बुधबार बिहान सुनसरीको भण्टाबारीमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा चार नेपाली घाइते भए। मिडियामा घाइते र प्रत्यक्षदर्शीमात्र होइन सुनसरीका प्रमुख जिल्ला अधिकारीले समेत यो कुरा पुष्टि गरिसके। तर राष्ट्रवादी भनिएको सरकार भने यस विषयमा चुप छ। राति अबेरसम्म पनि सरकारको आधिकारिक धारणा भारतले जस्तै विज्ञप्तिबाट सार्वजनिक गर्न सकेको छैन। भारतीय दूतावासले भने एउटा हाँसउठ्दो विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा बचाउ गर्ने प्रयास गरे पनि ठाउँठाउँमा यसरी चिप्लिएको छ। यस्तो छ भारतीय विज्ञप्ति-
Embassy of India, Kathmandu
Press Release
The Embassy has seen reports in the Nepali media regarding
firing by Seema Suraksha Bal (SSB). These reports are
inaccurate. The fact is as follows.
At 05:20 hours on 25 November 2015, a patrol team of SSB came
across a few smugglers inside the Indian territory across the
Sunsari district of Nepal. When challenged, the smugglers and
their accomplices attacked the patrol team and injured one
constable. An SSB personnel fired in the air in self-defence,
following which the smugglers dispersed. The incident took place
inside the Indian territory and no Nepali citizen was injured.
The Government of India will continue to facilitate supplies to
Nepal. While doing so, SSB will continue to maintain order and
security at the India-Nepal border.
यो चैँ दूतावासले नै नेपालीमा गरेको अनुवाद
भारतीय राजदूतावास
काठमाण्डौं, नेपाल
–––
प्रेस विज्ञप्ति
सीमा सुरक्षा बलले गोली प्रहार गरेको भनी नेपाली संचार माध्यममाप्रकाशित समाचारलाई राजदूतावासले नियालेको छ। यी समाचारहरु वास्तविक होइनन। वास्तविकता देहायअनुसार रहेको छ।२५ नोभेम्बर २०१५ का दिन करिब ५.२० बजेको समयमा एसएसबीको गस्तीसँग नेपालको सुनसरी जिल्लापारि भारतीय भूभागभित्र केही तस्करहरुको भेट भै धावाबोल्दा तस्कर र तिनका मतियारहरुले गस्ती टोलीमाथि आक्रमण गरी एक जवानलाई घाइते बनाएकोले एसएसबी जवानले आत्मरक्षाको लागि हवाइफायर गरेपछि तस्करहरु भागेका थिए। भारतीय भूभागभित्र भएको उक्त घटनामा कुनै नेपाली नागरिक घाइते भएको छैन। नेपालतर्फ आपूर्ति सहजगर्न भारत सरकारले निरन्तर सहयोग गर्ने र यसो गर्दा भारत–नेपाल सीमानामा शान्ति सुरक्षाको लागि सीमा सुरक्षा बल निरन्तर खटिनेछ।
भारतीयलाई जसरी पनि बचाउने उद्देश्यले जारी गरिएको यो विज्ञप्तिलाई ध्यान दिएर हेर्ने हो ठाउँ ठाउँमा चिप्लिएको छ। जस्तै-
– विज्ञप्तिमा भनिएको छ : ‘तस्कर र तिनका मतियारहरुले गस्ती टोलीमाथि आक्रमण गरी एक जवानलाई घाइते बनाएकोले एसएसबी जवानले आत्मरक्षाको लागि हवाइफायर गरेपछि तस्करहरु भागेका थिए’ एसएसबी भनेको त अर्ध सैनिक बल हो। आफूमाथि विज्ञप्तिकै भाषामा तस्करहरुले आफ्ना साथीलाई घाइते हुने गरी आक्रमण गर्दा पनि आत्मरक्षाका लागि हवाई फायर अर्थात् आक्रमण गर्नेलाई गोली नहानी आकाशमा गोली हान्ने कस्ता नालायक अर्ध सैनिक फौजी रहेछन् ती। के भारतीय फौजलाई यस्तै सिकाइन्छ?
– विज्ञप्तिमा भनिएको छ : ‘भारतीय भूभागभित्र भएको उक्त घटनामा कुनै नेपाली नागरिक घाइते भएको छैन।’
ए, अनि यी चाहिँ के भारतीय नागरिक?
नेपालको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइरहेका अशोक यादव, नरेश यादव, उनका दाजु सरोज यादव र मनोज यादव घाइते भए त। यी त नेपाली नै हुन् त। विज्ञप्तिमा हावामा गोली हाने भनिएको छ। हावामा हानेको गोली भए १८ वर्षका नरेशलाई गोली दायाँ कम्मर वारपार कसरी भयो? ३५ वर्षीय मनोजको खुट्टामा गोली कसरी लाग्यो? ३० वर्षीय सरोज यादवको तिघ्रा र हातमा छर्रा कसरी लाग्यो? अशोक यादवको छातीको बायाँ भागमा गोली कसरी लाग्यो?
