प्रहरीको टाउको दुखाइको विषय बनेको काठमाडौँको एउटा चर्चित हत्याकान्डको रहस्य ढिलै भए पनि खोतल्न सफल भएको छ। १२ वर्षअघि काठमाडौँलाई आतंकित पार्ने यो घटनामा हत्या गर्न गएका दुई जनालाई प्रहरीले पक्रेको छ। तर उनीहरुलाई दुई लाख रुपैयाँको सुपारी दिएर पठाउने अर्थात् मुख्य योजनाकार को हो भन्ने बारे चाहिँ अहिलेसम्म प्रहरीले केही बताएको छैन। विदेशमै भएको अनुमान गरिएकोले उनी फन्दामा पर्ने हुन् कि हैनन् हेर्न बाँकी छ।
खासमा यो घटना के हो त ?
२०५९ साल असार ३१ गते काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने इञ्जिनियर हेमन्त र उनकी पत्नी अञ्जली श्रेष्ठको हत्या भएको थियो। घटनामा उनीहरुकी सात वर्षकी छोरीमाथि पनि खुकुरी प्रहार गरिएको थियो। तर उनी भाग्यले बचिन्। अनेकौँ छानबिन समितिहरु बने। तर अहँ कहिल्यै यो घटनाका दोषीहरु पक्राउ पर्न सकेनन्। नेपाल प्रहरीको अनुसन्धानमा टप रहेको संस्था सिआइबी अर्थात् केन्द्रीय अनुसन्धान ब्युरोले अपरेसन साइलेन्ट सर्चका रुपमा यसमा हात हालेपछि हत्या गरेर काठमाडौँमै ढुक्कसँग व्यवसाय गरी बसेकाहरुको पाप धुरीबाट कराएको हो।
प्रहरीको अनुसन्धानबाट देखिए अनुसार मारिएका इन्जिनियर हेमन्त श्रेष्ठ (३७) र अञ्जली श्रेष्ठ (३९) को केही दोष थिएन। उनीहरुको गल्ती भनेको जसलाई हत्या गर्न आएका थिए, उसको घरमा डेरा गरी बस्नु मात्रै थियो। हेर्नुस् त नियति, घरधनी बचे, भाडावालाले भने ज्यान गुमाउनु पर्यो।
यसले हत्या भए लगत्तै भएका अनुमान घरधनीलाई हत्या गर्न आएकाले भाडावालाको हत्या गरेकोलाई नै पुष्टि गरेको छ। किन हत्या गराइयो भन्ने मूल विषयमा भने प्रहरीले विवरण सार्वजनिक गर्न बाँकी छ।
प्रहरीको अनुसन्धानको प्रारम्भिक विवरण यस्तो छ-
अप्रेशन साइलेन्ट सर्च
घटना मिति : २०५९।०३।३१ गते
घटनाको प्रकार : खुकरी प्रहार गरी २ जनाको हत्या
घटना स्थल : का.जि. का.म.न.पा वडा नं. ३ रानीबारी
घटना समय : बिहान अं. ६:०० बजे
घटनामा संलग्न ब्यक्तिहरु : खुकुरी बोकेर आएका २ जना व्यक्तिहरू
नाम : मनराज गुरुङ
उमेर : ३० वर्ष
ठेगाना :दोलखा जिल्ला, खारे गा.वि.स. ६ हाल सामाखुसी टाउन प्लानिङ
पेशा : सालसा डान्स बार संचालक
पक्राउ स्थान : सामाखुसी चोक
शैक्षिक योग्यता : सामान्य लेखपढ
नाम : प्रमेश चौहान
उमेर : अं. ३२ वर्ष
ठेगाना : रामेछाप जिल्ला फुलासी गाविस ३, हाल कामनपा जोरपाटी नयां वस्ती
पेशा : एम्पिज क्याफे रिसोर्टको संचालक
पक्राउ स्थान : जोरपाटी चोक
शैक्षिक योग्यता : सामान्य लेखपढ
अपराधिक पृष्ठभूमि
मिति २०६०।२।१७ गते गोलढुंगामा म्यानपावर संचालिका लिलामाया गिरीलाई निजकै श्रीमान् ले रू ६ लाख सुपारी रकम दिई हत्या गरेको घटनाको प्रमुख अपराधी भई सर्वस्वसहित जन्म कैदको सजाय पाएकोमा २०६९ सालमा सुविधामा छुटेको।
(भनेपछि यिनीहरु पैसा लिई हत्या गर्ने पेशाका रहेछन्। यस्ता हत्याराले जन्मकैद पाए पनि ९ वर्षमै छुट्दा रहेछन् नेपालको कानुनी व्यवस्थामा)
घटनाको श्रृङ्खला
