यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

शताब्दीकै उपलब्धि आखिर के हो? खोजमा संलग्न नेपाली सुदर्शन कार्कीसितको ८ प्रश्नको जवाफबाट सजिलो गरी बुझ्नुस्

sudarshan1
विश्वभरका प्रमुख मिडियाले बिहीबार ब्रेकिङ न्युज दिए- शताब्दीकै ठूलो खोज। वैज्ञानिकहरुले गुरुत्वाकर्षण तरङ्ग पत्ता लगाए। गुरुत्वाकर्षण तरङको आवाज रेकर्ड गरिएको थियो, त्यो पनि सार्वजनिक भयो। भौतिक शास्त्रको आगामी नोबेल पुरस्कार कसले पाउँछ भनेर कुनै ज्योतिषले भविष्यवाणी पनि गर्नै नपर्ने र जुरीले पनि धेरै दिमाग खियाउन नपर्ने स्थिति सिर्जना भएको छ। यो खोजको अध्ययनमा सहभागी मध्ये एक जना नेपाली छन्- सुदर्शन कार्की। उनी युनिभर्सिटी ओरिगनको फिजिक्स डिपार्टमेन्टका ग्राजुएट विद्यार्थी हुन्। उनीसँग यो खोजबारे गरिएको कुराकानी-

१) यसलाई शताब्दीकै ठूलो खोजका रुपमा किन व्याख्या गरिएको हो ? खासमा सामान्य भाषामा यो खोजलाई कसरी बुझ्ने?

जनरल रिलेटिभिटीसम्बन्धी सन् १९१६ मा प्रतिपादन गरिएको प्रख्यात सिद्धान्तपछि आइन्सटाइनले भविष्यवाणी गरेका विषयमध्ये यही एउटा अन्तिम व्यवहारिक रुपमा पुष्टि हुन बाँकी थियो। अरु भविष्यवाणीहरु विगतमा पुष्टि भइसके पनि यसलाई पुष्टि गर्न गाह्रो थियो। आइन्सटाइन आफैले समेत त्यतिबेला हामी यो संकेतलाई कहिल्यै पनि पत्ता नलगाउन पनि सक्छौँ भनेका थिए। किनभने उनका अनुसार पृथ्वीमा आइपुग्दासम्म यो संकेत निकै सानो भइसक्छ। उनको यो भनाईले पनि यो खोजलाई रोचक बनाएको हो।

e17_2_medium

To put in perspective, the wave that we saw changed the distance between the mirror in a 4km long arm of our detector by 10e-18m (0.000000000000000001 m ) र हामीले त्यसलाई मापन गर्न सफल भयौँ। मापन गरिएको सिग्नलकै आधारमा हामीले यो बताउन सक्यौँ कि सिग्नलको स्रोत के हो, कति टाढाको थियो? के गरिरहेको थियो र यसको मास पनि थाहा पाउन सकेयौँ। यी त्यस्ता कुरा हुन् जुन हामी टेलिस्कोपको प्रयोगबाट गर्न सक्दैनौँ।

२) हामीले भर्खर पुष्टि गरेको यो तथ्य आइन्सटाइनले कसरी पहिले नै थाहा पाए ?

विज्ञानमा मानिसहरुले विश्वले कसरी काम गर्छ भनेर सिद्धान्त बनाउँछन् र भविष्यवाणी गर्छन्। त्यसैले जब आइन्सटाइनले सामान्य सापेक्षवादको सिद्धान्त बनाए, त्यो सिद्धान्तको एउटा नतिजा यस्तो निस्कियो- जब पिण्डहरु (मासेस) तीव्र गतिमा चल्छन्, त्यसले गुरुत्वाकर्षणीय तरङहरु उत्पादन गर्छ।

३) जुन आवाज हामीले सुनेका छौँ, त्यो कसरी रेकर्ड भयो?

खासमा हामीले वास्तवमा पत्ता लगाएको एउटा तरङ हो र जब हामीले तथ्याङ्क विश्लेषण गर्यौँ, तरङको प्रकृति र आकृतिले हामीलाई तरङको स्रोतबारे जानकारी दियो। तरङको फ्रिक्वेन्सी हामीले अडियो ब्यान्डमा पत्ता लगाएका थियौँ। सर्वसाधारणको रुचिका लागि हामीले यसको आउटपुट अडियो फरम्याटमा पनि दिएका हौँ। किनभने एउटा तरङको प्लट सुन्नभन्दा हेर्न कम रुचिकर हुन्छ।

DSC_0272

४) त्यो आवाज पृथ्वीमा कसरी सुनियो? आवाज पृथ्वीभन्दा टाढाको हो कि अहिलेको समयभन्दा धेरै अघिको हो? यसमा म कन्फ्युज छु। के हो खास कुरा?

