परिवर्तन
नेपालका ‘कम्युनिष्टहरू’ पाखण्डी छन् भन्नका लागि दुई-तीनवटा उदाहरण काफी छन्। दुनियाँका छोरा-छोरीलाई दशैंको बहिष्कार गर्न आह्वान गर्दै तथा धर्म विरोधी बनाउँदै आफ्नो जीवन विताएका मोदनाथ प्रश्रित र मोहनचन्द्र अधिकारी बुढेसकालमा सबैभन्दा धर्मात्मा बन्दै गायत्री मन्त्र र रूद्री पाठ पढ्न सिकाउन हिड्दैछन्। त्यति मात्र होइन हिंजोसम्म सामन्ती देखेको र समुल नाश गर्नुपर्छ भनेर हिंडेको राजतन्त्रको भूतले प्रश्रितलाई अहिले नराम्रोसँग गाँजेको छ। अहिले पृथ्वीनारायणको मूर्ति र राष्ट्रिय एकताको नारामा सिमीत उनले केही वर्ष पछि देशका लागि राजा चाहिन्छ भनेर त्यसका लागि मेची-महाकाली गरे भने पनि खासै अचम्म मान्नुपर्दैन। यस्तै कारणले होला यस पटक पुस २७ र पृथ्वीनारायणको चर्चा अलि बढी नै चल्यो। यो चल्नु स्वाभाविक पनि थियो। सत्ताको साँचो दौरा-सुरूवाल र टोपी रूचाउने, एउटा भाषा र भेष रूचाउने समूह वा वर्गकै सेरोफेरोमा पुगेको छ त्यसैले पनि यो चुरीफुरी स्वाभाविक नै हो। त्यसमाथि पुरानो परम्परा, संस्कृति, इतिहास वा ऐतिहासिकता रूचाउने कर्मचारी, न्यायाधिश, सेना-प्रहरी, व्यापारी र त्यसकै सेरोफेरोमा घुम्मे बुर्जुवा बुद्धिजिवीहरूको सकृयता पत्रपत्रिका, रेडियोमा मात्र होइन अनलाइनमा पनि उत्तिकै देखिन्छ। त्यसैले यसपटक पृथ्वीनारायण शाहको मात्र होइन २०४७ सालमा हिन्दू धर्म कायम राख्न अडान लिएकोमा विश्वनाथ उपाध्यायलाई “महान” बनाउने होड नै चल्यो। राजनीतिक, सामाजिक वा सांस्कृतिक परिवर्तनका क्रममा परम्परागत सोचहरू हावी हुनु वा त्यसका पक्षमा माहोल बन्नु र फरक-फरक धारका माझ द्वन्द्व देखा पर्नु अस्वाभाविक पनि होइन। तर, पात्रहरूलाई मात्र महान देखाउनु पर्ने वाध्यता र आफूहरू महान हुन नसक्नु पनि कुनै महानता होइन।
पृथ्वीनारायण आफैमा खराब थिए वा थिएनन् अहिले आएर कसैले भन्न सक्दैन। उनको नियतमा खोट थियो कि थिएन भनेर यतिखेर बहस गर्नपनि व्यर्थ छ तर वर्तमान नेपालको भूगोल बन्नुमा भने उनको योगदान छ। अब उनको नियत खराब नै भए पनि वर्तमान नेपाल बनिसकेको छ र हाल हामी यसैका बासिन्दा भइसकेका छौं। त्यसैले वर्तमान भूगोलका निम्ति उनलाई धन्यवाद दिनुपर्छ। तर भूगोलले मात्र देश बन्दैन र भूगोल मात्र देश होइन। देशको समग्र सांस्कृतिक, सामाजिक, राजनैतिक वा भौगोलिक विविधतामाथि गर्व नभएसम्म र त्यसमाथि अपनत्व ग्रहण गर्न नसकेसम्म पृथ्वीनारायणलाई मान्दैमा वा नमान्दैमा वास्तविक रूपमा देश बन्दैन। राष्ट्रियता र इतिहासका थोत्रा कुरा जति गरे पनि वा पृथ्वीनारायणलाई जति नै पूजा गरे पनि पूज्नेहरू कि त देश बाहिर गइसकेका छन् कि त जाने तरखरमा छन् त्यसैले पृथ्वीनारायण गौण कुरा हुन्। इतिहासले खान दिंदैन, लाउन दिंदैन र शायद बस्न पनि दिंदैन, यदि इतिहासमाथि हामीले गर्व गरेर मात्र पुग्ने भए अहिले भारत, अरब वा अन्य मुलुकमा नेपालीहरूको ताँती लाग्ने थिएन।
केही मान्छेहरू पृथ्वीनारायण नभएको भए नेपाल नहुने र हामी नहुने तर्क गर्छन्। यो वेतुकको कुरा हो। पृथ्वीनारायण नभए अरू कोही नारायण हुन्थे। हामी नेपाली नभएको भए अन्य केही हुन्थ्यौं। कोही नहुँदैमा जनता नहुने भन्ने कुरा हुँदैन। कुमाउँ-गढवालका बासिन्दा अहिले पनि छन्, सिक्कीम वा दार्जिलिङका बासिन्दा अहिले पनि छन्। त्यहाँ पृथ्वीनारायण हुनु र नहुनुले वा उनले बनाएको देश हुनु र नहुनुले कुनै अर्थ राख्दैन। पृथ्वीनारायण नभएको भए नेपाल नै हुन्थेन वा संसारै अन्धकार हुन्थ्यो भन्ने मिथ्या भ्रममा पर्न जरूरी पनि छैन। पृथ्वी नारायण नभएपनि संसारमा नेपालभन्दा विकसित सयौं देश छन्, त्यहाँ पनि राष्ट्रियता छ, त्यहाँ पनि धर्म, संस्कृति बँचिरहेकै छ। पृथ्वीनारायण नै नेपाल र नेपालीका सबै कुरा भएको भए वा उनकै कारणले सबै कुरा हुने भएको भए लाखौं नेपालीहरू PR बोकेर अष्ट्रेलिया, क्यानडा वा अन्य मुलुक जाने थिएनन्। उनीहरू जहाँ बसे पनि आफूलाई “नेपाली” भन्छन् तर त्यहाँ पृथ्वीनारायणले कब्जा गरेको भूगोल छैन न त त्यहाँ “नेपाली संस्कृति” नै केही छ तर बसिरहेका छन्, हाँसीरहेका छन्, रमाइरहेका छन्। त्यसैले इतिहासमा गर्व गर्नु जायज होला तर त्यही खोक्रो आडम्बरको भरमा जिउन नसकिने रहेछ भन्ने कुराको पुष्टि भइसकेको छ। प्रत्येक देशले आफ्ना “हिरो”हरूमा गर्व गर्न सक्नुपर्छ, हिरोहरू मान्नुपर्छ तर “हिरो” मानेर वा पूजेर मात्र केही हुँदैन। त्यो पूज्नलाई पनि वर्तमान बलियो हुनुपर्छ र भविष्यमा आशा गर्न सकिने ठाउँ हुनुपर्छ। बुद्धको देश, सगरमाथाको देश वा वीरहरूको देश भन्दै नारा लगाउँदै विदेशीनेहरूलाई रोक्नका लागि वर्तमानसँग के छ र भविष्यप्रति के आशा गर्न सकिन्छ भन्ने कुरा जान्न जरूरी छ? इजरायल बन्नुमा र विकसित हुनुमा नाराले मात्र काम गरेको छैन। कोरिया वा जापानको कथा पनि वर्तमानसँग जोडिएको छ तर नेपाल र नेपालीहरू मरेको इतिहास निकै राम्रोसँग उठाउँछन्, त्यसैका भरमा आडम्बर देखाउँछन् तर वर्तमान तथा भविष्यका कुराप्रति भने आशावादी छैनन्।
त्यसैले इतिहासलाई तेरो र मेरोमा विभाजित गरिदिन्छन्। जात, क्षेत्र र वर्गमा विभाजित गरिदिन्छन्। पृथ्वीनारायण नभए पनि मेरो पुस्ता यो धर्तिमा हुन्थ्यो र म पनि यही हुन्थे। म नेपाली नभएको भए भारतीय हुन्थे, चाइनिज हुन्थे वा अरू केही हुन्थें र मैले त्यसैमा गर्व गर्थें। मेरो देश विकसित भएको भए म त्यसैमा रमाउँथे र अझै बढी गर्व गर्थें विकसित नभएको भए अहिलेका युवाहरू “नेपालमा अवसर छैन” भनेर पलायन भए जस्तै म पनि पलायन हुन्थें, भाग्थें र त्यो देश बाहिर बसेर देशका वारेमा खुब चिन्ता लिन्थें। यहाँनेर बीपी कोइरालाले भनेको “देश ढुङ्गा वा माटो होइन त्यो देशको जनता हो” भन्ने कुरालाई याद गर्ने हो भने पृथ्वीनारायण शाहले भूगोल एकिकरण गरेका थिए र त्यसपछि जनता एकिकरण गर्नुपर्ने शासकहरू चुकेको हो भन्नमा हिच्किचाउनु हुँदैन। भूगोल एकिकरण भएको २५० वर्षसम्म पनि नेपाली समाज विभक्त छ, जनताहरू विभक्त छन्। भूगोल प्रति साझा अपनत्व छैन, माया छैन। सामाजिक-सांस्कृतिक-भाषिक पहिचान र विविधता प्रति हामीहरू माझ अपनत्व छैन, एकले अर्कोलाई इज्जत गर्न सकेका छैनौं, स्वीकार्न सकेका छैनौं। सदियौं देखि भईआएको थिचोमिचो र उच-निचलाई बदल्ने चेष्टा त गरेका छैनौं नै त्यस्तो थिचोमिचो थियो, विभेद थियो भन्ने कुरालाई स्विकार्न पनि सकेका छैनौं। शायद यहाँनेर हामीले हामीलाई यसै भूगोलभित्र एकिकरण गर्न सकेका छैनौं। सबै जात, धर्म, क्षेत्र, लिङ्ग वा वर्ण त्यो एकिकरणको पर्खाइमा थिए र छन् तर उनीहरूलाई जबर्जस्ति मिल्न वा यसै एकिकरणलाई स्वीकार्न भनिएको छ। यस्तो एकिकरणले केही समयका लागि काम गर्ला तर दीर्घकालसम्म काम गर्दैन भन्ने कुराहरू हामीले भुलिरहेका छौं। जबर्जस्ति एकिकरण गर्ने प्रयासले बाहिरबाट देशमा एकता वा मेलमिलापको अवस्था देखिएपनि त्यो कमजोर हुन सक्छ भन्ने यथार्थता स्वीकार्न आवश्यक छ।
