यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

गढिमाईमा बलि : देउताले कहाँ कहिले मलाई खुसी गर्न बलि चढाऊ भनेका छन् हँ?

-पीताम्बर पाण्डेय-

DSC_5319 अमेरिकाको पढाईमा रोचक कुरा के भने आफ्नो बिषय ईन्जिनियरिङ या मेडिकल जे भए पनि इतिहास, मनोबिज्ञान या धर्म सम्बन्धी क्लास पनि लिनु अनिवार्य हुन्छ। धर्म सम्बन्धि एउटा क्लासमा संसारका मुख्य धर्महरु बारे पढाई हुने गर्थ्यो। हिन्दू सम्बन्धी चर्चा-परिचर्चा हुँदा एक दिन प्रोफेसर संग मेरो सानो वाद-विवाद जस्तो नै पर्यो। अनुयायीहरूको संख्यात्मक रूपले हेर्दा विश्वमा तेस्रो नम्बरमा आउने यो धर्म, अहिंसालाई बढि महत्व दिने धर्म हो भन्दै शुरु गरेकी उनले स्वाभाविक रुपमा यसका नराम्रा पक्षहरू पनि बताउदै थिईन जसमा सती-प्रथा, बली-प्रथा र दाईजो-प्रथा प्रमुख थिए। यसै कुरा बाट नै हाम्रो मतभेद शुरु हुन गएको थियो। अरुका के कुरा गरौँ, हिन्दू धर्मावलम्बीहरू नै यो कुराबाट अनभिज्ञ छन्।

नेपाल- जुन कुनै बेला हिन्दू राष्ट्र अनि शान्ति-क्षेत्रको लागि प्रस्तावित देश पनि थियो, त्यहाँ संसारमै सबैभन्दा बढी संख्यामा बली दिइन्छ भन्दा कुन चाँहि मनिस अचम्मित नहोला? संसारमा मानव-अधिकार मात्र नभएर पशु-अधिकारका बिषयमा पनि आवाज बुलन्द भई रहँदा हाम्रो देशमा हजारौँ-हजार निर्दोश जनावरहरूको बलीको नाममा सामुहिक हत्या कति सम्म समय सापेक्ष छ? अहिँसाका प्रतिक “बुद्ध” जन्मिएको देश हो हाम्रो नेपाल भनेर कुर्लदै हिड्नु कुनै अर्थपूर्ण छैन।

धार्मिक परम्पराको निरन्तरता भन्दै गरिने अबोध प्राणीहरूको क्रुर-वध पूर्ण रूपमा अमानवता, असभ्यता, अबैज्ञानिक र धर्मको अपुर्ण ज्ञानको ध्योतक हो। हिन्दू धर्मका कुनै पनि वेद र पुराणहरूमा कहीँ पनि भगवानले आफूलाई खुशी बनाउन बली चढाउ भनेको पाइँदैन। यो पुर्णत: कूरीति हो।

सब भन्दा पहिले हामीले बुझ्नु पर्ने कुरा के हो भने- धर्म र संस्कृति/परम्परा यी उस्तै- उस्तै लागे पनि अलग-अलग चीज हुन्। हिन्दू धर्म भनेको वेद र त्यसबाट व्युत्पन्न पुराणहरुमा उल्लेखित निर्देशनहरूमा हुने आस्था हो जसलाई आदर्शपूर्ण रूपमा अनुशरण गरे आफ्नो आत्मा परमात्मामा सम्मिलित हुने विश्वास गरिन्छ। तर संस्कृति भनेको मनिसले आ-आफ्नो विश्वासका आधारमा समाजमा आफैले उत्पत्ति गरेका कार्य हुन जो एक पछि अर्को पुस्तालाई परिदान गर्दै जादा रीति-रिवाज या परम्परा बन्न जान्छन् । नेपालमा हामीले धर्मले संस्कृतिलाई परिभषित गर्नुको सट्टा संस्कृतिले नै धर्मलाई परिभषित गरिरहेका छौँ।

नेपालमा मान्दै आएका संस्कृतिहरू मध्ये केहि हिन्दू धर्मबाट प्रदुर्भाव भएका छन् (दशैँ, तिहार, जनै पुर्णिमा), भने कुनै आधुनिक बाहिरी समाजबाट अपनाइदै छन् (भ्यलेटाइनस् डे, राखी बन्धन)। अनि कुनै चाँहि हामी आँफैले उत्पत्ति गरि अज्ञानता-बश हिन्दू धर्मसंग जोडी दिएका छौँ- गढीमाइ बली-प्रथा यसको ज्वलन्त उदाहरण हो। त्यस्तै देवीका मन्दिरहरूमा दशैँमा दिइने बलीहरू, पुरानो समाजमा सती-प्रथा यसका अरु थप उदाहरण हुन। संसारमा भौतिक संरचना कुन चरम बिन्दुमा पुगि सके तर हामी मुर्ख नेपालीहरू दुई-कोठे घरको ढलान गर्दा समेत बोकाको बली दीन छोडेका छैनौँ- घर बलियो हुने अन्धबिश्वामा।