हामीले प्रकाशन गरेको घटना एक अर्ब प्रकाश वर्ष टाढाको हो। गुरुत्वाकर्षणीय तरङ प्रकाशको गतिमा यात्रा गर्छ त्यसैले हाम्रो डिटेक्टरसम्म यो तरङ आइपुग्न एक अर्ब प्रकाश वर्ष लाग्यो। त्यसैले हामी १ अर्ब प्रकाश वर्षअघिको घटनाको प्रत्यक्षदर्शी बनेका हौँ जुन हामीकहाँ आइपुग्न सेप्टेम्बर १४, २०१५ सम्म लाग्यो।

५) यो खोजपछि विज्ञान र मानव जगतलाई तत्काल र दीर्घकालीन हुनसक्ने फाइदा के हुन्?

यो एउटा सामान्य प्रश्न हो जसको ठीक जवाफ पाइन्न। यो मानवको बुझ्ने तीर्खाका लागि हो। तर अरु ठूला प्रोजेक्टहरु जस्तै यो प्रोजेक्टका पनि स्पिन अफ हुन्छन्। यो सम्भव बनाउन हामीले विकास गरेका केही टुल र टेक्नोलोजीहरुलाई अरु मानिसले अरु एप्लिकेसन्सका लागि प्रयोग गरिरहेका छन् गर्न सक्छन्। तर बटमलाइन चाहिँ यो हाम्रो ब्रह्मान्डलाई राम्रोसँग बुझ्ने अभियान हो र यसले गुरुत्वाकर्षणीय तरङहरुको उपयोग गरी ब्रह्मान्डलाई हेर्ने नयाँ ढोका खोलेको छ।

६) यसका लागि कति वर्षको अनुसन्धान गरियो ?

लाइगो प्रोजेक्ट सन् १९९२ मा सुरु भएको हो। तर पहिलो डिटेक्टरले डाटा लिन थालेको सन् २००२ देखि हो जुन २०१० मा बन्द भयो। त्यतिबेला केही पनि डिटेक्ट हुन सकेन। हामीले डिटेक्टर बन्द गर्यौँि र सन् २०१० देखि २०१५ सम्म अपग्रेड गर्यौँय। जब हामीले यो घटना देखेका थियौँ त्यतिबेलासम्म हामीले भर्खरै मात्र हाम्रा डिटेक्टर सुरु गरेका थियौँ। तर गुरुत्वाकर्षणीय तरङहरुको खोजी त अरु विधिबाट सन् ६० को दशकको सुरुबाटै भएको हो जुन असफल रहे।

IMG_7254

७) तपाईँ आफ्नो बारे केही बताइदिनुस्।

मेरो घर बुटवल हो। मैले काठमाडौँ माइतीघरको सेन्ट जेभियर्सबाट हाइ स्कूल पूरा गरेको हुँ। युनिभर्सिटी अफ मिस्सौरीबाट अन्डरग्राजुएट गरेँ। अन्डर ग्राजुएटकै बेला म रिसर्चमा संलग्न थिएँ तर म त्यतिबेला अप्लाइड फिजिक्समा काम गरिरहेको थिएँ। जब मैले ग्राजुएट स्कूलमा जाने निर्णय गरेँ, त्यतिबेला फन्डामेन्टल साइन्समा थप केही गर्न चाहन्थेँ। ओरेगन युनिभर्सिटीमा ज्वाइन हुँदा मैले लाइगोको काम भइरहेको थाहा पाएँ। यो मलाई निकै चुनौतिपूर्ण तर रुचिकर लाग्यो। त्यसैले यसमा संलग्न हुने निर्णय गरेँ। लाइगोको हानफोर्ड साइटमा लाइगो फेलोको रुपमा जाने मौका मैले पाएको हुँ। यस्तो अवार्ड वर्षमा दुई जना विद्यार्थीले पाउँथे। मैले पहिलो वर्षमा पाएको हुँ।

८) विश्वले नै प्रशंसा गरेको पेपरमा लेखकहरुमध्ये एकमा आफ्नो नाम देख्न पाउँदा कस्तो लाग्यो?

