यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

भरतपुरमा जस्तै पत्रकारको चुनावमा मतपत्र च्यातिए? यस्तो छ निर्देशिकाको व्यवस्था

भरतपुर महानगरपालिकाको र पत्रकारहरुको भोलि हुने चुनावमा एउटा समानता के छ भने दुवैमा कांग्रेस र माओवादी गठबन्धन छ। पत्रकार पनि दलको हुन्छ र भनेर सोध्नुहोला। हुन्छ नि। नेपाल प्रेस युनियन भनेको नेपाली कांग्रेसको। प्रेस चौतारी भनेको एमालेको। प्रेस सेन्टर भनेको माओवादी केन्द्रको।

भरतपुरमा जस्तै मतगणनाका बेला मतपत्र च्यातिए के होला त? नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यविधि निर्देशिका २०७४ बनाएको छ। त्यसमा मतदान र मतगणनासम्बन्धी कार्यविधि छ।

कार्यविधिको बुँदा नम्बर १० मा मतपत्रसम्बन्धी व्यवस्था छ। त्यसको उपबुँदा नम्बर ३ मा मतपत्र च्यातिएमा के हुने भन्ने व्यवस्था छ-

तर यो मतदान गर्ने बेलाको मात्र कुरा हो। मतगणना सम्बन्धी व्यवस्था भने यस्तो छ-

मतगणनाको बेला भरतपुरमा जस्तो मतपत्र च्यात्ने कल्पना यो निर्देशिकामा गरिएको छैन। मतपत्र च्यातिएको समाचार लेख्ने पत्रकारहरुले के मत च्यात्लान् र भन्ने लागेर होला।

2 comments to भरतपुरमा जस्तै पत्रकारको चुनावमा मतपत्र च्यातिए? यस्तो छ निर्देशिकाको व्यवस्था

  • प्रविण

    पत्रकारहरुमा पनि त्यस्तो बाँदर प्रवृति हुन्छ र ? मैले सुने अनुसार त पत्रकारहरु पढेलेखेका हुन्छन् अरे अनि पढेलेखेका मुर्खहरुले पनि त्यस्तो नचाँहिने कामर गर्लान् र ?

  • लौ पत्रकार महोदय अब मतपत्र च्यात्ने पालो तिमीहरुको….. यसरी मतगणनामा मतपत्र च्यातेपछि के प्रक्रिया अपनाउँदा रहेछन हेर्न पाए हुन्थ्यो