gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

विजयकुमारको खुशी पढेपछि

PandeyVijayKhushi भर्खरै विजयकुमारले लेखेको पुस्तक खुशी पढेर सकाएँ। यसलाई पाठकीय समिक्षा गर्ने जमर्को गरेको छु। विजयकुमारको जीवन अनुभवको पुस्तक खुशीमा हामी जस्ता पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्नसक्छौंँ।

विजयकुमारलाई पहिलो पटक टिभीमा देख्दा म सानै थिएँ। तर पनि सम्झन्छु, उनी जोगीमाराबाट त्रिशुलीमा खसेर हराएको बसबारे रिपोर्टिङ गर्दै थिए, यो बस यहाँबाट यसरी आयो भन्दै चर्को नाके स्वरमा। त्यतिबेला हाम्रो घरमा टिभी थिएन। पूरै गाँउ उल्टिएर एक छिमेकीको घरमा टिभी हेर्न जान्थ्यौंँ।

त्यसपछिका दिनहरुमा मौका मिलेसम्म उनका कार्यक्रमहरु सक्दो हेर्ने कोशिस गर्छु। यो क्रम डा. बाबुराम भट्टराईको अन्तरवार्ता प्रसारण भएको अन्तिम दिशानिर्देशसम्म जारी रह्यो। उनले लिएका अन्तर्वार्ता मात्र होइन, उनका लेखहरु पनि भ्याएसम्म पढ्ने कोशिस गर्छु।

त्यसकारण उनको र मेरो सम्बन्ध एउटा स्रोत-प्रस्तोता, लेखक-पाठक बीचको छ। एक पटक उनले दिशानिर्देशलाई नेपालन्युजडटकममा राख्दा आफूले अन्तर्वार्तामा हेर्न मनलागेका व्यक्तिको नाम पठाउनुहोस् भनेर कमेन्टबक्स राखेका थिए। त्यसमा मैले आफूलाई प्रा. दयानन्द बज्राचार्यको अन्तर्वार्ता हेर्न मन लागेको भनेर पठाएँ। तर मेरो अनुरोधलाई सायद उनले रद्दी टोकरीमा फालिदिए। धेरै पछि नेपालका अग्रज वैज्ञानिक दयानन्द सर दिवंगत हुनुभयो। विजयकुमारले दयानन्द सरसँग विज्ञान, जगत र जीवनका बारेमा गरेको अन्तर्वार्ता सुन्ने मेरो रहर अधुरै रह्यो।

करिब ३५ वर्ष अघि विजयकुमार ओभरसियरको रुपमा दाङ मसोटखोलामा सडक बनाउन जाँदा निरीक्षणमा आएको सडक विभागको चिफ इन्जीनियरले आफूलाई पनि भेट्लान भन्ने आशामा हुन्छन्। तर ठूला हाकिमले उनलाई बालै नदिई गाडीको धूलो उडाएर गएको घटनाले आफु अपमानित भएको ठान्छन्। र, ‘आफु पनि केही बनेर देखाइदिने’ ‘एम्बिसन’ ले ‘सानो उमेरमा थौरे मेहनत गरेर धेरै नाम कमाउने’ सपनाको खोजीमा वा प्रसिद्घिको पछि दौड्न्छन् र पत्रकारिता पेशा अंगाल्न पुग्दछन्।

आरोह-अवरोहसँगै ओभरसियरबाट नेपालको नामी पत्रकार विजयकुमारमा फेरिएपछि उनको पहुँच र संगत राजादेखि प्रधानमन्त्री, नेता, अर्बपति व्यापारी, स्वदेशी-विदेशी कलाकार, प्राध्यापक, डाक्टर, राजदुत जस्ता शक्ति र भक्तिकेन्द्रसम्म पुग्छ।

