अक्सफोर्ड विश्वविद्यालयका रबिन्सन नाम गरेका प्राध्यापक सँधैझैं त्यो दिन पनि आफ्नो गाडीमा विश्वविद्यालय जाँदै थिए। बाटोमा उनले एकजना हिचहाइकरलाई देखे।
उक्त हिचहाइकर अक्सफोर्ड विश्वविद्यालय जाने बाटोमा उभिएको थियो, तर उसले लिफ्ट माग्न देखाइरहेको प्लेटमा “कृपया मलाई पनि क्याम्ब्रिज विश्वविद्यालयसम्म लिफ्ट दिनुहोस” भनेर लेखिएको थियो।
हिचहाइकरहरुले लिफ्ट दिनेहरुलाई नै नराम्रो गरेका थुप्रै कुराहरु रबिन्सनले पनि सुनेका थिए, तर उनी एक शिक्षित र समाजको जिम्मेवार व्यक्ति हुनुको नाताले बाटो बिराएको मान्छेलाई सही बाटो नदेखाई बेवास्ता गरेर हिँड्न उनको ब्रह्मले मानेन।
उनले गाडी रोके र उक्त हिचहाइकरलाई “यो त क्याम्ब्रिज जाने बाटो होइन, अक्सफोर्ड जाने बाटो हो” भने।
उक्त हिचहाइकर “धन्यबाद” भन्दै गाडीमा चड्यो र सिटमा थचक्क बस्यो।
“मैले त तपाईँले बाटो बिराउनु भयो भन्न मात्र रोकेको हुँ, म त अक्सफोर्ड जाँदैछु” रबिन्सनले भने।
“मलाई राम्रोसँग थाहा छ तपाईं अक्सफोर्ड जाँदै हुनुहुन्छ भन्ने। म अक्सफोर्ड नै जान हिडेको हुँ। हिजो एक घण्टा कुर्दा पनि कसैले लिफ्ट दिएन, आज त एक मिनेट भन्दा बढी कुर्ने परेन” हिचहाइकरले पनि गच्केर हाँस्दै भन्यो।
(प्रश्न- त्यो हिचहाइकरले किन क्याम्ब्रिज जाने लिफ्ट मागेको प्लेट देखाएको होला ? उत्तर दिनुहोला। उत्तर नमिलेमा अर्को शनिबार पाउनु हुनेछ। यो कथा मैले अन्य भाषाबाट साभार गरेको हुँ – गौतम “उदय”)
तपाईंहरुका ब्रिलीयन्ट आइडीयाहरु पढेर म निकै प्रभावित भएँ | उत्तरहरु कुनै न कुनै किसिमले मिलेकै छन् |
खास उत्तरचाहिं “समस्या निस्केपछि समाधानको लागी नयाँ-नयाँ जुक्ति लगाउनु पर्छ” भन्ने हो | यो रबिन्सनको जिम्मेवारी बहन भन्दा पनि हिचहाइकरको समस्या समाधानको नयाँ आइडिया हो |
लिफ्ट दिन लाई नभए पनि सल्लाह दिन लाइ पक्कै पनि रोक्छ ,म तेही बेलामा गाडीमा चद्छु,अनि सत्य कुरा बताउछु…….के गर्नु लिफ्ट लिन लाई उल्लु त बनाउनै पर्यो !
लिफ्ट माग्न को लागि त्यो बोअर्ड देखाएको हो
मानिसहरु अरुले कतिबेला गल्ति गर्ला अनि उपदेश दिन हतारी हाल्छन. सल्लाह माग्नुस सयौं बाट पाइञ्छ सहयोग माग्नुस कसैबाट पाइन्न.
Legitimate answer.
गल्ती सच्याउन रोकेको हो ।
एउटा विद्यालयकाे नाम लेखेकाे बोर्ड पुरानो भएर नामै नबुझ्ने भैसकेको थियो तर कसैका अाँखा त्यसमा पुगेन वा वास्ता गरेनन । ६, ७ वर्ष पछि एकजना गुरूले उक्त बोर्ड झिकेर गलत विद्यालयकाे नाम लेखेर राखिदिनु भएछ । भोलि पल्ट बाट सबैले कमेन्ट गर्न थालेछन । यस्तै यस्तै भएछकी क्या हाे कथाकारकाे कथा पनि ।
राम्रो विश्वविद्यालय पढ्ने चाहना.
मान्छेलाई व्दिविधामा पारेर लिफ्ट लिन सजिलो होस् भनेर हुन सक्छ ।
क्याम्ब्रिज जाने मान्छे ओकस्फोर्ड गए जस्तै तपाइले उत्तर माग्नु भयो , मैले दक्षिण दिएँ |
त्यो हिचहाइकर बाठो रहेछ, गलत बाटो मा बसेर बाटो रोके पछि, कोइ न कोइ ले त रोकेर भनिहाल्छ नि यो गलत हो भनेर, अनि लिफ्ट माग्न त सजिलो |
People are fast at spotting others’ mistake.
People are always keen to point out others’ mistake and always look for any opportunities.
मानबियता को नाता ले |