न त हामी आधुनिक सभ्य मनिस सरह सोच-कार्य गर्न सक्यौ, न त आफ्नै धर्मको नै पूर्ण ज्ञान लिएर संस्कृति सुधार्न सक्यौँ। सक्यौँ त केवल पेण्डुलमको दुई छेउमा पुग्न नसकेको निरिह डल्लो सरह हल्लिई रहन, यता र उता, तलै झुन्डिएर सधैँ। बुद्धको फोटोमा अगरबत्ति जलाउने अनि बलीको नाममा मार हान्न हिड्ने, हातमा लडडु लीई बसेका गणेशलाई ढोग्ने अनि अण्डा फुटाइ चढाइ दिने। यो ब्रह्माण्ड नै भगवानको हो, भगवान त सर्वशक्तीमान छन् भन्ने पनि दिमागमा पाल्ने अनि उनै भगवान चाहिँ बोको पाउनको लागि मेरो भाकल पुरा गर्छन् भन्ने पनि सोच्ने। धार्मिक दृष्टिले हेर्दा, यदि कसैले भाकल गरेको नाममा बली दिई हाल्छ भने पनि त्यो अर्थहिन देखिन्छ। “काम गर तर फल को आश नगर!” भन्ने हिन्दू धर्मको महान उपदेश हो मानव जगतलाई। अर्थात, तिमी केवल राम्रो काम गर्दै जाउ, सोहि अनुसारको फल अवश्य प्राप्त गर्ने छौ। अर्थात फल प्राप्ति आफ्नो कर्म बाट हुन्छ, भाकल र बलीबाट होइन।

नेपालमा देवीहरूको मन्दिरमा हुने बली खासमा देवी “कालिका”को अवतार बाट प्रेरित भएर शुरु गरेको प्रतित हुन्छ। तर पुराणमा दुर्गामाताले कालीकाको डर लाग्दो रूप धारण गरेको केवल राक्षसहरूको संहारको लागि थियो। जुन कार्य सकिए पछि उनी पुन: दुर्गाकै वास्तविक रूपमा आएकी छिन। यस बिचमा भएको देवताहरूको प्रार्थना र कुरा-कानी “दुर्गा सप्तशती” को एघारौँ र बारौँ अध्यायमा वर्णित छ। त्यहाँ उनले आफूलाई बली चढाउन भनेको कहिँ कतै उल्लेख छैन। ।

हिन्दू धर्म अनुसार भगवानलाई खुशी पार्ने अथवा पुण्य प्राप्तीका तरीका तीन वटा मात्र छन्- दया, दान, र धर्म। गढीमाईमा होस् या अन्त कहीँ, बली दिने कार्य अर्थात् “हिँसा” यी तीन वटैमा पर्दैनन्। यो अधर्म भित्र पर्दछ। निस्वार्थ रुपमै भए पनि देवीलाई खुशी बनाउने हेतुले कसैले बली दिई नै हाल्छ भने पनि त्यो एक निर्दोश प्राणीको हत्या बाहेक बढी केही हुन सक्दैन। त्यसो त देवी (कालिका)लाई खुशी बनाउने क्षमता देवताहरूमा पनि देखिदैन। उनको रिस शान्त गर्नको लागि मात्र पनि स्वयं महादेव उनको बाटोमा सुतेर रोक्नु पारेको थियो ताकि उनी आफ्नो पत्नि मर्यादा बचाइ राख्न पनि आँफुलाई नाघेर नजाउन। अत: राँगा बोका, परेवा काटेर देवी खुशी पर्छु भन्ने मान्छे कत्तिको अज्ञानी हो आफैँ बिचार गरौँ।

यदि तिमी आफूलाई हिन्दू भन्छौ अनि देवतालाई खुशी पार्न चहान्छौ भने, शुद्ध तन र मनले एउटा फूल अर्पण गर, त्यो नै काफी छ। एक “आइडियल हिन्दू” त सबै प्राणीलाई आफुँलाई जत्तिकै माया गर्ने, अरु प्रति दया, प्रेम र करुणा देखाउने, पूर्ण शाहाकारी/सात्विक भोजन र र योग बाट पवित्र जीवन जिउने ब्यक्ति हुने गर्दछ, मन्दिर मै बेकसूर प्राणीहरू काट-मार गरि रगतको खोलोमा नाच्ने मानव रुपी दानब हैन।

हिन्दू धर्मको नाममा फैलीएको बिभ्रान्ति र त्यसैबाट पैदा भएका कु-संस्कारहरू नेपाली समाजको चुनौती हुन्। हिन्दू पुराणहरूमा कहिँ पनि देवी-देवताले आफूलाई बली चढाउ; कसैको पती मरे पछि पत्नि लाई पनि संगै आगोमा पोल या छोरीको बिहे गरिदिँदा दाईजोको रूपमा सके मोटर-साइकल अथवा कम्सेकम पलङ-दराज दिनु भनेका छैनन्। यी सबै कुराहरू हामी आँफैले जन्माएका रीति-रिवाज, संस्कृति र परम्परा भित्र पर्दछन्। अनि यिनै रीतिहरू पुस्तौँ-पुस्तामा सर्दै जादा कालान्तरमा कूरीतिमा परिणत भएका हुन्। हाम्रो पुरानो समाजमा बाल-विवाह जस्तो कूरीति शुरु गरियो, त्यो समाजमा बिकसित हुँदै गर्दा छोरीलाई नयाँ घरमा अभाव पार्न सक्ने समानहरू दाईजोको रूपमा पठाउन थलियो। अनि नेपालमा विवाह प्राय: हिन्दू धर्म पद्दति अनुसार हुने भएकोले यी बाल-विवाह र दाइजो जस्ता कूरीतिलाई पनि हिन्दू धर्म कै एक हिस्सा भनेर बुझ्न थालियो।

किवंदन्तीअनुसार उहिले–उहिले गढीमाईमा पहिलो बलि मान्छेकै दिइन्थ्यो। मानिस बढी चेतनशिल भए, नियम कानुन् बन्यो, अनि
त्यसो गर्न पनि रोकियो। त्यस्तै बाल-विवाह रोकियो, चन्द्र शम्शेरबाट सती प्रथा पनि रोकियो। २३७ बर्षको राज-शाशनकै अन्त्य हुने देशमा यी कूरीतिहरू पनि अन्त्य गर्नु असम्भव काम होइनन्। धर्मको सहि तरीकाले पालना गर्दै सभ्य र समुन्नत समाजको सपना देख्ने हो भने यी सम्पुर्ण कूरीतिहरू हटाउनु या कम्तिमा सुधारको सुरुवात गर्न अत्यावश्यक छ।

(हाल अमेरिकाको साउथ-वेस्ट एयरलाइन्समा ईन्जिनियरको रूपमा कार्यरत)

24 comments to गढिमाईमा बलि : देउताले कहाँ कहिले मलाई खुसी गर्न बलि चढाऊ भनेका छन् हँ?