श्रीलंका एकिकृत नै थियो तर तमिल जन्मियो। भारत पनि प्रत्यक्ष-अप्रत्यक्ष एकिकृत नै थियो तर पाकिस्तान जन्मियो, पाकिस्तान पनि जात, धर्म वा भूगोलले होइन खाली भाषाका कारणले मात्र विभाजित भएर बंगलादेश बन्यो। भारतमै नागाल्याण्ड, कश्मिर वा गोर्खाल्याण्डका माग त्यसै उब्जिएका छैनन्, त्यसै हिंसा भएको छैन र त्यसै अधिकार मागिएको छैन। गोर्खाल्याण्डमा अधिकार माग्दा “हो मा हो” मिलाउने पहाडीयालाई थरूवटले अधिकार माग्दा देश टुक्रिने डर छ, मधेशीले अधिकार माग्दा “भारतीय धोती” देख्छ। के अन्य भारतीयहरूलाई नेपाली बोल्नेहरूले अधिकार माग्दा देश टुक्र्याउन लागेको आरोप लगाउने अधिकार छैन? यो दोहोरो मापदण्ड के का लागि? कहिलेसम्म? हिन्दी भाषामा भाषण गर्दा वा सपथ लिंदा सबैभन्दा कोकोहोलो मच्चाउने एमाले कार्यकर्ताले आफ्नै नेता माधव नेपाल वा विद्या भण्डारीका छोरीहरूले भारतीय स्कलरशिपमा भारतमा डाक्टर बनेको वा मदन भण्डारीका नाममा (फाउण्डेसन, स्कुल, कलेज, खेलकुद) आएका करोडौं रकमको वारेमा पनि सोधपुछ गर्दा राम्रो होला। के यसरी गाली गर्नेहरूले नेपालको संविधानले हिन्दी भाषालाई मान्यता दिएको कुरा बिर्सिएका छन्। कि त संविधान मान्दैनौं भन्नुपर्यो, कि संविधान जलाउनु पर्यो होइन भने यो के को नाटक हो? भारतमा नेपाली भाषाले मान्यता पाउँदा दीपावली गर्नेहरूले नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी कोही हिन्दी बोल्दा किन सर्वस्व गुमेको महशुस हुन्छ।
अनेकौं पाखण्डका माझ हामीहरू या त थोत्रो राष्ट्रियताको गफ गर्दै बसिरहेका छौं या त यो देश काम छैन भन्दै विदेशीरहेका छौं। पृथ्वीनारायण शाहलाई आदर्श मान्ने तर उनले भनेको “घुस दिने र लिने दुवै देशका शत्रु हुन्” भन्ने अर्ति भने नमान्ने दोहोरो, दोधारे र पाखण्डीपूर्ण जीवन यापन गरिरहेका हामीहरूले भूतबाट पाठ सिक्ने र त्यतिवेला भएका गल्तीहरू सच्याउँदै सबै समुदाय, जात-जाति तथा भूगोलका जनतालाई समेट्दै एकिकृत समाजको निर्माण नगर्ने हो भने देश र जनताले भोग्नुपर्ने अकल्पनीय दु:ख र हिंसाको कथा सकिएको छैन। प्रचण्ड हार्दैमा, वैद्य वा अशोक राईहरू सकिंदैमा वा गोइतहरू विरामी हुँदैमा वा लक्ष्मण थारूले माग बदल्दैमा नयाँ पुस्ताले सबै कुरा बिर्सन्छ र सबै कुरा ठीक हुन्छ भन्ने भ्रममा कोही नपरे हुन्छ। एउटा सुवास घिसिंङ सकिंदैमा विमल गुरूङहरू सकिंदैनन् भन्ने उदाहरण दार्जीलिङबाट सिक्न सकिन्छ, धेरै टाढा जानु पर्दैन। हाम्रो प्रयास त्यस्तो दुर्घटना ननिम्त्याउने तर्फ केन्द्रित हुनुपर्छ। जसका लागि सबैले सबैलाई, सबै इतिहास, संस्कृति, भाषा, क्षेत्रले सबै संस्कृति, भाषा, क्षेत्र वा इतिहासको सम्मान गर्न जरूरी छ।
सही बिश्लेषण। तर यो कुरा मन्डले(राजाबादी), कुन्डले(ए मा ले) अनी भ्रटे(काङ्रेस्) लाइ चहि नपचेको जस्तो लग्यो| उ बेला हाम्रो प्रिथ्बी नारायन् शाह् महान् भन्दै परिक्षामा लामो उत्तर् लेख्न लागयो मन्डले र शाहि शाशन् ले अहिले तहि पढाको कुरा बकिराछन् सबैले। मलाइ नि अहिले ठुलो भए पछि मात्र थाहा भो किर्तिपुरेको नाक् काटेको, कतीलाइ देश् निकला गरेको अनि मन्छे मर्दै गरेको प्रिथ्वि नारायणको एकिकरण।
मध्ये युगिन बर्बर काल खण्ड मा जन्मेर युद्द पछिको हारेका हौलाइ मार्ने , जिउदै जलाउने , स्वास्नी हरण गर्ने जस्तो परिपाटीको पुर्बिय समाज मा यदा कडा छिटपुट अपुस्ट घटना बाहेक सिङ्गो नेपाल हाम्रो हात मा हुनु लाइ एकीकरण नै मान्नु पर्ने हुन् आउछ |
आजको रेडियो , टि बि , इन्टरनेट को जमाना मा दिउसै रात पार्न खोज्ने ले तल एक साथीले भन्नु भए झैँ पम्फ़ादेबि विश्वकै धनि व्यक्ति ( येश्वर्य ) , अर्बौ स्विस बेंक , राजतन्त्र गएपछि बस्न को लागि टापु किनेको छ रे भने , खुब प्रचार गरे |
जुन गलत साबित भयो |
यिनीहरु तिनिहरुनै हुन् जो आज प्रिथ्बिनारायण ले एकीकरण गरेको हैन भन्छ |
अरे साथीहो , पृथ्बी नारायण ले एकीकरण गरेको सिङ्गो नेपाल तिम्रो हात मा छ
जहा बसेर उसकै तस्बिर च्यात्न पाएका छौ र सालिक फोड्न पाएका छौ |
यो यथार्थता हो अपुस्ट हल्ला यथार्तता हैन नम्बर वान आर्को त्यो बेलाको काल खण्ड पनि हेरौ | र अमेरिकाले आज टेक्सास मा बसेर रिमोट कन्ट्रोल ड्रो न बाट तोरा बोराको तालिवान सग लडेका पनि हैनन् | हात मा खुकुरी लिएर , आफ्नो रगत बगाएर एकीकरण गरेको हो |
एकीकरण अभियान न भएर युद्द उन्माद भन्नेले अल्लि पछि को दर्बार ग्रिह कलह को अबस्थामा समेत बहादुर शाह ले पिताको एकीकरण अभियान लाइ निरन्तरता दिन झन बढी होमिएर लागेको र सुगौली सन्धि को अघिको बृहत् नेपाल को निर्माण गरेको यथार्तता लाइ पनि भुल्नु हुन्न |
देश रहे त् ब्यबस्था आउछ , उनकै सन्ततिले या ने कि महेन्द्र ले नेपालको उन्नति हुन्छ कि ,स्थिर सासन हुन्छ कि , इन्डियन हस्तछेप कम हुन्छ कि भनेर प्रयोग स्वरुप पंचायत ल्याए , जुन असफल भयो , बनाइयो , फेरी बहुदल लेराइयो , फेरी लोकतन्त्र लेराइयो बैद्द्य ले जित्यो भने लोकतन्त्र २ आउला आदि आदि |
उनले एकिकृत गरेको राज्य मा बसेर तेती कृतघ्न हुनु पनि कोइ कोइलाइ सुहाउने कुरा हैन |
येदि पृथिबी नारायण शाहले नेपाल एकीकरण नगरेका भए “सायद” भारतीय भएर गौरब गरिराखेको हुनेथियेउं भन्ने ले
::: थोमस एडिसन ले बिजुली आबिस्कार नगरेका भए ठुल ठुला कल कारखाना बिनाको यो सन्सार प्रदुषण रहित हुन्थ्यो होला भन्दा हुन्छ कि हुँदैन ?
::: पेट्रोल डिजेलको उत्पादन नभएको भए बायु प्रदुषण मुक्त कति स्वच्छ हुन्थ्यो होला यो सन्सार भन्दा हुन्छ कि हुँदैन ?
::: टेलिफोन, मोबाइल र इन्टरनेटको आविस्कार नभएको भए केटा कतिको धेर लभ सभ चल्दैन थियो र संस्कृतीको कति राम्रो जगेर्ना हुन्थ्यो होला भन्दा हुन्छ कि हुँदैन ?
::: प्लेनको आविस्कार नभएको भए आकासमै प्लेन पड्केर र जथा भाबी ठोक्किएर मान्छे त मर्नु पर्दैन थियो भन्छन कि भन्दैनन ?
::: टिभी कम्प्युटरको आविस्कार नभएको भए आँखा त बिग्रिदैन थियो होला हेर्दा हेर्दा भन्दा हुन्छ कि हुँदैन ?
::: मान्छेकै उत्पति नहुँदो हो त संसारमा लड़ांई झगडा हुने नै थिएन भन्दा हुन्छ कि हुँदैन ?
