यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विज्ञान ब्लग : चुम्बकको इतिहास

-छविलाल रिजाल-

जनवरी 8 मा प्रकाशित मेरो पहिलो रिपोर्टमा, मैले चुम्बकीय सामाग्रीको इतिहास र चुम्बकत्व को महत्व प्राचीन समयमा, झन्डै 5000 सालदेखि – ढुङ्गे र पूर्व-ढुंगे अवधि पहिले देखि नै चलि आएको कुरा प्रस्तुत गरेको थिएँ। र चुम्बकत्व र जैव चिकित्सा बीच आपसी सम्बन्ध प्रदान गर्न खोजेँ। यस रिपोर्टमा, म यी चुम्बकीय सामाग्री, प्राचिन कालमा कसरी हेरिने गरिन्थ्यो र आधुनिक युग मा कसरि सबैभन्दा महत्त्वपूर्ण सामाग्री बन्न पुगे भन्ने कुरामा जोड गर्नेछु।

चुम्बकको अदृश्य ऊर्जा वा शक्तिबारे अझ बढी कुरा बुझ्नको लागि हामीलाई या त स्थायी चुम्बकको दुई टुक्रा वा एउटा स्थायी चुम्बक र अर्को चुम्बकीय पदार्थ जस्तै, आइरन, कोबाल्ट निकेल आदि सामाग्री, वा लोडस्टोन (Loadstone) – कमजोर चुम्बकीय ढुंगाहरु, आवश्यक पर्छ।


rizal तपाईंहरुलाई लोडस्टोन्स (Load-stones) वा लोड-पत्थर बारे थाहा छ कि छैन? तपाईंहरु मध्ये कसैले तिनीहरूको बारेमा जानकारी पाइसकेको पनि हुनुपर्छ। तर चिन्ता नगर्नुस, तपाईंहरु मध्ये कसैले तिनीहरूको बारेमा जानकारी नपाइसकेको र धेरै थाहा छैन र Load-stones को बारेमा अझ बढी जान्न रुचि भएको खण्डमा, म यहाँ छोटकरीमा भन्नेछु।

लोडस्टोन्स पृथ्वीमा व्यापक लोकप्रिय र प्रचुर मात्रामा उपलब्ध चट्टानहरु मध्ये एक पर्छन् र तिनीहरू Fe3O4, जसलाई म्याग्नेटाइट पनि भनिन्छ, मा धनी छन्। हजारौं वर्ष पहिले म्याग्नेटाइट विशाल मेघ गर्जनमार्फत् चुम्बक बनेका भएपनि यी चट्टानहरूको आकर्षण शक्ति अझै पनि थोरै भए पनि प्रचुर राम्रो छ।

चुम्बकको उपयोगिता ढुंगेयुग वा ढुंगेयुगपूर्व पनि उत्तिकै भएता पनि, हामीले जानेबुझेसम्म, यसको पहिलो उपयोग “स्पुन (Spoon) को” रुपमा मनिसहरुले पहिलोपटक प्रारम्भिक चरण (प्रथम शताब्दीमा) र पछि एघारौ सताब्दी (1064 ई) मा एक दक्षिण सूचक को रूपमा गरेको पाइन्छ।
त्यसको एक शताब्दीपछि, एक युरोपेली वैज्ञानिकले कम्पासको रूपमा चुम्बक पुनः आविष्कार गरे। कम्पासकै सहयोगले अन्ततः क्रिस्टोफर कोलम्बसले 15 शताब्दीको अन्त्यमा (1492 ई) संयुक्त राज्य अमेरिका पत्ता लगाउन सफल भए। पाँच र १५ औँ शताब्दीको अवधिमा पनि, जुन मध्ययुगीन मेडिभियल अवधिको रूपमा जानिन्छ, धेरै मानिसहरु चुम्बकको रोचक गति देखेर, मानव प्राणसँग दाँज्न पनि पुगेको पाइन्छ। चुम्बक उत्तर र दक्षिण दिशामा निर्देशन हुनुको कारण पृथ्वी वरिपरि ताराहरूको स्थितिबाट निर्देशित भएको विस्वास गरिन्थ्यो। तर मध्ययुगीन अवधि पछि, पंक्तिवद्ध रुपमा चुम्बकीय कम्पास उत्तर-दक्षिण दिशामा लाग्नु भनेको पृथ्वीको गुरुत्वाकर्षण कै कारण थियो भन्ने 17 औं सताब्दी (1600 ई) मा विलियम गिल्बर्ट पुष्टि गरे।

