नेपाल आइडलको गाला राउन्ड यो सातादेखि सुरु भएको छ। गाला राउन्डमा ६ जना जजले छानेका र ६ जना दर्शकको भोटबाट छानिएका गरी १२ जना छन्। सबैले बिहीबार आफ्नो प्रस्तुति दिए। हिजो रातिदेखि शुक्रबार मध्याह्न १२ बजेसम्म नेपालभित्र बस्नेहरुले एसएमएसबाट र नेपाल बाहिर हुनेहरुले नेपाल आइडलको अफिसियल एपबाट भोट खुला गरिएको छ। यसअघि भोटिङ राउन्डबाट प्रतियोगीहरु आउट भएपछि कसको भोट कति हो, पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने माग पनि उठेका थिए। तर यो माग पूरा हुनेवाला छैन। किनभने नेपाल आइडल नेपालको आफ्नै कार्यक्रम नभएर विदेशको फ्रेन्चाइज कार्यक्रम हो। कार्यक्रम खिचेर हेडक्वार्टर युकेको फ्रिमायन्टल मिडियामा पठाएर अप्रुभ भएपछि बल्ल प्रसारण गर्ने अनुमति पाइन्छ। विश्वका विभिन्न देशमा भइरहेको आइडल सिरिजका कार्यक्रमहरु यही फरम्याट अनुसार हुने हुन्। यी देशहरुमा पनि कसले कति भोट पायो भनेर निर्वाचन आयोगले चुनावमा उम्मेदवारहरुले पाएको भोट सरह सार्वजनिक गरिँदैन। त्यसैले नेपालमा दर्शकहरुले माग गर्दैमा भोट सार्वजनिक गर्न मिल्दैन पनि हेडक्वार्टरले यसको अनुमति दिँदैन पनि।
त्यसो भए एसएमएस भोटिङ चाहिँ किन गरिन्छ त? वेब भोटिङ मात्र गरे हुन्न?
एसएमएस भोटिङमा चाहिँ पैसाको कुरा पनि जोडिएको छ। नेपाल आइडलको भोट गर्नलाई जुन नम्बर दिइएको छ- ३५२२५। यो प्रिमियम एसएमएस नम्बर हो। अर्थात् तपाईँले सामान्य एसएमएस गर्दा जति शुल्क लाग्ने हो, त्यो भन्दा धेरै यसमा लाग्छ।
यो हेर्नुस् एनसेलको आधिकारिक वेबसाइटमा राखिएको जानकारी
त्यसमा लेखिए अनुसार एउटा एसएमएस गर्दा पाँच रुपैयाँ लाग्छ। त्यो पनि कर नजोडिएको रकम हो। कर जोड्दा यो रकम सात रुपैयाँ हाराहारीमा पर्न आउँछ।
एनसेलमा जस्तै नेपाल टेलिकममा पनि लाग्ने रकम त्यति नै हो। नेपाल टेलिकमको साइटमा भने यो नम्बरमा एसएमएस गर्दा कति रुपैयाँ लाग्छ, लेखिएको छैन। कार्यक्रम आयोजकहरुले पनि टेलिभिजनमा एसएमएस गर्दा यति रकम लाग्छ भनेर जानकारी दिनुपर्ने हो, त्यो दिएका छैनन्। टेलिभिजनमा त मानौँ एसएमएस सित्तैमा हुन्छ जस्तो प्रचार गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यसमा ध्यान दिनुपर्ने हो।
पाँच रुपैयाँमध्ये पैसा टेलिकम कम्पनी, यो सेवा प्रदान गर्ने कम्पनी र नेपाल आइडलको आयोजकले बाँडेर लिन्छन्। भोटमात्र हैन यहाँ पैसाको पनि व्यापार भइरहेको हुन्छ।
उता इन्टरनेसनल भोटिङमा भने एपबाट वेबभोटिङ हुने भएकोले पैसाको कारोबार हुँदैन।
१२ जना प्रतिस्पर्धीमध्ये आज शुक्रबार रातिको कार्यक्रममा कम भोट पाउने एक जना आउट हुनेछन्। यो क्रम हरेक हप्ता त्यतिबेलासम्म जारी रहनेछ, जतिबेलासम्म अन्तिम तीन जना बाँकी रहँदैनन्। तीन जना बाँकी भएपछि ग्रान्ड फिनाले हुनेछ र त्यसमध्ये एकले पाउनेछ नेपाल आइडलको उपाधिसहित विभिन्न पुरस्कार।
Pratap Das ♥
Pratap Das
khuru khuru sagar ale lai vot garnus aru kura pachi garam la.
Pratap das
एसएमएस भोटिङ नै रियालिटी सो हरुको आम्दानीको अंग हो।
यदि भाेट सार्वजनिक गरिदैन भने भाेट हालेकाे के काम अनि भाेट पनि लिमिट किन हाे भारतमा तेरिया र प्रशान्त लाई भाेट हाल्दा त कुनै लिमिटनै थिएन मनपरि भयाे भाेट हाल्ने जनता काे अधिकार भनी भन्ने पनि हावा रैछ ।