सरकारी अधिकारिक न्युज एजेन्सीमा हालै प्रकाशित एउटा समाचार पढ्नु भयो भने अचम्म पर्नु हुनेछ। समाचारको सुरुमै लेखिएको छ:
“सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ।”
शीर्षक नै तहल्का पिट्ने रहेछ, राससले रिपोर्ट गरेको केही दम छ, नेपाल मै नोबेल पुरस्कार भित्रिने भो है भनेर आशावादी हुनुहोला। तर अफसोच, समाचार पढ्दै जाँदा थाहा हुन्छ कि यो मात्र एउटा फेक न्युज हो। कि अप्रिल १ मा प्रकाशित हुनु पर्ने एक दिन पहिला प्रकाशित भएको हो? किनकि पूरा छन्द त्यस्तै छ, जस्तो कि:
“न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइनजस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन।”
“आजसम्म यति गम्भीर समस्याको समाधान पहिल्याउन किन ध्यान दिइएन? म आश्चर्यमा छु”
“यसका कारण लामो समयदेखि विश्वभरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकले कामचलाउ सूत्रका भरमा अध्ययन–अध्यापन गराउँदै आएका थिए।”
“भौतिक विज्ञानले यति ठूलो अन्तरसमेत बेवास्ता गर्नु दुःखद पक्ष हो। भौतिकशास्त्रको विश्वसनीयता ठूलो सङ्कटमा छ।”
ठूलाठूला वैज्ञानिकको नाम लिएर ठूलै कुरा गरिएको यो लेखमा कुनै स्रोत नदिई “अनुसन्धान पत्र” प्रकाशित गरेको भनिएको छ, तर गुगल स्कलरमा सर्च गर्दा केही देखिएन। बरु आर्किमिडिजको सिद्धान्त गलत छ भनी दावी गर्ने “वैज्ञानिक” महाशयको बुझाइ गलत भएको प्रस्ट पार्न चाहीँ जर्नलमा लेख रहेछ नेपाली शिक्षकको (http://iopscience.iop.org/article/10.1088/0031-9120/49/5/523/meta )।
त्यसो त माइसंसारमै पनि विस्तृत चर्चा गरिसकिएको हो यसमा। अहिलेको समाचारमा पनि केही शब्दहरु पढ्दा लाग्छ उहाँ स्कूले विज्ञानभन्दा माथि उठ्न सक्नुभएको छैन। जस्तो “सुभात” गलत भएर “सुब्रत” बनाउनु परेको कुरा। समस्या के हो, हिसाब कसरी गरिएको हो र किन नयाँ सिद्धान्त चाहिएको हो, त्यसका लागि शोधपत्र नै पढ्नु पर्ने होला, तर कुन जर्नलमा प्रकाशित भएको हो नलेखिदिनाले त्यो सम्भव भएन। तर जहाँसम्म “रोचक” उदाहरण भनेर १ वर्षमा यानले पार गर्ने दुरीको हिसाब देखाइएको छ, त्यो पनि गोलमोल छ। एकनास दुरी परिवर्तनको दर ९.८ मीटर प्रतिसेकेन्ड भनेको के हो? यो त गति हुनु पर्ने, तर यसको प्रयोग प्रवेगको रुपमा गरिएको रहेछ (x = 1 /2 gt^2)। तर ९.८ मीटर प्रति सेकेन्ड प्रति सेकेन्ड प्रवेग त पृथ्वीको सतहमा मात्र हुन्छ, त्यो पनि उल्टो दिशामा (पृथ्वी तिर) प्रवेग परिवर्तन हुने भएकोले यस्ता हिसाब गर्दा इण्टेग्रल गर्नु पर्ने कि एनर्जी कन्जर्भेसन लगाउनु पर्ने। नासाले अन्तरिक्षमा यान पठाउँदा सुवात लगाएर गर्ला? त्यसो त यस्ता रोचक उदाहरणहरु कलेजको भौतिक शास्त्रमा कति छ्न कति, हरेक उदाहरण राष्ट्रिय समाचार बनाउने?
