संविधान संविधान भनेर हामीले कराउन थालेको धेरै भयो। अब त संविधान बन्दैछ। टेलिभिजनहरुमा लाइभ देखाइँदैछ। तर टिभी हेर्दा सभाध्यक्ष सुवास नेम्वाङ एकोहोरो भट्याउँदै हुन्छन्- “माननीय सदस्यले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन नचाहनुभएकोले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को धारा …. माथि उहाले राख्नुभएको उल्लिखित संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला।”
एकोहोरो झण्डै एउटै व्यहोरा पढेको पढ्यै। आइतबार ३ धारा पास गरेर सुरु भएको यो क्रम सोमबार ५७ धारामा पुगेर रोकियो भने मंगलबार १७६ धारा पारित भयो। जम्मा ३०२ धारा यसैगरी पास गर्नुपर्छ। यही गतिमा नेम्वाङ दौडिए भने बुधबारसम्ममा धाराहरु पास गर्ने काम सकिनेछ। त्यसपछि के हुन्छ त ?
त्यसपछि संविधानका प्रस्तावना, नाम, प्रारम्भ र अनुसूचीलाई नेपालको संविधान, २०७२ विधेयकको अङ्ग बनोस् भनेर मत विभाजन गरिनेछ।
संविधानलाई दुई तिहाई मतले पारित गरेपछि यो जानेछ फेरि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा। भट्टराईको सभापतित्वमा गठित समितिले शुद्धाशुद्धि र भाषा हेर्नेछ।
त्यसपछि संविधानलाई नेपाली कागजमा पाँच प्रति छापिनेछ।
त्यसमा सबै सभासद्ले हस्ताक्षर गर्नेछन्।
सबै सभासद्को हस्ताक्षरपछि संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्नेछन्।
असोज ३ गते पाँच वटै प्रतिको एउटै ढाँचामा राष्ट्रपतिले हस्ताक्षर गरी लागू भएको घोषणा गरिनेछ। राष्ट्रपतिले संविधान सार्वजनिक गरेपछि नेपालको अन्तरिम संविधान, २०६३ खारेज भई त्यतिखेरदेखि नै नयाँ संविधान जारी हुन्छ।
संविधानसभामा ६०१ मध्ये हाल कायम ५९८ सभासद् छन्। अहिले यो धारा पारित गर्ने प्रक्रियामा ५३८ (९१ प्रतिशत) सभासद्ले भाग लिइरहेका छन्।
मधेसकेन्द्रित सबै दल प्रक्रियाबाट बाहिरिएका छन्। तर उनीहरुको हस्ताक्षर बिना पनि संविधान जारी हुन कुनै रोकावट भने हुने छैन।
बल्ल बल्ल संबिधान बन्न लागेको नि दैत्य हरुले निस्सासिएर मार्ने भए , यी सबैको झगडाले अब देश नेपाल नभएर धोतीहरुको मधेश हाम्रो देश भने झैँ हुने भो ,, अझ अशोक राइ तिनको पार्टी त क्या छ्या भन्ने भो गाठे .. छिमेकीको षड्यन्त्रमा छिमेकी बुइ चड्न थालि सक्यो , डलर पाय पछि सबै बिर्सेर बेपत्ता ????
नेम्बाङ्ग प्रति केहि बचे खुचेको विश्वास पनि हराएर गयो|
चार चार बर्ष सम्म संबिधान बनाउनमा केहि नेतृत्व प्रदान गर्न नसक्ने उनी नै हुन्| एमालेको पीछलग्गु भएर काम गरे|
कसरि तलब भत्ता पचाउन सकेको होला|