अर्बपति व्यापारी विनोद चौधरीको नितान्त व्यक्तिगत पार्टीदेखि, मोहनगोपाल खेतानको घरसम्म उनको पाइला पुग्छन्। भारतीय राजदुतको सयनकक्षदेखि अमेरिकी राजदुतको प्राइभेट हेलिकप्टर सयरसम्म, हायातदेखि याक एण्ड यतिसम्म, एभरेष्टदेखि सोल्टीसम्मको स्वाद चाख्छन्।

दिवंगत रानी ऐश्वर्यको ‘हातबाट ह्विस्की पेग लिने’ साहस गर्छन् र वर्तमान राष्ट्रपति डा. यादवकोे ‘भान्सामा पाकेको सागरोटी’ खानेसम्मको सहजता बनाउँछन्।

पत्रकारितासँगैको प्रसिद्घिले दिएका ‘किक’हरुका कारण यस्ता सुविधाहरुको भरपुर उपभोग गर्छन्। कुनै बेला नाम कमाउने र ठूलो मान्छे बन्ने धुनमा परिवार र आफूलाई पनि बेवास्ता गर्दै पागल झैं भएर लागेका विजयकुमारले पुस्तकको अन्त्यतिर आफ्नो सन्तानलाई भने प्रसिद्घ र सफल भएको होइन खुशी र असल बनेको हेर्ने चाहना व्यक्त गर्दछन्।

त्यसो भए खुशी केले दिन्छ त?

त्यसको उत्तरको लागि पुस्तकमा ‘खुसी’ शीर्षक नै छ। खुसीको खोजीमा भ्रमपूर्ण जीवन बाँचेका विजयकुमारको भ्रमको पर्दा समाजका ठूला भनिएका मान्छेहरुको संगतले च्यातिँदै जान्छ। ओशो र बौद्व गुरुजनको योगदानले सोचाइको धरातल परिवर्तन हुँदै जान्छ।

दृष्टीविहिन निर्मला ज्ञवालीले आफूसँग अन्तर्वार्ताको क्रममा सुविधाको जीवन होइन, जीवनको सार्थकतामा विश्वास गर्छु भनेपछि वास्तविक दृष्टीविहिन आफूलाई ठान्न पुग्छन् उनी।

‘खुसी न ठुलाहरुसँग सम्बन्ध जोडिएर हुने रहेछ, न त पद प्रतिष्ठा आर्जन गरेर’ भन्दै उनी पुस्तकको अन्त्यमा लेख्न्छन् ‘जीवनमा खुशी हुन अरुको भलाई सोच्नु पर्छ। अरुको स्थानमा आफूलाई राखेर हेर्ने अभ्यास खुशीको उच्चतम बिन्दु हो।’

निसन्देह तीन दशकभन्दा बढी समय नेपाली पत्रकारिताको उपल्लो स्थानमा क्रियाशील विजयकुमार पेशाको हिसाबले एक सफल प्रोफेसनल हुन्। सफलताको रहस्यलाई उनले पुस्तकमा यसरी उतारेका छन् ‘सफल प्रोफेसनलहरुमा एउटा साझा गुण पाएँ, आफ्नो पेशाप्रति निरन्तर निष्ठाभाव। सही समयमा सही योग्यता र सही भावनाका साथ पेसा अंगाल्ने र त्यसमा निष्ठापूर्वक अडिरहेमा सफल भइन्छ ।’ (पृष्ठ ६७)

मेरो सीमित ज्ञानले थाहा पाएसम्म व्यवसायिक जीवनमा सफल धेरै मान्छेहरुले आफू सफल हुनुको धेरैमध्ये एउटा कारण ‘सही समयमा सही काम’ लाई मानेका छन्। विजयकुमार त्यसमा सहमत हुँदै अझ अघि बढेर सफलतालाई भाग्यको खेल भन्ने आशयका प्रस्तुत भएका छन्। उनी पटक-पटक लेख्छन् ‘मेरो भाग्य बलियो थियो’।