प्रिनासाले एकीकरण गर्छु भनेर राज्य रजौटाहरू कब्जा गरेको होइन | आफ्नो गोर्खा राज्यलाई बिस्तार गर्न अन्य राज्यमा हमला गरेका थिए | एकिकरणको महान लक्ष थियो भने किर्तिपुरेहरुको नाक काटदैनथे| यही कब्जा प्रक्रियाले कालान्तरमा बिशाल नेपाल निर्माण भयो | राम्रै भयो | यसको जश प्रिनासालाई जान्छ| हजुरिया इतिहासकारहरुले उनको यही कब्जे कामलाई विभिन्न जलप लगाएर, पाइन् चढाएर एकीकरणको नाम दिइ इतिहासको पाना रङ्गाए| आफ्नो कर्तुतले पंचायत ढले पछि पंचायत फर्काउन इतिहासको गर्भमा बिलिन भैसकेको प्रिनासालाई बौराउनु खोज्नुमा कुनै तुक छ र ?! प्रिनासालाई इतिहासकै पानामा राखेकै राम्रो होला, ज्यादा चलायो भने कुनी के जाति छिटा लाग्छ……..
परिबर्तन जी … पृथ्वीनारायण हाम्रो पुर्बज हुन् ..हामी हाम्रो पुर्बज लाई भुल्न सक्दैनौ.. के तपाई तपाईको बाउ हजुरबाउ लै भुल्न सक्नुहुन्छ? उहाँ को देन ले हामी नेपाली भएर सिर ठाडो भएर बस्नु परेको छ .. के तपाई लै नेपाली हुनु मा गर्व छैन र ? ?
जापनिस ब्रिटिश हरुले जति नरसंहार गरेपनि साएद आफ्नो देश भित्र गरेनहोल, त्योबेला काठमान्डू कुनै विदेश थिएन, उनलाई मैले नराम्रो त भन्दिन, (आजभोलिका नेता भनौदाहरु उनीभन्दा खत्तम छन्), तर उनले जुन आर्थिक, सामाजिक, धार्मिक थिचो मिचो गरे – पच्न सक्दैन(देश भूभाग मात्र होइन जनता हरु हो). उनको जुन बखान भयो शाह बन्सिए इतिहासमा भयो, अब नेपाल मा बाहुन बन्सिए सत्ता खतम भएमा साएद उनको इतिहासले पनि कोल्टे फेर्ने छन् होला.
……..हेर उस बेला मेरी आमाले बाउ आमाले दिएको ठाउँमा बिहे नगरी हर्केसंग पोइल गइदेकि भए अहिले मेरो बाउ त्यो धनि पहलवान हर्के हुने थियो …… थुक्क मेरी बुद्धि बिग्रेकि आमा भन्नु …..र…..
…….उसबेला पृथिबी नारायण शाहले नेपाल एकीकरण नगरिदिएको भए अहिले म “जन गन मन अधिनायक ……” गाउँदै “मेरा भारत महान” भन्दै गरेको हुन्थें / आहा कति मज्जा हुन्थ्यो होला अहिलेको नेपालि हुनु भन्दा त भन्नु एकै हो /
कुतर्क र अप्राकृतिक भन्लान तपाई को उत्तर तर मलाई व्यंगय र मार्मिकता को सङ्गम झैँ लाग्यो !!
सबैले पढनै पर्ने अत्युत्तम यथार्थवादी लेख! लघुताभासले पिडित भएर प्रिनासा लाइ जप्ने जमातलाई त यो लेख अवश्य मन पर्दैन| नौलो नेपालको नविन सोच परिवर्तनको लेखमा प्रकट भएको छ!!!
पृथ्बी नारायण को पालाको कुरा गरौ !!
एक जनाले १० वोटी स्वास्नी लेउन पाउने बेला , निया निसाफ कानुन बलिया बाङ्गाको मुख मा हुने बेला , तेस्माथि नेपाल मा मात्र किन पुरा विश्व , पुरा इन्डिया जहा जहा राजा रजौटा छ कसरि सासन चलाउने बेला थ्यो त्यो ? इन्डिया को र अरु विश्व को राजा हरुको रबाफ, फुर्ति , उनीहरुले गरेक अत्याचार को पनि लेखा जोखा गरम र पृथ्बी नारायण सग तुलना गरम न |
तेस्तो बेलामा पनि सिङ्गो नेपाल को परिकल्पना गर्ने , उसको दिब्य उपदेस हरु हेरम | उसको काम को मुल्यांकन गरम | र आफ्नो चिज र इतिहास मा गर्ब गर्न सिकौ |
त्यो बेला भूगोल को एकीकरण गर्नु पनि निकै ठुलो योगदान हो आजको सिङ्गो नेपाल को लागि |
मन को एकता ,समाबेसी ,प्रजातन्त्र ,लोकतन्त्र यी सब पाछी उब्जेका कुरा हुन् | त्यो बेला यी कुरा असान्दर्भिक थिए |
प्रजातन्त्र अमेरिका ले तेस्रो बिस्व मा हस्तछेप गर्ने स्लोगान हो (मुलत सोभियत संघ बिघटन को लागि प्रतिपादित हाइपोथेतिकल सिद्दान्त ), लोकतन्त्र इन्डिया को खेतीपाती हो |उसले नेपाल मा लोकतन्त्र हुलिदिएको छ त् येत्रो भाडभैलो मचाएको छ |
संघियता नेपाल मा रोपेको छ तर दार्जलिङ्ग लाइ चै पश्चिम बङ्गाल कै अन्तर्गत राख्न चाहन्छ |दार्जलिङ्ग को जनता लाइ चै संघियता माग्दा पनि दिएँन | झार खण्ड लाइ दियो , तेस्तै गुजरात मा अर्को राज्य दियो | दार्जलिङ्ग माथि अन्या य नै गर्यो |
तेसैले बेबुनियाद कुरा गरेर , पृथ्बी नारायण को बिरोध गरेर आफै आफ्नो अबमुल्यन न गरौ |
“नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी कोही हिन्दी बोल्दा किन सर्वस्व गुमेको महशुस हुन्छ।” तपाइलाई हुदैन भने भन्न सक्नु हुन्छ ‘मेरा ारत महान’ तपाई परिवर्तन भए ैहाल्यो नि किन अरुलाई पाखण्डी बनौन खोज्नु l नेपाललाई यस्तो परिस्थितिमा ल्याउन तपाई जस्ता परिवर्तन्हरुको धेरै ठुलो हात छ जस्तो मलाई लाइरछ……….
लौ मानौ, पृथ्वी नारायणले एकीकरण गरे|
त्यसपछिको नेपालमा एकीकरण हुँदै रह्यो| तर एकीकरणको नाउँमा उबेला देखि अहिले सम्म कसरि एकीकरणको दुरुपयोग गरियो यो पनि बुझम|
एकीकरण भनेको एउटा जातको एकाधिकार ठानियो|
पृथ्वीनारायणले एकीकरण गरेको शाहवंशको लागि थियो| यसलाई बंगाएर तेङ्गाएर नेपाल नेपाल र एकिकृत नेपाल भनेर अहिलेको स्थितिमा फुला परेको आँखाले हेरेर जति नै चित्कार गरे पनि वास्तविकता अर्कै छ|
प्रिथ्विनारानको एकीकरणलाई मान्नु हो भने पनि उनले भावनात्मक रुपमा कहिले एकीकरण गरेनन| अहिले यो पातलो धागो झैं हुन् गएको यही कारणले हो| नत्र २४० बर्ष अघि देखि गरेको एकीकरण बलियो फलामको डोरी सरह दरिलो भएर अडिग रहन पर्ने थियो| त्यस्तो थिएन र भएन पनि| एउटा भौगोलिक सीमामा साना राज्यहरुलाई जबर्जस्ति मिलाउन्दैमा एइकिकरन हुने भए यो संसारको राजनैतिक सीमा र भूगोल अहिलेको भन्दा फरक हुने थियो|
जसरी शाह राजाहरुले एकीकरणलाई आफ्नो खाने भाँडो बनाएर आफ्नै मात्र हेरे र अरु लाई प्रजा होइन रैती ठानेर भांडमा जाए भनेर लत्याए, त्यस्तै सामन्ती राणा शासनले देशको घडी नै पछि सारिदिए र देशलाई एकीकरण को नंया अर्थ दिएर एउटा जातले मात्र राज्य गर्नु भन्ने बनाए|
त्यसै गरेर बाहुनहरुले यो देश बिगारेको कुरो स्वीकार्ने पर्छ किनकी वास्तविकता यही हो|
उनीहरुले एकीकरणलाई गलत माने दिएर पुजारी, पात्रो र साईत हेर्ने, काट्टो खाने, ज्योतिष रसपुटिन वाट बिस्तारै राज्यको संचालन सबै आफ्नै हातमा लिएको सबैको सामु साक्षात छ|
अब अहिले आएर एकीकरण एकीकरण भनेर पृथ्वी नारानलाई श्रेय दिए जस्तो गरे पनि वर्तमानमा एकीकरण भनेर राज्यको सबै अंगमा बाजेहरुको हाली मुहाली छ| तर झन झन देशको अवस्था बिग्रदो छ| तर बाजेहरु आफुलाई यसको जिम्मेवार ठान्दैनन्| किन? किनभने बाजे हरुले एकीकरणको मन्त्र पृथ्वी नारायण लाई पनि दिएका हुन् र अहिले त्यही एकीकरण भनेर लोकतन्त्रको खोल ओढेर एक जातको नाउँमा सबै आफ्नै एक छत्र राज गरिरहेका छ|
लेखको सन्दर्भमा जँहा सम्म भारतको प्रसंग छ, गुरुङ, तामांग, मगर, राई लिम्बु आदि जनजाति भारत् दार्जीलिंग सिक्किम ठाउँ हरुमा भिन्नै नागरिकता लिएर बसे पनि नेपाली भएर बसेका छन, उनीहरुको पहिचान नेपाली नै छ| तर बिष्ट, पाण्डे, शर्मा (कुमाऊमा) राणा, सिंह, (राजस्थानमा) यादव, सिंह (बिहार र युपी) आदि भारतमा बसे पनि उनीहरुको पहिचानमा नेपाली भन्ने छैन तर त्यही जातहरु नेपालमा बस्दा अर्कै स्थिति छ| यसबारे अरु बढ्ता नभनेकै ठिक होला|
यो कुरो विचारणीय छ| परिवर्तनजीले पनि बुझ्नु भएकै छ भन्ठान्छु|
सिमसिमे राजाको पालाको होइन, हिज र अस्तिको पनि होइन, अहिलेको नेपाललाई कसरि एउटा ढिक्कामा राखौ र अझ समृद्ध बनाउ र जात जातमा विभाजन नगरौ अनि केवल एउटा दुईटा जातको मात्र हाली मुहाली लाई निरन्तरता नदिऔ अनि भोलिको नेपाल लाई कसरि सजाऔ भन्ने तिर हामी सबैले एक मुष्ट भएर लाग्नु पर्यो| यसमा बाजेहरुले पनि मै खाऊ मै मात्र लाऊँ भन्ने नीति र व्यवहारलाई अलि खकुलो पनि ल्याउन पर्यो नत्र भोलि खोसेर पनि समानताको न्याय दिलाउने छन्| बाजेहरुको आफ्नु हातमा डाडुपन्यु छ र देश बाजेहरुले नै बिगारेका हुन् भन्ने कुरोमा कसैले शङ्का गर्छन भने कि तपाइँ बाजे हुनुहुन्छ अथवा देशको स्थितिलाई बुझ्न भएको छैन|
