यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

संसारका घुर्ने एक हौँ र भनौँ जिउँदो मान्छे घुर्छ !

फोटो साभार : josephmcconnell.com

फोटो साभार : josephmcconnell.com

जिउँदो हुनु भनेको सास फेर्नु हो । सास फेर्ने मान्छे जिउँदो हुन्छ । कृति लेखेर ख्याती कमाउने मान्छे मरेपछि पनि जिउँदो हुन्छ भन्छन् । तर कृतिकार कृतिमा जिउँदो रहे पनि भौतिक रुपमा ससरिर जिउँदो रहँदैन । त्यसैले सास रहुञ्जेल मात्रै मान्छे जिउँदो रहन्छ । सास गएपछि ता मृत अक्षरजस्तै हुन्छ मान्छे । साथीहो ! सास रहनु सवैभन्दा ठूलो कुरो हो, बैंशकी गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्ड भन्दा पनि ठूलो ।

अव जिउँदो मान्छे घुर्छ भन्ने लाइनलाई जष्टिफाइ गरम् । घाम अस्ताएपछि मान्छे पनि अस्ताउँछ । यहाँ मान्छे अस्ताउनु मर्नु चैँ हैन, सुत्नु हो । रात परेसँगै मान्छे सुत्ने तरखरमा लाग्छ । सुत्न जरुरी छ भन्ने कुरा त तपाइँ बर्षौँदेखि सुतेर भुक्तभोगी भइसक्नुभएको छ, त्यसैले सुत्नुको महत्वतिर म जान चाहन्न । सुत्नु उठ्नु जत्तिकै अर्थ बोक्ने शब्द हो । सुतिसकेपछि मान्छे निदाउँछ । अर्थात् निदाउनकै लागि मान्छे सुत्छ । सुतेपछि मूर्तिझैँ सुत्ने पनि हुन्छन् । तर कतिपय मान्छे सुतेपछि घाइते बाघझैँ घुर्छन् । किन घुर्छन् त ? भन्ने प्रस्नको जवाफ डा भगवान कोइरालाले भन्देलान्, मेरो विषयविज्ञताले नभ्याएकाले म त्यतातिर लेख्दिन । तर घुर्नुसँग मेरा अनेकानेक अनुभूतिहरु छन् । मेरा घुराइका तिनै फेहरिस्तहरुलाई बुँदामा लेख्दछु ।

१. कतारमा घुराइको नाम बदनामः
म कतारमा ४ बर्ष रहेँ । यसअवधिमा १४६० रात काटिएछ । यि रातहरुमा मसँग खासै कसैले मेरो घुराइबारे चर्चा गरेनन् । तर घरफिर्ने पछिल्ला दिनहरुमा मेरा केही साथीहरुले मेरो घुराइको खुलेर चर्चा गरे । राजेश्वर ढकाल नामका गोर्खालीले मेरो घुराइको यतिसम्म भाइरल गर्देछन् कि, नकुरा गरुँ । एकदिन कतारको नेसनल एरियामा भेटिएका कान्तिपुरकर्मी देवेन्द्र भट्टराईले मेरो घुराइको चर्चा गरे । म लाजले रातो भँछु । घुर्नु लज्जित हुनु पनि हो कि ? घुर्नु लज्जित हुनु हो र लक्ष्मण खतिवडा दाइ ? (यि झापाका लक्ष्मण खतिवडा, साथीहरुले भन्थे– मभन्दा चौगुणा बढि गुर्थे रे) । यो चर्चा चल्नुमा अर्का कान्तिपुरकर्मी दिनेश रेग्मीको रुममा सुत्नुको सजायस्वरुप आएको पनि हुनसक्छ । दिनेश सर ! मेरो घुराइको चर्चा भाथ्यो देवेन्द्र सरसँग ? नढाँटी भन्दिनुहोस् । घुर्नु चर्चाको बिषय हो ? हुनसक्छ ।