• घटना घट्नु ६/७ दिन अघि हत्याराहरू रानीबारीस्थित गीता खड्काको घरमा भाडामा कोठा चाहियो भनी गएको र उक्त घरको भुईँतलामा बस्ने अन्जली श्रेष्ठसँग कुरा गरेको।
• सो समय गीता खडका बाहिर रहेको र जति पनि भाडा तिर्छौ, हामी विद्यार्थी हौँ, बुबा स्वीजरल्याण्डमा र आमा दार्जिलिङमा छ भनेको।
• दोस्रो पटक घटनाको अघिल्लो दिन समेत साँझमा उक्त घर एरियामा गई अवलोकन गरी फर्केको।
• घटनाको दिन मिति २०५९।३।३१ गते बिहान घटनास्थल नजिकैको चिया पसलमा चिया समेत खाई उक्त घरमा गएको र पुन: भाडाको सिलसिलामा आएको भनी मृतक अन्जलीसँग निजको भुईतलाको सिटिंङ रूममा बसी घरधनीको बारेमा सोधपुछ गरेको।
• घरधनी माथिल्लो तलामा छ भन्ने यकिन भएपछि ओछ्यानमा रहेका हेमन्तलाई १ जनाले अन्धाधुन्ध खकुरी प्रहार गरेको र अर्कोले अन्जलीको कपाल समातेको पुन: पहिलो व्यक्तिले अन्जलीलाई पेटमा खुकुरी प्रहार गरी हत्या गरेको।
• सोही बेला मृतकका ७ वर्षीया छोरीलाई पनि घाँटीमा खुकुरी प्रहार गरेको र उनी भागी ट्वाइलेट भित्र लुकेको कारण बाँच्न सफल भएको।
• दुई जनाको हत्या पश्चात मुख्य टार्गेट गीता खड्काको हत्या गर्न माथिल्लो तलामा गएकोमा उनी बाथरूमभित्र लुकेर बसेको कारण मार्न असफल भएको।
• हत्या असफल भएपछि १०० मिटर पर खुकुरी फालेको र सामाखुसी चोकको धारामा हात धोएर कपडा चेन्ज गरी ट्याक्सी चढी फरार भएको।
अनुसन्धानका आधारहरु
मानवीय सूचना
प्राविधिक सूचना
घट्नास्थल विश्लेषण
सबुद प्रमाण
घटना तथा व्यक्तिको बारेमा जानकारहरू संगका बयान, हुलिया तथा पहिचान
पोलिग्राफी टेष्ट (Psychophysiology Deception Interview)
अपराधीहरूको दोस्रो पटक समेत स्केचिंङ
सामाजिक सन्जालका सूचनाहरुको विश्लेषण
पुराना रेकर्ड तथा Modus Operandi विश्लेषण
1) Contract Killer तथा संलग्न व्यक्ति
2) कभर, बहाना, हतियार, प्रहार गर्ने तरिका, उमेर समुह
यो खातेहरु आज भन्दा १० ११ वर्ष पहिले सुन्धारा क्षेत्रलाइ आफ्नो स्थान बनाई हफ्ता वसुलि गर्दै हिड्थ्यो. अनि वरी परिको ब्यबसायिलाई धम्काएर हिड्थ्यो. ठिक्क पर्यो साले खाते चोरहरु !
यिनीहरुको हात खुट्टा काटेर जिउदै गिध्धलाई खान दिनु पर्छ/आफ्नै आन्द्रा गिध्धाले झिकेर खादै गरेको हेरेर मोरोस/
त्यस बेला म श्रीमती र ६ वर्ष कि छोरी लाइ लिएर Ohio बाट वेस्ट भर्जिनिया सरेको थिएं र WVU मा MSEE पढ्न सुरु गरेको थिएँ | मैले त्यो खुकुरी म र मेरो परीवार माथि प्रहर भएको अनुभूति गरें | छोरीको असाध्य मायाँ लग्यो | दिमागमा त्यहि समाचार नाची राख्यो. दिन भरि पढाएको कुरामा ध्यान गएन | साँझ घर पुगे पछि छोरीलाई च्यापेर रोएँ | श्रीमतीलाई त्यो समाचार सुनाउदा उनि पनि दुखि भईन | हेर दैव, “भर्खरका रैछन | कस्ता-कस्ता सपना थियो होला” भनिन | उनलाई पनि त्यो परिवार आफ्नै जस्तै लग्यो | मलाई यी अपराधिहरु पक्राउ परेको हेर्न प्रबल इच्छा थियो | यस्तो अपराध गर्न सक्ने पिचासको अनुहार कस्तो हुन्छ ? मान्छे जस्तो अनुहार भएका दानवहरु कस्ता हुन्छन भनेर हेर्न मन थियो | हाम्रो कानुनले दिने सजाय असाध्य कम हुन्छ | यिनीहरुलाई अपहरण गरेर लगेर छाला काडेर मार्नु पर्यो, नत्र यिनीहरु जेलबाट भागेर अरु अपराध गर्नेछन |