अस्तु|
परिबर्तनज्यु/
तपाइंले ‘म नेपाली नभयको भय भारतीय बन्थे ….” भन्नुनै तपाइंको लेखको सार हो/ किन भने तपाइंले यकि ब्लगमा जनगबाहदुरले ब्रिटिश भारतको कब्जामा परि सकेको कैलाली कन्चन पुर् फेरी नेपालमै फ़र्कायकोमा “साला जंग बहादुरले तेसो नगरेको आफु अहिले भारतीय हुन्थे” भनेर लेख्नु भयको थियो/ नेपालको भुमि नेपालमै फर्काउने जंगबहादुर लाइ “साला” भनेर गालि गर्नेले पृथ्बी नारायण शाहको आलोचना गर्दै पृथ्बी नारायण शाह प्रति नेपालीको मनमा बित्रिष्णा उत्पन्न गर्न खोज्नु हुने परिबर्तनज्युले नेपालको सन्दर्व्मा इतिहासको कुनै मुल्य नै नभयको जनाउन खोज्नु भयको छ/ तपाइंको यो प्रिथ्बिनारायण शाह र मेरो अस्तित्व” शिर्सकमा लेख्नु भयको लेखको सार सब्द चपायर पृथ्बी नारायण शाहलाई पनि तपाइंले जंग बहादुरलाई जस्तै गालि नै गर्न खोज्नु भयको हो/
पृथ्बी नारायण शाहले शिर्जेको नेपालको इतिहासको कुनै महत्व नदेख्ने परिबर्तन ज्युले मधेसीको कथित् इतिहासको चाहि खुबै बरख्वाइ गर्दै नेपालको तराइ नेपालकै नभयको भारतको बिन्द्याचल सम्म को कथित् मधेशको भू भाग हो साबित गर्न मधेसीको इतिहासिकताको बारेमा लामै लेख लेख्दै भयको थियो माइसंसार मै/
परिबर्तनज्यु तपाईं राम्रो नेपाली सब्दमा नेपाल र नेपाली र नेपालको इतिहासको गौरव माथि दाग लगाउन खोज्दै हुनु हुन्छ/ तपाइंलाई के थाह जनजाति नेपालीको राज्यहरु लगायत आफ्नै गोर्खा देस समेत नेपालमा मिलायर नेपालको पुरानै आकार दिन प्रयत्न गर्ने पृथ्बी नारायण शाहको बारेमा नेपालको नेवार लगायत जनजातिहरु कस्तो बिचार राख्छ भनेर/ के उपत्यका जितेर गोर्खाको राजा पृथ्बी नारायण शाहले उपत्यका (नेपाल जिते कहिँले भने तथा थाको पनि थियो? यदि उपत्यकालाई प्रिथ्बिनारायण शाहले जितेको ठानेको भय उपत्यकालाई उसको गोर्खामा मिलाउन्थे उपत्यकामा गोर्खा मिलाउन्दैन्थ्यो/ उपत्यकाको नेवारहरुले आफुहरु लडाई जितेर उपत्यका गोरखामा मिलाउनुको सट्टा उल्टै गोर्खा नै उपत्यकामा मिलायर उपत्यकाको नेवारहरुलाई जितको महसुस गरायको थियो/ तेसैले नेवारहरुले पृथ्बी नारायण शाहलाई स्वीकारेको थियो/
मदन जी,
कुनै पनि कुरालाई जब सुरुमै नकारात्मक दृस्टी र नकारात्मक धाराणाले हेरिन्छ वा पढिन्छ नि तेस्ले ति कुराको गहनता पत्ता लगाउन सक्दैन न त् यथार्थता नै पत्ता लगाउदछ!
तपाइको कुरामा कताकता नकारात्मक द्रिस्तिको आभाष मिल्छ!
संघठित नेपालको राजतन्त्रात्मक इतिहाशमा लेखिनु पर्ने र देखिने राजा एउतै मात्र छन् र ति हुन् पृथ्वी नारायण शाह!
बाकि सबैले कसरि हुन्छ आफु नमरुञ्जेल गद्दीमा बस्ने र मरेपछि आफ्नो छोरालाई गद्दी दिने भन्ने कुरामै आफ्नो शक्ति र समय खर्च गरेको सहजै बुझ्न सकिन्छ!
तर जुन दृस्टी र कार्य योजनाले पृथ्वी नारायणले यो देशको यकिकरण गर्यो त्यो कुरा उहाको मृत्यु संग संगै तुहियाको छ भन्छु म!
पृथ्वी नारायणले सुरु गरेको एकीकरण उहाको मृत्यु पश्चात उहाकै कार्यदिशा दृस्टी र योजनामा कसैले अगाडी बधाउन सकेन किनकि उहाले गरेको एकीकरण बास्तबिक एकीकरण हुन सकेन र यो बास्तबमा गोर्खा राज्यको बिस्तार भयो कालान्तरमा अनि एकात्मक राज्यसत्ता एक बर्गको हाली मुहाली भयो! मेरो जिजु बाजेले लडेर जितेको अनि बनायको रास्ट्र हो यो मैले जे गर्न पनि पाउछौ वा हाम्रो (एउटा बर्गले हाम्रो हो यो देश भन्ने मा सिमित रह्यो!
एउटा देशको एकीकरण त्यो देशको राजधानी सार्दैमा र त्यो देशको नाम अर्को राख्दैमा पुरा हुदैन!
‘ यो चार जात छत्तिस बर्णको फुलबारी’ त भन्यो तर छत्तिस बर्ण त कताहो कता जातमा पनि बलाई गरेर दुइ जातको मात्र बनायो फुलबारी नभयर हालीमुहाली भयो!
तेसैले ‘चार जात छत्तिस बर्णको फुलबारी’ बनाउने पृथ्वी नारायणको दृस्टी योजना मतियारे हरुले, ‘दुइ जात र आफ्नै मात्र हालीमुहाली’ बनायर छोड्यो!
कुन्नि पृथ्वी नारायण अल्पायुमै मृत्यु नभयको वा आफ्नो योजना पुरा गर्न पायको भय सायद यस्तो हुदैन थियो कि त!
सायद नेपाल तेतिनै बेला संघीय रास्ट्र बन्थ्यो कि!
फुलबारी भन्या त त्यै हो क्यारे!
इन्द्रेणी र फुलबारी भनेको संघियताको उत्कृस्ट उदाहरण हुन्!
हैन र ?
(फ्रोम मी collection)
An account by Austrian journalist, Dr. Hans Georg Behr in his book titled “Nepal Geschenk der Götter (Nepal Gifts of the Gods)” written in German reveals an unknown part of our history.
Since 1716, Gorkha’s (ruler) Narabhupal Shah had been sitting on his throne made of mud. He found his throne very uncomfortable, and wanted to change it with the silver throne of the Kathmandu Valley at any cost. With this aim in mind, he married many times to widen his territory and built alliances. But he was not successful.
At the end, he changed his tactics. In 1732, he sent his 10 year old son Prithvi Narayan to stay with the king of Bhaktapur (Ranajit Malla). In a covering letter, Narabhupal Shah requested the king of Bhaktapur to raise his son and provide him a good education which was only possible in Nepal. But his real intention was to place his son in the palace so that he could spy on it and gather vital information. The Malla king of Bhaktapur took in this young prince of Gorkha with friendship and treated him as the guest. Prithvi Narayan Shah had an excellent memory that he remembered everything he saw. After five years, he returned to his hometown Gorkha. He had gathered much information about the reasons behind the quarrels among the valley kings, the exact quantity of military equipments and the strategic locations in Nepal.
Prithvi Narayan Shah was sure that he could conquer the pass of Nuwakot, so in the same year he sent his Gorkha soldiers to attack Nuwakot. The young prince had miscalculated or his father had underestimated the Mallas. The Malla kings banded together and their armies beat the Gorkhas very badly.
Since then, the Gorkha launched an attack on the valley every year right after the monsoon in order to possess its wealth. But they were failed. The Gorkhas came punctually at the end of September, but they never made any headway. This went on till 1764. Prithvi then sent a peace messages to the valley. The Mallas received his messages with joy. The endless war was a strain on their resources, and it was also disrupting their business. But Prithvi Narayan Shah’s message was a clever deception; he really didn’t seek peace. The Mallas came to know that it was only a ploy when the Gorkhas blocked the northern trade route. Another thing that worried the Mallas was that the Gorkhas had come into possessions of excellent arms and lots of money with which to prosecute the war. The Mallas didn’t know from where the Gorkhas had got them.
