यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

नेपालमा पनि विदेशी पढ्न र काम गर्न आउँछन्, पत्याउनु भएन? ल हेर्नुस् कुन वर्षमा कति आए?

rojgar
वर्षेनी हजारौँ विद्यार्थी पढ्नका लागि विदेश जाने तपाईँलाई थाहा छँदैछ। वर्षेनी लाखौँ कामका लागि विदेशिन्छन्। यो देख्दा तपाईँलाई नेपालमा चाहिँ कुन विदेशी पढ्न र काम गर्ने उद्देश्यले आउँछन् भन्ने लाग्ला। विदेशी पर्यटकहरु त खाली घुम्न मात्रै आउने हुन् जस्तो लाग्ला धेरैलाई। तर होइन, नेपालमा पनि रोजगार र अध्ययन उद्देश्य राखी आउने विदेशीहरु प्रशस्त छन्। माथिको तालिकामा तपाईँ कुन वर्षमा कति विदेशी पढ्न र काम गर्ने उद्देश्यले आए भन्ने हेर्न सक्नुहुन्छ। अर्थमन्त्री डा. रामशरण महतले आव २०७१।७२ को आर्थिक सर्वेक्षण आइतबार टेबल गरे। त्यसैमा यो विवरण उल्लेख छ।

विवरण अनुसार २०६९ सालमा सबैभन्दा बढी विदेशी अध्ययन/रोजगार उद्देश्यका साथ नेपाल भित्रिएका थिए। यो उद्देश्यको अभिलेख २०६७ सालदेखि मात्रै राख्न थालिएको हो। हरेक वर्षको पुस महिनासम्मको अभिलेख अनुसार २०७१ मा भने १० हजार २ सय ७२ जना आएको अनुमान छ जुन अघिल्लो वर्षको १० हजार ३ सय ६९ भन्दा कम हो।

२०६७ र २०६८ मा ५ हजारको हाराहारीमा यस्तो संख्या रहने गरेकोमा २०६९ मा एक्कासी बढ्नु र त्यसपछिका वर्षमा फेरि स्वात्तै घट्नुको कारण चाहिँ के होला? तपाईँले केही अनुमान लगाउनु भएको छ कि ? आफ्नो अनुमान तल कमेन्टमा लेख्नुस् है।

हेर्नुस् आर्थिक सर्वेक्षण अनुसार कुन उद्देश्यका लागि कति पर्यटक आए ?
talika

7 comments to नेपालमा पनि विदेशी पढ्न र काम गर्न आउँछन्, पत्याउनु भएन? ल हेर्नुस् कुन वर्षमा कति आए?

  • Santosh Khatri

    नेपालमा अध्ययन गर्न आउने भनेको धेरै जसो पोखराको मणिपाल कलेजमा हो. त्यहाँ बिदेशी हरु, जस्तै, South Africa, Canada (NRI), USA (NRI) अनि धेरै जसो Sri Lanka बाट आउछन. I know it because I used to work there.

  • Aashishjii

    त्यो रोजगारीमा आएका विदेशी त सबै भारतीय, बंगलादेशी त होलान् नि…अनि नेपालमा मेडिकल पढ्न भारतमा भन्दा सस्तो पर्ने हुनाले यहाँ पढ्न आउने पनि उल्लेख्य छन्…येस्म यति खुसी हुनु पर्ने केही कुरा देख्दिन म…

    • Rakesh

      हेर बुद्धि, यो visa लिने हरु को भ्रमण उद्देश्य हो, भारतीय लाई visa चाहिँदैन भन्ने पनि थाहा छैन?
      अनि खुसी हुनुपर्ने कारण देख्द्नँ रे, को खुसी भा छ त? लेखकले आउनुस खुसी मनाऔं भनेर लेख्या छ र? उनले त यस्तो छ भनेर देखाएको पो त।

      • binesh

        हेर बुद्धि, भारतीयलाइ भिसा चाहिदैन भन्दैमा उनीहरू चाही विदेशी हैनन् र ? नेपाल भ्रमणमा अाउने विदेशीमा सबैभन्दा बढी भारतीय नै हुने गर्थ्यो पहिले, अहिले थाहा भएन ।

        • Rakesh

          हेर कुबुद्धि, भारतीयलाइ विदेशी हैनन् कसले भन्या छ र ? उनीहरुको रेकर्ड नै हुन्न नि, पढ्न आए कि, खाली सिसी पुराना कागज भन्न आए कि घुम्न आए कि..
          यो तथ्याङ्क चाहिँ भिसा चाहिने विदेशीहरुको हो र भिसा लिने बेलामा उनीहरुले के उद्देश्य ले नेपाल भ्रमण गरे भन्ने हो के।
          कुरो बुझ्नुवर्नु छैन बढी जान्ने हुने क्या

  • Shankar

    मेरो बिचार मा बिदेसी नेपाल पढ्न आउनुमा
    १) त्रि बि बि को सस्तो पढाइ
    २) अब बिदेसी मा भारतीय लाइ गन्ने हो भने यहा पढ्न आउने , नागरिकता लिने , उच्ह ओहादा हुदै देश चलाउने तह सम्म पुग्ने | यसै पनि एताको नेता लाइ बिस्वास गर्नु भन्दा पछि नेपालि बनेका भारतीय लाइ इन्डिया ले प्राथमिकता दिएको देखिन्छ |
    राणा कालमा बिहार पलायन भएका कोइराला हरु , उता जन्मेका गिरिजा लाइ भारतले कुनैबेला बढी लिफ्ट दियो | आज त् अब कांग्रेस ,एमाले , माउबादी नेता भन्दा इन्डियाले तराइको नेतालाई बढी काखी च्यापेको स्थिति छ |
    ३) अब अमेरिकन , युरोपियन पढ्न आए उनीहरु चीन र ,भारत को बीच मा सामरिक रुप मा महत्त्वपूर्ण देश लाइ भोलि चीन र भारतकै बिरुद्द कसरि प्रयोग गर्न सकिन्छ
    राम्ररि अध्यान गर्न आएको पनि हुन् सक्छ |
    ४) तरल अबस्था मा यहि घुल मिल भएर लाभ लिने को कोइ को हेतु हुन् सक्छ

