संविधान निर्माणमा प्रत्यक्ष नभए पनि समाचार लेखनको हिसाबले म पनि जोडिएको थिएँ। पहिलो संविधानसभाको बेला म नागरिकन्युजमा थिएँ। संविधानसभाका प्रत्येक गतिविधिहरुबारे मलाई माधव ढुङ्गेलले अपडेट गराउँथे।
कुन विषयलाई कसरी संविधानमा समेटिँदैछ भन्ने बारे समितिहरुको निर्णयबारे उनी मलाई तत्काल फोनमा खबर टिपाउँथे। म त्यसलाई समाचारको रुप दिएर सञ्चार गर्थेँ। बेलाबेलामा ब्लग पनि लेख्थेँ। मान्छेहरुलाई संविधान निर्माणको प्रक्रियामा उतिबेलैदेखि खासै चासो नरहेको मैले अनुभव गरेको थिएँ। संविधान निर्माणको प्रक्रियाको न्युज सबभन्दा कम पढिने समाचारमध्येमा पर्थे। जस्तोसुकै भए पनि एक थान संविधान चाहियो भन्ने खालको मानसिकता धेरैमा थियो। यसैका लागि फेसबुके आन्दोलनसमेत भएको थियो।
आज म पहिलो संविधानसभा भंग हुन लाग्दाका म्याद थपिँदाका राति अबेरसम्मका घटना सम्झिरहेको छु। राति अबेरसम्म अपडेट गरेर अन्ततः म्याद थपियो भन्दै ढुक्क भएर सुत्ने दिन पनि थिए। संविधान आउला आउला जस्तो भएर पहिलो संविधान सभा अन्ततः भंग हुँदा दुःखी हुँदै राति अबेर घर फर्कँदाको क्षण अझै सम्झन्छु।
बल्लतल्ल बाबुराम भट्टराईको सरकार हटाएर प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइयो र दोस्रो संविधान सभाको निर्वाचन भयो। त्यतिन्जेल माधवजी अर्कै मिडियामा म अर्कैमा। दोस्रो संविधानसभाका गतिविधिहरु अपडेट गराए सुरुदेखि नै मनोज सत्यालले। उस्तै जोश र उस्तै जाँगरका साथ। दुई संविधान सभाको काम कारबाहीलाई म बेलाबेलामा उनीहरुकै अपडेटसँग तुलना गर्थेँ।
पहिलो संविधानसभाको अनुभव र कार्यतालिका अनुसार काम अघि नबढेको देखेर दलहरुले तोकेको मिति माघ ८ मा संविधान आउँदैन भनेर हामीलाई निकै पहिलेदेखि नै लागेको थियो। तर नेताहरु एकोहोरो माघ ८ मा संविधान भन्दै भाषण गरेको गर्यै हुन्थे। कति झुटो बोल्न सकेका होलान् नेताहरुले, हामीलाई त्यस्तै लाग्थ्यो। माघ ८ मा संविधान आउँदैन त निश्चित नै थियो तर नसोचेको कुरा भइदियो संविधानसभामा माओवादीको तोडफोड। आज बबाल हुँदैछ भनेर मनोजले भनेपछि बर्थ डेको दिन रातभर बसेर त्यो तोडफोड कान्ड कभर गरियो। त्यसपछि मार्सलले घेरेर नाराबाजीका बीच संसद चलाइयो। देश ठूलो मुठभेडतिर उन्मुख भयो।
यत्तिकैमा भूकम्प आयो। भूकम्पपछि अचम्मैले प्रमुख दलहरु एक ठाउँमा आए। विदेशी दबाबलाई लत्याएर नेताहरु अघि बढे। अघिल्लो संविधानसभामा नालायक देखिएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङले दह्रो अडान लिए। चार दिनसम्म डटेर ३०२ धारामा हुन्छ हु्न्न भन्न लगाए। र, आज २०७२ भदौ ३० गते बुधबार राति नौ बजे संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान दुई तिहाई भन्दा बढीको बहुमतले पारित भयो। पक्षमा ५०७, विपक्षमा २५।
