अन्ततः दलहरुले संघीय नेपालका ६ प्रदेशको सीमाङ्कन टुङ्गो लगाएका छन्। यस्तो बन्ने भयो अब संघीय नेपालको नक्सा। यसअघिको नक्सामा दुई जिल्लामात्रै टुक्राउने भनिए पनि अन्ततः तीन जिल्ला टुक्रने गरी संघीय संरचनामा सहमति जुटेको हो। रुकुम, बाग्लुङ र नवलपरासी जिल्ला यो अनुसार टुक्रने भएका छन्।
यसअघि यस्तो नक्साको चर्चा भएको थियो। यसमा दुई जिल्ला मात्रै टुक्रने देखाइएको थियो
यो अनुसूची अनुसारको जिल्ला पनि यसअघि सार्वजनिक भएको थियो। यसमा विशेष गरी दुई वटा परिमार्जन भएका छन्-
यसमा नवलपरासी (दाउन्ने पूर्व) को ठाउँमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (दाउन्ने पश्चिम) को ठाउँमा वलपरासी (वर्दघाट सुस्ता पश्चिम) राखिएको छ। त्यसैगरी सल्यानलाई प्रदेश ५ मा राखिएकोमा फाइनल गरिएको प्रतिवेदनमा प्रदेश ६ मा राखिएको छ। त्यस्तै रुकुमको पूर्वी भाग प्रदेश ५ मा र पश्चिमी भाग ६ मा राखिएको छ।
संयोग के परेको छ भने संघीयताको विरोध गर्ने चित्रबहादुर केसीकै जिल्ला दुई टुक्रा हुन पुगेको छ।
त्यस्तै दुई वटा प्रदेशले मात्र चीनको सीमा नछुने देखिएको छ। बाँकी सबै प्रदेशले चीन र भारतको सीमा छुने अवस्था छ।
अब जनता यो जान्न चाहन्छ कि बनाउने इन्जिनियर चै को हो ?
यसरि बनाउनु पर्ने कारण ?
फाइदा ?
यी सब बाहिर आउनु पर्यो |
आखिर प्रदेश नम्बर २ चाई छिट्टै भारतको हुने भो उफ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़