The British government had supplied the weapons to the Gorkhas, but this fact has been kept hidden in Nepal’s history books. The secret treaty which was signed is still preserved in London in the archives of East Indian Company. The pact was signed by Captain Ceane and the Gorkhas. The British government agreed to supply the weapons and advice; and in return, the Gorkhas had to destroy the old trade routes between India and China. The Moguls of India had a flourishing business relationship with the Mallas of Nepal, and this trade accounted for 30 percent of the wealth of the Moguls. The British wanted to get their hands on the riches. According to the accord, Prithvi Narayan Shah received 800 muskets along with 21 British advisors. And in 1766, armed with British weapons and intelligence, the Gorkhas attacked Kirtipur. The people of Kirtipur could not resist the superior arms, and two third of them were killed. The cruel Gorkhas cut off the noses of the survivors. Till today, this place is known as the “Village of the noseless”. The Mallas then realized that the situation had become precarious.
Jaya Prakash Malla, the king of Kathmandu, was an intelligent ruler. He wrote a very touching letter to the East India Company appealing for assistance against the Gorkhas. The East India Company subsequently sent 15 very strong men under the command of a captain named Kinlock to help the Mallas. This captain was quite fond of drinking alcohol. When the British arrived at the hills leading to the Kathmandu valley, they faked being defeated by the Gorkhas. The Gorkhas pretended to hit them and they acted as if they were wounded. (Like we say in our language “Chhan daye then ya, jin khwaya then yaye.”)The British wanted the Mallas to think that the Gorkhas were too powerful to fight with. Jaya Prakash Malla then looked to religion for support. A priest told the king that the future of Nepal depended on the Kumari (Living Goddess). And so in 1768, the festival of Indra Jatra was celebrated with fervour. The Nepalese drank lots of rice beer during the festivities, especially on September 13 on the day of the chariot festival. They did not notice that the Gorkhas had entered the city until they had surrounded the Kumari’s chariot. Pandemonium broke out that Jaya Prakash Malla jumped down from the royal chariot with his two wives and escaped to Lalitpur. Prithvi Narayan Shah stepped in front of the bewildered crowd and shouted, “I’m now your king. Carry on with your drinking.” Prithvi Narayan Shah was at that time 46 years old.
Many Newars drank rice beer because they were terror-stricken. The Gorkhas put their swords to the necks of the Newars who refused to accept the new king, so they had no choice but to obey. In the following winter, the Gorkhas also conquered Lalitpur without any opposition. The Mallas then gathered at the palace in Bhaktapur. The palace was well defended. And following the advice of his British advisors, Prithvi Narayan Shah imposed a blockade. After three years, Bhaktapur’s food stock ran out. And one night, some illegitimate children of the Mallas opened the gates to the city. The valley’s three kings were arrested in their bedrooms. Jaya Prakash Malla committed suicide. To show his big-heartedness, Prithvi Narayan allowed Jaya Prakash to be brought to Pashupatinath for the final rites. Bhaktapur’s king Ranajit Malla, who had given shelter to Prithvi Narayan, was not killed; but his eyes were put out and sent to the Hindu city of Benaris. Tej Narasingh of Patan did not want to exchange any words with Prithvi Narayan. Tej Narasingh was imprisoned in a vault and walled up. A small hole was left open to pass food to him. And for two days, a bowl of rice was put near the hole. When they saw that Tej Narasingh had not touched the food, the hole was bricked up. Prithvi Narayan Shah did everything according to Captain Ceane’s suggestions. He said to Prithvi Narayan, “The people of Nepal are very hard working and intelligent. That is why they are very dangerous. We need to strike terror into their hearts in order to control them. Do not let them come to power even after many centuries. We need to obliterate from their minds the idea of rising up to seize power. This can only be achieved through harsh laws and violence.”
Accordingly, Newars were not allowed to read, write or repair their houses. If they broke the law, they faced the dealth penalty. In 1770, two and half thousand Newars were killed. The second generation was thoroughly intimidated, and gave up. The third generation started to forget. After Prithvi Narayan Shah took control of the valley, the old cities began to stagnate even though so much money was pouring into the country. The only changes in the cityscape that occured were the result of earthquakes.
The British naturally benefitted greatly from their cruel plan. In 1776, the Mogul Empire became bankrupt and was forced to become a colony of Britain. The whole of central Asia suffered after Prithvi Narayan Shah took over Nepal and closed the old trade routes. Tibet’s economy too was negatively affected. The depressed economy forced monasteries to become financially self-reliant. This was how feudalism emerged as a shadow in the land of the Buddha. There was a negative effect even in China. The British were also not very happy with the Gorkhas. The Gorkhas had tasted the blood, and did not give up violence. In this way, they conquered all the hill states. The Gorkha turned the country into a “forbidden land”. As long as the country remained closed up, the British were not disturbed. But in 1789, the Gorkhas became crazy and went to war with China and England.
Britain’s General Ochterlony said, “We have to keep the Gorkhas busy so that other things besides conquest come to their minds.” Lord Hastings wrote in his diary in 1817, “To bring peace in Nepal, the Gorkhas must be kept busy and far from their country.” This policy led to the recruitment of Gorkha soldiers into British army. The Nepal government took one-third of the money sent home by the Gorkhas. It was an important source of income for the government of Nepal. After the Gorkhas began leaving Nepal, there was peace on the frontier as well as within the country. But there was no peace in the king’s palace. The Shahs fought among themselves. They didn’t care about the country or the people. They remained engrossed in their own interests.
आधा आधि जति पढेको बिल्कुल गलत र तर्क हीन र बनावटी लाग्यो
१) माटो को सिंहासन मा बस्थे भनेर सुरुमै होच्याउन खोजिएको छ |
त् के काठ को मेच त् मान्छे ले देखेकै थिएँन कि ? कि गोर्खे ले काठको पनि मेच हुन्छ , भने जस्तो आकार मा कुद्न सकिन्छ भनेर पछि थाह पाए ?
२) भक्तपुर मा पढ्न आएका थिए रे | के पढ्न आएका ? पी एच डी गर्न ? बरु कासी तिर गएको भनेको भए
अल्लि सुहाउथ्यो |
भक्त पुर् ज्ञान को भंडार भनेर त् कतै लेखेको छैन त् | कला , दहि आदिको लागि प्रख्यात हो भक्तपुर तेती बेला र आज समेत |
अरुको धोति फुकाल्न खोज्दा आफ्नो कट्टु फुस्केको थाह नापाएको कम्मेन्ट | यी येस्तै तत्त्व हरु हुन् हिजो येश्वर्य लाइ पम्फ़ादेबि देबी भन्दै
क ) अरबौ रुपिया स्विस बैंक मा रे
२) आइल्याण्ड किनेको छ रे
३) मुस्ताङ्ग मा हिराखानि धिरेन्द्र ले सन्चालन गरेको रे
भन्ने गर्थे |
उ बेला भुगोलकै एकीकरण हुन्थ्यो । भुगोल एकीकरण नै महान काम थियो ते बेला । प्रजातन्त्र, जस्ता शब्द त निकै पछि आएका हुन् संसारमा । समान्तता त त्यो भन्दा पनि पछि । समावेशीकरण यो त कुहिरेहरुले भित्राएको आडम्बरी शब्द बाहेक केही होइन । देशको भुगोल कायम गर्नेदेखि प्रजातन्त्र र सम्वृद्धि सवै पृथ्वीनारायण शाहाले गर्दिएको भए पनि अहिलेका नेताहरुले अर्को खोट ननकिल्ने होइनन् । देश सिमाना फैलाएका कारण पृथ्वीनारायण शाहा महान छन् । सम्वृद्धि त्यो नागरिकको पनि दयित्व हो । भुगोलको सिमान निर्धारण गर्ने पृथ्वीनारायण शाहालाई सलाम । हिजो आज नै मान्छेलाई खसी र बुङ्गुर जस्तो काट्नेहरुले न्याय र समानताको कुरा गरेको पचाउने उ बेलाको जमानामा पृथ्वीनारायण शाहाले कतिडोका नाक बाटे भनेर खोज्दै हिड्नेलाई के नै भन्न सकिन्छ र पृथ्वीनारायण शाहा तिमी अमर छौं ।
हुनेखानेको घरमा जन्मिएन भनेर बाउआमालाइ टोकसो गरिरहने खालको मान्छे रैछन यी लेखक त! घरमा केहि नभएपछि कि आफुले गर्न सक्नु पर्यो, कि घर छोडेर हिड्नु पर्यो! किन बिनाअर्थको प्यारप्यार गरिराको हो !
लेखमा यथार्थता छ ! बास्तबिकतालाई ढाकछोप गरेर प्रिथिबि नारायण शाहको डाका गराईको
प्रशंसा गर्न सकिदैन !
काम सिन्को नभाँच्ने कर्मचारी तन्त्र, दूरदर्शिता एक रत्ति नभाको नेता, तल्लो वर्ग लाई जहिले झुलाई दिने सोच विचार बोकेको बुद्दिजिबी बाट, रास्ट्रको शान्ति, समुन्नत, असम्भव छ / रास्ट्रको श्रोत र साधन मा पहुँच भाका खाँटी भन्नु पर्दा लुटेराहरु , गरिब जनताको आवाजलाई जहिले नि दबाउने, चटके शान्ति र मेलमिलाप को मात्र बखान गरेर काम चल्दैन / लेखक संग म एकदम सहमत छु / रास्ट्रमा
मेलमिलाप, शान्ति, सम्वृद्धि हुनलाई रित्तो भुँडी भर्नु पर्छ , नाङ्गो शरीर ढाक्नु पर्छ, रात काट्न ओत दिनु पर्छ / शान्ति शान्ति जपेर मात्र हुन्न , देशको उन्नत जालझेल अनि जनतालाई उल्लु बनाएर हुन्दैन , साम्प्रदायिक सद्भाव आफु केरा खाएर अरुलाई बोक्रा मात्र दिएर पनि हुन्न /
परिवर्तन जी को लेखमा केहि सार्थकता भए पनि अधिकांश रुपमा बहुलठ्ठी पन देखिन्छ. एउटा घरमा शान्ति कायम गर्न त् घर भित्र का शदस्यहरु समन्वय गर्ने मुली चाहिन्छ अनि केहि नियम भित्र बधिनु पर्छ. एउटा सिङ्गो देश भित्र छरिएर रहेका अनेक व्यक्ति, समुदाय हरुलाई एउटा छातामुनी राख्न अबश्य नै विशेस नियम चाहिन्छ. जसलाई जे मनलागेको क्रियाकलप गर्ने हो भने भाड भैलो भन्दाबाहेक केहि हुँदैन जुन अहिलेको नेपालमा भैरहेको छ.आखिर नेपाल नै नभए पनि अरु कुनै देश भएको भएमा पनि त्यस देश भित्रको नियमकानून भित्र त् रहनै पर्ने थियो. आफ्नो अस्तित्व त् हरेक देशको हुन्छा नै . नेपाली भन्ने एउटा अस्तित्व दिने त् पृथ्वी नारायण मात्रै हो. जसमा एउटा स्वाभिमान नेपालीले गर्व गर्न सकेको छ.