२. चन्द्रगढीको घुराइः

झापाको दुधे बजार छेउमा मेरा भान्जाको घर छ । काठमाण्डौबाट झापा जाँदा मैले उनलाई लिएर कतै घुम्न÷घुमाउन लाने गरेको छु । एकपटक जिल्लामा केही कागजात बनाउनु पर्ने भयो । आफ्नो काम गर्न त जानैपर्ने थियो, चन्द्रगढीमा भएकी मेरी साइँली माइजुलाई भेट्नलाई पनि एउटा बहाना मिलेको थियो । मामा त उहिलै कतारमा बिजुली लागेर बित्नु भाथ्यो र माइजु लगभग एक्लो जीवन ब्यतित गर्दै हुनुहुन्थ्यो । त्यसउसले पनि भेट्नजानु अर्थपूर्ण रहन्थ्यो । र भान्जा सौगातलाई लिएर म चन्द्रगढी गएँ ।

जिल्ला प्रशासन कार्यालयका ढोका र लिस्नु चहार्दाचहार्दै भान्जा गलेछन् । गलेको रनाहामा मलाई ‘तेरो काम बन्दैन’ भने । उनले भनेजस्तै मेरो काम दिनभर बनेन । तर कार्यालय बन्द हुने वेलामा एकजना अधिकृतले साइन धस्काइदिएपछि मेरो काम बन्यो । पछि मैले बाटोमा भान्जालाई ‘धैर्य गरे काम बन्छ’ भन्ने टपिकमा पट्यार लाग्नेगरी लामो लेक्चर दिएँ । किनकी दिउँसो मलाई उनले रिसलाग्दो ट्युसन नै दिएका थिए । त्यसैको जवाफका लागि मैले लेक्चर दिएको थिएँ ।

फोटो साभार : josephmcconnell.com

फोटो साभार : josephmcconnell.com

माइजुको घरमा पुगियो । सुत्नुअघि बात मारियो, खाइयो, गार्मेन्ट चोकको कसम ! पानीबाहेक अर्थोक पिइएन । दिनभरिको प्रसासन कार्यालयको चक्करले मेरो जिउ गलेछ । टिभी हेर्दाहेर्दै निदाएँछु । माइजुले भन्नुभए अनुसार निदाउनेसाथै म घुर्न थालेँछु । मसँग सुत्नुपर्ने भाञ्जाको बाध्यता । केहीबेर त मज्जाले टिभी हेरेछन् । आँखा लागेपछि सुत्न खोज्छन् रे, मेरो घुराइका कारण सुत्न सकेनछन् । सुत्न खोज्यो घुराइले सुत्न दिएनछ । मलाई कोट्याएछन्, म चलपल नगर्दो रछु । बोलाएछन्, नसुन्दो रछु । केहीगर्दा पनि मेरो घुराइ कम्ती भएनछ । अनि त के थियो ? भाञ्जाले मलाई ‘मोचिटेर’ उठाएछन् । म बिउँझिएँ तर निद्राले छोडेकै रहेनछ । भाञ्जाले ‘ए चर्चिते ! कति घुरेको? म निदाउन सकिँन तैँले घुरेर’ भनेछन् । त्यही निद्राको रनाहामा मेरो मुखबाट निस्किएछ– ‘जिउँदो मान्छे घुर्छ ! थपक्कन सुत् ।’ (हामीमा तँ तँ म म चल्छ) । यत्ति भनेपछि भाञ्जा सुतेछन् । तर विहान माइजुले घुराइको यो विवरण चर्चा गर्दा भुतुक्कै भइयो हाँसेर ।