  • Kalpana Bokhim

    धर्मको नाममा हत्या-हिंसा गर्नु राम्रो हो भन्ने पक्ष्यमा वकालत गर्ने मानब रुपी दानब साले विवेक ढकाल प्रवृतिका व्यक्तिहरुको पनि भैसीलाई जस्तै टाउको गिडेर गडीमाई मेलामा वली दिनु पर्छ अनि बल्ल थाहा पाउछ हत्या-हिंसा गर्नु भनेको के हो भनेर अनि कुन धर्म शास्त्रमा लेखेको छ हत्या-हिंसा गर्नु राम्रो हो भनेर | यहाँ कुरो बुझेर पनि बुझ पचाउने दानब रुपी मानबहरुको कुतर्कको कुनै मूल्य छैन |

    समाजका हरेक राम्रो कुरालाई सही हो/राम्रो हो अनि समाजका गलत कार्य/प्रवृति/संस्कार /संस्कृतिलाई गलत हो | यो नराम्रो काम हो/गर्नु हुदैन, सुधार्नु पर्छ भन्नुको साटो बेकारको कुतर्क पेश गर्दै हिड्ने साथै समाजलाई परिबर्तनको सकारात्मक सुधारको बाटोमा लानु पर्छ भन्नुको साटो उल्टै समाजलाई कुबाटोमा डोर्याउन प्रेरित गर्ने यस्तै विवेक ढकाल जस्ता प्रवृतिका भाइरस/दानबहरुले गर्दा नै हाम्रो देश नेपाल आमाले आजको २१ औ शताब्दीमा पनि संसारका अरु देशहरु भन्दा सबै कुराको विकासमा पछौटे पन सहनु परेको होला |

  • सिर्जने

    मासु खाने, प्रसाद खाने, दशैँ, उधौली उभौली मनाउने क्रममा जनावर काटिनु र गढ़िमाइ मेलामा काटिनु फरक हो भन्ने कुरा यहाँ कमेन्ट गर्ने धेरैले नबुझेको वा बुझेर पनि बुझ पचाएको देखियो / गढ़िमाइमा काटिने धेरैजसो राँगाको मासु कसैले खादैन, तेत्तिकै फालिन्छन, पर्यावरणीय सन्तुलनमा यसको नराम्रो असर पर्छ / नेपाल, बिहार जस्तो टन्न खान पाउने भन्दा खान नपाउनेको संख्या धेरै भएको ठाउमा येत्ति धेरै मासु (कु)संस्कारको नाममा फालिनु बेठिक हो / एउटा उदाहरण पेश गर्छु: अम्रिकाको वाशिंगटन डि. सी. मा भएका पार्कहरु र जंगलहरुमा मृगको संख्या धेरै बढेकोले ठुलो समस्या उत्पन्न भएको थियो: मृगहरू सडकमा निस्किने, र सडक दुर्घटना धेरै हुने / मृगको जनसंख्या बढ्नुमा कारक मान्छे नै हो किनभने यी पार्कहरुमा मांशाहारी प्राणी बस्न सक्दैन, बसे पनी मान्छेले सुरक्ष्याको कारणले तिनलाई हटाउछन / मृगलाइ खाने अर्को प्राणि नभएपछि तिनको संख्या बढ्ने नै भयो / मृगहरुको परिवार नियोजन गर्ने कि भनेर पनि छलफल भयो, तर अहिले तिनलाई बर्षेपिछे गोलि हानेर मार्छन, अनि सबै मरेका जनावर जम्मा गरेर घरबार बिहिन हरुलाई खाना दिने हरुलाई पुर्याई दिन्छन / नेपालमा यसरि ब्यबस्थित गर्न सके यसको बिरोध धेरै काम हुन्थ्यो होला / अम्रिकाकै मेरिल्याण्डमा पनि मृगको संख्या घटाउन बर्षमा एक दुइ चोटी शिकार खेल्नेहरुलाई अनुमाति दिएर शिकार खेलाईन्छ, त्यो सबै मृगरुको मासु कसैले गढिमाइको जस्तो फाल्दैन /

    माथिका कुराहरु आफै हेर्नुहोस तलका लिन्कहरू मा –

    http://www.timesofisrael.com/devotees-slaughter-tens-of-thousands-of-animals-in-nepal-festival/

    http://www.theatlantic.com/national/archive/2014/05/rock-creek-deer-problem/371747/

    http://dnr.maryland.gov/wildlife/Hunt_Trap/deer/deer_management/deerhuntastool.asp

  • डिल्ली

    लेखक महोदयले धर्मसँग दाइजो पनि जोडेर लेख्नु भयो । पहिलो प्रसँग प्रति मेरो पनि असहमति छैन । बास्तबमा सनातन धर्मले सम्पूर्ण जीवको अस्तित्व रक्षालाई प्राथमिकता दिन्छ । जीव हत्या वर्जित नै मान्छ । तर पनि मान्छेले खानपानमा उपलब्धता हेरेर प्राणी हत्या गर्छन् । र सबैले आ‍-आफ्नै विधि अपनाउँछन् । कसैले छिनाएर खान्छन् त कसैले रेटेर । तर जस्ले जसरी खाए पनि हत्या गरेरै खान्छन् । बधशालामा मारेर खाए पनि वली दिएर खाए पनि आखिर हत्या नै हो । विरोध गर्नेले हत्याको विरोध गर्नु पर्ने हो तर हत्या प्रकृयाको मात्र विरोध गरेर आफ्नो प्रकृयाको गुणगान गाउँदा असहमत हुने स्थान दिन्छ । यहाँ यसरी नै हिन्दू र गैह्र हिन्दू विधिको आपसी विरोधाभाष युक्त विरोध चलिरहेको बखत लेख आउँदा लेखक प्रति बाण वर्षे जस्तो लाग्छ ।

