-विनोद ज्ञवाली-
पछिल्लो २ वर्षमा मैले विभिन्न युवा क्लब समूहहरुमा किशोरकिशोरीका समस्याबारे गरेको अन्तर्क्रियाहरुमा उनीहरुले ब्यक्त गरेका केही समस्याहरु तपाईहरुसमक्ष राख्दैछु। यी अन्तरक्रियामा सहभागीहरु तपाईं हाम्रो परिवेशका थिए। उनीहरुका के कस्ता समस्या हुँदा रहेछन्, आउनुहोस् हेरौं। उनीहरुले ब्यक्त गरेका विचार यस्ता छन्-
• आमाबाबुले मेरो कुरा पटक्कै बुझ्नुहुन्न ।
• सांच्चै भन्ने हो भने मेरो घरै छैन ।
• घरबाट भाग्न मन लाग्छ।
• शिक्षक को ब्यवहार पटक्कै मन पर्दैन।
• साथीहरुले गर्दा स्कुल नै छाडिदिउँ कि ?
• साथीले लागू पदार्थ खाने दबाब दिन्छन, के गर्ने होला?
• मलाई कहिले काही आफै देखि दिक्क लाग्छ ।
• म एक्लो भएको महसूस गर्छु ।
• असाध्यै लाज लाग्छ। अगाड़ि गएर कुरा गर्न सक्दिनँ।
• स्कूल छाडूँ कि ?
• विवाहअघि यौनसम्बन्ध राख्दा के नराम्रो हुन्छ ?
• परीक्षामा कसरी राम्रो मार्क्स ल्याउने होला?
• ध्यान एकाग्र हुँदैन।
• कुन बिषय पढने होला मेरो करिअरको लागि ?
• सांचो प्रेम हो कि होइन, थाहा पाउनै गाह्रो भयो।
• अलिकति रक्सी पिउंदैमा के भो त
– कोही किशोर–किशोरीहरु घरमा लगाइएको बन्देजबाट दुःखी छन्। अरु राति अबेलासम्म बाहिर हुन्छन मलाई भने यति बजे घर पुग्नु पर्ने ….
– धेरै जसो किशोरकिशोरीहरु नैराश्यपन तथा एकांकीपनको भावनाबाट पीडित हुन्छन्।
उपरोक्त बिषयहरुमा आगामी दिनमा छलफल गरौँला। तर आज युवाहरुको डरलाग्दो संसारबारे केही कुरा गरौँ।
न केटाकेटी न युवा
टीनएजका केटाकेटी, उमेरको त्यो चरणमा पुगेका हुन्छन जहाँ उनीहरुले आफ्नो पहिचान खोजिरहेका हुन्छन्। उदाहरणका लागि एउटा किशोरी, आफ्नो पहिचान पनि खोजी रहेकी हुन्छिन्। उनी केटाकेटीको उमेर पार गरेकी तर युवतीहरुले उनलाई आफ्नो दर्जामा नमिलाएको। तिनी न युवतीमा गनिन्छन् न केटाकेटीमा। त्यतिबेला उनी स्वंय कन्फ्युज्ड हुन्छिन्। त्यसैले उनी कुनै समारोहको अवसरमा वयस्क युवतीले गरेको सिंगारपटार ध्यानले अवलोकन गरिरहेकी हुन्छिन्। आफ्नो रोल मोडेल खोजी रहेकी हुन्छिन्। स्कुलको कुनै समारोह होस् वा घर परिवारमा, उनीहरु साडी लगाउने मौका छोपिरहेका हुन्छन्।
उता किशोरहरु पनि रोल मोडेल खोजी रहेका हुन्छन्। उनीहरु पनि पहिचान खोजी रहेका हुन्छन् । वयस्क देखिने चाहना मनभित्र चलिरहेको हुन्छ, दुर्भाग्यले त्यही चाहनाको दबाबले गर्दा चुरोट खाने, ठूला मानिस सरह हाउभाउ र क्रियाकलाप प्रदर्शन गर्ने गर्छन्। यो समय उनीहरुको जिन्दगीमा अनेक थरीका अनिश्चितता र मानसिक उतार चढावले भरिएको हुन्छ। यसै बेला आमाबाबुको सही मार्ग दर्शन चाहिन्छ। र समुचित मार्गदर्शन भएन भने छोराछोरी बहकिन बेर लाग्दैन।
