पत्रकारहरुले पनि फर्जी कागजातका आधारमा शिक्षा मन्त्रालय, विभाग र उच्च माध्यमिक शिक्षा परिषदबाट रकम भुक्तानी लिने गरेको भेटिएको छ। शिक्षा मन्त्रालय तथा परिषद स्रोतबाट प्राप्त विवरणअनुसार मूलधारका र ठूला सञ्चार माध्यमका पत्रकारहरु पनि यसमा मुछिएका छन्।
उच्च माध्यमिक शिक्षा परिषद स्रोतका अनुसार विभिन्न जिल्ला भ्रमणका नाममा पत्रकारहरुको पेश गरेको हवाई टिकटको भाडा कि नक्कली छ, नभए यथार्थभन्दा बढी रकम दावी भएको छ। अख्तियारको छानबिन पछि ‘असुलउपरको निर्णय’ अनुसार उनीहरुले रकम बुझाएका हुन्।
कान्तिपुर टेलिभिजनका केदारनाथ कोइरालाले फर्जी बिलबापतको २२ हजार ५ सय १० रुपैंया सरकारी कोषमा जम्मा गरेपछि आरोपबाट सफाइ पाएका छन्। उनले दुई पटक फर्जी कागजात पेश गरेको परिषद् सम्बद्ध स्रोतले बतायो। सन २०१३ को १० मेमा काठमाडौं–धनगढीको दोहोरो उडानका क्रममा उनले पेश गरेको टिकट अनुसार यात्रुको नाम रुजु गर्दा फर्जी देखिएको हो। ‘उहाँले आफ्नै नाम पेश गरेर भुक्तानी दावी लिनुभयो,’ स्रोतले भन्यो, ‘पछि विमान कम्पनी र अन्य सम्बन्धित निकायमा पत्राचार गर्दा सोही फ्लाइट र सिटमा ‘नारायण’भन्ने व्यक्तिले यात्रा गरेको फेला पर्यो।’ उनले पेश गरेको अर्को टिकटमा ‘वीरेन्द्र ओली’भन्ने व्यक्तिले यात्रा गरेको भेटिएको छ।
कान्तिपुर टेलिभिजनका अर्का पत्रकार नारायण किलम्बुले भुक्तानी बापत लिएको ९ हजार ८०५ रुपैंया फिर्ता गरेका छन्। ‘DHI-KTM’ भनी उल्लिखित धनगढी-काठमाडौं रुटको यात्रामा उनले पेश गरेको टिकट भिडाएर हेर्दा सोही मितिमा ‘रेनु कुँवर’ भन्ने व्यक्ति यात्रा गरेको पुष्टि भयो। ‘उनले पेश गरेको बिल पनि नक्कली रहेछ,’ विभाग स्रोतले भन्यो।
कान्तिपुर प्रकाशन गृहकै दि काठमाडौं पोष्टका शिक्षा पत्रकार विनोद घिमिरेले १३ हजार ८५ रुपैंया फिर्ता गरेका छन्। १० मे २०१३ मा धनगढी-काठमाडौं रुटमा उनले पेश गरेको टिकट भिडाउँदा विमान कम्पनीले उक्त नाम ‘नटफाउण्ड’ भनी प्रतिउत्तर दिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। त्यो बापत उनले ९ हजार ८०५ रुपैंया फिर्ता गरेका छन्। त्यसैगरी ४ हजार ४० रुपैंयाको अर्को भाडादर रहेको टिकट पेश गर्दा उनले ७ हजार १ सय ७० रुपैंयाको टिकट पेश गरेको विभाग स्रोतले बतायो।