ाम पाइनस बुहारी पाडा को *न्डो कन्या भनेको जस्तो,
इतिहास भैसकेको कुरा मा लडेर के गर्ने, hitler ले जितेको भए क हुन्थ्यो, पनि न परेको भए के हुन्थ्यो … येस्ता गफ के का लागि अब |
रु यो प्रिथिवी मा मानिस को सट्टा ग धा बुद्दिमान भाको भए ….अएइले त्यो ग धा ले येस्तै सिर्साक मा लेख लेख्थियो होला |
इतिहास यो भा को भए के हुन्थ्यो भन्ने हैन तेइ भएको भएर यॆस्तो भाको छ भन्ने बारे हो..
गेस गरेर जाच त पास हुन्दैन भने इतिहास को कुरा न गरम मित्र.
पृथ्वी नारायण लुटार र फटाहा हो भनेर बुझ्नलाई पूर्वाग्रह नराखी सबै घटनाहरुको अध्ययन गरिन पर्छ| काठमान्डौ जित्न नौ पल्ट भन्दा पनि बढी कोशिश गर्दा पनि नसकेर फटाहाले इन्द्र जात्राका दिन जाल हाने| त्यसपछि कीर्तिपुरेहरुका नाक कटाए| जितेको भए पो बिजयी जस्तो व्यवहार गर्थ्यो, लुटार न ठहरियो|
बाजेहरुको सल्लाहमा चार जात लाई मात्र प्रश्रय दिईयो| जात पातको विभेदको बिरुवा उनैले रोपेका हुन्, जुन अहिले बिशाल रुख भएर मौलाएको छ|
खालि बाइसे चौबिसे भनेर ढुंगे ओडारमा बस्नेलाई पनि मान् पदवी दिईयो तर तेमालका ओजस्वी राजा रिञ्छेन दोर्जे बललाई जाल्साधॆ र झुट फन्दामा पारेर मारे| ककनीका रुम्बा राजा र मकवानपुरका घिसिङ्ग राजालाई अहिन्दु भनेर जबर्जस्त जालमा फ़न्साएर मारे|
बाबुराम आचार्य र सुर्य विक्रम ज्ञवालीले शाहबंशको स्तुति र चाकडी गर्न झुटो इतिहास लेखे र अरुलाई त्यसैले साँचो मानेर रट लाउँदै पहिल्याए| अब साँचो इतिहास लेखिन बाँकी नै छ|
कसैले पृथ्वी नारायणले एकीकरण गरेको हो र हामी उनी नभए अहिले हुने थिएनौ वा नेपाल हुने थिएन भन्छन भने यो लेख पढ्नु भए हुन्छ|
परिवर्तनजीको उक्त लेख मार्फत माधव नेपाल र बिद्या भण्डारीका सन्तानले भारतमा छात्र वृत्तिमा मेडिकल पढ्न पाए भन्ने विदित हुन् आयो| यो त् खुशीको खबर हो| यसमा दुखमनाऊ के छ? योग्यताकै आधारमा पाउँदा राम्रै हो|
साथि तपाई को कुरा कस्तो भयो भने आफु जन्मनु आफ्नो बाउ को कारण नभएर त्येस्ता बाउ आफ्नै नभए अरु कुनै बाउ हुन्थ्यो र म जन्मिन्थ्ये जस्तो भयो ! लेख पुरा पुर्बग्रहि छ ! प्रिथिबि नारायण शाह को पाला मा आर्थिक रुप मा नेपाल जति समुन्नत थियो त्यसै लाइ मात्रै मेन्टेन गरेको भए पनि नेपाल अहिले बिकाश र आर्थिक रुप मा निक्कै दह्रो हुनेथियो !
त्यो बेला को राजनैतिक, आर्थिक, सामाजिक र परिस्थितिक संरचना मा जति प्रिथिबि नारायण को सोचाइ अग्रगामी थियो त्यति नै परिस्कृत थियो ! उनका आलोचना गर्ने बिदेशी हरु समेत ले पनि यो कुरा स्वीकारेका छन् ! देश को अधोगति त त्येश पक्षि का राजा, राणा, कोइराला र पुस्पलाल हरु जस्ता भ्रम को खेति गर्ने र आफ्नो दुनो सोझ्याउने गर्ना ले हो !
नेपाली इतिहास मै सबै भन्दा देश द्रोही र देश र जातिय बिखन्डन को बिउ रोप्ने पुष्पलाल र बिपी कोइराला नै हुन् ! बर्तमान मा अझ कनिस्ट हरु नै अब्बल हुन् यो माने मा ! “देश समुन्नत बनाएर आर्थिक क्रियाकलाप मा सहभागी हरेक जनता लाइ गरयेपक्षि को धनि को गरिब को बाहुन को कामि” ! त्येहा जात र बर्ग भन्दानी उस को क्षमता लाइ स्थान होस् ! जुन देश विकास को अवस्था मा मात्रै सम्भब हुन सक्छ ! र बिकास हुन लाइ कुनै पनि देश मा ५० वर्ष को ब्यबस्थापकीय स्थिरता चाहिन्छ ! पंचायत आफै मा नराम्रो थिएन ! बि पी कोइराला र मनमोहन हरु जस्ता भाजो हाल्ने हरु सर्बत्र थिए ! २०४६ साल पक्षि बहुदलिय व्यवस्था पनि नराम्रो थिएन ! पुष्पकमल दाहाल हरु निस्किए ! अब गणतन्त्र पनि नराम्रो छैन – मोहन बैध्य हरु फेरी गोला बारुद जम्मा गर्दै छन् ! हामि आफै गर्न चाही नसक्ने दोष चाही प्रिथिबि नारायण शाह लाइ दिने ? अनि कुनै नारायण ले देश बनाउथ्यो भन्ने ! छि छि कति पाजी र घटिया हामि हरु !!
पृथ्वी नारायण शाह कै कारण ले हामीले अहिले को नेपाल पाएका हौ उनि नभएको भए नेपाल हुदैन थियो . हामी भारतीय हुन्थ्यौ नेपाली संस्कृति र समाज कमजोर हुन्थ्यो . त्यसै आफुलाई धेरै आडम्बरी नसोच लेखक ज्यु .
प्रिथिबिनारायण शाहको बिरोध गरेर खाँटी बाद बनेर मागी खाने दिन गये भन्न चाहन्छु म !!!
अब्जेक्सन योर अनर
नेपालका ‘कम्युनिष्टहरू’ पाखण्डी छन् भन्नका लागि दुई-तीनवटा उदाहरण काफी छन्। दुनियाँका छोरा-छोरीलाई दशैंको बहिष्कार गर्न आह्वान गर्दै तथा धर्म विरोधी बनाउँदै आफ्नो जीवन विताएका मोदनाथ प्रश्रित र मोहनचन्द्र अधिकारी बुढेसकालमा धर्मात्मा बन्दै गायत्री मन्त्र र रूद्री पाठ पढ्न सिकाउन हिड्दैछन्….
===
अब्जेक्सन नम्बर १: लेखकको दर्शनसंबन्धी गहन अध्ययनको कमी
पहिलो नम्बर ‘कम्युनिज्म’ र ‘कम्युनिष्ट’: यी दुई शब्दहरु फरक हुन् । ‘कम्युनिज्म’ भनेको एउटा आइडियल कन्सेप्ट हो । यसको प्रयोग र प्रभाब ठाउँ र परिस्थिति अनुसार फरक-फरक हुन सक्छ । ‘कम्युनिस्ट’ भनेको ‘इन्दीभिजुयल’ हो । यसले व्यक्तिसंग सरोकार राख्छ, त्यसैले व्यक्ति अनुसार ‘कम्युनिस्ट’ फरक-फरक हुन्छ । पोलिटिकल प्रोसेसमा यी दुई एकै ठाउँ रहन पनि सक्छन, नरहन पनि सक्छन । उदाहरणको लागी तिसको दशकमा भारतका नेता सुबासचन्द्र बोस मोत्सेतुङ्ग भन्दा कमका थिएनन । आजका चाइनिस नेताहरुको छोराछोरीहरु हेर्नुस; अमेरिका र बेलायतमा पढ्छन । तर, यसको मतलब यो होइन कि, चाइनिजले अमेरिका-बेलायतमा पढ्नु हुन्न या चाइनामा कम्युनिज्म नै समाप्त भयो । अब तपाई नै खोज्नुहोस तपाइको ‘मोदनाथ प्रश्रित र मोहनचन्द्र’हरु कता छन्…
अब्जेक्सन नम्बर २: लेखको कुतर्क
केही मान्छेहरू पृथ्वीनारायण नभएको भए नेपाल नहुने र हामी नहुने तर्क गर्छन्। यो वेतुकको कुरा हो। पृथ्वीनारायण नभए अरू कोही नारायण हुन्थे। हामी नेपाली नभएको भए अन्य केही हुन्थ्यौं….
हुँदै नभएको कुरालाई जीवित ईतीहससंग तुलना गरेर पहिलो नम्बरमा लेखकले आफ्नो वजन कति छ भनेर देखाए । ‘पृथ्वीनारायण नभए अरू कोही नारायण हुन्थे’- त्यो भनेको के? अहिले नेपाली कंग्रेस र एमालेले म सरकार बनाउछु भन्दै होडबाजी गरे जस्तै उबेला पृथ्वी नारायण शाहको बिकल्पमा म नेपाल एकीकरण गर्छु भन्ने अरु पनि थिए ? पृथ्वी नारायण नभएको भए नेपाल अर्कै हुन्थ्यो- कस्तो हुन्थ्यो? यस्तो हाईपोथेतिकल फ्रेमवर्कमा बिषय राखेर वास्तविक संसारमा बाँचेका जीवित मान्छेहरुलाई किन मुर्ख बनाउने? ओहो !
