केही दिनदेखि फेसबुकमा एउटा सूचना खुबै भाइरल भइरहेको छ। त्यसमा लेखिएको छ- पारासिटामोल प्रयोग गर्दा p/500 लेखिएको प्रयोग नगर्नुस्। त्यसमा विश्वकै सबैभन्दा खतरनाक माचुपो भाइरस रहेको छ। यो मेसेज सेयर गर्नुस्।
के चाहियो मान्छेलाई। भकाभक सेयर गर्न थाले। कुरा साँचो हो कि झुटो हो पत्तै नलगाई। खासमा यो वाहियात हल्लामात्रै हो। तर यो हल्लाले नेपालमात्र हैन छिमेकी देश भारत लगायत अरु एसियाली देशलाई पनि आक्रान्त बनाएको छ।
के हो साँचो कुरा?
माचुपो भाइरस भनेको अहिलेसम्म दक्षिण अमेरिकामा मात्रै पाइएको छ। मुसाको विष्टा वा पिसाबबाट यो फैलन्छ। पारासिटामोलको ट्याब्लेटमा भाइरस बाँच्छ भनेर सोच्नु नै मूर्खताको हद हो। नेपालीहरुले जेमा पनि सिटामोल खाने गर्छन्। त्यसैले यो हल्ला झन् व्यापक भएको हो।
मलेसियामा पनि यो कुरा भाइरल भएको रहेछ। त्यहाँको एउटा अनलाइनले समाचार छाप्यो- विश्वास नगर्नुस् भन्दै।
भारतमा पनि यो न्युज भाइरल भएपछि टिभीमा यस्तो न्युज आयो
जानकारीको लागि धन्यबाद!