्रतिबन्दित कम्पनी को बिउ किन नेपाल वित्रवउनु पर्यो र ? कि त येस्मा ठुलो पैसा को चलखेल छ कित देश र जनता को मतलब नगर्ने नेता हरु को काम हो . जम्मा ५ मिन मोंसंतो को इतिहास net मा हेर्ने हो भए सयौ कारण हरु छन् एस्लाई अस्विकार गर्ने. i wish my nepal will be spare from monsanto,s curse.