विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले घरेलु मैदानमा खेलेको तेस्रो खेल थियो शनिबार केन्याविरुद्ध। वर्षाले प्रभावित खेलमा नेपालले पाँच विकेटको नमीठो पराजय भोग्यो। तर सोमबार भने सात विकेटको विजय हात पार्यो। नेपाल शीर्ष ४ मा पर्दै वर्ल्ड कप क्वालिफायर्समा पुग्ने सम्भावना अब गणितीय मात्रै छ। अर्थात् युएई र हङकङसितका बाँकी सबै खेल जितेर मात्र पुग्दैन, आफू अनुकूल अरु टिमहरुले पनि हारिदिनुपर्छ। केन्यालाई हराउँदा मैदानमै उपस्थित भएर खेल हेर्नुको मजा बेग्लै हुन्छ। क्यामेरा बोकेर बाउन्ड्री नजिकै पुगेर लेन्स तेर्स्याउनुको मजा अर्कै। दर्शकहरु पनि गजबका हुन्छन्। खेल अवधिभर विभिन्न आवाज निकालेर वातावरण रमाइलो बनाइराख्छन्। नेपाली इनिङ्ग्सको अधिकांश समय फोटो खिचेरै रमाइयो। हेर्नुस् ४१ वटा विभिन्न एक्सनका फोटो।
केन्याको इनिङ्ग्सका २१ फोटो
माथि नेपालको इनिङ्ग्सका फोटोहरु। टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। केन्याको ब्याटिङका फोटोहरु योभन्दा मुनि रहेको छ। फिल्डिङतर्फ महबूब आलमले ७ ओभरमा सुरुवाती दुई विकेट लिँदै ५ मेडन राख्दै ११ रनमात्र दिए। करिम र ओबुयाको साझेदारी टाउको दुखाइ भइरहेको बेला सन्दीपले ओबुयालाई विनोद भण्डारीबाट स्टम्प गराए। नेपाललाई विकेट आवश्यक भइरहेको बेला शरद् भेषावकर चम्किए। उनले ४ विकेट लिए। पछि ब्याटिङमा पनि शरदले ४ चौका र एक छक्कासहित ११ बलमा २४ रन नट आउट बनाए।
अति सुन्दरम …..| क्रिकेटको माध्यमबाट तराई र पहाड्को भावना मेटाउनु पर्छ