यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

बिहेको फोटो प्रतियोगितामा पुरस्कार जित्ने टप टेन फोटो यस्ता छन्


बिहेको फोटोहरुको प्रतियोगिता क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधि चितवनका सुमन सापकोटाले हात पारेका छन्। उनले क्यानन ६ डि क्यामेरा पुरस्कार पाए। काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले पाए। उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका थिए। यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पायो। उनले क्याननकै ७५० डि क्यामेरा पाए।

उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए। यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए।

पुरस्कृत भएका फोटोहरुसँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिदै संघका अध्यक्ष भवदेव थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अवलोकनका लागि आउन सर्वसाधारणलाई आग्रह गरे।

पहिलो भएको फोटो

दोस्रो भएको फोटो

तेस्रो भएको फोटो

चौथो भएको फोटो

पाँचौँ भएको फोटो

छैटौँ भएको फोटो

सातौँ भएको फोटो

आठौँ भएको फोटो

नवौँ भएको फोटो

दशौँ भएको फोटो

यो प्रतियोगितामा टप १०० मा परेका फोटो हेर्नुस् (तल नखुले यहाँ क्लिक गर्नुस्)

2 comments to बिहेको फोटो प्रतियोगितामा पुरस्कार जित्ने टप टेन फोटो यस्ता छन्

  • Kamal Karki

    कुनै पनि फोटो प्रतियोगिता जित्ने खाले छैन।

  • जताततै पहेंलो । चारैतिर सुन। गरीबको बिहे हुन्न? गरीबको फोटो खिचिन्न?