    मान्छेले आत्मकेन्द्रीत भएर मान्छेकै निम्ति सोच्ने हो भने मध्यपूर्वमा भैरहेको नरसँहार र नेपालमा भैरहेको नरसँहारलगायत अस्थिरता वा मानव बलीलाई के मान्ने कुन धर्मसँग जोडेर हेर्ने ?

    तर दाइजो हिन्दूको मात्र हैन भन्ने लेखकले बुझ्न जरुरी छ । हालसालै भैँसी र मोटरसाइकल दाइजोलाई लिएर रहान्नालाई लगाइए आगो हिन्दूको दाइजो नभै मुस्लिमको हो । असंख्य मुस्लिम युवतिहरू पनि दाइजोकै कारण नेपाल र भारतमा मारिन्छन् । भारत र नेपालमा दाइजोको प्रभाब त्यसमा पनि उत्तरी भारत र नेपालको तराई दाइजोबाट विकृत छ जसमा बहुसँख्यक हिन्दूको बास स्थान छ । यस आम सामाजिक “प्रथा”लाई बास्तबम सामाजिक कुरिति हो भन्ने दाइजो माग्ने समेत मान्न तयार होलान् । लोभबाट सिर्जित यो कुरितिलाई धर्मसँग गाँसेर पढाउनु बद्नियत नै हो ।

  • dipesh

    अोराल्हो लागेको मृगलाइ भ्यागुतोले पनि लखेट्छ” भन्थे त्यसैले होला गढिमाइमा पाँच बर्षमा एक पटक हुने बलिको, दशैमा हुने काटमारको अन्तराष्ट्रिय पत्रपत्रिकाहरुमा संसारमा प्राणिमाथि प्रलय आएजसरि समाचारहरु आएको। “धन्यबाप्रदान दिबस” मा ठुलो कुखुरो खादै वा मार्नकै लागि गोरु पालन गर्नेहरुले “जो चोर उसकै ठुलो स्वर” भने जस्तो पो गर्छन। त्यसो भन्दैमा बलि दिनु ऊचित भन्ने आशय चै हैननि। प्रतिब्यक्ति मासु खपत को आँकडामा त नेपाल धेरैनै तल छ नि हैन र? आजको भोलिनै “काटमार गर्न पाउदैनौ है” भनेर बिरोध गर्दा, हाम्रा बाबुराम काजि ले क्रान्तिकारि छलाङको लागि “ईन्द्रजात्रा” रोके जस्तो गल्ति दोहोरिएला। बरु ५-५ बर्षको अन्तरालमा आउने मेलामा बलि कम होस भनेर मधेशमा जन चेतना अभियान चलाए त केहि जनाबरको बलि जोगाउन सकिएला…..मुख्य कुरो जहाका जनता राज्यबिहिन जस्तै भएर, राज्यमाथिको भरको सट्टा भगबान भाकलनु परेपछि चलिआको चलन रोक्न त गार्है होला? जस्तै ‘घरमा चोरि लाग्यो, पुलिस गुहार्नु भन्दा भगबान पुकार्नु सजिलो। रोग लाग्यो, अस्पताल जाम, मार्ला भन्ने डर बरु एउटा पाडो काटे भगबानले जोगाउला कि भन्ने आश..अादि इत्यादि।” अनि भाकल गरि बलि नदिए के गर्नु? ए प्रभु देशको राजनिति शुधारिदिने ग्यारन्टि गर्छौ भने म पनि बलिदिने भाकल गरौला” भन्नु पर्ला जस्तो छ धेरैको….(म चै गर्दिन है। भगबान भनेका डरका पोका हुन वा “डरको बिषबृक्ष” हुन अरु केहि होइनन नि मेरो लागि।जुन चिज मेरो जानकारिमा छैन त्यस्कै लागि नाटक गरिदैन रे क्या।)

  • मणि

    हामी नेपाली जस जसले गढ़िमाइको मेला र त्यहाँ चढाइने बलि बारे बिदेशिएर अथवा विदेश गएर त्यहिको प्रभाबमा परेर “गर्न हुन्न भन्ने कुरा” बोलिरहेका छौ भने मेरो केहि प्रश्नहरु को उत्तर दिन्नुहोस है;
    १. गढ़िमाइको मेला र त्यहाँ चढाइने बलि बारे प्रथा कहिले सुरु भयो? आस्था भन्ने कुरामा कतै प्रमाण हुन्न, तर इराक, अफगानिस्तान, सिर्या आदि मा भएको निमुखा जनताहरु मारिएकोबारे के भनाइ छ? ति जिन्दगि त यी पशुलाई भन्दा पनि बढी यातना दिएर मारिएका छन्|
    https://www.iraqbodycount.org/
    http://costsofwar.org/article/afghan-civilians

    २. अमेरिकाद्वारा संचालित मेक्सिको मा रहेको यातना-गृह (detention centre) बारे के विचार छ? कसैको तागत छ त्यस बारे बोल्ने?
    ३. १४-१७ हजार नेपालीको ज्यानको खबर बारे किन तपैहरु मौन? यो मुद्दा खोल्नु जरुरि छ, अनाहकमा ज्यान गुमाएका आफन्त लाइ सोध्नुस के भन्नु हुन्छ?
    ४. चाहे त्यो खुला चौरमा बलि दियिएको होस् वा बधशाला मा रेटेको/छिनेको होस् आखिर घाटी त छिन्यो नि? क भन्नु हुन्छ यस बारे?