सबै कुरा स्कुल कलेजमा समेट्न सकिंदैन तर जति कमि कमजोरी छन्, त्यो भन्दा माथिल्लो स्तरमा समेटिएका हुन्छन, त्यसमा पनि नभएकाहरु अनुसन्धानमै रहेका हुन्छन । धेरै वर्षको अध्यापनको अनुभवबाट के भन्न सक्छु भने स्कुल र कलेजमा पढाइनु पर्ने र पढाइने भौतिक विज्ञानमा कुनै समस्या छैन। विज्ञानमा समस्या छैन तर गलत बुझेर गलत व्याख्या गर्ने समस्या चाही रहेछ भन्न सकियो। खैर, आइन्स्टाइन र न्युटनले पनि विज्ञान जानेनन् भनेर दावी गर्नेलाई अरुले बुझाउन खोजेर के होला र। तर आफैले गलत बुझेकै भरमा समाचारमा छाइने हो भने यसले स्वयं गलत व्याख्या गर्नेलाई त फाइदा गर्दैन गर्दैन तर नेपाली विज्ञानको स्तरको अन्तर्राष्ट्रिय रुपमै बदनामी हुन जान्छ।
पत्रकार महोदय, कागले कान लग्यो भनेर कागको पछाडि दौडिन भन्दा कान छ कि छैन भनेर विचार पुर्याउनु हुँदो हो त रासस जस्तो संस्थालाई फेक न्युज पस्केर पंगु बनाउनु हुन्थेन होला। यस्ता विज्ञानका सनसनीपूर्ण समाचार बनाउँदा कृपया एक पटक विज्ञान प्रतिष्ठान या त्रिविविका प्रोफेसरहरुको राय लिएर गर्नु भयो भने सबैको भलो हुन्थ्यो।
अन्तमा समाचारमा व्यक्त गरिएको “बुद्धिजीवी र सञ्चारकर्मीले मानव जातिको हितका लागि आ–आफ्ना स्थानबाट समयमै यथोचित भूमिका निर्वाह गर्नुपर्ने” गरिएन भने “सम्पूर्ण मानवजाति र मानवपुस्ताका लागि गरिएको अक्षम्य अपराध हुनजान्छ” भन्ने कुरालाइ सही थाप्दै उहाँकै आग्रह अनुसार नै बेतुकका अफवाहमा नलाग्न चेतना होस् भनेर यो लेख्ने जमर्को गरिएको हो। अब पालो राससको।
राससको समाचार कहाँ कहाँ छापियो?
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना (अन्नपूर्ण पोस्ट)
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना, ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण पत्ता लागे (रेडियो नेपाल)
नेपालीपत्र
The invasion of fake news in Nepali media shows a sad state of affairs.
Every year we hear about these scientists coming up with ground breaking finding. To be a good scientist, you don’t need to find anything ground breaking. You can contribute to the scientific community without the elaborate claims. Of course, then you won’t be noticed by the masses, but isn’t it better not to be noticed than remembered for wrong things, that will be unmasked sooner or later?
Stop trying to be the next Hawkins!
हैट यी भविन्द्र मित्र कडा खालका रचन, केहि समय अघि ट्वीटेका थे लगभग १०० वटा जति ब्लगस्पटलाइ प्रकाशित गर्देको मा धन्यबाद टक्र्याका थे के रच भनेर जर्नल आर्काइभ तिर खोजेको हौवा! केहि चलेका अनलाइनले पनि लेखेको देखिएको थियो! हुदा हुदा रा.स.स. पनि! जेरोको हिसाब मिलाको होला
कामनिस्ट आंदोलन अपूर्ण थ्यो , कार्ल मास्क को थ्योरीपूरा भएको थिएँन | पुष्प कमल ले प्रचंड पथ खोल्दिए र तेस्को ब्याख्या बोर्ड फास डा बाबूराम ले ( हेर्नुस पुराना लेख हरु ) गर्दिए पछि तेस्ले पूर्णता पाएको छ| देश आज प्रचंड पथ माँ तीब्र गतिमा दौडिरहेछ , एस्ले अब हामीलाई पनि बिकाश माँ उछिन्ने भयो भनेर भारत , अमेरिका , चीन डराइरहेछन |
त्यों बिज्ञान को कुरा पानी तेस्तै हो , नेपाली युवा ले आइंस्टाइन , ग्यालिलियो , आर्किमिडीज ले जिंदगी भरी गर्न न सकेको गरेर देखाईदिएछन , प्रचंड सरकार को ध्यान खिच्न र बिज्ञान मंत्रालय को प्रमुख बा महत्त्वपूर्ण जिम्बेबारी माँ लेउँन हृसि धमला हरुको को नया संस्करण हरुको जोड़ हूँन सक्छ |
नेता पथ खोलेर कार्ल मार्क्स , लेनिन लाइ चुनौती , कार्यकर्ता हरु आइंस्टाइन , ग्यालिलियो , आर्किमिडीज लाइ चुनौती , आगे परेको बेला ब्यख्या जानेको , बुझेको डा बाबूराम डा साब भइहाल्नुहुन्छ | समर्थन गर्न अभिनेत्री करिश्मा र हिसिला भाउजु भइहाल्नुहुन्छ | कुरो न बुझ्नेलाई
छोरा प्रचंड को लाइसेंस लिएको इटालियन छदैछ | सक्किगोनि |