श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि उनी विदेशिइन्। म चाहिँ अतित बिर्सन गाउँतिर हान्निएँ।
गाउँमा एक्लै छिर्दा कता-कता न्यास्रो त भएकै हो। तर आमाले धाड्स दिनुभयो। बा जुँगा मुसार्दै उफ्रिनु भयो, ‘त्यसको चरित्र त पहिलादेखि नै मन परेको थिएन। तेरो मन दुख्ला भनेर मात्र मैले नभनेको ….’
मन चस्कियो।
मेरो संघर्षदेखि उनी डराउँथिन्। म मुना मदनको मुना उनीभित्र खोज्थेँ। ऊ चाहीँ मलाई बिल गेट्सको कथा सुनाएर निन्द्रा भंग गर्थी। न म बिल गेट्स बन्न सके न आफू बन्न खोजेको पात्र मदन नै, यही थियो एउटा कथाको दुखान्त।
दुबईबाट फर्केको छिमेकीको ल्यापटपबाट फेसबुकको सदस्यता लिएँ। धेरै साथीहरु बनाउदै गएँ। जिन्दगीका अनुभवहरु उनीहरुसँग बाँड्दै जान थालेँ। समय बिताउने गतिलो साथी फेसबुक बन्दै गयो।
एक दिन साथी बन्न अनुरोध पठाउनेको हुलमा परिचित अनुहार फेला पारेँ। सम्पूर्ण विवरणहरु हेरेपछि स्वीकारेँ।
उनी त्यही बन्न नसकेकी मेरी मुना थिइन्। केही पलमै एउटा मेसेज पाएँ अनि पढ्न शुरु गरेँ। केही हरफ यस्तो थियो-
म निदाउँदा तिमी घामको लालिमासँगै जिस्किरहेको हुन्छौ होला
एउटा भूल मैले गरेकै हुँ अछुतो त तिमी नि नहोला
रहर छ मात्र एउटा अब,
तिमीसँगै बसेर घामको घुम्टो उठाउन पाउँ
तिमीले टेक्ने हरेक पाइलाको साक्षी म हुन पाउँ ……
धड्कन बढ्दै जान्छ। म विगतलाई सम्झेर एउटा निर्णय गर्न गर्न पुग्छु, एउटा आँटिलो निर्णय।
विच्क्षेद भइसकेको हाम्रो सम्बन्धले पुनः एउटा नयाँ मोड लिँदै थियो। आखिर मेरो लागि मुना उही थिइन्।
मेरी मुना मलाई बिल गेट्स बनाउन चाहन्थी। त्यो प्रयास निरर्थक भएर त हो यो गति।
हत्तारिँदै उसले दिएको नम्बरमा कल गर्छु, हेलो भन्न नपाउँदै उसको एकोहोरो रोदन सुनिन थाल्छ। कति सम्झाउने प्रयासपछि सुँक्क सुँक्क गर्दै म कहिले आउँ मात्र भन्न सकी।
छिटै फर्क भन्दै गर्दा मोबाइलको पैसा सकिएको संकेत गर्छ र सम्पर्क टुट्छ। एकछिन पछि मोबाइलमा त्यही नम्बरबाट कल आउँछ हेलो ….गर्दा उता बाट एकोहोरो रुपमा …
जाबो मसँग कुरा गर्न मोबाइलमा ब्यालेन्ससम्म नि छैन है, लोभी,कन्जुस,खडूस आदि-आदि।
म चाहीँ हाँस्दै भन्न थाल्छु, तिम्रो पुरानो बानी अझै गएको छैन है ………
म उनको कुरा सुनी मात्र रहन्छु।
लघु कथा ! खै के खै के! पुरै सिंगो कथा पढ्दा आउने रस आएन ! सायद सबैले चाहेको तेही होला!
छेउ न टुप्पो को कथा, के हो यस्तो, अलि राम्रो कथा पढ्न पाए हुन्थ्यो.
प्रयास राम्रो छ
एस्त मुना हरू मैले धेरै भेटेको छु
कथा यथार्थ परक छ .
मल्ल जी
न तपाई बिल ग्टेस नै बन्नु भए छ .
न त उ नै तपाइको मुना
तपाईको कथा त अधुरो पनि हैन अपुरो भयो
कि त बन्नु कि त बनाउनु नि
तेस्तो अल्छी लाग्ने भए कथा वा कुनै पनि कुरा किन लेख्नु ? म त छक्क परे अन्तमा गएर क्रमश: लेख्या छ कि भनेर खोजे त्यो पनि देखिन ! कथा पढे पछि केहि नबुझे पनि “माइसंसार” लाई नराम्रो ताल ले रचनाको खडेरी परेको कुरा चाही राम्रै संग बुझे !तर माथि एक जना “भद्र भलाद्मी” ले कथाको बर्णन गरेको देख्दा म आफु नै मन्दबुद्धि को परेकी जस्तो पनि नालाग्या त हैन नि फेरी ! जे होस् यो लघु कथा अरु लघु कथा भन्दा लामो भए पनि “अर्थ न बर्थ गोबिन्द गाई, टाउको दुख्या ओखति नाइटोमा लाई” भन्या जस्तै छ !
मुनाले तपाई लाई पैसा नभएको कारणले छाडेर गएकी भन्नु भो , अब चाही किन वापस आउन लागेकी हुन् त , तपाइले पैसा कमाएको र धनि भएको कुरा त “लघु कथा” म कतै पढ्न पाइन त !!!!!!! अब मुना फर्के पछि बिल गेट्स नबने पनि ” warren buffett ” चाही बन्नु सुभकामना तेस्पछि एउटा आफ्नै laptop किनेर facebook चलाए हुन्छा !!!!!!
हाहा कथा भन्दा कमेन्ट लामो !!!! लघु कथा भनेकै येस्तै हो नि, हजुर
कथाको स्वाद लिन नपाउदै अन्त्य भयकोले खल्लो लग्यो . कथाकि मुना जस्तै अधिकांश नारीहरु आफ्नो पति बिल गेट्स जस्तो होस् भन्ने चाहना राख्छन र प्राय सबैको सम्बन्ध पनि तेस्तै हुन जान्छा /
प्रयाश को लागि धन्यबाद मल्ल जी,
तर मलाई त यो लघुकथा नभई लघु मात्र जस्तो लग्यो | कतै कथा छुट्न गएको त हैन भुलबश???
Vicky Dev
अहा ज्यादै राम्रो लाग्यो मलाई त यो कथा / छोटो मिठो / झन् कविता ले त भित्रै सम्म छोयो / खै कसरि बर्णन गरुं शब्दै छैन म संग / तपाईं को कलम निरन्तर चली रहोस अरु पनि कथा पढ्न पाइयोस यहि छ शुभ कामना /
तपाईको कथा त अधुरो भयो नि हजुर।यो कथालाई अझ अलिकति लम्ब्याएर लेख्ने हो भने,’कथा’ राम्रो बन्न सक्छ।
Short and sweet
केहि बुझ्याभा मार्दिनु | शुरु गर्दागर्दै सिद्धिन्छ गाँठे | रमाइलो चुटकिला !!!