  • बल बहादुर

    विदेशीलाई जागिरको सम्बन्धबारे हाम्रो सरकारको र मेडियाको समेत प्रत्यक्ष दृष्टि नपुगेको एउटा ठाम कुन हो भने जँहा विदेशीले नियम बंगाएर खुलेआम जागिर खाइरहेका छन्| पैले पैले एकका दुक्का यस्ता घटना हुन्थे तर ऐले संख्यामा वृद्धि भएको र आर्थिक व्यवस्थामा पनि नकारात्मक प्रभाव पारेको छ| पति वा पत्नी वा छोराछोरी नेपालमा जायज कुटनैतिक मिसन, युएन, शिक्षण संस्था, पर्यटन संस्था, सरकारको सल्लाहकार कन्सलटन्ट वा आईएनजीओमा जागिर खाएको नाताले भिसा लिएको हुन्छ र परिवारमा स्पौज आदि चाहि डॆपेण्डेण्ट भिसामा हुन्छन तर मज्जाले जागिर खाईरहेका हुन्छ|
    यसरि एउटा नेपालीले पाउने रोजगारीको अवसर खोसिएको मात्र होइन, यसरि विदेशीले रोजगारी लिनु गैरकानुनी हो| आयमुलक रोजगारी लिने र दिने दुवैले आयकर बुझाउन पर्छ| भिसा नियमको सरासरी उल्लङ्घन हो यो| कतिले भलिण्टियर भन्दै गुपचुपमा दाता संस्था मार्फत वा परियोजनाबाट तलब र भत्ता लिईरहेका छन्|
    अझ मज्जाको कुरो के छ भने बिदेशी सल्लहकार वा जुन संस्थामा उनी जागिरे छन्, त्यही संस्थाले नियम कसरि पालना गर्ने भनेर नेपालीलाई शिक्षा दिंदै आएका छन्|

    कत्ति आलोचना मात्र गर्ने, यसको समाधान कसरि गर्ने बारे लागेका केहि सुझाव पनि प्रस्तुत गरेको छु-
    १. जसलाई टुरिस्ट वा डॆपेनडेण्ट भिसा दिईन्छ, रोजगारी गर्न नपाईने भनेर छाप लगाइन पर्छ| Employment is strictly prohibited n no way or form, volunteer or non volunteer.
    २. नेपालमा जागिर खाने वा आयमुलक काम गर्ने जो भिसामा छन् वा अनुमति पत्र लिएका छन्, उनीहरुले कुनै पनि समय देश छोडदा ट्याक्स क्लियरेन्स प्रमाण पत्र पेश गर्नु पर्नेछ| जायज रुपमा जागिर खाएर बसेका विदेशीलाई सहज रुपमा कुनै बिलम्ब र बाधा अड्चन नराखी ट्याक्स क्लियरेन्स उपलब्ध गराउने सरकारले पहल गराउनु पर्नेछ|
    ३. विदेशीलाई जागिर भिसा दिईदा नेपालीलाई तालिम गराउने वा सीप ट्रान्सफर खालका कामप्रति प्राथमिकता दिईनुपर्छ|
    ४. विद्यार्थी भए त्यसको पनि प्रमाणित गरिन पर्छ|
    ५. कुन कुन विदेशीलाई कुन कामको लागि भिसा दिईएको छ, त्यो वेबसाइटमा राखेर पारदर्शी बनाउन पर्यो| व्यक्तिगत गोप्यता राख्न नाउँ नदिएर भए पनि जनतालाई जानकारी गराउन पर्छ|
    ६. अध्यागमन वा सम्बन्धित मन्त्रालयमा भिसा दिईएको र रोजगारी गरेका व्यक्तिहरुको तथ्यांक राखिनपर्छ|
    कृषि, पर्यटन र स्वास्थ्य मन्त्रालय अन्तर्गत जागिर खान पाउने भिसा लिएकाहरुका संख्या गत बर्ष चार हजार बढी छन् भन्ने सुन्नमा आएको छ तर यसलाई तथ्यांकले बुझाउन्पर्छ|

    कति बिदेशी नेपालमै अवकाश लिएर बस्न रुचाउछन वा बसेका छन्, त्यो राम्रो हो र त्यसलाई उत्साहित गराउन्पर्छ| तर जागिर खाए सही अनुमति पत्र लिएर मात्र भिसा कारण परिवर्तन गर्नुपर्नेछ|

    जताततै घुसखोर र कामचोरले भरेको प्रशासन, पैतालादेखि टुप्पीसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेको राजनीति खेलाडीहरुले भरिभराव पोखरी र यो बिरामी निंजी क्षेत्रमा पनि ब्यापक बन्दै गएकोले जत्तिकै नियम बनाए पनि सद्दे रुपमा पालना गराउन कठिन हुन्छ तर सामयिक अनुगमन गरेर प्रयास जारी रहन पर्छ, मेडिया मार्फत जनतालाई सचेत गराउन पर्छ|