पछिल्लो समयमा अनलाइनहरुमा बग्रेल्ती धर्मविद् देखापरेका छन्। धर्मसम्बन्धी विभिन्न टर्मिनोलोजीहरुको आफू मनलागि व्याख्या गरेका पाउँछौँ। यो र त्यो धर्म यति पुरानो र् त्यति पुरानो भनेर किटेरै भन्ला झैँ गर्छन्। सनातनी धर्म भनेको हाम्रै धर्म हो भनेर ठोकेरै पो भन्छन्। ‘सनातन’ र ‘प्राचिन’ पर्यायबाची शब्द हुन्। सनातन शब्द बढी धर्मसँग जोडिन्छ। सनातन शब्द प्रायः हिन्दू धर्मसँग बढी जोडिन्छ। तर सनातन बौद्व धर्म, सनातन क्रिस्तान धर्म र सनातन मुस्लिम धर्म ढुक्कसँग भन्न मिल्छ। धर्मको प्रादुर्भावबारे बिभिन्न धार्मिक आस्था भएका धार्मिक बिद्वानहरुका आ-आफ्ना जायज नाजायज तर्कहरु होलान्। मैले अहिलेसम्म अध्ययन गरेका ज्ञान बिज्ञानमा टेकेर धर्मसम्बन्धी म आफ्ना तर्कहरु बुंदागत रुपमा यसरी प्रस्तुत गर्न चाहन्छु:
पहिलो कुरो, मानव भगवानद्वारा सिर्जित नभै भगवान मानवद्वारा सिर्जना गरिएको परिकल्पना हो।
स्वर्ग र नर्क पनि मानवकै उर्जाशील मगजको उपज हो।
ढुङ्गे युगमा जब भैँचालो, हुरिबतास, बाढि पहिरो र आकाशे गड्याङ गूड्उङ हुन्थ्यो, तब मानिसहरु त्यसलाई दैविशक्ति मानेर प्रकृतिको पूजा गर्न थाले। बिभिन्न समयमा मानिस् आँफैद्वारा रचित अनेक खाले पूजाआजा – पशुबली, यहाँँसम्मकी नरबली सम्म दिनथाले। भाषाको उत्पती पछि दैविशक्तिका अलौकिक प्रसंगहरु कथिए र समयको फेरबदल् संगै नयाँँ नयाँँ इश्वारीय महिमाका नयाँँ नयाँ चर्चाहरु कथिंदै गए।
समयको बिकासक्रम्संगै मानव समाज पनि बिकसित हुँदै गयो। ढुङगेयुगीन शिकारी समाज खेतिपातिमा प्रवेश गरे। अन्न उब्जाउने, सन्चय गर्ने, बस्तु बिनिमय गर्ने तरिकाहरु समयक्रममा सिक्दै लगे। मानिसको बाक्लो बस्ती बस्तै गएपछि सोझा र बलिया बाङ्गा पनि देखिन थाले। कालान्तरमा बलिया बाङ्गा भुमिपती भए भने सोझाहरु तिनका खेतालामा परिणत भए। त्यसोहुनुमा पुर्वजन्मको फल भनी धार्मिक लेपन सहित सोझालाई झुक्काइयो। हुरिबतासले बाली सखाप हुँदा भगवान रिसाएको ठानियो। हुँदा हुँदा ति ब+बाँ ले भगवान र धर्मको नाममा लठेप्रामाथि शोषन गर्न थाले अर्थात धर्म शोषणको औजार बन्यो।
मानव समाज सामन्ती युगमा प्रवेश गर्न साथ धर्ममा पनि बिबिधता अायो। एउटै म्यानमा दुइटा तलवार नअटे जस्तै सामन्तहरु एकै ठाउंमा, एकै प्रदेशमा, एउटै देशमा अटाउन नसकेर अलग अलग धर्मको अविष्कार गरेर जनसाधारणलाई ति धार्मिक चाबुकले हान्दै अगाडि बढदै गए। निरिह जनताले पनि भगवानको खेलाको रुपमै बुझेर त्यस शोषणलाइ शिरोधार्य गर्दै लगे। समाजमा रहेका कुत्सित मनसाय भएका धर्मान्ध र धर्मभिरुहरुले मानिस् मानिसबिच धार्मिक युद्व गराए, आफ्नो धर्मप्रचारको नाममा घ्रिणा फैलाए। धर्मलाई धन आर्जनको माध्यम बनाए।