तर भाग्यमा छ भन्दैमा डोकोमा दुध अड्दैन भने झैं उनले व्यवसायिक सफलताको लागि थुप्रै त्यस्ता काम गरेका छन्, जसलाई राम्रो र नराम्रो दुवै भन्न सकिन्छ। जस्तो कि उनी विदेश पढ्न जानको लागि सिफारिस पत्र लेखाउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाकहाँ पुग्छन् र लेटरप्याण्डमा थापाको हस्ताक्षर लिएर फर्कन्छन् अनि त्यसमा आफ्नो प्रश‍‍सामा आफै अक्षर भर्छन्।

आफूले चलाउने कार्यक्रम ‘शनिवार विजयकुमारसित’ शुक्ला नामको हाकिमले बन्द गराइदिंदा तत्कालीन प्रतिपक्षी दलको नेता मनमोहन अधिकारीलाई गुहार्दै आफ्नो हाकिमलाई फोन गर्न लगाउँछन्। अधिकारीको फोनले शुक्लाको रौं नहल्लिएपछि प्रम गिरिजाप्रसाद कोइरालाको सचिव हरि शर्मालाई भनेर फोन गर्न लगाउँछन् र कार्यक्रम थमौति गर्न सफल हुन्छन्।

आफूलाई आर्थिक सहयोग गर्नेहरुको अन्तर्वार्ता गर्छन्। यस्ता राम्रो पनि नराम्रो पनि भन्न सकिने ‘ग्रे प्रसंग’हरु अन्य थुप्रै छन् पुस्तकमा।

त्यसो त उनले लेखेका छन् ‘यथार्थको दुनियाँ ब्ल्याक एन्ड ह्वाइटमा होइन, ग्रे जोनमा चल्दो रहेछ।’ (पृष्ठ ७६)

‘काँचको पर्दा’ र ‘साँचो कसको हातमा’ भन्ने दुई शीर्षकले नेपाली सरकारी र व्यवसायिक भनिएको पत्रकारिता कसरी चल्छ, कसले चलाउँछ भनेर बुझ्न धेरथोर मद्दत गर्छ। उनी भन्छन् – आजको दिनमा नेपालको शक्तिशाली सम्पादक कैलाश सिरोहिया (कान्तिपुरका प्रकाशक) र विनोद ज्ञवाली (नागरिकका प्रकाशक) हुन्।

आफ्नो आग्रह र आशक्तिलाई पत्रकारले कसरी आफ्नो सिर्जनामा प्रकट गर्छ भनेर बुझ्न किशुनजीसँगको उनको आशक्तिले उनलाई मदन भण्डारीको अन्तर्वार्ता काट्न पुराउँछ। उनले ननप्रोफेसनल ढंगले अन्तर्वार्ता काटिएको यो कामलाई आफ्नो प्रोफेसनल जीवनको एकमात्र ‘अनइथिकल गल्ती’ भनेका छन्।

‘स्वान्तसुखाय’, ‘प्रसिद्घि’, ‘घमण्ड, स्वाभिमान र विनम्रता’, ‘सन्तान’ र ‘खुसी’ पुस्तकको मर्मको हिसावले रसपुर्ण र उच्च कोटीका लाग्छन्। तर ‘सेक्स’, ‘साँचो कसको हातमा’, ‘अध्यात्मसित परिचय’ ले पुस्तकको आयतन बढाएको जस्तो भान हुन्छ । ‘साँचो कसको हातमा’ को लम्बेतान प्रस‍ंगहरु आम पाठकलाई झ्याउ लाग्ने किसिमका छन्।

पेमला गुरुवाचार्यले नारायण गोपालको सालिक नजिकै हिँड्दा आउने भावको वर्णन र सन्तानको प्रसंगहरुले आँखा रसाउँछन्। पुस्तक पढिरहँदा खाटमा आएर मेरो दुई वर्षकी छोरीले बाबा ‘यो को मान्छे, किन ह्याप्पी भएको?’ भनिन्। दुई वर्षे बालकले पनि बुझ्नसक्ने कभरलाई आकर्षक र पुस्तकको मर्म समेट्ने मान्नु पर्छ।