प्रिथिवी नारायानले भने
नेपाल सबै जातको साझा फुलबारी
येधि एनले
नेपाल सबै जातको साझा फुलबारी र सबै जात बराबर
भनेको भए अजहाको नेपाल धेरै फरक हुन्थ्यो होला
यो पढ्दा त पृथिवी नारायेन ले नेपाल भन्ने देश भनाएर ठुलै गल्ति गरेको जस्तो पो देखियो त . यो त लेख भन्दा पनि गनगन मात्र जस्तो सुनियो . इतिहास को बारेमा यति ठुलो कुरा लेख्दा अलि अलि पढेर जानेर लेखेको भए पढ्ने लै पनि मज्जा औथियो होला . न आफु ले आउने पुस्ता को लागि केहि राम्रो गर्न सक्नु छ न अघिल्लो पुस्ता ले गरेको राम्रो काम को जस दिन सक्नु छ नेपाल का माओबादी पाखण्डी नै हुन् . अब PR लिएर क्यानाडा , ऑस्ट्रेलिया जाने कुरा चाही यहाँ हरुकै महान गौरबशालि पार्टी को देन हो है .
I’m still not clear whether Prithivi narayan shah is very ambicious dictator or nation’s founder. but whatever he is, one thing was sure that he was not kind with his defeated enemies and try to dictate on them. He was very cunning person. Even in this blog’s comments i could realise clearly, different views and approach of different casts.
ीन मानसिकता को लेखाइ भयॊ २० वर्षा अघिको कुरा त सापेछ हुदैन भने त्यति धेरै अगाडिको कुरा लाइ अहिलेको चस्मा ले हेर्नु मिल्दैन . तपाई इमान्दार हुनुहुब्छ भने आफ्नै कुरा लेख्न साहस गर्नुस र भनिदिनुस आफ्नो जाति थर बाहेक का मान्छे प्रति तपाइको सानै मा कुनै द्वेष थियो कि थिएन ? नी त्यसपछि आफ्नो उत्तर पौनुहुञ्छ.
मोदनाथ पौडेल बिद्द्वान रहेछन पुरोहित को पाखण्ड को बिरोध गरे , हिन्दु धर्म को कुसंस्कार को बिरोध गरे , साहित्य लेखे जागरण ल्याए, हिन्दु रुढिबादी लाइ घच घचाये ,आम मानिस वाट माथि उठेर
तेती गर्नुलाई पनि राम्रो नै मान्नु पर्छ | तेस्माथि पृथ्बी नारायण जयन्ति मनाएको भरमा उनलाई पाखण्डी भन्नु आफै पाखण्डी हुनु हो |
हो गौथलीको गुड को चर्चा गरेको भए तेसो भन्न सुहाउथ्यो |
हिन्दुले रुद्री पाठ न गरे ,गायत्री मन्त्र न पढे के तपाइले जस्तो बाइबल पड्छ त् ?
उसले उसको धर्म मान्यो , रुढी बादीको चै बिरोध गर्यो , सामन्ती राजतन्त्र को बिरोध गरो
नेपाल एकीकरण गर्ने पृथ्बी नारायण को समर्थन गर्यो ?
एकातिर प्रसंसा गर्दै कनि कनि दुइमुखे कुरा गर्ने तपाइँ पाखण्डी कि मोदनाथ ?
हरेक को सिमा हुन्छ के कम्निस्ट ले मात्र देश बनाउने ठेक्का लिएको छ ? अरुको चै जिम्बेबारी छैन ?
कम्निस्ट हुनु प्रगति सिल सोच राख्नु हो एकै चोटी स्टालिन र लेनिन हुनु हैन |फेरी स्टालिन र लेनिन ,माउत्सेत्वनग समयको नतिजा र भूगोल को टिका हो | यो त्यो ठाउ र सन्दर्भ मा ठिक थ्यो | नेपाल मा फोटो कपि गर्न खोजेर त् प्रचण्ड जस्तो स्खलित चित्र मात्र बन्छ ( हेर्नुस उसको स्तालिने जुगा )|
आज भूमण्डलीकरण सगै सारा संसारको मानिस जहा पनि पुगेको छ , पृथ्बी सबै को साझा घर भएको छ | नेपाल छोडेर केहिकाल बिदेसिदैमा जातै फाले को सोच्नु तपाइँ फेरी आर्को चोटी पाखण्डी हुनु हो |
नेपालि बिदेसिएर त् देश मा सिप , ग्यान , कला ,रेमिन्त्यास भित्रेको छ तपाइको नेता बाहिर गएर त् देश को बजेट सकेको छ देशलाई झन कङ्गाल बनाएको छ |
तपाईको सोच पनि सारै पुर्बाग्रहि पो लाग्यो |
आज चिन्तन कसरि नेपाल एक ढिक्का भएर , आफ्नो परिचय , आफ्नो सिमाना जोगाएर रहने भन्ने हो नि | बाच्न त् सबै बाचेकै छन नि देश न हुनु को पिडा दार्जलिङ्गे र सिक्किमे लाइ नै सोध्नुस न ? सिमित स्वायत्तता दिन त् न मानेर नेपालि फुटाउन ममता बेनर्जी दार्जलिङ्ग को गाउ गाउ चहारी रहेकी छ |
तपाइको लेख पार्किङ्ग लट मा दौडिएको कार जस्तो भो | बिल्कुल गलत र वाहियात सोच |
खै लेख पढेर त मलाई लेखकमा धरै बुद्दि भएर के गरु कसो गरु भए जस्तो लग्यो \ लेख्दा के लेख्न खोजेको थाहा भएन सबै तपैले भनेको ठिक कसरि भन्ने तपाई कै कुरा आफै बाझ्दै छन् \ एक पल्ट दोहोरियर पद्न अनुरोद गर्दा छु लेखक लाई
धन्यबाद \
पुरातन नेपाल र नेपाली लाइ आधुनीक र प्रतिष्ठित बनाउनको निम्ति इतिहास लाइ स्वच्छ आँखाले बुझ्नु जरूरी हुन्छ. यो लेख स्वस्थ र सन्तुलित विचार बाट प्रेरित भएर लेखिएको भन्न झिजो मान्नु पर्दैन. जसले पनि ‘आलोचना’ गरेका छन , ती या त दुराग्रहले ग्रस्त छन या ‘नेपाल आमा’ को मुहार हँसिलो नहोस भनी चाहना राख्ने मात्र ठहरिन्छ.
आफ्नो देश भन्नि कुरा पोलितिचिअन ले सिकौञ्चन मान्छे पनि विल्ड अनिमल हो जसरी चार हरु को कुनै देश छैन हामी हरु लै पनि देश चैदैन. जता बसे पनि हुन्छ. आफ्नो संस्कृति आफ्नो भाषा सबै भन्दा ठुलो कुरा हो. पोलितिचिअन हरु ले रस्त्रिअयत भनेर साधारण जनता लै झुकाउने मात्र हो.
लेखक जिउ / इथिहास पढेर अथवा सोद गरेर नेपाल को इथिहस पढेको भए पृथिवी नारायण सम्बन्दि कुरा को राम्रो संग जानकारी हुन्थ्यो/
तपाईं ले पृथिवी नारायण नभएको भए अरु नारायण हुन्थे भन्नु भयो, महसये लै यो जानकारी छैन होला तत्कालिन कान्तिपुर को राजा जय प्रकाश मल्ल ले मुगल बाट त्यो पनि लखनउ बाट सेना लेर देश को अरु राजा संग लड्ने योजना गरेर सिन्धुली बाट १०००० को सेना लेर अको थियो/ तत्कालिन गोर्खाली योद्धा हरु ले ” ढाडे ” युध लडेर भगाएको थिए/ पछि फेरी मकवानपुरे राजा ले अङ्गेर्जि सेना लिएर नेपाल छिर्न धुन मा थिए/
तेती बेला हाम्रो देश उपर मुगल को सेना ले राज्य गरेको भए येति खेर तपाईं ले “जन गण मन ” भारत को गीत गाउनु हुन्थ्यो होला/ १५ मिनट मा जे पायो तेइ लेख लेखेर तपाईं ले आफ्नो बौदीकता को परिचय दिनु भयो/
मा गर्ब गर्छु राजा पृथिवी नारयण शाह को ” साम/ दाम / धन्दवेद को नीति न लिएर देश एकीकरण न गरेको भए आज मा नेपाली हुनु मा गौरव गर्दिन थिएँ/
दार्जिलिंग, सिक्किम र देहरादुनका नेपालीले शिर ठाडो परेर “जन गण मन ” गाउदैछन भने तपाईलाई समस्या के छ ?
Nisha I dont have any problem after that are are Nepali speaking with Indian Nationals and I believe they are proud for that and we have many diffrent ethinic in Nepal and they are Nepali and they chant “Sayo thunga ful ka” because we are Nepali with Nepali born identity.
Grow up Nisha
This country has been in ruins simply because of people like you. If you still assume Prithivinarayan Shah unified Nepal, you are living in middle ages, not 21st Century Nepal. It was sheer invasion, expansion and annexation of rich territory by deceit or whatever means available. It is you who need to read the history carefully.
XYZ
I was gobsmacked with ur stupid comment. Our history is like a open book and yes indeed he unified Nepal by hook or by cook. Prove me wrong and I challenge you via mysansar
साथि, तेसो त् पृथ्वी नारायणले नेपाल एकिकारण(?) गरि दिएकोले नेपालि भन्ने गर्ब गर्न पाउनुभयो तर तेतिबेला भारतका मुगल वा चीनको तिब्बतको याञ्चे वा अरु कुनै ले यो देशलाई उनीहरुको तिर गाबि दिएको भय पनि तपाइँ हामि नेपालि नभनेर यो भुमि जुन देश बन्थ्यो तेही देशको गौरब गरि रहेका हुन्थ्यौ!