यो ऐतिहासिक दिन यति सहज र यति सरल रुपमा आजै होला भन्ने धेरैलाई थाहा पनि थिएन होला। एउटा संक्रमण नेपालले पार गरेको छ। तर सचेत हुनुपर्ने कुरा के हो भने संविधान आएरमात्र सबै समस्याको हल हुने होइन। अब अर्को संक्रमण काल सुरु हुँदैछ। तराई मधेसमा देखिएको असन्तुष्टिलाई अब सम्बोधन गर्ने प्रयास थालिहाल्नुपर्छ। उनीहरुलाई पनि समेट्ने गरी संविधानलाई लचिलो बनाउनु अबको आवश्यकता हो। धेरैलाई धेरै कुरा चित्त बुझेका छैनन् यसमा। मलाई पनि व्यक्तिगत रुपमा जनताले प्रत्यक्ष निर्वाचित गर्ने शक्तिशाली राष्ट्रपति हुने व्यवस्था भइदिए हुन्थ्यो भन्ने लागेको थियो। अथवा प्रधानमन्त्री नै भए पनि प्रत्यक्ष निर्वाचित भइदिए हुन्थ्यो भन्ने लागेको थियो। तर त्यसो भएन। २०६२/६३ को आन्दोलनपछि १० वर्ष संविधान संविधान भन्दै यत्तिकै खेर गयो। माइसंसारलाई त किन पनि यो महत्त्वपूर्ण छ भने २०६२/६३ को आन्दोलनकै क्रममा यो ब्लग जन्मिएको हो। यस क्रममा व्यक्तिगत प्रयासमा ब्लगै भए पनि जनजीवनमा प्रभाव पार्ने धेरै ब्लगहरु लेख्न सफल भइयो। राजनीतिक घटनाक्रमदेखि पछिल्ला समयमा यति मोहभङ्ग भयो कि राजनीतिबारे ब्लगै लेख्न छाडियो। खैर…
प्रमुख नेताहरुले राष्ट्रलाई अगाडि राखेर एकतावद्ध भएर आफ्नै बलबुतामा निर्णय गरेर आज जसरी संविधान पारित गरे, त्यो देख्दा सन्तोष लागेको छ। तराई मधेसमा दिनदिनैजसो मानिसहरु मरिरहेका बेला धेरै खुसी हुनुपर्ने कारण छैन। तर यो एउटा ऐतिहासिक उपलब्धि पक्कै पनि हो। सबैलाई बधाई।
येत्ति को लागि १७००० मान्छे ले ज्यान गुमाएको ? २० बर्ष देश पछाडी धकेलिएको ? नेपाल को भविस्य छैन फेरी खाडी मुलुक को कामदार उत्पादन गर्नी मुलुक भन्दा माथि उठ्दैन !
बधाइ छ सबैलाई / सबैका सबै माग पुरा गर्न तिर लाग्ने हो भने १० बर्षमा पनि संबिधान बन्दैन / अन्तरराष्ट्रिय जगतले हामीलाई हेरीरहेको बेला संबिधान पारीत गरेर पार्टीहरुले राम्रो उदाहरण देखाएका छन् / देश सदा ‘ट्रान्जिसन’ मा रहन सक्दैन र कुनै जात, वर्ण, आदीवासी आदीको नाममा प्रदेश नामांकन गर्नु हुदैन / आर्थिक रुपमा पिछडीएका वर्ग लाइ प्रोत्साहन दिनु पर्छ, तव देश बिकास हुन्छ / कुनै ‘एथ्निक ग्रुप’ वा जात-जातिलाइ भनेर संबिधानमा स्पष्ट छुट्य़ाउदा, त्यो ग्रुप भित्रका धनि र बोल्न सक्ने (नेता भनाउदाहरु) ले मात्र अनावस्यक फाइदा लुट्न सक्ने सम्भावना बढी हुन्छ / त्यसैले अव राज्यको ‘फोकस’ भनेको आर्थिक रुपमा पछी परेका (Economically at-risk population or families who are at lowest level of GDP) परिवारहरुलाई रोजगार दिने र आर्थिक रुपमा निम्न-मध्यम आर्थिक स्तरमा उकास्ने हुनुपर्छ / अर्को कुरा, बिकसित देशका जनताहरुले बिकास गर्नुको मुख्य रहस्य अधिकार भन्दा पनि कर्तब्य पालन गर्नाले हो / त्यसकारण, अब सरकारले जनतालाई सामाजिक सुरक्षाको साथ साथै योग्यलाई (चाकडी गर्ने राजनितिक कठपुतलीलाई होइन) पुरस्कारको ब्यबस्था गर्नुपर्छ र जनताले पनि अधिकार मात्रै खोज्नु भन्दा पनि देश, समाज (र परिवार) प्रति कति उत्तरदायी भै काम गरेको छु भनी आत्म-समिक्षा गर्नुपर्छ / अब हामीले भीडको पछाडी दौडिनु भन्दा पनि बिबेकले काम गर्ने बेला आएको छ /