तर प्रयोग गरिएका कतिपय शब्दहरु जस्तै ‘कालो हब्सी’, ‘कुल्ली’ अलि ‘डिरोगेटरी’ लाग्छन् भने सेक्स शीर्षकभित्रको एनजीओवाली महिलाका प्रसंग विवादास्पद।

पुस्तकको सबैभन्दा कमजोरी भनेको सन्दर्भ सामग्रीहरुको अभाव हो। उनले माल्कोम गाडवेलको वाउटलार्यसदेखि डा. डेविड डेवलिनसम्मका सन्दर्भहरु ल्याएका छन् तर त्यसलाई सन्दर्भ सामाग्रीभित्र स्थान दिन कन्जुस्याँइ गरेका छन् नेपालमा लेखिने आम पुस्तकहरुमा जस्तै। यसले पुस्तकलाई प्रमाणिक बनाउन रोकेको छ। कतिपय अन्य केही प्रस‍ंगहरु पनि बनावटी, अप्रमाणित र अविश्वासिला लाग्छन् । मरेका मान्छेहरुलाई पनि आफ्नो विहेमा आएको कुरा कितावमा पर्नु पनि लेखकको असावधानी हो । लेखन प्रसंसायोग्य भएपनि पुस्तकमा ‘रिगर’ भेटिदैन ।

समग्रमा खुसीलाई ओभरसियरबाट साप्ताहिक मन्चमा आदिइत्यादी लेख्ने स्तम्भकार हुँदै नेपाल टिभीमा चिच्याएर बोल्ने पत्रकारदेखि धेरै हेरिने सदाबहार टक सो ‘दिशानिर्देश’का प्रस्तोता विजयकुमारसम्मको आरोहअवरोहको पुलिन्दा मात्रै होइन उनको आनीबानी र जीवन दृष्टिकोणमा आएको ‘मेटामर्फोसिस’ को विवरण भन्दा हुन्छ।

उचाईमा पुगेपछि तलका खाल्डाखुल्डी देखिन्छ। काठमाडौंको कक्टेल सर्किटमा धेरै आउजाउ भएपछि विजयकुमारलाई लाग्छ – त्यो सर्किट भनेको ‘विश्वनिन्दकहरुको जमघट हो ।’

पुस्तकमा मलाई सबैभन्दा छोएको उनले पुस्तकमा प्रस्तुत गरेको आफ्नो आर्थिक हैसियतका प्रसंगहरु हुन्। यदि उनले इमान्दारीकासाथ त्यसलाई प्रस्तुत गरेका हुन् भने त्यो नेपालमा बसेर छक्कापन्जा नगर्ने, आफ्नो पेशामा निरन्तर लाग्ने इमान्दार सम्पुर्ण पेशाकर्मीहरुको आर्थिक हैसियत मापनको ‘लिट्मस पेपर’ हो भन्न सकिन्छ । किनकी जिल्लामा पत्रकार पास भिरेको भरमा रातारात धनी हुने, केही वर्ष सरकारी जागिर खाएपछि काठमाडौंमा महल बनाउने, छोराछोरीलाई विदेशमा आफ्नै खर्चमा पठाउने हैसियत बनाउने र डण्डावाला पार्टीको झण्डा बोकेको भोलिपल्ट नवधनाढ्य वर्गमा फेरिने वग्रेल्ती उदाहरण नेपाली समाजमा देखिन्छ। तर तीन दशक भन्दा बढी समयसम्म लगातार पेशामा घोटिइरहने एक पेशाकर्मी भने बिहे भोजको लागि, छोराछोरीको पढाइको लागि, आफूलाई मन लागेको केही काम गर्नको लागि (पुस्तक लेख्न) र आफू बस्ने एउटा घर बनाउन कै लागि ऋण लिन अभिशप्त हुन्छ।