विश्वयुद्ध हुँदा संसार धेरै विनाशबाट गुज्रिन पुगेको थियो। तर युद्धको चुम्बकीय अनुसन्धानमा ठूलो प्रभाव छ। त्यसमा पनि मुख्यतया महत्त्वपूर्ण विकास “घोडा जुत्ता चुम्बक” “Hourse Shoe Magnet” आविष्कार गर्ने 18 औं शताब्दीमा (1743 ई) मा स्विस गणितज्ञ Daniel Bernoulli द्वारा भयो। त्यतिबेला पत्ता लागेको यो चुम्बक बारे अझै पनि विश्वभरिका स्कूलको पाठ्यपुस्तकमा राखिएको छ र छलफल गरिन्छ।

magयो 18 औं शताब्दी आउँदासम्म, मानिसहरूमा चुम्बकमा एक उत्तर र अर्को दक्षिण ध्रुव हुन्छ भनेर थाहा भइसकेको थियो। तिनीहरूलाई यतिबेला धातुमा इलेक्ट्रनोको नकारात्मक र सकारात्मक दुई चार्ज छ भनेर पनि थाहा भैसकेको थियो। जसले गर्दा चुम्बक र इलेक्ट्रोनको बिचमा पक्कै पनि राम्रो सम्बन्ध हुनैपर्छ भनेर उनीहरुले झन् उत्सुक भएर थप अझ गहिरो अध्यन गर्न लागे ।

चुम्बक (चुम्बकत्व) र इलेक्ट्रोन (बिजुली) को बीचमा एक साँचो सम्बन्ध डेनमार्कका गणित शास्त्रीले Hans Christain Oerstan द्वारा 19 औं
सताब्दीको प्रारम्भिक (1820 ई) मा स्थापित गरे। तेस्को लगत्तै, फ्रान्सका Andrew-Marie Ampere र Dominic Francois Arago, ले एउटा चुम्बक र एउटा फलामको डन्डीमा धेरै तार बेरेर करेन्ट बगाउनु भनेको एकै हो भनी प्रमाणित गरे।

मलाई आशा छ हामी सबैले माइकल फैराडेको (Michael Farady) नाम सुनेका छौ, जो एकजना पुस्तक पसल मा काम गर्ने साधारण ब्यक्ति थिए। तर पछि उनले रिसर्च ल्याबमा काम गर्न सुरु गरेपछि, 19 औं सताब्दी (1821 ई) को प्रारम्भमा इलेक्ट्रयोम्याग्नेटिक इन्डक्सन सिद्धान्त प्रमाणित गरेर देखाई दिए। यस्को लागि उनले एक स्टील रड, सरल विद्युत तार, र मर्कुरी भएको भाडा प्रयोग गरी एउटा मोटरमा चुम्बक र बिजुलीको सम्बन्ध स्थापित गरेर देखाई दिए। पछि 19 औं सताब्दीको मध्यमा (1845 ई) मा उनले मैग्नेटिक्स र ओप्टिक्स बीच सम्बन्ध बिस्तार गरेर देखाइदिए । यो त सुरुआत मात्रै हो। भविष्यमा अझ अत्यन्तै रोचक चुम्बकीय सामाग्री र चुम्बकत्व बारेमा अधिक कुरा लिएर आउने छु। माइ संसार हेर्दै/ पढ्दै गर्नु होला।

[नेपालको तोरीपानी म्याग्दी घर भएका रिजाल अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, सनदिएगो (UC San Diego) मा इलेक्ट्रिकल र नानो इन्जिनियरिङ विभागमा पोस्टडक अनुसन्धान गरिरहेका छन्। उनले अब माइसंसारमा नियमित विज्ञान ब्लग लेख्नेछन्।]

2 comments to विज्ञान ब्लग : चुम्बकको इतिहास

  • C. Rizal (Author)

    कमेन्ट, फीडब्याक, र सल्ल्लाह को लागि धन्यवाद!
    चुम्बक को शक्ति अदृश्य हुने भएकोले, जति यो बिषय रोचक छ, तेती नै, एसको महत्तो पनि बढी छ। नाम सुन्दा सरल छ तर एसको काम सारै ठुलो छ. एस्लाई बुझन को लागि एकछिन चिन्तन नगरी हुदैन । चुम्बक्लाई राम्ररी चिन्न सकेमा मात्र एस्लाई मेडिकल छेत्र मा राम्ररी प्रयोग गर्न सकिन्छा । मैले तपाई हरुको सल्लाहलाई मैले क्रमश: रुपमा सम्बोधन गर्दै जानेछु!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Gaurav

    बिज्ञान ब्लग फेरि माईसंसारमा पढ्न पाउँदा साह्रै खुसि लाग्यो । भौतिक बिज्ञान मेरो सारै रुचिको बिषय हो तर दुर्भाग्य हामिले गाउँमा स्कुल पढ्ने समयमा बिज्ञान पढाउने शिक्षकको कमि थियो एस एल सि मा फेल हुने तीन बिषय अंग्रेजी गणित पछि बिज्ञान हुने गर्थ्यो । तर हाल युट्यूबहरूमा र इन्टरनेटमा धेरै कुरा जान्न पाईन्छ । लेखकले पनि बिज्ञान ब्लगलाई बिशेष गरि अणु पदार्थ डि एन ए चुम्बक गुरूत्वहरूमा केन्द्रित गर्नु भए बिज्ञानलाई आधारभूत रुपमा बुझ्न मद्दत गर्ने थियो

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0