भारतसंग पाकिस्तान नछुत्तिएको भय ति काकिस्तानि हरु अहिले मेरा भारत् महान भनेर भारती हुनुमा गौरब गरिरहेका हुन्थ्यो अनि पाकिस्तान संग बंगलादेश नाचुत्तिदो हो त यी बंगाली मछुवालि हरु ए मोरा पाकिस्तान है भनिरहेको हुन्थ्यो!
खै त अहिलेका दार्जलिङ्ग र सिक्किमका मान्छे ले भारत् मुर्दार्बाद हाम्रो देश हाम्रो रास्त्रियता त नेपाल हो भनेर भारतलाई घ्रिनागरि नेपालि बन्न आका छैनन् त?
रास्त्रियता भन्नेकुरा मुर्त कुराहो!
बिश्वो बहुरास्त्रिएतामा अगाडी बढी सकेको छ !
हाम्रो देशको सबैभन्दा दुर्भाग्य पूर्ण अबस्थाको सिर्जना गर्नु मा यो आदो रास्त्रबाद र घाडो देश भक्ति अग्रणी छ!
अज्ञानीले सबैभन्दा ज्ञानीको ढोंग गर्छ जोसंग जेकुराको अभाब छ तेसले तेही कुरामा आफुलाई सबैभन्दा माथि राख्न हर सम्भब प्रयास गर्दछ!
बिगत दुइसय पचास बर्षको इतिहाशमा यो हाम्रो देशमा गौरब गर्न लायकको कुनै कुरा भेटिदैन त्यो चाहे सामाजिक संस्कृतिक शैक्षिक धार्मिक कुरामाहोस वा नीति निर्माण कृषि र उत्पादन प्रबिधि आदि कुरामा होस्!
जे जति कुरा छ त्यो सबै मल्ल र लिक्श्छबि कालिन योगदान मात्र छन् र तिनीहरुलाई हेरी देखायर जीवन यापनि गर्दैछौ हामि!
बिगत दुइसय पचास बर्ष र तेसमा पनि जति पछिल्तिर आयो देश तेतिनै भासिदै गयको पाइन्छ अनि जति पछिल्तिर समय बह्यो यो रास्त्रियता तेतिनै जोडले उकास्सियर उधेको छ, अलिक गहन सोच र बिचार ले आंकलन गरि अध्यान गर्नुस तपाइँ हरुले देख्न बुझ्न सक्नुहुन्छ!
यहिहो “आँदो रास्त्रियता र घाडो देश भक्ति”
बिकाश हामि सबैलाई चाहियको छ सम्ब्रिद्दि पनि हामि सबैलाई चाहियको छ अनि हामि सबैलाई शुख सुबिधा ऐइसो आराम चाहियको छ अनि आफ्नो धरातली यथार्थतालाई कसैले अलिकति निहुरिएर हेर्ने कोशिस चाहना र जमर्को गर्दैन बिश्वो कहा पुग्यो र कसरि पुग्यो त्यो संग कसैलाई केहि सरोकार छैन तर बिश्वो संग संगै आफु पनि तेही हाराहारीमा पुग्नु पर्याछ अनि कसैले बिकाश सम्ब्रिद्दिको लागि हाम्रो सोचाइ, पद्दति, समाज र देशमा अलिकति परिवर्तन गर्नु पर्छ भन्यो वा गर्न चाहो भने तेहा यो आदों रास्त्रबाद र घाँड़ों देशभक्ति जोडदार गरि उठ्दछ!
तेसैले मलाइ त यो देश आँदो र घाड़ों हरुको बाहुल्य जमात को देश जस्तो लाग्छ!
मानौ हामीभन्दा देशभक्त यो दुनियामा अरु कुनै मान्छे छैन अनि आफु भन्दा रास्त्रबादि यो देशमा अर्को कुनै मान्छे छैन त्यो चाहे आफ्नै बाउनै किन नहोस!
पढ्नुहोला मेरो औनेलेख,
“आंदों देश भक्ति र घांदों रास्त्रबाद”
लेख तुर्न भ्यायाको छैन सकिदैछ!
केहि कुराहरुमा आफ्नो समर्थन नहुँदा नहुँदै पनि यो लेखनको प्रशंसा गर्न मन लाग्यो| हाम्रो नेपाली पहिचान कायम राखेर देशलाई पूर्ण एकिकरण गर्न आवश्यक छ..
पुरै खिचडी जस्तो रैछ लेख त !!
यी कुरा चाही ठिकै हो :–
१) नेपालका कम्युनिस्ट पाखण्डी नै हुन, कम्युनिस्ममा धर्मको कुनै ठाउँ हुदैन !
२) कोहि पृथ्वीनारायण नभएको भए नेपाल नहुने र हामी नहुने तर्क गर्छन्। यो वेतुकको कुरा हो। पृथ्वीनारायण नभए अरू कोही नारायण हुन्थे !
प्रिथ्बिनारायण शाहका बारे तथ्यगत कुरा र तिनको कृत्य का बारे मा थप सामग्री राखे को भय अझ यो लेख राम्रा र रोचक हुन्थ्यो होला . लेख पढ्न पायको मा धन्यवाद
बाउले आमा नल्याएको भए पनि म एउटा न एउटाको पेट बाट जन्मिन्थे भने जस्तै भन्नु भएछ कल्पना गर्नुहोस् त यदी भैंसीको वा सुङुरको पेट बाट जन्मेको भएको के गर्नु हुन्थ्यो ?? लु छोडौ तपाईं पाकिस्तान मा जन्मेको र पछी बङलादेसी भएको भए के यस्तै लेख लेख्ने आँट वा जाँगर तपाईंसँग हुन्थ्यो होला ? यदी प्रिथिबी नारायण नभएर अर्को नारायण नै भएको भए नेपाल हैन तिब्बत जस्तै हुने थियो हाम्रो देस सन्कै नगरनुहोस् अनी यस्ता लेख लेखेर अर्को नारायण बन्ने सपना देखेर समय खेर नफाल्नुहोस् । नाम जस्तै तपाईं पनि परिवर्तन हुनुपर्ने देखियो ??
यो लेख राम्ररि पढ्नुस पहिले अनि भन्नुस नेपाल स्वतन्त्र देश भएर तपाईले के पाउनु भयो ? केवल इतिहासमा गर्व गर्ने खोक्रो आडम्बर ? जति राष्ट्रियताको कुरा गरेपनि DV चिट्ठा भर्ने लाइनमा सबै भन्दा अगाडी तपाई नै जानुहुन्छ |
नेपाललाइ राम्रो बनाउन तपाइले के योगदान दिनु भयो त? देश त्यसै बनिन्दैन, देश जनताले बनाउछ. इतिहासमा गर्ब गर्नु कुनै आडम्बर होइन. अनि देशको सिमा भित्र बस्ने मात्रै नेपाली हुन्दैन. तेस्तै नै राष्ट्रियता को कुरा गर्नु हुन्छ भने आफैलाई एकपल्ट नियाल्नुस. देशमै बसेर पनि पुरै बिदेशी सामानमा डुब्नु भएको होला.
बाके बर्दिया कैलाली र कन्चनपुर् नेपालले फिर्ता पाएकोमा असन्तोष ब्यक्त गर्ने लेखक महोदयको यो लेखको पुछारमा एउटा वाक्य छुटेछ . ” मेरा भारत माहान “. येति लम्बेतान भूमिका जरुरत नै थिएन …
परिवर्तन एक रातमा हुदैन, लेखक महोदयले सोचे भन्दा देश धेरै अगि बडी सकेको छ , .
एकीकरण नभएको भए नेपाली भूभाग भारतको नै हुन्थ्यो भन्ने छैन | चिनको पनि हुन सक्थ्यो, ब्रिटिशको पनि हुनसक्थ्यो वा पाकिस्तान, बंगलादेश अथवा श्रीलंका जस्तै गरि स्वतन्त्र पनि हुन सक्थ्यो |
तपैले ठिक भन्नु भयो निसा ज्यु, यो साहबंसिये ले शाह, बाहुन, छेत्री, तेस्पछे राइ लिम्बु नेवार भन्यो जतियेताको तितो बिउ येहिबात सुरुभयो. गोर्खा को सानो झुपडी ले चित्त नबुझेर, काठ मान्दु को जुन दरवार उनले ताक्यो, एस्लाई हामीले एकीकरण को नाम दियौ. काठमाडौँ भक्तपुर र पाटन पछि उनले कुन ठाउँ लै नेपाल बनाउन सकेको रहेछ, थाहा पाउन पाए हुन्थ्यो.
प्रभात मित्र ज्यु
प्रीथिबि नारन शाह मात्र होईन संसार जितदछु अलेक्जेन्डर देखि सम्राट अशोक सम्म ब्रितिस हरु सबै लागेका थिय / यहाँ सम्म कि जापान पनि दोस्रो बिस्व युद्द हुदा संसार जितदछु भन्दै हिडेको थियो / इतिहासमा यसरी संसार जित्ने चाहना हुनु नै रास्ट्रीय पहिचान हो / इतिहासमा ब्रिटिश देखि जापानिज सबैले मानब जनसंहार गरेकाछन / त्यो पल लाई कालो दिन मानेपनि त्यो एक राज्यको लागी गौरब पूर्ण कुरा हुन्छ / जापानिज हरु ब्रिटिस हरु अजै पनि आफ्नो ईतिहासमा गर्ब गर्छन / तपाई जस्ताले यसको महत्यो बुझ्नुहुन्न / बुजेपनि राजनीतिक स्वार्थ को कारण बुझ पचाउनु हुन्छ / प्रीथिबि नारन शाह लाई गाली गर्नु भनेको आकासमा थुक्नु हो / जुन पछि आफ्नै मुखमा पर्छ /
पाखण्डीपन अनि पाखण्डता को साक्क्ष्यात नमुना …..कथित् माओ बादी हरु हुन् ….
५०० सब्द मा न बढाई प्रमाणित गर्नुहोस |
PM : 32
FM :100