पेट्रोलियम पदार्थको संकट बढेको बेला प्रहरीले निःशुल्क सार्वजनिक बस सेवा दिइरहेका छन्। अरु सर्वसाधारणले पनि आफ्नो निजी वाहनमा लिफ्ट दिइरहेका छन्। तर साझा यातायात जस्तो जिम्मेवार संस्थाले पनि ठगी गर्न थालेको छ। सोमबार एयरपोर्टबाट कलंकीसम्म आउँदा साझा बसको भाडा १०० रुपया तिर्नुपरेको घटनालाई एक यात्रुले यसरी बयान गरेकी छिन्।
सोमबार म पोखराबाट फर्कँदै थिए। एयरपोर्टमा बस नम्बर २२२६ भेटियो। कलंकीसम्म जानको लागि बसका कन्डक्टरले मसित यो सानो ब्यागको लागि १०० रुपैयाँ थप शुल्क लियो।
ब्याग ठूलो भएको भए र त्यसले अरु यात्रुहरु बस्ने ठाउँ ओगटेको भए ठीकै छ भन्नु। यो ब्यागले कसैलाई उभिनु पर्ने गरी ठाउँ ओगटेको थिएन। बसमा एक जना अर्का यात्रु थिए। उसको आठ वटा ब्याग थिए। सबै मेरो ब्यागभन्दा ठूला थिए। उसलाई पनि प्रत्येक ब्यागको सय रुपैयाँ शुल्क लिइयो। साँझ साढे पाँच बजे म कलंकीमा झर्दा नियमित शुल्क बाहेक यो ब्यागको सय रुपैयाँ तिर्नुपर्यो।
हो, अहिले इन्धन संकट छ। त्यसैले विद्यार्थी सहुलियत शुल्क नहुने, बस भाडा केही महँगो हुने कुरा बुझ्न सकिन्छ। तर साझा जस्तो जिम्मेवार संस्थाका चालकहरुले यात्रुलाई मर्का परेको बेला र देश संकटमा परेको बेला यसो गर्न मिल्छ?
साएद माइक्रो बस को दाइबर साप ले चलाएको ले होला . कन्डक्टर पनि मिक्रो बस कै होला