    हो बरु अलिक ब्यबस्थित गरेर ब्याबरिकता परिबर्तन गर्न सकिन्छ तर जबसम्म तपैहरुले छालाको जुत्ता, पेटी, लुगा, मासु छोड्न सक्नु हुन्न यो आस्था छुट्ला जस्तो मलाई लाग्दैन अन्त्यमा म पशुहरुलाई मार्नै पर्छ भन्ने उद्देश्य भएको मान्छे चै हैन|

  • S. Maskey

    मेरो बिचारमा धर्म अनुसार के गर्न हुने र के गर्न न हुने भन्दापनि धर्मको उत्पत्ति कसरी भयो भन्ने कुराबारे बुझ्न आवश्यकता ठान्दछु । मानव सभ्यताको बिकास को साथ साथै प्राकृतिक सम्पदा र जनशक्ति आर्जन गर्ने समाजमा प्रतिस्पर्धा शुरू भएको ईतिहास साक्षि छ । यस्ले गर्दा सभ्यताको विकास संगै युद्ध, लूटपाट र अनैतिक कामहरु समाजमा बढन थाल्यो ।

    समाजलाई अनुशासितगर्नकालागी शासक बर्गहरुले विद्वान, गन्यमान, धनि र प्रभावशाली संग छलफल गर्दा गरदै धर्म भन्ने कुराको उत्पत्ति भयो । समयको परिवर्तन अनुसार पृथिवीको बिभिन्न भागमा बिभिन्न धर्मको चलन हुन पुग्यो । धर्म लागु गर्न कैयौ शताब्दि लाग्यो । पछि धर्माधिकारीहरुको बिकास संग संगै आफूलाई फायदा हुने कुराको उत्पत्तिले धर्ममा बिकृति हुन गएको ठहर छ । यो गर्न हुने त्यो गर्न न हुने बन्देजपनि हुदै गयो । धर्माधिकारीहरुले शासकहरुलाई फ़ायदा हुने काम गराउन सफल भए अनुसार आफूलाई समाजमा माथ्थिलो दर्जामा राख्न् अवसर पाए । यस्को ज्वलन्त उदाहरणकोलागी राणा शसन कालमा कुनै बहुनलाई मृत्यु डन्ड वा फाँसी धर्मकै नाममा ब्रह्महत्या लाग्छ भनेर मृत्यु फाँसी दिईएन ।

    बलि दिने प्रथा धर्ममा शक्तिको प्रतिकको रुपमा लिन थालियो । मैले थाह पाए अनुसार “शक्ति” भनेको आफ्नो शारीरिक बल, आर्थिक बल वा अन्य प्रभावको प्रयोगले आफूले चाहेको गर्ने र गराउने । शक्तिमा मानिस अन्धों हुने सम्भावना धेरै हुन्छ र शक्तिमा अन्धो भए पछि पतन हुन्छ । अन्धों हुनबाट जोगिएको महापुरुष हुन्छ भन्ने ईतिहासमा स्पष्ट छ ।

    धेरै कुरा एवम् बिकृतिहरुलाई समाजमा धर्मका नाममा परिवर्तन गर्न सकिएको छैन जस्तो मलाई लागेको छ । समय अनुसार सामाजिक सुधारको आवश्यकता सधै हुन्छ ।

    S. Maskey

  • bibek dhakal

    धर्मको लागि झगडा गर्ने, आफ्नो धर्म को बारे केहि कसैले भने श्रीमती जिस्क्याको रुपमा लिने, एउटाले कुनै धर्मको महत्व झल्किने गीत गाउन्न भन्दा बहिस्कृत गर्न खोज्ने देखि धर्म को नाममा मार काट गर्न तयार हुनेहरुको जमात भाको ठाउँमा तपाइले दिएको तर्कको अर्थ के पाण्डे जी ? धार्मिक संस्कार वा कुसंस्कार, जेसुकै फलो गर्दा त्यो संस्कार पछाडिको मर्म बुझेर फलो गर्ने हरु कति प्रतिशत होलान? ५ प्रतिशत नि होलान र?
    अनि अब समस्या भनेको बाँकी ९५ प्रतिशत को (कु)आस्थालाई के गर्ने? कानूनले बर्जित गरेको बोक्शि प्रथालाई त हटाउन सकिएको छैन ऐलेसम्म, गरिबी र अशिक्षाको चरम उत्कर्षमा बाचिरहेका हरुलाई एउटा राहत, एउटा झिनो आसा भएर आउने यस्ता चाडहरुलाई रोक्न सकिएला???
    धेरै पर जना पर्दैन पाण्डे जी, तपाईं आफ्नो वरिपरि हेर्नुस.. भगवान सर्वशक्तिमान र सर्वभुत ( omnipresent ) छन् भनेर पनि विस्वास गर्ने अनि कुनै मन्दिरमा देवीको भाकल नगरे सम्म मन शान्त नहुने पढे लेखेको भनाउदा हरु कत्ति छन्? जिन्दगि भनेको चन्द्रमाको कृष्ण र शुल्क पक्ष जस्तो दुख र सुख को संगम हो भनेर बुझ्दा बुझ्दै सुखको बाटो पत्ता लगाउन ज्योतिषी र माता समेत को पछि लाग्ने बुद्दिजीविहरु भएको देशमा तपाईं यो लेख को प्रति डेडिकेट गर्दै हुनुहुन्छ ?