नयाँ पत्रिकासम्वद्ध पत्रकार भवानीश्वर गौतमले ६ हजार ७ सय ७० रुपैंया फिर्ता गरेका छन्। काठमाडौं–पोखरा रुटको २ हजार ५९५ दरको टिकटमा यात्रा गरेका उनले बिल मिलाएर ४ हजार ३५ रुपैंया भुक्तानी लिएको खुलेको छ। ‘भैरहवा रुटमा यात्रा गर्दा पनि उहाँको उही बानी दोहोरियो,’ स्रोतले भन्यो। त्यस्तै गोरखापत्र दैनिकका प्रकृति अधिकारीले नेपालगञ्ज–काठमाडौं रुटको टिकटमा वास्तविक भन्दा बढी भाडा लिएको भेटिएपछि ४ हजार ७ सय ४० रुपैंया फिर्ता गरेका छन्।
अन्नपूर्ण पोष्ट दैनिकसँग आवद्ध पत्रकार सूर्यप्रसाद पाण्डेले एउटा फर्जी र दुईवटा बढाइचढाई गरेको टिकट पेश गरेर भुक्तानी लिएको १३ हजार ७५ रुपैंया असुलउपर भएको छ। उनले पनि १० मे २०१३ मा आफू धनगढी काठमाडौं रुटमै हवाइयात्रा गरेको टिकट पेश गरेका थिए। सोही मितिमा विमान कम्पनीले उनको नाम ‘नटफाउण्ड’ भनी प्रतिउत्तर दिएपछि उनले ९ हजार ८ सय ५ रुपैंया फिर्ता गरे। त्यसैगरी १ मे र ४ मेमा पनि धनगढी काठमाडौं रुटकै टिकटमा उनले ४ हजार ४० रुपैंयामा यात्रा गरेर ७ हजार १६० को टिकट बनाए।
‘फर्जी भए/नभएको पुष्टयाई, वास्तविक र पेश भएको टिकट दर र अन्य दैनिक भत्तासमेत जोडेर असुलउपरको निर्देशन भएको देखिन्छ,’ अख्तियारको पत्र उद्ददृत गर्दै परिषद् स्रोतले भन्यो ।
अर्का पत्रकार सुमनकुमार लुइँटेलले २ हजार ५९८ भाडादर भएको टिकटबाट यात्रा गरेर ४ हजार ३५ रुपैंया भुक्तानी लिएको भेटिएको छ। पोखरा–काठमाडौं रुटको दोहोरो यात्राका क्रममा फर्जी काम गरेको भेटिएपछि उनीबाट २ हजार ८८० रुपैंया असुलउपर भएको छ।
पैसा फिर्ता गरेपछि पत्रकारहरु थप कारबाहीबाट त बचेका छन् तर यसले पत्रकारहरुले पालना गर्नुपर्न आचार संहितामा भने गम्भीर प्रश्न उठाएको छ।
त्यसो त शिक्षा पत्रकार समूहका तत्कालीन अध्यक्ष प्रकाश सिलवालले गत फेब्रुअरीमा नै रकम फिर्ता गर्न लागेको भन्ने जानकारी दिँदै सार्वजनिक रुपमा स्टायटस नै लेखेका थिए
शिक्षा पत्रकार समूहको तत्कालीन अध्यक्षका हैसियतले स्वयंसेवी वा भत्ता पाउने धेरै बैठक र भ्रमणमा गइयो, साथीहरुलाई पठाइयो ।…
Posted by Prakash Silwal on Thursday, 12 February 2015
कसरी भेटियो ?