३. ओछ्यान बेग्लो भएको घुराइः

काठमाण्डौ कमलपोखरीमा बसेको वर्षदिन पुग्न लाग्यो । यसअवधिका अन्तिम दिनहरुमा म अचाक्ली घुर्न थालेँछु । थालेँछु किन लेखेको हो भने आफु घुरेको आफैँलाई थाहा हुँदैन, तर अरुलाई हुन्छ । म अचाक्ली घुरेको ९ मिनेट लामो भोइस रेकर्ड नै भएछ, च्याँखुरीको मोवाइलमा । म अचाक्ली घुर्छु भन्ने च्याँखुरीले रेकर्ड सुनाएपछि मात्रै मलाई थाहा भएको चैँ हैन तर कमलपोखरीमै बस्दाका सुरुवाती दिनहरुमा नघुर्दो रहेछु नि त ।

घुराइको मात्रा बढेसँगै मेरी च्याँखुरी कैयौँ रात सुत्न सकिनछिन् । एकरात हदै घुरेकाले उनको सहनशिलता भंग भएछ । निद्राले ब्याकुल भएका बेला मेरो घुराइले सुत्न नदिएपछि उनले मलाई उठाइन् । मेरो घुराइको बारेमा चर्चा गर्दै सुत्न नसकेको भनिन् । ‘मैले जिउँदो मान्छे घुर्छ’ भनेँ । तर यो पुरानो डाइलगले मलाई तसल्ली दिए पनि उनको चित्त बुझाउन सकेन । केही रात मैले यही डाइलगले काम चलाएँ । यो डाइलग चल्न छोडेपछि ‘नघुर्नेसँग सुत्ने हो भने लाससँग गएर सुत्, कहिले पनि घुर्दैन’ भन्ने डायलगले अझै केही रात लम्ब्याएँ । तर मलाई पनि अपराधजस्तो बोध भएपछि सारा डायलगले मेरो साथ छोडे । मैले उपचार गर्न जाने बताएँ । तर अहिलेसम्म पनि उपचार खोज्न गएको छुइँन ।
त्यसपछि भयो के भने, एकसाँझ पसल बन्दगरी घर पुग्दा त एउटा अर्को ओछ्यान थपिएको देखेँ । च्याँखुरीलाई सोध्दा पो थाहा भयो त्यो ओछ्यान त मेरो घुराइ सहन नसकेर उनले छुट्याइदिएको अंश पो रहेछ । च्याँखुरीले दिएको अंशमा सुत्न थालेको पहिलो दिन नै पर्तिर खाटमा सुतेको मेरो दाजुले मेरो घुराइको प्रशंसा गर्दै अढाइलिटरे बोत्तलले हान्यो । बोत्तलमा आधा जत्ति पानी भए पनि भरिएकोले हानेभन्दा ज्यादा लाग्यो । बेला बेलामा बोत्तल खाइँदैछ तर अहिलेसम्म पनि म त्यही ओछ्यानमा मस्त घुरेर निदाइराछु ।

यत्ति लेखेपछि मेरो घुराइ पनि पाकिस्तानी चियावाला वा गोर्खाली तरकारीवाली झैँ भाइरल नबन्ला त ? फिल्म खेल्ने वा मोडलिङ्ग गर्ने अफर आए अहिले नै ओके गर्दिएँ है ।

संसारकै घुर्ने एक हौँ । संगठन खोलम् । घुर्ने संघको अध्यक्ष बोरु मै मनम्ला । जय घुरुवा । यत्ति कुरा याद राख साथीहो ! ‘जिउँदो मान्छे घुर्छ’!

2 comments to संसारका घुर्ने एक हौँ र भनौँ जिउँदो मान्छे घुर्छ !

  • La sir Mero mahasachibma manonayan paryo hai

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • चर्चितकोको व्यंगकारितासँग म कतारदेखि नै परिचित छु। काठमाण्डू गएका बेला उहाँको घरमा एकरात पाहुना लाग्ने विचार थियो । अब त्यो बिचार त्यागेँ । अब चर्चितसँग कोजाग्रत पूर्णिमाका बेला मात्र भेट्नेछु ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0