-निशेष आचार्य, मनोसामाजिक विमर्शकर्ता –
दुई हप्ता बढि भयो, ऊ अलि बदलिएको छ। ऊ पहिले जस्तो खुशी पटक्कै देखिदैन। ऊ हरेक समय उदाश, दुखि देखिन्छ। पहिले साथीभइ, छिमेकी संग भेट्न, कुरा गर्न मन पराउने ऊ अहिले प्राय एक्लै बस्छ। ऊ सकभर कोठामा एक्लै बसेर समय कटाउँछ। पहिले रमाइलो लाग्ने कुरा हरुमा अहिले उसो कुनै चाख देखिदैन। पहिले समयमै सुत्ने र उठ्ने उसको निन्द्रा पनि एकदमै गडबड भएको छ भन्छन् (निन्द्रा नलाग्ने वा धेरै सुतिरहने)। खान्की पनि पहिले जस्तो छैन (खान मन नलाग्ने वा धेरै खाने)। कुनै पनि काम गर्न शरीरमा पटक्कै ताकत नभएको अनुभव हुन्छ रे। कसैले के भयो भनी सोध्दा ऊ ‘सन्चै छैन’, ‘जीउमा कत्ति ताकत भन्ने जस्ता जवाफ दिन्छ वा केहि भएको छैन भन्छ। सबैले भन्छन् ऊ पहिले जस्तो फुर्तिलो पटक्कै छैन, एकदमै लोसे देखिन्छ। उसको मनमा आफुले केहि गर्न नसक्ने, सबै कुरा बिग्रनुमा आफु नै दोषी भएको भन्ने जस्ता विचार आउँछन्। बेला बेलामा रुन मन लाग्छ। कसैले के भयो भनी सोध्दा ऊ ‘सन्चै छैन’, ‘जीउमा कत्ति ताकत भन्ने जस्ता जवाफ दिन्छ वा केहि भएको छैन भन्छ । ऊ भविष्य अन्धकार देख्छ। ‘बाँचेर पनि के गर्नु’ भन्ने जस्ता विचार आउँछन्।
यस्ता संकेत हरुले भन्छन् उसलाई उदासीनताले (depression) छ।
‘ऊ’ तपाई, म, तपाइको साथी, परिवारको सदस्य , इस्टमित्र, छिमेकी, सहपाठी, कर्मचारी, हाकिम, सहयोगी, सेवाग्राही, शिक्षक, विद्यार्थी वा जो कोहि पनि हुन सक्छ। उदासिनता जसलाई पनि हुन सक्छ। अन्य शारीरिक रोगहरु जस्तै उदासीनता पनि एक स्वास्थ्य समस्या हो। मान्छे जतिनै बलियो, धनि किन नहोस्, उदासिन नहोला भन्न सकिदैन। यो कुनै कायरताको वा जुझारु नहुनुको संकेत होइन। उदासिनता उपचारबाट ठिक हुने समस्या हो। कुनै पनि मनोसामाजिक कार्यकर्ता, मनोसामाजिक मनोविमर्शकर्ता, स्वास्थ्यकर्मी, चिकित्सक वा मनोचिकित्सक संग उदासिनता बारे कुरा गर्न सकिन्छ।
विश्व स्वस्थ संगठनका अनुसार संसारभर ३० करोड भन्दा बढी विभिन्न उमेर समुहका मान्छे हरुलाई उदासिनता हुन्छ। उदासिनता आत्महत्याको प्रमुख कारण हो। के हामी आफै वा हाम्रो वरीपरी कोही उदासिनता संग जुधिरहेका त छैनन्? हेरौं र उदासिना बारे खुलेर कुरा गरौँ। हौसला दिऔं र उपचारको लागि प्रेरित गरौँ। हाम्रो सानो प्रयासले कसैको जीवन बचाउन सक्छ।
निमेश जी तपाईले अतिनै समसामयिक विषयमा ज़रा उठाउनु भागो यसलाइ अली बढ़ी बहस को विषय बनाऊनु पर्यो
एकदमै सजिलो भाषामा बुझाउनु भयो. धेरै धन्यवाद.
बैरागी काइला, भीम बिराग ,कृष्ण उदास , प्रेम शाह ”दुखी ”हरु लाइ पनि अली अली यो रोग ले सताएको हो की ?