सडियल हरु,
मान्छे मारेर चुप चाप बसेका | ल तु फासिको कानुन बनाएर यिनीहरु लाइ नै पहिला झुन्द्याउ |
नेपाल प्रहरीलाई स्वतन्त्र पूर्वक काम गर्न दिने हो भने अपराधी सहजै पत्ता लगाउन सक्छ । तर राजनीतिको खोल ओढेर कथित उपल्ला स्तरका नेता बनेकाहरूले नै प्रहरी सङ्गठनलाई निकम्मा बनाएर राखेकोले मात्र प्रहरीलाई असक्षमताको विल्ला हात परेको हो । ठूला अपहरण, हत्या, लुटपाट, डकैति र भ्रस्टाचारमा पूर्ण वा आंसिकरुपमा कतै न कतै दलका नेताहरू कै हात भएको प्रहरी अनुसन्धानले धेरै अघिदेखि नै पुष्टी गरिसकेको छ । यसो भन्दैमा प्रहरी प्रशासन भ्रष्टाचारमुक्त छ भन्ने हैन । लिलामायाँ गिरीको हत्याकाण्को खोजी गर्ने हो भने अपराधको लहरो र जरो भेट्न झन सजिलो हुन्छ कि ! नत्र ९ वर्षमै सुपारी लिएर हत्या गर्ने छुट्ने अवस्था कसरी आउँछ ? लिलामायाँका हत्या गराउने पति चाहीँ कता छन् ?
अचम्म को छ हाम्रो नेपाल को कानुनि व्यवस्था !!! येस्तालाई त सिधै झुण्ड्ययेर मार्नु पर्ने अर्थात दोहोरो भिडन्त को बहाना मा गोलि हान्नु पर्ने. अपराध पुस्टि पछि को कुरा गर्दै छु है म .
नेपाल मात्र एउटा त्यस्तो देश हो जहाँ हत्यारा हरुले उन्मुक्ति पाउछन र निर्दोषहरु खोरमा थुनिन्छन् ! इतिहाँस साक्षी छ, आज सम्म कुन चाही ठुला हत्यारा कारवाहीमा परेका छन् र ? दिपक मनांगी, चक्रे मिलन, घैंटे लगाएत का ठुला अपराधिक गिरोह नाइके लाइ न त् पुलिस ले कारवाही गर्छ न सरकार ले ! अझ सरकार पनि यिनीहरुले नै चलाउछन !यिनीहरुका गडफादर केपी ओली जो सरकारी हर्ताकर्ता छन् अनि अपराधी लाइ कसले कारवाही गर्ने ? जे होस् नेपाल बिस्तारै हाइटी को अवस्थामा पुग्दै छ ! रानीबारी हत्याकाण्ड का प्रमुख योजनाकार बिदेशमा बस्छ, धन्न! रानी/राजा हत्याकाण्ड का योजनाकार त् अझै रानीबनमै बस्छ ! कसले कारवाही गर्ने……. चक्रे छुट्ने बेलामा काठमाण्डौ मा १ घण्टा लामो चक्काजाम भयो, ६३/ ६४ को जनान्दोलन मा जति मान्छे थियरे चक्रेलाई स्वागत गर्न जाने ! दण्डहीनताको कुरा नगरौ हजुर, न्याय कुन चरीको नाम हो, कुनै साधारण नेपाली लाइ थाहा छैन ! यो त जमाना मै नेपाल बाट भागिसक्यो ! त्यसैले त कुनै एउटा नेता मरेको दिन हरेक नेपाली ले ऋण खोजेरै भनेपनि पार्टी गर्नु पर्छ !
दोषी हरु समातेकोमा प्रहरीलाइ बधाई | चांडै भन्दा चांडै हत्यारा हरु लाइ सजायँ होस् |
तर यी अपराधी हरु त पहिला नि ज्यान मेरको अभियोग मा आजीवन थुना परि सकेका रहेछन त ! कसरि छुटे छन् त ? येदि ४-५ वर्षा मा तेसरी छोड्ने नै हो भने यो समातेको जस्तो नाटक गर्नु पनि बेकार हो | किन छोडेको हो त पहिला तेस्को पनि खुलाशा हुनु पर्छ | ज्यानमारा हरु येसरी खुलेआम घुम्दा रहेछन हो हाम्रो देश मा | हुन त यिनी हरुलै मात्र के भन्नु खै, १५,००० – १६००० मान्छे मार्नेहरु त नेता भै टोपल्ने हाम्रो देश मा !!
वाह! नेपाल प्रहरी, मोसाद को झल्को दियो. पार्टी को झोले नेता ले दबाब नदिए त उच्च स्तर को कार्यक्षमता देखाउदो रहेछ. एक पल्ट पुन बधाई अनि धन्यबाद नेपाल प्रहरी लाइ.