२१ औँ शताब्दिमा अाइपुग्दा अब धर्म देशको शासन ब्यवस्थामा दखल दिन सक्ने भैसकेको छ। जनताको धार्मिक संवेदनासित खेलबाड गरी धार्मिक नाराहरु उरालेर जनताको मत सोहोर्न राजनीतिज्ञहरु लबस्तरोपनमा उत्रेको त हामीले यत्रतत्र देखिसकेका छौँ। हाम्रै छिमेकी भारतमा धार्मिक बाबाहरुको राजनीतिक चर्तिकलाले त परकाष्ठ नै नाघिसकेको छ। संयुक्त राज्य अमेरिकामा समेत गत राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेद्वार रोम्नी एकखाले मोर्मन क्रिस्तान हुन भनेर रिपब्लिकन समर्थकहरुले नै उनलाई भोट् दिँदैनन भन्ने समेत कुरो सुनिएको थियो। धर्मान्धहरु दखिण एशियामा मात्र् होइन, संसारभर नै छन। यसको कारण तार्किक शिक्षाको कमी हो। बिकसित देशमा पनि तार्किक शिक्षाको कमी मैले महसुस गरेको छु।
मेरो बिचारमा सदाचार, सदभाव, सहकार्य, सहिस्णुता, सदमार्ग, सुबिचार्, सह-अस्तित्व, सामिप्य आदि नै धर्मको मार्गनिर्देशन हुन, साध्य हुन। इस्वरीय महिमा र स्तुतिगान,चितलाई एकाग्रह गर्नलाई गरिएको साधना मात्र हो। अमुर्त र निराकार भगवान-छविको बाख्यामा हामीले समय नष्ट नगरी चित्त शान्ती पार्ने र निर्वाण प्राप्त हुने धार्मिक उपायहरु अवलम्बन गर्नु नै धर्मको मुल उद्देष्य हो। हिन्दूका बेद, क्रिस्तानका बाइबल, ईस्लामको कुरान र बौद्व उपनिषदहरुमा लेखिएका अपुष्ट धार्मिक बाख्याहरु अहिलेको हाम्रो जीवनमा मेल खाँदैनन भने समयको फेरो संगै तिनलाई परिमार्जन गरी नयाँँ धार्मिक मुल्य र मान्यता स्रिजना गर्नुपर्दछ। उहिले को खुइले, कागजरहित समाजमा कथक्केले कथेको धार्मिक कथामा पिढिदर पिढिले थपथाप् गर्दै, फेरी कथ्दै सुनाउँदै सुनाउँदै आउँदा हामी कहाँँसम्म आउंदा त्यो मौलिकता हराइ सकेको हुन्छ र जब कागजको अविष्कार भयो र ति कथाहरुलाई लिपिबद्व गरिए, ति आदी लेखनदासेहरुले पनि आफ्ना कुराहरु थपथाप् पारे। अहिले हामी जति पनि धार्मिक कर्मकाण्डी कार्य गर्छौँ, त्यो धर्म होइन, यो त साधना हो धार्मिक साध्य होइन। अन्त्यमा जाँदाजाँदै धार्मिक कुराहरु कथ्ने र थपथाप् कसरी हुन्छ भन्ने कुराको द्रिष्टान्त मैले अनुसरण गरिरहेको बुद्व धर्मको प्रमुख मन्त्रको कुरो उप्काउँछु:
-बुद्वम शरणम गच्छामी