परिषद्का पूर्व उपाध्यक्ष हेमकुमार मिश्रदेखि खरिदारसम्मका कर्मचारीहरु बिल भरपाईको गडबडीका कारण असुलउपरको कारवाहीमा परेका रहेछन्। सबै व्यक्ति मुछिएका कारण असुल उपरको फाइल अत्यन्त गोप्य राखिएको छ। परिषदबाट बोधार्थको रुपमा शिक्षा मन्त्रालयमा पठाइएको डिजिटल फाइल मन्त्रालय सम्बद्ध स्रोतले देखाएको हो। सबै असुलउपरको विवरण ‘एक्सेल’ फाइलमा राखिएको छ भने कर्मचारी बाहेकको पेशागत विवरण खुलाइएको छ।
पत्रकारहरुको हकमा ‘पत्रकार वा सञ्चारकर्मी’ लेखिए पनि सम्बन्धित सञ्चारगृहको नाम छैन। विवरण प्रिन्ट गरेर दिँदा पहिचान खुल्नसक्ने डरले सूचनादाताले विवरण हेरेर कापीमा सार्ने छुट दिएको मौकामा विवरण टिपिएको हो ।
माथि उल्लेखित विवरण एउटा निश्चित समयावधिलाई आधार मानेर छानबिनका क्रममा भेटिएका अनियमितता विरुद्ध कारवाहीका क्रममा तयार भएको हो। विभागबाट असुल उपरको निर्णयमा परेका पत्रकारहरुको सूची यसमा छैन भने अन्य बिल भरपाई पनि छानबिनका क्रममा छ।
नेपाल बाउ सेवा निगमले अनुप राना जियम बन्नु अघि सम्म क्यान्सर भयको पत्रकारहरुलाई विदेश जाने निशुल्क टिकट दिन्थे/ त्यो बेला कुन कुन पत्रकारले आफुलाई क्यान्सर भयको भनेर हंगकंग जाने निशुल्क टिकट लियको थियो भनेर खोजि गरे अहिले फर्जी बिल पेस गर्ने पत्रकारले भन्दा बढी चकित पार्छ/
राज्यकोष बाट यसरी लुटने सुनौलो अवसर मोफसललाई छैन त्यसैले ढुक्क हुनुहोस बिगहाउसका ठुला पत्रकार भन्नेहरुको लुटवाट मोफसल अप्ठेरोमा पर्दैन
सारै राम्रो काम गरेछ अबचाही मलाई अख्तियार ठिक लाग्न थालो … कति वर्ष अगाडी सम्म को बिल हेर्न मिल्छ सर सबै तानेर हेरुम त सर .. कर्मचारी त कति हो कति पर्छ फर्जी बिल मा सायद मन्त्रि हरु पनि तान्ने पर्छ.. लौन जति सक्दो चाडो गरम यो काम चाही , भयेन भन हामी फ्री छौं हामी पनि हेल्प गर्चुम सेअर्च गर्नुलाई…
In fact there is a saying, this is my feeling and experience too:
So; Please avoid these five corrupt and sucking Personalities and related institutions:So Never come in contact with them!!!!
you will be blessed, honored and you can keep your self respect!!!
1.Doctor, hospital(clinic)
2.Lawyer, Court…
3.Police, (jail)
4.Politician (Politics)
5.Journalist
Chetana Bhaya,
Sushil
अब केहि लेखौ भने राज्यको चौथौ अंङग र स्वतन्त्र पत्रकारिता माथि हमला हुन्छ होस नलेखौ।
सुरज जि तपाईंको भनाइ अनुसार त चोरले पनि कमाइ छैन त्यही भएर चोरेको भन्न मिल्ने रहेछ जस्तो लाग्यो नि । कमाइ हुन्न भने अरु काम गर्ने नि, ठगी खाने भाडो त बनाउनु भएन नि पत्रकारितालाई ।
श्री लोक ज्यु,
धन्यवाद
नयॉ बर्ष २०७२ को शुभकामना !
ठगी गर्नु अपराध हो भन्नै मा म १००% सहमत छु । यहाँ के छ भने अख़्तियारले ठुलो माछोहरुलाई समात्दै न समात्ने । बल्ल बल्ल सम्पुर्ण बजेटलाई दसी-प्रमाण गरी बिधुत र पर्यटनमा करौडोको कारवही गरेको हेर्दा राम्रो सुरुवात देखिएको छ । सबै जसो कर्मचारीहरु छन् । राजनैतिक नेताहरु फेला पारी कारवही गर्न अख़्तियार असफल नै छ ।
लाखौ, करोडौ र अरबौको अनियमितता तिर बिशेष ध्यान दिनु पर्ने मैले देखेकोले छु । भर्खरै दुई दिन अघि महालेखा परीक्षक भानु आचार्यले राष्ट्रपतिज्युलाई बुझाएको प्रतिवदेनमा करोड़ों हैन, अररबौको हैन खरौबोको रुपैयाको बेरुजु थाती भएको देखाएको छ । त्यस बेरुजुको एक प्रतिशत ठगी भएकोमा अरबों रुपैयाको भ्रस्टाचार हुन्छ ।पत्रकारहरुको जम्मा दसी-प्रमाण सबै अनियमित वा ठगेको रक़म १५००००/- एक लाख पचास हज़ार भन्दा कम देखिन्छ ।
तसर्थ यसलाई उपहास स्वरुप मैले अघि लेखेको हू ।
पुनः धन्यवाद
सुरज मास्के
नेपालगंज
सबैलाई नैतिकताको पाठ सिकाएर; अव्यवस्था, कुरीति, कुसंस्कृति, भ्रष्टाचारको विरोधमा लेख्ने बोल्ने यस्ता पत्रकारहरुको कुरा अब कसरी पत्याउनु?