  • Hemanta

    बलि नदेउ पनि त कतै लेखिएको छैन नि हिन्दु धर्मग्रन्थहरुमा, होइन र?

    • Biren

      होइन हेमन्त, भनेको छ। हिन्दु धर्मग्रन्थले अहिंसा परमोधर्म भनेको छ।

      • Hemanta

        “हिन्दु धर्मग्रन्थले अहिंसा परमोधर्म भनेको छ।” म मान्दछु | तर हिंसा बर्जित नै चै छैन| नभए तेत्रा धर्मयुद्धहरु किन हुन्थे?

        होइन भने एस्तो पनि लेखेको हुनुपर्यो, “हिंसा परोमोपाप|”

        मो मो खाँदै गढीमाइको बिरोध गर्नु भनेको “गरिबी निवारणको लागि पाँच तारे होटेल मा सेमिनार” गरेजस्तो भैहाल्यो नि|

        “अहिंसा परमोधर्म” हो भने सबै खाले हिंसा बन्द गरौ (दशैं देखि इद सम्म)|

        • Biren

          लेखेको छ हेमन्त, हिंसा पाप भनेर पनि लेखेको छ
          “यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा।
          एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम्।।“
          अनि मोमो खानु र गढिमाइको विरोध गर्नुको सम्बन्ध छैन
          मोमो खानु मासु उपभोग गर्नु हो। गढिमाईमा बलि मासु खान दिइने होइन
          मोमो खानेले मात्र गढिमाईको विरोध गरेको ठान्नु मूर्ख्याइँ हो
          खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्।

          होइन हिं‍साकै पक्षमा छौ भने पनि ल त्यसो भए एउटा कुरा भन
          गढिमाईमा हजारौँ राँगा काट्नु ठीक हो भन्छौ भने
          तामाङहरुले पूजाका लागि एउटा गोरु काट्दा किन रगत तात्छ तिम्रो ?
          तिम्रो धर्म चाहिँ धर्म, उनीहरुको धर्म चाहिँ के ?

    • dhan

      बलि नदेउ भनेर कतै लेखिएको छैन रे !

      त्येसो भए आची खान हुन्न भनेर पनि कतै लेखिएको छैन | एस्तो कुतर्क दिएर आफुलाई मुर्ख नबनाऊ मित्र | कुरीतिहरु बन्द हुनै पर्छ |भगवानको नाममा रगतको होलि खेल्नु र अन्त्यमा मासु आफैले हसुर्नु पाखण्डी पन हो | जसले जे सुकै भनोस |

  • पुष्पमणि दाहाल

    अचम्म लाग्यो हाम्रो साथीहरुको कमेन्ट पढेर | हत्या हिंसा नगरौं , यस्तो जलिल र जघन्य हत्या लाई आफ्नो धर्म र संस्कृति संग जोडेर अधर्मी नबनौं | यस्तो हत्या हिंसाको काम लाई तुरुन्त रोक लगाउनु आँफैमा शभ्य र शान्त बन्नु हो | यसरी शान्ति र अहिंसा ले नै एक आपस मा प्रेम र सद्भाव को बिजारोपण हुन्छ अनि शभ्य र शान्त समाज को बिकाश हुन मद्दत पुग्छ | बिस्तारै सम्पुर्ण देश नै शान्तिमय बन्दछ, अनि देशभरि नै सम्पूर्ण जनताबीच प्रेम र सदभाब को भावना मा बिकाश हुन्छ
    | त्यस्तो देश बनिदिए बिदेशी हरुले त्यसको अनुसरण गर्नेछन जसको फलस्वरूप बिस्तारै बिस्तारै हामी बिदेशीहरुको लागी प्रीय बन्नुको साथै इज्जत र सम्मान को भागिदार बन्न सक्नेछौं | यसरी सोचेर त्यो अनुसार व्यवहार गरौँ भन्ने सोच कहिले आउला हाम्रो नेपाली मन र मस्तिष्कमा ?

  • Shankar

    अति सुन्दर कुरा गर्नु भो | आफु पनि मासु हसुर्ने खालको परियो तर पनि यो आम हत्या चै मन परेन | पक्कै पनि यो सुधार गर्नु पर्ने कुरा हो |
    भक्तालु हरु ले बोका राँगो को साटो देबिलाई लेटेस्ट सेल फोन , आइप्याड, गतिलो सेन्ट , गुलाब जामुन , रसबरी आदि भाकल गरि हेरम त् कतै छोटकरी मै काम बन्छ कि ?

  • HARI PRASAD LAMICHHANE-SAUDI

    लेखक ब्रो , देउताले भने भनेनन् था भएन , एउटा राँगा लाइ गढी माइमा काट्दा क्रुरुर हत्या हुने , पशु अधिकार चाहिने , काठमाडौँको मम पसले ले काटे केहि न हुने या Meat processing plant मा काटे पशु अधिकारको हनन न हुने |

    बलि दिन मन लाग्ने ले दियोस न लाग्ने ले न दियोस यो नै हाम्रो धर्म को सुन्दरता हो , जसले सबै प्रकारको प्रवृतिलाइ समेट्छ , तेसैले एस्लाई धमिल्याउने डलरबादी को सड्यन्त्रलाइ खल्ली बल्ली पारौ |