-धर्मम शरणम गच्छामी
-संघम शरणम गच्छामी
यि तीन मन्त्रहरु बौद्व धर्मालम्विहरुको धार्मिक प्रस्थान बिन्दुहरु हुन। बुद्व, धर्म र धार्मिक संघको शरण पर्छु भनेको हो त्यो मन्त्रले ! तर गत शताब्दिको ७० को दशकदेखी त्यस मन्त्रमा तिब्बती बौद्वधर्मावलम्विहरुले अर्को एउटा मन्त्र थपे। संस्क्रितमा भन्ने हो भने “लामाम शरणम गच्छामी” अर्थात लामा (भिक्षु) को शरण पर्छु। “संघम शरणम गच्छामी” भनिसकेपछि त्यो धार्मिक संघभित्र रिन्पोँछेँ देखी भिक्षुसम्म सबै पर्छन। अनि बित्थामा “लामाम शरणम गच्छामी” भन्नुमा कुनै तुक छ र ? पछिल्लो थपथाप् ‘ गुरुको शरण पर्छु ‘ भनेको हो भनेर अर्थ्याउने पनि निस्के। तर धार्मिक संघभित्र रहेका ति सबै गुरु नै त हुन। यस्ता धार्मिक थपथापेहरु अन्य धर्महरुमा पनि बग्रेल्ती छन। अरुको दोष देखायो भने ठाडै जाइलाग्ने हुनाले आफुले अंगालेको धर्मकै दोष कोट्याएको हुँँ। धर्मलाई धर्मान्ध र धर्मभिरु भएर होइन कि सहि उदेष्यानुरुपको धार्मिक आचारण देखाएर निभाएमा नै मानव समाजको कल्याण हुन्छ।
मलाई शशांक जिको सुरुको हरफ ‘ भगवान मानब द्वारा सिर्जना गरेको परिकल्पना हो ‘ मा सत्यता भएको जस्तो लाग्छ साथै सम्पूर्ण मानब जातिमा एक चेतना हुन्छ अर्को प्राण, यी दुइ चिज ले मान्छेको जीवन आधार निर्धारण गर्छ जस्तो लाग्छ जन्मने बितिक्कै मान्छेले आफु अनि आफ्ना भन्ने कुरा अपनौछा चाहे तपाई संसारको कुनै कूना मा या जुनसुकै जात अनि थरमा जन्मोस, त्यहाको परिवार समाज ले फेरि केहि आयाम थप्छ अनि धर्म संस्कृति आदि आदि एक किसिमले हामी आफनी परिबेस भित्र बधिएक छौ यी सब हामी मानब जाति कै सोचाइको प्रतिफल हो भन्दा अत्युक्ति नहोला, निचोडमा हेर्नुस हामी सबै एक पेट भर्न र जीवन बाचुन्जेल गुजार्ने एउटा बहाना मात्रै होइनर, येति हो तपाई एस्लाई सजिलो संग मिलिजुली गुजार्ने या सबै संग जुधी जुधी गुजार्ने सबै आफ्नै इच्छा को कुरा हो जस्तो लाग्छ
शशांक जी,
धर्म सम्बन्धमा तपाईको विचार विरोधाभाषपूर्ण देखियो | तपाईको अन्तिम अनुच्क्षेदको सार अन्य अनुच्क्षेदहरुको सारसंग ठ्याम्मै १८० कोण तर्फ दिशामुख छ| तपाईको अन्तिम अनुच्क्षेदसंग सहमत नहुने कुनै कारण छैन म संग| तर धर्मको प्रादुर्भाव र परिभाषाको ब्याख्या मार्क्सबादी मगज र आँखा भन्दा अन्य सर्बमान्य सिध्दान्तहरुध्दारा गर्न नचाहनु हास्स्यास्पद छ|