13 comments to विजयकुमारको खुशी पढेपछि

  • krishna Bhakta Niraula

    बिजय जी को ठो पुस्तक पढ्ने धोको छ किराकी जिबनको भोगाई र उनको श्रम, उनका बिचारहरु प्रति म पनि प्रभावित छु. राम्रा नराम्रा कुराहरु मनिबिया जिबनमा मानबिय गल्ति ममी कमजोरी त भै हाल्छनि। हामी पाठकले कमसेकम उनको सहि कुरा त लिनु /बुज्नु राम्रो होला र अनवसेक यो भए न त्यो भएन किन भन्नु।
    Krishna Bhakta Niraula
    Saudi Arabia

  • वसन्त विवश आचार्य

    विजयकुमारमा अहिले पनि अहम् छ । उनले पुस्तकको अन्तमा प्रकाशक अजित वरालको कमेन्ट सुनेर टाउको फोडिदिउ जस्तो भएको कुरा लेखेका छन् अनि कसरी उनीभित्र अध्यात्म छ भन्ने मान्ने त ? फेरि विभिन्न गाँठवालाका नाममा फरक फरक अनुच्छेद लेख्नेले आफ्नो वावुको वारेमा अनि आमाको वारेमा पनि किन लेख्न सकेनन् ? उनी पुर्ण व्यवसायिकताका लागि पुस्तक लेख्ने मान्छे हुन् । कलमले अहम् हरायो भन्दैमा हराउदैन ।

  • Binu

    A good review of the book, Uttam jee. Your review incites me to read the book.

  • kedar gajurel

    मैले पनि खुसि पढ्दै छु लह्भाग सकिसके तेसमा चाख लाग्दा बिसय बस्तु धेरै छन् साधारण जीवनमा आउने उकाली ओराली रिस घृणा आदि इत्यादी , र एउटा कुरा मैले के भुजे भने जिन्दगीमा केहि गर्नु छ भने हरेक पेसामा तल्लिन र सफल व्यक्तिहरुको सरसल्लाह र संगत जरुरि छ

  • Limbu Haratarah

    राम्रै जानकारी पाइयो. शुभकामना लेखक र उत्तम दुबैलाई. “खुशी किन्न पाइन्न है, फिल गर्नु पर्यो..”

  • Sam Sharma

    किताबको ‘समरी’ थाहा पाइयो / पढ्नु परेन / लेखकलाई धन्यबाद / बास्तविक ‘खुसी’ भनेको (so-called) ठुला-बडाको संगतगरी टाइम वेस्ट गरेर, ड्रिंक्स गरेर, जुवा खेलेर, स्त्री लम्पट भएर, पैसा धेरै कमाएर, उच्चतम शैक्षिक डिग्री लिएर, सन्ततीलाई सातपुस्ते पैसा (द्रब्यपिचास भई) जोडेर, सबै भन्दा ठुलो राजनैतिक वा सामाजिक पद हासील गरेर आउने बस्तु होइन / यी सबै सोचाईहरु ‘भ्रम’ हुन् / खुसी त आत्मा भित्रको एउटा स्थाई आन्तरिक अनुभव (eternal bliss) हो जसको आधार बस्तुगत आत्मिक सन्तुलन (Equanimity) हो / जब सम्म मानिसमा लोभ, मोह, आसक्ति, भय-चिन्ता (जुन लोभ, मोह, आसक्ति आदी बाट सिर्जित हुन्छ), भूत-भविष्यको डर-चिन्ता आदि रहन्छ, तब सम्म जति ‘खुसी’ नामका हजारौ कितावहरु लेखे (वा पढे) पनि यो (खुसी) पाइने छैन / अफसोच कुरा हामी ९०% भन्दा बढी समय ‘भूत-भविष्य’ को बारेको सोचाईको भूत पालेर खुसी होइन ‘दुखी’ भै बाचिरहेका हुन्छौं / दिमागमा अनावस्यक (हाइपोथेटीकल) सोचाइ (जसको कुनै समाधान हुदैन) सिर्जना गरेर आफैलाई दुखी तुल्याइरहेका हुन्छौँ / त्यसकारण हाम्रो thought process लाइ ‘बर्तमान’मा केन्द्रित गराई frequency of thoughts minimize गराउन सक्नुनै ‘खुसी’ हो /