  • Ranjan

    हिन्दुले मान्छे वा दुर्लव प्राणी को बलि दिदैं , एस्तो जनावरहरुको बलि दिन्छ त्यो पुरै संसार मा फूड को रुप मा use हुने गरेको छ , र हामी हिन्दुले आफ्नो संस्कृति र सव्यता को निरन्तरता दिदैमा अरु धर्मका ठेकेदार हरुले जथावावी सिकौदैमा तेस्को लै लै मा जानु हुदैन त्यो वन्द पहिला आफ्नो धर्म को बारेमा विस्तार मा शिक्षा लिनु पार्छ,, अमेरिकन को वागवान vergin. को पेट बाट जन्मियो भन्दा हामी मुर्ख नेपाली ले वुतुक्क भईर पत्यौछौ कि गोराले भनेका झुठो नहोला , हिन्दुको बारे मा कुनैपनि controversy. को answer. को लागि गीता पढ्नु अथवा म संग सम्पर्क गरे हुन्छा , न कि अरुले kan काग ले लग्यो भन्दैमा काग को पछि जानुहुन्

  • Ranjan

    हिन्दुले मान्छे वा दुर्लव प्राणी को बलि दिदैं , एस्तो जनावरहरुको बलि दिन्छ त्यो पुरै संसार मा फूड को रुप मा use हुने गरेको छ , र हामी हिन्दुले आफ्नो संस्कृति र सव्यता को निरन्तरता दिदैमा अरु धर्मका ठेकेदार हरुले जथावावी सिकौदैमा तेस्को लै लै मा जानु हुदैन त्यो वन्द पहिला आफ्नो धर्म को बारेमा विस्तार मा शिक्षा लिनु पार्छ,, अमेरिकन को वागवान vergin. को पेट बाट जन्मियो भन्दा हामी मुर्ख नेपाली ले वुतुक्क भईर पत्यौछौ कि गोराले भनेका झुठो नहोला , हिन्दुको बारे मा कुनैपनि controversy. को answer. को लागि गीता पढ्नु अथवा म संग सम्पर्क गरे हुन्छा , न कि अरुले kan काग ले लग्यो भन्दैमा काग को पछि जानुहुन्

  • Karma Ten

    हो दामोदर जी,
    तपैले आफ्नो भावनात्मक र अनुभावात्मक कुरा पढ्दा हामीलाई पनि भावान्त्मक बनायो/
    र झन्डै, प्रचण्ड र पद्मरत्न को जस्तो आँसु झर्र हर्न खोजेको थियो /
    हाम्रो अनुभव ले के बुझ्न थाल्यो भने – आहाल मा ढुङ्गा हान्दा – ठुलो आवाज आउछ र छल आऔछ/
    तर, तेही ढुङ्गा समुन्द्रा मा हान्दा साइ सबत छैन/
    तपाइलाई के भानु खै, आजभोलि त साना साना अतिकम बिकसित देशमा समेत ठुला- ठुला सुपरमार्केट हरु पाइन्छन /…. हो तेही भित्रका पसल मा पाइने हजारौ किलो मासु ‘रोबोबाट’ त पक्कै निकालेको हैन होला?
    अनि, अति कम बिकसित देश बाट निर्यात वा आयात पनि गरेको पनि पक्कै होइन होला !!! गतिलो खाध्य प्रयोगशाला नभएको निउमा ‘quarantine’ नाउको Supersonic Plane ले आफ्नो ढोका नजिक पर्ने दिदैन..!
    अब, देश र समाजले लगानी कत्रो आश गरेर बिस्वो बैंकबाट रिंड लिएरा पढेको तपाई जस्तै धेरै – इन्जीनियर र डा. साबहरु कोहि पश्चिमी देश बाट त कोहि पुर्बी देशबाट – भावानात्माक रुपमा मात्रै आफुलाई प्रस्तुत गर्छ र ब्यबहारिक पक्छ्य को कुरा गर्यो भने टाढा टाढा भग्छॊ.
    अनि, जो राता दिन पसिना बगाएर भए आफ्नो नभए अर्काको खेत बारीमा काम गर्दा यसो मनमा शान्ति प्राप्त हुने देखेर भावनात्मक रुपमा मानि चलि आएको परम्परा मा लाग्नु उनीहरुको पनि नैसर्गिक अधिकार हो /
    फेरि, यो गढी माइ भनेको त ब्यबहारिक ब्यबहारिक रुपमा नै प्रमाणित भैसकेको कुरा रहेछ/
    यदि भावना मा नबहकिने हो र ब्यबहारिक रुपमानै यस्ता कुराहरुको समाधान खोजिनु पर्छ/
    नेपालले पनि स्वामी अग्निबेश र केहि – जनावारहारा ( मांसाहारी) जनावारबादी जस्ता व्यक्तिहरुको गरिखाने बाटो जोडि दिएको मा चाहि ति तराई र बिहारका किसानहरुको अद्भुत विश्वास र गढ़िमाइ को शक्तिलाई मान्ने पर्ने देखिन्छा /
    वास्तविकता लाई अतिरन्जित गरेको नाटक ले राम्रै कामै हुन्छा र वा वा तालि पनि पाइदो रहेछ/ जस्तै: मह र मनोज गजुरेल (जसको प्रस्तुति देशको राम्रोको लागि हुन्छा ) / तर, जनावर बादीको चाहि ठिक उल्टो ….
    के हामि ब्यबहारक रुपमा शाहस गर्न सक्छौ ????
    हेर्ने पर्ने, तलको you tube पुरै हेरौ र बडा बिबाद गरु नत्र नाटक गर्न त स्वामी अग्निबेश जस्तो Full timer हुनु पर्छ…..