– विज्ञप्तिमा भनिएको छ : ‘तस्कर र तिनका मतियारहरुले गस्ती टोलीमाथि आक्रमण गरी एक जवानलाई घाइते बनाएकोले’ ल हेर ढाँटेका! खै त हजुरको घाइते जवानको नाम? अनि कहाँ उपचार गराइएको छ घाइतेलाई? झुट बोले कौवा काटे भनेको यही हो।
– विज्ञप्तिमा भनिएको छ : नेपालतर्फ आपूर्ति सहजगर्न भारत सरकारले निरन्तर सहयोग गर्ने। ल भयो त अब। यसमा आपूर्तिको कुरा किन जोड्या फेरि। आपूर्ति सहज गर्न भारत सरकारले कस्तो सहयोग गरिरहेको छ त नेपालीहरुलाई स्पष्ट थाहै छ नि। कात्तिक १६ गते रक्सौल नाकामा नेपाली प्रहरीले दशगजामा रहेका प्रदर्शनकारीहरुलाई हटाएर नेपालमा रोकिएका भारतीय ट्रकहरुलाई पार गराएको तर भारतमा रोकिएका नेपाल प्रवेश गर्ने गाडीलाई चैँ नपठाएको हामीले कहाँ बिर्सेका छौँ र।
भएको चाहिँ के थियो त?
गोली लागेका नरेश यादवले कान्तिपुरलाई भनेका छन्, ‘घटना एक्कासी भएको थियो । हामी बिहान आगो तापेर बसिरहेका थियौं। एक्कासी ६ जना भारतीय सीमा सुरक्षा बलका प्रहरीहरु आएर खादमलवाला खोइ भनेर हामीलाई बन्दुक तेर्स्याउँदै गाली गर्न थाल्यो। हामीले ‘थाहा छैन’ भन्दा उनीहरु मध्ये ४ जनाले ताकी ताकी गोली बर्साएर चुपचाप गए ।’
कान्तिपुरकै अनुसार आफ्ना जवानहरुबाट गोली चलेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सतना पोष्टका इन्चार्ज रणविर सिंहले सुनसरी प्रहरी प्रमुख संजयराज शर्मालाई टेलिफोन गरी घटनामा आफ्ना जवानहरुबाट फायर भएको स्वीकार गरेका थिए।
घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँँग समेत भेटघाट गरेका सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको जानकारी गराएका छन्।
मधेशी हाम्रै नेपाली दाजुभाई हुन् ……सरकार ले सुरक्षा को प्रत्यभूति दिन सक्नु पर्यो …एस्तो हेपाहा प्रब्रिती कसरि सहन सकेको ?
हाम्रा सबै …नेता भनौदा हरु अब तराई (मधेश) झरेर मधेशी जनताको मर्म बुज्न र बुजौना कोसिस ….हैन आट गर्न पर्यो … साचो र जायज माग सम्भोधन हुन पर्यो …..र चाडो भन्दा चाडो सिमाना मा सुरक्षा बल राख्न पर्यो ….देशको सुरक्षा को लागि /
Developed countries like America, Canada, and European countries always tries to make good relation with its neighbours. undeveloped and uncivilized poor India has WORST foreign policy in the world, always fighting with its Neighbours like Nepal, Pakistan, Sri Lanka and so on….. creating conflicts within with hindus and muslims and in the neighbours killing nepali people from the border regions using gun force…this need to be changed immediately !!! one of the main reason why India is still poor and undeveloped, If it remains the same, INDIA WILL REMAIN POOR ALWAYS !!! Look at china where it is now, but India is just degrading more and more !!!! Even British regimes could not invade/colonize Nepal, better Don’t hope India that you could ever invade/colonize Nepal by killing people from border region !!!, strong Nepalese people will Never let it happen !!! If unrest continues in Nepal, India will be destroyed too…first respect your biharis and Nepali-speaking communities, muslims and hindus….