मलाई थाहा थियो यो खोज ठूलो हो। तर जब तपाईँ यसमा काम गरिरहनु हुन्छ र सूक्ष्म विश्लेषणमा संलग्न हुनुहुन्छ, तब तपाईँले ठूलो कुरा बिर्सनु हुन्छ। वास्तवमा गएराति बेडमा जानुअघि मात्रै मैले हामीले जे पब्लिस गर्दैछौँ त्यसको महत्व र त्यसमा मेरो भूमिकाबारे रियलाइज गरेँ।

त्यसैले सुत्नु अघि मैले यस्तो केही लेखेको थिएँ-

The day the event occurred, I had been at LIGO Hanford site for almost a year. I was at the site after receiving the LIGO Fellowship Award the year before. Among the various thing I was involved in, I was primarily working on a system that makes sure that what we think the detector is measuring is indeed in the correct scale and we are not overestimating or underestimating our measurement. This novel system is developed and designed to calibrate the displacement of the LIGO mirrors, 40 kg in mass, by 1/1000th of the size of a proton.

When I walked into the site that day, within 30 minutes I had a fair idea of what we had found. This was supposed to be an engineering run thus there were tests planned for the day and I had planned to work on a system that suppresses the noise of the main interferometer laser itself. All plans were thrown out of the window. We were in a stand down mode and immediately started vetting the now famous signal. We left no stone unturned to make sure this was the real signal and of astrophysical origin. During this process, I was analyzing the data related to detector calibration and making sure that our detectors were on its most optimal configuration at the time of the event.

After almost five months of first seeing the signal on that computer screen, and tremendous effort put together by the collaboration to validate the signal, I feel proud to be a part of the team that achieved one of the greatest feat of the 21st century. But our endeavor for understanding does not end here, this is just the beginning. We have opened a window to a whole different field of looking at the universe, through gravitational waves. We will be able to probe some of the most violent event in our universe that we were not able to until today.

I hope this will give a hope to kids in the science class, trying to imagine and dream of becoming a scientist, despite the tragedy we faced as a country a year ago and lingering political dysfunction it is facing today.

8 comments to शताब्दीकै उपलब्धि आखिर के हो? खोजमा संलग्न नेपाली सुदर्शन कार्कीसितको ८ प्रश्नको जवाफबाट सजिलो गरी बुझ्नुस्

  • Bhumi

    हिन्दु धर्मशास्त्र मा नाद ब्रम्हा, सुरती जस्ता ध्यान विधिहरु छन् जुन आफ्नु सरिरले निकाल्ने आवाज सुन्न प्रयोग हुन्छन् । हरेक चलायमान बस्तु बाट आवाज निस्कन्छ भन्ने सिध्धान्तमा ती ध्यान बिधि केन्दृत छन् । खोज को जरुरी छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • sushil

    प्रश्नकर्ता र उत्तरदाता दुवैलाई धन्यवाद!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • बधाई छ सुदर्शन कार्कीजी!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • suman

    It is very good to know that a Nepali was also involved in this discovery. I am interested in scientific discoveries. I have gone through the explanations by Sudarshan Karki and also other senior scientists? from the program. They have not clearly explained how the audio was made. Even Sudarshan has said
    तरङको फ्रिक्वेन्सी हामीले अडियो ब्यान्डमा पत्ता लगाएका थियौँ|

    In my understanding the audio was not discovered but made. This audio was made to sensationalize the work and to attract interest from the audience.

    The fact is that LIGO, the instrument detects gravitational waves by looking for tiny changes in the path of a long laser beam. The gravitational wave is detected by changes in the laser beam. There is a frequency which was modulated to make the sound. What I would like to know is how was it modulated(changed) to audio band.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • Rishav

      Hi Suman, not a physicist but an engineering phd here, so excuse the plain explanation.
      The gravitational waves were found to fall in the frequency of 32-512 Hz which is in our audio frequency range. This data can be fed into an audio software (like Audacity), which will convert the data into a sound. And like Mr. S. Karki said, it’s way more appealing to hear this sound of gravitational waves (a version is at http://motherboard.vice.com/read/this-is-what-a-gravitational-wave-sounds-like).

      If you want to read in detail, the paper is at http://journals.aps.org/prl/pdf/10.1103/PhysRevLett.116.061102

      Figure 1 caption explains the various mathematical manipulation techniques used to convert the signal measured (as strain), to finally, a
      time-frequency plot.

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Anuradha poudel from france

    Dear bhai felicitation and grand bravo . I watched this news in french television it was great . They explained with sketch and computer animation. Yes of course you envoled in such and huge projet. Hope to you see again another discovery. Go ahed and continue. I salute your work and i am very proud of you.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Sudarshan ji, Congratulations to the LIGO team!

    Best Regards,
    Nabin

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dilip gurung

    This is great… Delighted to hear fellow Nepali’s achievement and involvement in such ground breaking research… At the same time also wondering what happened to that Nepali teenager who “proved” Einstein wrong. Hope he takes this as a lesson on what it takes to prove/disprove theories… 🙂

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0