    गाईको हत्या बारे – भारतीय सर्बोच्च न्यायालयको निर्णय – (अन्तिम १५ min. मा) :
    https://www.youtube.com/watch?v=i7xaTCfA7js&feature=share
    टार्की र धन्यवाद दिन :
    https://www.facebook.com/video.php?v=१०१५२८७२९४३०८९५८६
    स्वामी अग्निबेश:
    https://www.youtube.com/watch?v=e_M4Ih6OAds
    https://www.youtube.com/watch?v=6LRkijwTCfQ
    कपिल सिब्बलको परिवार मासु ब्यापार :
    http://www.niticentral.com/2014/04/12/kapil-sibal-hides-wifes-meat-business-from-election-commission-210935.html

  • pramod

    ल देउताले बलि चाही मागेका छैनन् रे, तेसो भए कहिले कहाँ भेटेर के चाही मागेका छन् र. सबै हामी आफैले बनाएको होइन र. बलि त मासु खाने एउटा तरिका हो नि. प्रसाद भनेर खानको मज नै अर्को हुन्छ नि

  • saroj

    कुन चाहिँ देउताले कसैलाइ आयेर अए मलाइ बलि नचधौ भनेको छ त । अर्थ आफै बुझनुहोस ।

  • Uma Dhakal

    तपाई को लेख राम्रै हो तर यो बलि पर्था हिन्दु मा मात्र होइन सबै धर्ममा छ ….नेपाल मा बलि वनेजस्तई मुस्लिम मा कुर्बानी Yestai च्रिस्तियन मा नि छ …..नेपाल को नाम र हिन्दु को बाद्नाम गर्ने मात्र काम नगरौ ….

  • saabin

    क्रीस्चियन ले ढुङ्गा लाई पूजा नगर भन्छन
    ईशाइ हरु ढुङ्गा मुर्ती मान्छे कशै लाई पनि पूजा न गर्नु भन्छन
    क्रीस्चियन हरु सबै पशु पँछी को मासु खान्छ
    ईशाइ हरु सुगुर बङुर खाँदैनन
    हिन्दू हरु गाई खाँदैनन ,
    देउता ले कहिले मलाई पूजा गर भनेका छन त?
    देउता ले कहिले मन्दिर मा जाउ भनेका छन त?
    देउता ले कहिले मठ मन्दिर बनाउ भनेका छन त ?
    देउताले कहाँ कहिले बलि नचडौ भनेका छन् त?
    किन?
    किन की यो भने को परम्परा हो , चये रुदी बढी होश या जे होश
    यो विश्वाश हो , यो आस्था हो

    अब तपाईं भन्नु होल एस्तो अन्दबिश्वास को अन्त गर्नु पर्छ तेशो हो भनी तपाईं भोली देखी मासु खान बन्द गर्नुहोश, कशै लाई मासु बेच्न बन्द गराउनु होश , पशु पाँचको बध् लाई गैर कनुनी घोषणा गर्नुहोश,
    हो म मान्छु , जशरी यी राङा हरु मारीय त्यो तरिक गलत छ, systametic तरिक आप्नौनु पर्छ ,
    पशु पन्छी कहाँ कुन देश मा मारीदैन र?
    Statistic ले के देखौछ भनी
    46 million turkeys are eaten each Thanksgiving, 22 million on Christmas and 19 million turkeys on Easter in US alone
    More than 3 billion goats and cow consume in the Muslim world in Bakra Eid
    Worldwide, some 56 billion animals are slaughtered for food each year.
    do you think we can stop that? or you can stop that?
    do you know what will happen if we stop this?
    before trying to collect sympathy vote please look at the bigger picture
    I hope you know about the Ecological Balance, and what will happen if we try to break that balance.
    अब भनुहोश , एदी यी पशु पन्छी को बध भएन भनी , यीनिहरुको संख्य! ब्रिधी कस्तो र कती होला ? हामी ले मारेनौ , खाएनौ भनी कुनै रोग , महमरी या आन्य करण बाट पनि मर्छन तर महमरी बाट मरे भनी तेश्को एफ्फेक्त मनब जती मा कसरी पर्ला , अनी तेश्को नीयन्त्रन् सम्भब होल? संसार Ecological बलन्के को सिधन्त मा चलेको छ ,
    कुनै पनि प्रथा लाई हतौनु बन्द पनि तेश्लाई बैगनिक करण गर्
    यो पदे पछी मेरो बारेमा तपाईं हरु ले के सोच्नु हुन्छ त्यो त मलाई थ छैन , तर म प्नी एउटा vegetarian हु

    • Deep Sharma

      सबिन जी को कुरा ठीकै हो तर पहिला आफु स्पष्ट भएर मात्र कुरा राखौं तपाई ले क्रिश्चियन र ईसाईको कुरा गर्नु भएको छ । क्रिश्चियन र ईसाई एकै हो । क्रिस्तियनले नखाने केही छैन । यी सर्वभोगी हुन । इस्लाम (मुस्लिम) ले हो सँगुर बंगुर नखाने चै । तपाई ले यहा इसाई भनेर इस्लाम लाई भन्न खोज्नु भएको जस्तो हो ?

    • सिर्जने

      सबिन जी,
      इसाई र क्रिस्टियन भनेको एउतै हो, तपाइले मुस्लिम भन्न खोजेको भन्ने चाइ बुझियो /
      तपाइले पर्यावरणीय सन्तुलन (Ecological Balance) को कुरा गर्नु’भो: अलिकति अध्ययन गर्नुस, गाइको मासु खानाले गर्दा संसारमा तापमान बढ्ने (global warming) क्रममा कति योगदान पुगेको छ? मान्छेले पालेर मात्रै पशुको जनसंख्या येति भएको हो, नत्र नेपालको जंगलमा लाखौ खसीबोका राँगा, कुखुरा देख्नुभा’को छ त? नजिकै कतै मान्छेको बस्ति हुदै नभा’को अलास्काका दुर्गम जंगलहरुमा जनावरहरुको संख्या बढेर पर्यावरणीय सन्तुलन बिग्रेको कहिल्यै सुन्नुभा’को छ? बर्डफ्लु, बहुला गाइ (mad cow disease) जस्ता रोगहरु कहाबाट आउछन? अलि अध्ययन गर्नुस भाइ!