उनीहरु को बेग्लै दुनिया
मनोबिज्ञानको दृटिले सबै भन्दा पीडित यदि कोही छ भने ती हुन किशोर किशोरी । उनीहरुको दुनिया बेग्लै हुन्छ । उनीहरुको संसार अत्यन्त डर लाग्दो हुन सक्छ । हामीले आफ्ना छोरा छोरीलाई चाहिने कुरा सके सम्म उपलब्ध गराई रहेकै छौं तर पनि, सबै कुरा सबै कुरा बाह्य रुपमा राम्रो र असल देखिए पनि भित्री रुपमा त्यत्तिकै सहज र सुन्दर न हुन सक्छ ।
कतिपयले आफ्ना साथीहरु लागु पदार्थ को दलदलमा जाकिएको देखि रहेका हुन्छन , कतिपय आफ्नो साथी लाई अपराधको संसारमा धसिन लागेको देखि रहेका हुन्छन तर बिडम्बना, घर वा बाहिर कसैलाई भन्न नमिल्ने ।
– अनेक किशोर वा किशोरी आफ्ना साथी बाट यौन सम्पर्क राख्ने दबाब झेली रहेका हुन सक्छ ।
– कतिपय ले दौतरी समुह को दबाब बाट समस्याग्रस्त भएको हुन सक्छ ।
– केहीले घर परिवार र बिद्यालय को दबाबले मनमा आत्महत्या को बिचार उब्जाई रहेको हुन सक्छ, हाम्रो योग्यता के कति छ भन्ने कुरा न परिवार ले बुझ्दैनन तर यति परसेन्ट माक्र्स न आए पढाउन सकिदैन भन्दै दिइ रहने दबाब,
– कोही छोरीको उमेर भयो भन्दै बिहे गरिदिने दबाब आदि आदि…..
यसरी बिभिन्न समस्याको सामना गर्न किशोर–किशोरीहरुलाई एउटा बलियो नैतिक समर्थन खोजी रहेका हुन्छन । जसले गर्दा उनी हरु
– उचित निर्णय गर्न
– असल मित्र रोज्न
– उनीहरु जीवनमा आइ पर्ने समस्या सित जुझ्ने कुरामा उनीहरु अझै अनुभवहीन नै हुन्छन । अनुभवहीन भएको हुनाले तीनीहरु असुरक्षामा फसेका हुन्छन । उनीहरु तात्कालिक लालसामा डुबेका हुन सक्छन । शारिरिक र रासायनिक परिवर्तनले गर्दा समस्याग्रस्त भावनाहरुको सामनाका शिकार भएका हुन्छन ।
– यतिबेला उनीहरु लजालू र एक्लोपन महसूस गरेका हुन सक्छन । मेरो कुरा कसैले बुझ्दैन भनेर झडंगिने पनि गर्छन । कोही कोही साह्रै एक्लो भई रहेका हुन्छन ।
– यस्तो बेला अरु साथी को पनि माया चाहिन्छ , सहानुभुति पनि चाहिन्छ तर कसैलाई स्कुलमा साथी बनाउन गाहारो भईरहेको हुन्छ ।
– कुनै किशोरी लाई आफुलाई चाहिएको बेला बजार जान वा कतै जाने साथी भेटिदैन ।
यस्तो समयमा देखिने अन्य भावनात्मक समस्या अभिभावक हरुले बुझ्नु पर्ने पनि उत्तिकै गंभीर हुन्छन
– संवेगात्मक उतार चढावले गर्दा उनीहरु कहिले अति खुशी र उत्साही अनी एकैछिन मा शोकमग्न नबोल्ने, रिसाउने, झर्किने हुन्छन । शरीरमा हुने हार्मोन तथा अन्य रासायनिक परिवर्तन ले ल्याएको संवेगात्मक उतार चढाव हो .