नेतहरुले त एउटा बोल्यो, अर्को गर्यो भनौं, तर पत्याइएका पत्रकारहरु नै यसरी नैतिकताको भर्यांगबाट झरेपछि के नै बाँकि रह्यो र?
फिर्ता गरेपछि सजाय नहुने हो भने ‘परे बेहोरुंला’ भन्ने मनस्थीतिले फेरी यस्ता घटना दोहोरिने सम्भावना बलियो छ |
अमेरिका को fox news बाचक विल्लियम दोग्लोस ले इराक मा भएको घटनालाई बढाई चढाई गरि बोलेको मा दस महिनाको लागि निलम्बन मा परे बर्सिक दस मिल्लियन तलब पाउने गर्थे नेपालमा जे गरेनी भाको छ मानव आफै दानव आफै नेपालमा १ number मा पर्ने भ्रस्टचारी पत्रकार नै हुन्
सुरज ज्यू ठगेर खान खोज्नेलाइ प्रोत्सहन गर्नु त भएन नि .
फँसेका होइनन, गरेका हुन् | यस्ता क्रियाकलाप गर्नेहरुको अत्यधिक बाहुल्यता भयको देश हो नेपाल | धन्यवाद सलोक्याजी यो कुरा ब्लग मा राख्नुभयकोमा | अरुलाई सुद्ध हुनुपर्छ भन्ने आफु पायसम्म नाजायज एक सय रुपैया पनि लिन पछि नहट्ने हरु धेरै छन् | सरकारी अफिस मा बुझायको रकम पनि वास्तवमै पुरै खातामा पुग्यो को पुगेन भन्ने कुरा जनता लाइ थाहा छ ? रसिद देख्दै नक्कली लाग्छन | बिदेशी दुताबाशमा समेत पस्स्पोर्ट को रकम बुझायको रसिद को रुप देख्दा दिक्दार लग्छ | कति पैसा सरकारी खातामा गयो कति झ्याम परे कसलाई के था ?
यो नया कानुन नेपालमा कहिले देखि लागु भयो? भन्नाको मतलब पत्रकारले ठगी गरे, ठगेको फेला परेपछि ठगेको रकम फिर्ता गरे अनि चोखिए? ठगी गरेबापत सजाय खोइ? फेला नपरेको बेला त इनले गर्नु ररिरख्या होलान / भ्रस्टचारीलाइ जेल हाल्न मिल्छ भने इनलाई पनि जेल हाल्नुपर्यो नि / कि पत्रकारलाइ अर्कै कानुन छ? सरकारको पैसो हिनामिना गरेका रहेछन त / भविष्यमा इनले अझ धेरै बदमाशी नगर्लान भन्ने ग्यारेन्टी के छ?
यति धेरै पत्रकारहरु छन्, ख़र्चको ब्यवस्था त कुनै प्रकारले गर्नुनै पर्यो । जागीर हुनेको त तलब छ, फिरन्ते पत्रकारहरुको त छैन नि !
कुनै कार्यक्रममा जानुस्, युवा पत्रकारहरु छ्याप छ्याप्ती हुन्छन् । संचार क्षेत्रको रोजगारी सीमित नै छ भन्ने धेरै कमलाई जानकारी छ ।
सुरज मास्के
नेपालगंज
चोरेको होइन। समाचार श्रोत रासस हो। दुवैले रासस बाट समाचार लिएका हुन् । यस्तो कार्य पत्रकारितामा स्वभाविक हो।