साँचो रुपमा एउटा सच्चा नेपाललाई माया गर्ने नेपालीको हृदयले भन्नपर्दा नेपालको सबै समस्याको मूल जड हो विद्यमान वाहुनवाद| वाहुनवादले नेपाल खाएको हो, खाँदै आएको छ|
वाहुनवाद के हो भन्ने तपाई हामीले भोग्दै आएका छौ, डोर बहादुर बिष्टको कितापमा बर्णन गरिएको छ, खगेन्द्र संग्रौलाको तीररुपी लेखहरुमा देखिन्छन|
समस्या के भने गत दशकहरुमा वाहुनबाद झन् झन् हावी हुँदै गएको छ|
जब सम्म वाहुनवादी चलिरहन्छ, जस्तै संबिधान आए पनि समस्या समाधान हुने होइन|
सरकारी जागिरमा एउटा दुइटा जातको हावी छ, काम गर्न र जनताको सेवा गर्न होइन तर कामचोर हुन् र भ्रस्टचार गर्न हो|
ठिकै भन्नुभो| वास्तवमा मुलुक खत्तम पारेकै बाजेहरुले हो| सरकार, राजनीति र प्रशासन र अहिले आएर सेना र प्रहरीमा पनि बाजेहरुकै हालीमुहाली छ| न्यायसेवामा त् आफ्नै प्राइभेटि कम्पनी जत्तिकै छ| पढेका बाजेहरुले यो कुरा राम्ररी बुझेका छन् तर खान पल्केकाले गर्दा बोल्दैनन| यस्ता उस्ता भनेर तर्काउछन| थाहा नपाए जस्तो गर्छन वा “हाम्ले दुख गरेर त्यँहा पुगेका हौ, जनजाति जाँडरक्सि बाह्रमासे र गोर्खा भर्तीमा मस्त थिए” भन्ने तर्क अघि सार्छन| लौ मानौ यो तर्क एकक्षणलाई| उसो भए के देश लुट्नलाई राजनीतिमा लागेको र सरकारी कर्मचारी बनेको? खोई देशले प्रगति गरेको जब बाजे र बाजेका सन्तानहरुले चै प्रगति गरेका छन्, धन कमाएका छन्, विदेश गएका छन्| नाउँ लिन पर्यो?
देश अधोगतिमा गएको पनि बाजेहरुकै निस्कर्मण्यताले गर्दा हो| संविधानलाई कागजको खोस्टा सरह मानेर बाजेहरुले आफ्नो हालीमुहाली कायमै राख्ने हो भने अब फेरी अर्को आन्दोलन नहोला भन्न सकिन्न|
बाजेहरुले देशको उन्नति गरेको भए अहिले पनि “चलाऊ, देश चलाऊ, डाडुपन्यु तिमेरकै साथ् रहोस” भन्ने कामना गर्ने थियौ| दिनरात बीरे र ज्ञानेलाई कुसल्लाह दिने पनि बाजे हरु नै हुन्| तेस भएर त् अहिले बाजेहरु लोकतन्त्रमा मस्त छन् अनि ज्ञाने चै हराएको श्रीपेच खोज्नमा व्यस्त छन्|
अब यो १००% यथार्थ र तथ्य कुरो लेख्दा जसलाई चरक्क बिझाउंदा हुन्, तिनै हुन् यँहा उल्लेख गरिएको बाजेहरु|
डोरे र डोरे को छोरा केसरे ले भन्ने पर्दैन देश बिगार्ने बाहुन हरु हो भन्ने घाम जस्तै छर्लंग छ |
अझ जैसी बाहुन हरु प्रचण्ड , रामचन्द्र आदि येस्ता जैसी गाउँ गाउमा जालो बुन्दै गाउलेलाई नै सताएको जुन गाउमा पनि देख्न सकिन्छ |
घाम जस्तै छर्लंग भेको भे साधारण नेपाली जनताले दिम्सै किन औंसीको रात सरह जीवन गुजार्नु पर्थ्यो होला हजुर| जैसी, उपाध्ये र कुमाई के के हो के के| भारतको उत्तराखण्ड राज्यमा कुमाई उपप्रदेश छ रे हैन?