धर्मको कुरा लिएर मानव मानव लड्नु भनेको मानवजाति सकिन तिर लाग्नु हो । धार्मिक कुरालाइ आधार बनाएर गरिने कुनै पनि युद्धले कहिल्य मानवहित गर्दैन बरू शत्रूता बढाउछ र शत्रुता अमर हुन्छ र जहर वनेर मानव पिइ रहन्छ । कुनै पनि खालें शत्रूता छलफल र सहिस्नुताबाट मेटिन्छ तर कुनै खाले युद्दबाट जितिदैन । लड्नेहरू मध्य धेरै मर्लान तर नया व्यक्ति ,रूप,तरिका , ठाउ जन्मिरहन्छ त्यसैले आआफ्नो गल्ति महसुस गर्ौ , सुधारौ शिक्षा ज्ञान र छलफलबाट जस्तो सुकै समस्या पनि समाधान हुन्छ । आफु र आफ्नो मात्रै ठिक भन्ने गल्तिको परिणाम बुझौ छलफल र सहनसिल बनि समाधान निकालौ । युद्द र हतियारबाट कहिल्य मानवजातिको जित हुदैन ।
प्राकृतिक धर्म नै मूल धर्म हो , अरु धरम अफिम हो कार्ल मार्क्स ले भने झैँ , निद्रा , भोक आहार , मैथुन चार साश्वत सत्य हुन् |
नत्र धर्म मा जति लेखे पनि , आर्काकी राम्री स्वास्नी मा आखा लगाउन हुन्न भनेर पढे पनि , दिमाग मा भएपनि आखाले पुलुक्क हेरी हाल्छ , मन ले चाहि हाल्छ | किनकि आखा को धर्म हेर्नु हो , मन सबैको लोभी पापी नै हुन्छ |
राजा ,महाराज हरु ले मन परि पछि कुनै पनि केटि लाइ खुरुक्क स्वास्नी बनाई हाल्थे , अरु लाइ चै हुदैन , पाप लाग्छ अरे |
अरु को कुरा किन लोक प्रिय नेता प्रचण्ड को छोराले बिना मगर्नी लाइ राम्री देखेर घरमा स्वास्नी हुदा हुदै स्वास्नी राख्नु भो , जब कि हिजो को दिन मा उस्तै केश मा अरु कार्यकर्ता लाइ कडा कारबाही गर्नु हुन्थ्यो |
As the source of the existence of this article is Shashang’s Brain, similarly the source of the existence of this Universe is God’s brain. Without source existence of anything is impossible. This is bitter truth. And something is forcing us to take birth and to die. This is the fact. How much false ego and pride one has, he/she has to die.
यो राम्रो कुरा को थालनी हो –
अर्काको टाउकोमा जुम्रो देखाउनु भन्दा आफ्नो आङ्ग्को छारो तक्ताक्याउनु बुद्धिमानी .
सबै किसिमका ‘धार्मिक’ हरुले अन्यको होइन ; आफुले पुस्तौं देखि ठिक मणि अपनाएको ‘धर्म’ वास्तवमा नै सही हो कि होइन भनी बोध गरी मान्नु अहिलेको आवस्यकता पनि हुन्.
‘मानब भाग्वान्द्वारा सिर्जित नभई भगवान मानब द्वारा सिर्जना गरिएको परिकल्पना हो ‘राम्रो लग्यो तर कंहा सबै ठाउँ मा लागु हुन्छा भनेर किनकि तपाई त अमेरिका बस्नु हुञ्छ नत्र खाडी देश मा बस्नु भएको भए यति पनि वकालत गर्न पाउनु हुन्न त्यो २१ सताब्दी किन नहोस …..