अरु भारतीय ले बिहारी ( बिहार र उत्तर प्रदेशका जनता र नेपालका मधीसे नेता पनी बिहारी हुन् ) लाइ पशु सरह ब्यबहार गर्छन । मध्य र दक्षिण भारतका जनता बढी शीक्षित र सभ्य छन् । हाम्रा बिहारीहरु दोश्रो श्रेणीको जनता भएर पनी बिहारमै गाभीन आतुर छन् ।
भारतीयले हेप्नुहेप्या छ नेपाल र नेपालीलार्इ । के गर्ने राजनीतिक दल र तिनका नेताहरूले भारतको दलाली नगरीकन राष्ट्रिय हितमा काम गरेर देशलार्इ अात्मनिर्भर बनाएको भए त्यसरी हेपिनी पर्दैनथ्यो । छंदाखाँदाको राष्ट्रिय उध्योगहरूलार्इ नीजिकरणको नाउँमा धारासायी बनाएर देशलार्इ सम्पूर्ण रूपमा भारतमा निर्भर गराए पछि हुने अवस्था यही नै हो । अब एकजुट भएर अगाडी बढ्नुको बिकल्प छैन । केही समय कष्ट सहेर भएपनि उत्तरतिरको नाका संचालन गर्दै भारतिरको परनिर्भरतलार्इ कम गर्दै अात्मनिर्भर हुन तर्फ लागे भविष्यमा यस्तो अवस्था नअाउला ।
भारतको नियत बुझन गाह्रो छैन. नेपालले बडो सुजबुझका साथ कुटनैतिक माध्यमबाट बिरोध जनाउनु जरुरि छ.
हन यी रणजित रायले त तीनबीस कुरा बोल्दा साठीवटा चै झूटा बोल्दा रहेछन। सबैलाई जानकारी होस।
अझ भूक भारत बिरोधि भाषण ..कहाँ गए देशभक्तिका टुक्काहरु …जब चाहिने हो तेतिखेर बोल्दैनन साडीमुनी लुकेर बोल्नेहरु बाघको खालमा लुकेका स्यालहरु हो यी नेताहरु जसरि होस् कुर्सीमा टिक्न कहिले जाति कहिले धर्म कहिले सिमानाको नाममा देशमा अराजकता फैलाउदै बस्ने हो यो देशमा शान्ति र कानुन बहाली भए यी भोक्माराहरुको पेट कसरि भर्ने यिनका सातपुस्ताका लागि सम्पति कसले जोर्ने अघि पछि सलाम कसले ठोक्ने खाई पाई आएको कसरि छोद्छन चाहे देश नरकमा किन नहोमियोस यिनलाई रत्तिभर सुर्ता छैन र अझ हाँसो उठ्दो कुरो यहाँका जनता जो जहिले नि यिनकै पछि आफ्नो भविष्य
देख्न छोड्दैनन हिन्दि फिल्मका बूढा हिरोलाई मनपराए झैँ मन्पराउछन है गाँठे ..कसरि सम्हालिन्छ यो देश अनि यहाँका जनता बा मान्नै पर्छ …
Does it not prove that India does not like Madhesi? and The blockade is not by India, but by Madhesi Morcha?
भारत ले आफ्नो स्वोर्थ को लागि मदेशी पहाडी भन्दैन — कसैले भर्म मा नपरे हुन्छ !!!
येदि नाकाबन्दी मदेशी ले गरेको हो भने –
(१) मदेशी धर्ना न भएका नाकामा किन समान रोक्यो भारत ले ?
(२) भारत ले पेट्रोल लिन गए गाडी मा किन भर्दैन र भारतीय दुत ले किन बेला बेलामा हामी अतिअबसेक औसधि आपूर्ति सहज छौ भन्छ
(३) नेपाल बिरोधि गतिबिधि भारतीय भुमि मा मा गर्न दिन्छ ! यहिले गोलि हानिएका आन्दोलन कारी भनेर होइन नाकाबन्दी अबज्ञा गर्ने भनेर हानिएको हो !!!
Though I appreciate your opening remarks, here are my comments, not answers, to your three categorical responses:
1.Think cool, the reason why there are no traffics from check points sans madhesi andolan could be due to poor infrastructure. The custom points could not handle the large volume like in Birgunj-Raxual. It may also be true that those piled up at Birgunj-Raxual may be refusing to reroute because of cost fact, poor road conditions or even may be due to political pressure – who knows?
2. As per the news, the responsibility to deliver fuel is at the ratio of 70:30 between IOC and NOC. Again think cool, investigate the fact before drawing conclusions. There is also news that those tankers which have arrived in Kathmandu have not been emptied. This has resulted in lack of fuel tankers to go to India for refueling.
3. If Nepali Congress, UML and Maoists can wage their war, political campaigns from India, why cannot Madhesis do so? Your second part response is pure hypothetical.
थुक्क तेरो बुद्दि डापा
धोति ले हाम्लाई त् अहिले मन परायेछ भंथान्छास | भोलि पर्सि तँलाई मन पराएको हैन
तेरो प्राकृतिक स्रोत लाइ भन्ने कुरा बुज्छास | तेतिबेला ढिलो भैसक्छ |
हुन् त् तिमीहरु जो आएपनि पुल मुनि नै हो , जो आए पनि यहालाई के फरक पर्छ हैन महासय | ओली होस् या धोति |