Remember sudhariyako panchayat in 1980 lasted for ten years; the sudhariyako sansadiya bebastha may last for how many years?
गर्यो भने त ४ दिन मै हुने रैछ नि , अनि किन ४ वर्ष सम्म भ्रस्टाचार गरेर झुलाको नि ६०१ भेंडाहरुले ?? भत्ता पचाउने भाते हरु !!
गरे के हुन्न ? गर्न आँट चाहियो |
यो ऐतिहासिक दिन ढिलै भयपनी हाम्रो घर आगनमा आयको छ/ यस अबसरलाई उत्सवका साथ मनाउनु पर्छ/ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय सुवाकमाना/ यो देशको सम्ब्रिदी र बिकाश मात्र हामी नेपालीहरुको हातमा छ/ आब हामी सबै मिलेर अगाडी बढ्नुको बिकल्प छैन/ नेपाली नेपाली बीच सद्भभ, स्नेह र प्रेमको खाचो छ/ नेपालको माया गर्ने हरेक नेपालीले परस्परमा माया साटासाट गर्नु आजको आबस्यकता हो/ नेपाली नेपालीहरुको प्रेम अटल नरहेमा यो उपलब्धिको कुनै अर्थ रहने छैन/ आउनुहोस हामी सबै मिलेर अगाडी बढौ/ नेपाल आमा लाई बिस्वोको सामु अति सुन्दर बनाई प्रस्तुत गरौ/ हामी सबैलाई सुभकामना/
बि. पी. कोइरालाको नाम बाहेक सबै उल्लेख भएको नेपाली कांग्रेसको बिधान उर्फ नेपालको संबिधान बनाएर प्रचण्डले जागिर जोगाए, जागिर थमौती भएका सबै टाउकेहरुलाई बधाई….!! परिवर्तनको रुमानी सपनाको पछाडी सबथोक त्यागेर जिबन उत्सर्ग गर्ने हज्जारौ होनहार सपुतहरुको बलिदानी अनि लाखौको योगदान र परिवर्तनको सपना संबिधानमा लेखियो की लेखिएन यो त अब भनि राख्नु नपर्ला तर भोलि हाम्रो देश, उताको प्रेदेश नबनोश …….!!
खै त जनताले दिएका सुझाबहरुको बारे पर्याप्त बहस भएको? मधेशी समस्या यथावत छ. यो त ३ दलको दस्ताबेज जस्तो लाग्यो. संबिधान त जबर्जस्ति ल्यायो तर यसलाई कसरि सबैले स्विकार्छन त्यो चाहिं हेर्न बाँकी छ.
धेरै धेरै खुसि लगेर आयो | नेताहरुलाई बधाई छ | बिशेष गरेर प्रचण्ड लाइ | नेता भनेको प्रचंडे हो ,, बाबुरामलाइ भारत तिर धपाए हुन्छ l
ल आब सबैले बिर्को खोलाम , झोल लाइ गिलास मा हालेर , भुटन लाइ प्लेट मा राखेर , आखा चिम्लेर चियर्स गरौ |
ल बधाई र शुभकामना सम्पूर्ण देशवासीलाई …यो एइतीहासिक समय हामी सबैको लागि फलदायी रहोस फलोस फुलोस ….जय नेपाल
धेरै खुसी को खबर हो।।।।
पक्कै पनि आज ऐतिहासिक दिन हो | सबै नेपालीले एक अर्कालाई बधाई दिने दिन हो | नेपाल र नेपाली को जय होस् |
ल बधाई छ
मधेशी लै प्रस्न – तपाई लै देश चाहियो कि मधेस ? या दुवै ?
पहाडी लै प्रस्न – मधेस नभई देश हुन्छा ?
अल्पमत लै प्रस्न – बहुमत को जित लोकत्रान्तिक होइन – के को आन्दोलन !
बहुमत लै प्रस्न – अभद्र अल्मत को चित बुझेन भने देश को हाल ले हुन्छ !
Sir, please also mention how many marks each question carry and in total how much is needed to pass it.
Thanks