    Joke for the day: There were 3 people who would like to be happy: psychologist, psychotherapist, and psychiatrist. Psychologist would build castle in the air, psychotherapist would lease the building to run his clinic, and psychiatrist would (be happy) by collecting the rent.

  • sam sundar

    राम्रो सन्तुलित लेख अनि सटिक बिस्लेशन उत्तमजी – अरु पनि येस्तई लेख लै निरन्तरता दिनु होला !

  • Tenzing Gaba

    एउटा कथा,
    उहिले एउटा मान्छेलाई “घमण्ड’ देखि सदाको लागि छुटकारा पाउन मन लागेछ र तपस्या गर्न हिडेछ जंगल तिर, अनकन्टार जंगलमा बिसौ बर्ष घनघोर तपस्या गरि सके पछि उनलाई आफु भित्र घमण्ड पूर्ण रुपमा हराएको अनुभूति भएछ अनि गाउ/सहर तिर फर्केर भए भरका मानिसहरु भेला गरेर आफु घमण्ड माथि बिजयी भएको कथा भन्न थालेछ
    “……. तपाइँहरुलाई थाहा छ, म को हु? बिसौ बर्ष तपस्या गरेर घमण्ड माथि विजय प्राप्त गर्ने मानिस म नै हु…….”
    ………………………………………………
    खै किन हो किन , विजय सरको खुशी पढीसके पछि मलाई त् माथि को कथा एक्कासी याद आयो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जदौ!!!

  • ramesh

    म जस्तै विजय कुमार पनि जड्याह (उनि भूपू भए पनि, म आफु चाही अझै छु है) रहेछन खुसि लाग्यो. भगवान कृष्ण मखन चोर थिए भनेर सबै चोर ले आफु लाइ कृष्ण संग दाज्नु अन्याए होला र?

  • vishwa Malla

    मैले पनी भर्खरै पढि भ्याए, उत्तम जी । तपाईको पुस्तक वारेको विष्लेशण एकदम सही छ । एउटै कुरा मलाई लागेको चाही अलिकति मदिरा सेवन र मदिरा पिउनेहरुको वारेमा गरेको कुराहरु वारे पनि केही लेख्नु भए हुने थियो । जे होस धेरै धन्यवाद । खुसी पढेर खुसीनै लाग्यो । तपाईको खुसी वारेको कमेन्ट पढन पाउदा झन खुसी लाग्यो ।

  • Binod Keshari

    बाबुजीलाई मेरो साधुबाद! धेरै राम्रो समालोचना ! लेखन शैली र शब्दचयन सारै मिठो ! बीच बीचमा हालिएको अंग्रेज़ी शब्दले अझ मिठास थपेको छ! एस्तै लेख र बिश्लेषणहरु पढ्दै गर्न पाईयोस् भन्ने कामना!

  • Shankar

    विजय कुमार को सफलताको कथा जोडिएको खुसि किताब लाइ लेखक ले राम्रो बिस्लेसन गर्नु भएको छ | यथार्थ त् उही न आयो

    ”न सुखम देब राजस्य
    न सुखम चक्रबर्तिन
    यत् सुखम बितारागस्य
    मुनिरएकांत जिबन |”
    त्यो सुख र खुसि भन्ने कुरा न देबराज इन्द्रलाई छ न चक्रवर्ती राजा लाइ छ जुन सुख, बैराग्य सहित आफ्नो साधना मा लिन एकान्त जिबन व्यतित गरिरहेको ह्रिसि मुनिलाई छ |