डिसेम्बर ३१ का दिन न्यु इयर स्पेशल सो भन्दै सोनी टेलिभिजनको द कपिल शर्मा शोमा आजतक न्युज च्यानलकी एङ्कर श्वेता सिंहलाई अतिथिका रुपमा डाकिएको थियो। कार्यक्रममा कपिलले एक ठाउँमा नेपालको प्रसङ्ग ल्याउँछन्- भारतीय प्रधानमन्त्री नेपालको भ्रमणमा गएको समाचार पढ्दा न्युज एङ्करले हात मुनि राखेर स्वेटर बुन्ने बारे। त्यसबाहेक नेपालको प्रसङ्ग अर्को एक ठाउँमा पनि श्वेता सिंहले गरेकी थिइन् जसलाई कार्यक्रममा देखाइएको थिएन। सम्पादनका क्रममा फालिएको त्यो प्रसङ्गलाई ‘अनदेखा तड्का’कार्यक्रममा राखिएको छ। के छ त त्यसमा ?
त्यसमा राखिएको छ श्वेताले भूकम्पको बेला नेपालमा रिपोर्टिङमा आउँदा गरेको अनुभव।
घर ढलेको छ तर नेपालका मानिसहरु सेल्फी खिच्न आतुर। कपिलले भने त्यसलाई यहाँका बासिन्दाको सम्मान गर्दै प्रसङ्ग मोडेका छन्।
हेर्नुस् भिडियो-
भिडियो माथि नदेखिए हेर्न यहाँ क्लिक गर्नुस्
लु राम राम कपिल ले बचाएछ कुरा कता मोडिएर
नेपाली को दिमाग छैन तर वीर छन् सहि हो कुरो
जब दिमाग हुदैन कुरा केहि बुझ्दैन तेसै ले नेपाली मुर्ख हुन्छ
मुर्ख नै बहादुर हुन्छन
भुकम्पले घर भत्केको समयमा भत्केको घर आगाडी बसेर सेल्फी खिचेको कुरा सत्य हो. हामि नेपाली लाई अरुको दुखमा खुचिङ्ग भन्ने बानि छ. बाहिर देखाउनको लागि कठै भने पनि अरुको दुखमा खुशी हुने हामि अरुलाई भन्न मात्र बिर हौ.
नेपाललाइ घृणापूर्वक हेर्ने महिला नजर र सम्मानपुर्वक हेर्ने पुरूष नजर देखियो ।
धन्न कपिलले जोगाएछन। नत्र के के हुने! हामी ‘बीर’ हौँ भन्ने थाह कपिललाई रहेछ ल! ‘नेपानडियन’ परे कि क्या हो?