यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

यसरी भत्काइँदैछ भूकम्पपछि धराप भएका घरहरु

demolition वैशाख १२ को गोरखा भूकम्प र त्यसपछि वैशाख २९ को परकम्पले धराप भएका घरहरुलाई सेना र प्रहरीले भत्काउँदैछ। कतिपय घरहरुलाई घरधनी आफैले पनि भत्काउँदैछन्। घर भत्किएकाको त भत्किगयो तर आफैले भत्काउनु पनि पर्नेहरुलाई त दोहोरो खर्च हुने भयो। घर भत्काउन पनि खर्च, भत्किसकेपछि बनाउन पनि फेरि खर्च।

साना घरहरुलाई त यसरी भत्काइँदैछ तर ठूला घर भत्काउन नेपालसँग उपकरणै छैन। भर्खर उपकरण किन्ने कुरा भइरहेको छ। विदेशी सहयोगमा ठूला घरहरु भत्काउने कुरा पनि भइरहेको छ। हेर्नुस् भूकम्पपछि धराप घरहरु भत्काइएका केही दृश्य भिडियोमा।

स्वयम्भूको घर भत्काइएको अर्को भिडियो हेर्नुस्-

यो चाहिँ हरिसिद्धिमा हातैले तानेर घर भत्काउन खोज्दै

सेनाले भत्काएको अर्को घरको भिडियो

घर भत्काउँदै गरेको अर्को भिडियो

घर कसरी भत्काउने त ?

5 comments to यसरी भत्काइँदैछ भूकम्पपछि धराप भएका घरहरु

  • Prakash PM

    सबै भन्दा पहिले त उपत्यकाका गल्लि गल्लि का भत्किन लागेको घर हरु सुरक्षित तरिकाले भत्काउनु पर्यो l किन कि तेस्तो ठाउबाट धेरै मानिसहरु आवतजावत गर्ने गर्छन र कुनै पनि बेला घरहरुमा लगाई राखेको टेको फुत्किन सकिन्छ l र यस्ता गल्लीहरुमा भाग्न र बच्न को लागि पर्याप्त ठाउको अभाव पनि हुन्छ l

  • Shankar

    काठमान्डू मा मध्यम बर्ग समेत गाडी राख्ने भैसक्यो , खालि गरिब झन् गरिब भएको न हो |
    कतिलाई त् घर भत्केर झन् नया बनाउने बाहना सम्म भएको छ |
    तेसैले यिनको चिन्ता भन्दा सिन्धु , गोर्खा , काभ्रे , रसुवा को चिन्ता देश ले गर्न पर्छ तर दुख को कुरा त्यहा को भू पी को नाउमा आएको राहत खाएर धेरै मान्छे , नेता हरु मोटाएको र मोटाउने तयारीमा छ |

    • Lava Bhatta

      थुक्क पापी ! जतिसुकै धनी भए पनि मान्छेको घरसँग भावना जोडिएको हुन्छ । घर भत्केर राम्रो भयो नयाँ बनाउने बहाना भयो भन्ने कस्तो छुद्र सोच

      • Kushal thapa

        राम्रो कमेन्ट लब जी त्यो मान्छेले आमा बुबा बुढाबुढी भए मरे पनि हुन्थ्यो भन्ने चाहना नि राख्न सक्छ

      • Shankar

        कस्तो बेबकुफ मान्छे रहेछ !
        अर्थ को अनर्थ लगाएर अरुलाई थुक्न आउछ | एस्त लाइ पाखे न भने के भन्ने ?
        के काठमाण्डुमा मा घुश्याह बस्दैनन् ? के कम्मेन्ट मा तिनलाई भन्न खोजिएको प्रस्ट छैन ?
        अनि जानी जानी यी दुइ जन्तुहरुलाई जथाभाबी थुक्न दिने ?
        कि मैले राता रात देश लुटेर महल ठड्याउने राजधानीका मान्छेलाई संकेत गर्दा श्रीमान हरु पनि तेसैमा पर्नु भयो ?