‘यो र त्यो धर्म यति पुरानो र् त्यति पुरानो भनेर किटेरै भन्ला झैँ गर्छन्।’
‘हुँदा हुँदा ति ब+बाँ ले भगवान र धर्मको नाममा लठेप्रामाथि शोषन गर्न थाले अर्थात धर्म शोषणको औजार बन्यो।’
तपाईंले पनि किटान नै गर्ला झैं गर्नु भो त ! तपाईं चैं कुन आधारमा उबेलाको मानिसको ‘व्यवहार’ किटान साथ भन्दै हुनुन्छ? तपाईंसंग भएको इतिहासिक प्रमाण पनि उही धार्मिक ग्रन्थ हुन्।
बिज्ञान पनि धर्म झैं मान्न हुँदैन।
तर तपाईंका अरुकुरा मनन योग्य छन्।
भगवान अथवा इस्वोर या पर्मेस्वोर या अल्लाह या बय गुरु या रब या उपरवोला या श्रीस्तीकर्ता रचनाकार गड कुन्नि के के नामले पुकार गर्छन मानबहरु/ बेदमा भनियको त्रीदेव या सक्त्ति अथवा सन्देश बाहकहरु (जिसस मोहमद नानक, कन्फुसेयास बुद्ध आदि) तथा कथित भगवान बिष्णुका दस अबतार यस्तै यस्तै कथा उपकथा आदिमा मान्छेले धर्मको परिभासा खोज्यो भने सायद उसले त्यो कहिले पनि पाउदैन उल्टो कट्टरपन्थी हुन्छ/ यता अन्ध बिस्वासी हुन्छ/ धर्मके हो र कसरी सुरु भयो सबैको आआफ्नो तर्क छ/ तर मानबमा जब चेतना आयो तब उसले “‘म काहाबाट आय भनेर सोच्न थाल्यो?'” यो प्रस्न हामी आफैले आफैलाई धर्मको चस्मा नलगाई कन सोचोउ त? कतिले म काहाबाट आय भन्दा केहि उताउलो जबाफ पनि आउछ/ उताउलो जबाफ दिने हरुले के याद राख्न्नु भने पिता को विर्यमा १००० भन्दा बढी सुक्रानु हुन्छ तर एक ले मात्र माताको डीब्ब्बासंग मेल हुन् सुअवसर पाउछ/ तेस पछि ९ महिना अनि यो संसारमा जन्म/ मान्छे जन्मदै नास्तिक हुन्छ / त्यो भर्खर जन्मेको बच्चाको न त नाम हुन्छ न त जात नै हुन्छ न त धर्म नै उसलाई थाहा हुन्छ/ सायद त्यो बच्चालाई माता पिता को हो भन्ने पनि चेतना हुदैन/ समाज सस्कार परिवार अनुसार उसको नामकरण धर्मिकिकरण हुदै समय बित्दै एक मानब तयार हुन्छ/ अब त्यो मानब राबन हुन्छ को राम, बिन लादेन हुन्छ को मोहमद हुन्छ, जिसस हुन्छ कि कुनै खराब मान्छे हुन्छ त्यो त जन्म दिने माता पितालाई पनि थाहा हुदैन/ तर एक कुरा यहाँ जोड्न चाहन्छु/ मानब जन्म लिने अनि माता पिताले मुत्र फाल्ने ढोका एकै हो/ यदि त्यो पुत्र / पुत्री (सस्क्रीतमा छोरा या छोरी) राम्रो काम गरी माता पिताको ईजत बढाउने कम गर्छन भने त्यो साचैको पुत्र/ पुत्री हुन्छ/ यदि त्यो पुत्र पुत्रीले नराम्रो काम गरेर कुख्यात हुन्छ भने त्यो मुत्र (सस्क्रीतमा पिसाब) बराबर हुन्छ/ मुत्र भन्नाले सरिरको खेर जाने पनि हो अथवा सरीरमा भयको नराम्रो हानी गर्ने तत्वलाई मुत्र मार्फत निस्कासित गरेको हो/ अब हामी हाम्रो पिता तथा माताको साचो अर्थमा पुत्र या पुत्री हुने या माता पिताको मुत्र बराबर हुने यो कुरा तपाई हामी मै निर्भर हुने कुरा हो/ सायद यसैको महत्यो बुझेर लिङ्ग पुजा गरेको हुनुपर्छ/ बिना सम्भोगपनि कोहि संदेश बाहक पैदा भयका रहेछन/ तर त्यो सायद त्यो बेलाको गड को विर्य संग अरुकुनै इस्त्रीको डिब्बा मिलायर सोरेगेट माताको रुपमा मरियम कुमारी बाट पैदा गरेको हुनसक्छ/
every religion is equal.
– via MySansar App