– उनीहरु आफनै रोमान्टिक दुनियामा हुन्छन ।
– उनीहरु आफ्नो लैगिक पहिचान खोजी रहेको अवस्था हो ।
– यस्तै बेला उनीहरु रोल मोडेलको खोजीमा भौतारिएका हुन्छन । न युवा युवतीमा न त केटा केटीमा गनिने भएको ले यो भुमरीमा परेका हुन्छन । त्यसमा पनि कस्तो युवा वा कस्ती युवती को रुपमा आफुलाई ढाल्ने भन्ने समस्या हुन्छ ।
उनीहरु लाई कसरी मद्दत गर्ने
उनको मन भित्र के भई रहेको छ बुझने –
– उनीहरु लाई राम्रो सित अवलोकन गर्नु पर्छ । ब्यवहारमा आएको परिवर्तन लाई राम्रो सित नियाल्ने . तर उनीहरुको मन भित्र के भइरहेछ भनेर जान्ने एउटै उपाय हो – प्रश्न सोध्ने ।
संचार कायम राख्ने
यदि कुनै आमाबाबुलाई आफ्नो किशोर छोराछोरी सित संचार टुटेको जस्तो लाग्छ भने बिस्तारै कुराकानी गर्दै संचार कायम गर्ने ।
– किशोर/किशोरी सित उनीहरुको मनको कुरा बुझन पर्याप्त समय र धैर्य चाहिन्छ ।
उनी आगो तपाईं पानी
हार्मोन्समा भएको परिवर्तनले गर्दा माथि उल्लेख गरिएको झै अली झड़न्गिने हुने गर्छन। मलाई कसैले बुझ्दैन भन्ने लाग्छ। आफु सही छु भनी आफ्नो कुरा माथि पार्न रिस देखाउने मौका पनि खोजी रहेका हुन्छन्। एस्तो बेला प्राय बाबुहरु बहस गर्न थाल्छन वा रिस देखाउने गर्छन्। परिणाम आफै विचार गर्नुहोस्। तेसैले तातो रिस नदेखाउने। शांत भावले तर दृढ़ताका साथ आफ्नो कुरा राख्ने।
ख़ुशीको कुरा
आफ्ना छोराछोरीको जीवनमा सांच्चै शामिल हुन तपाईलाई कडा संघर्ष गर्नुपर्छ। आफूलाई बदल्नु पर्छ। तेसो गर्न सक्नु भयो भने केटाकेटी बहकिने छैनन्। खुशीको खबर यो कुरा धेरैले गर्दैछन्।
अझ छोटो लिङ्क चाहिं यस्तो रहेछ:
http://download.jw.org/files/media_books/ec/yp_NP.pdf
यो बल्गमा लेखेको कुरा त यो किताबसित ठ्याक्कै मिल्छ त। PDF हेर्न चाहनुहुन्छ भने तलको लिङ्क क्लिक गर्नुस्:
http://www.jw.org/download/?output=html&pub=yp&fileformat=EPUB%2CPDF%2CBRL%2CRTF%2CMOBI&alllangs=0&langwritten=NP&txtCMSLang=NP&isBible=०
समाजको एस्तो समस्या रुपी परिवेश लाई सरकारले नै मौकामै समाधान गर्ने तिर लाग्नु पर्छ , किनकि यो समग्र राज्यको समस्या हो, न कि बेक्ती बिशेष को /
भ्रष्टमति का शासकको कुनीति को दुश-परिणाम –
उ बेला राणा हरुले जुवा लाइ खुल्ला गरी जनता पथभ्रष्ट बनाएको जगजाहेर छ.
अब, शिक्षा र स्वास्थ्य लाइ व्यवसायिक गरेर दुनिया लाई रोगि र कंगाल बनौंदैछ.
आधुनिक मिडिया को नाममा नया पुस्तालाइ कलिलो उमेर मै बृद्ध र अल्सी बनाउने जाल छापा र विद्युत संचारहरुले जोद्तोड़ साथ् ‘अति शिक्षित’ गर्ने अभियानबाट कसरी बचाउने हो ? …यो कुरा सोच्ने कसले नेपाल सरकारले वा नेपाली अभिभावकहरुले ??