बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले काठमाडौँदेखि सगरमाथा बेसक्याम्पसम्म केवल कार बनाउने कुरा पार्टीको घोषणापत्रमा राख्यो। यो त केवल गफ हो भन्ने कुरा सबैलाई थाहा छँदैछ। आउनुस् आज अलि पुराना पार्टीका पुराना घोषणापत्र हेरेर मनोरञ्जन लिउँ। भोट माग्न आउने बेला तपाईँको पार्टीले त उहिले नै यस्तो कुरा घोषणापत्रमा लेखेको थियो नि भनेर जिस्काउन पनि नबिर्सनुस् है। घोषणापत्रको उडन्ते गफका लागि आज रेलको विषय छानौँ। आउनुस् रेलको बारेमा कसले कति गफ दिएका थिए, पढौँ।
रेलको विषयमा अहिले पनि दलहरुको घोषणापत्रमा उल्लेख हुनेछ पक्कै। कति दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छैनन्। गरेपछि थाहा हुन्छ। सबभन्दा पहिला रेलको गफ घोषणापत्रबाट दिने पार्टी चाहिँ नेपाली कांग्रेस रहेछ। २०४६ सालको बहुदलीय व्यवस्था पुनर्स्थापनाको आन्दोलनपछि भएको २०४८ सालको आम चुनावका लागि नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा यस्तो लेखिएको थियो-
त्यतिबेला कांग्रेस अलि कन्फ्युजनमा रहेछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल बनाउने कि ट्रलिबस। त्यसैले ‘वा’ शब्द लेखिएको छ। २०४८ साल अर्थात् २६ वर्षपछि के प्रगति भो त?
भएको एउटा त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रलिबस पनि खत्तम बनाए।
माथिको घोषणापत्रको अंशको अर्को बुँदामा जलमार्गद्वारा यातायात सेवाको विकासको कुरा रहेछ। यो पनि २६ वर्षपछि ओलीले पानीजहाजको कुरा निकालेपछि बल्ल कांग्रेसीहरुलाई उडाउन काम लाग्यो।
तेस्रो बुँदाको रोपवेको विकासको साटो विनाश लेखिनुपर्थ्यो। भएको हेटौडा काठमाडौँ रोपवेको विनाश यही कालमा भयो।
गफ दिन एमाले पनि के कम। कांग्रेसको बहुमतको सरकार कांग्रेसकै कारण ढल्यो र २०५१ सालको मध्यावधि चुनावमा एमालेको घोषणापत्रमा आयो रेलकै कुरा। पूर्व पश्चिम विद्युत रेल। विडम्बना, २३ वर्षपछि पनि एमालेको घोषणापत्रमा यही रेल बनाउने कुरा नै हुनेछ।
एमालेको घोषणापत्रमा ट्रलिबसको कुरा पनि रहेछ। भएको एउटा ट्रलिबस जोगाउन सकेको भए हुन्थ्यो। एमालेकै घोषणापत्रमा हेटौडा काठमाडौँ सुरुङ मार्ग बनाउने कुरा पनि रहेछ। भाषा याद गर्नुहोला है। कांग्रेसले घोषणापत्रमा लेख्दा चलाउने कार्य कांग्रेसको सरकारले गर्ने उल्लेख थियो। एमालेले भने ‘बनाउने तर्फ जोड दिइनेछ’ मात्र भनेको छ। अर्थात् एमालेले चलाखीपूर्ण भाषा प्रयोग गरेको छ। जोड त दिएकै होला एमालेले। कांग्रेसले चाहिँ गर्छु भनेको कार्य पनि गरेन।
घोषणापत्रकै कुरा गर्ने हो भने यो घोषणापत्रलाई कसरी बिर्सन सकिन्छ र।
अनुमान लगाउनुस्, यो कुन स्थानको चित्र हो ?
अरु देशको हैन, हाम्रै नेपालको !
हाम्रो नेपालमा त उत्रिएर चिया पिएर फेरि दौडेर चढ्न पनि भ्याउने गरी ढिला कुदने जनकपुर-जयनगर रेल एउटा र काठमाडौँको भृकुटीमण्डपमा रहेको एउटा बालरेल मात्र छ भन्नुभएको ? यो भावी नेपालको चित्र रे क्या। अनि यो पूर्वपश्चिम रेलमार्गको दृश्य रे।
पूर्वपश्चिम रेलमार्गको स्वरुप यस्तो हुनेछ
काँकडभिट्टा-महेन्द्रनगर ८८ किमी
महेन्द्रनगर- गाईघाट ६० किमी
गाईघाट-बर्दिवास ८४ किमी
बर्दिवास-हेटौडा ११० किमी
हेटौडा-नारायणगढ ६७ किमी
नारायणगढ-बुटवल ९८ किमी
बुटवल-भालुवाङ ७५ किमी
भालुवाङ-कुसुम ६६ किमी
कुसुम-कोहलपुर ५० किमी
कोहलपुर-अत्तरिया १३५ किमी
अत्तरिया-महेन्द्रनगर ४० किमी
जम्मा ८७३ किमी
शाखा मार्गको कूल लम्बाई ५०० किमी
नक्सामा पूर्वपश्चिम रेलमार्ग यस्तो देखिने रहेछ-
देशभर यसरी रेलमार्गको विकास भए देशको सर्वोपरि आर्थिक वृद्धि तथा विकासमा योगदान पुग्छ। यसले क्षेत्रीय समुदायहरुबीच अन्तर्क्रिया गराई दुर्गम क्षेत्रको विकास गराउन मद्घत गर्दछ। रेलमार्गले यातायात मात्र नभएर देशमा प्रविधिको भूमिकालाई पनि प्रोत्साहित गर्नेछ। आउँदो १० वर्षभित्र पूर्वपश्चिम रेलमार्ग बनाउने अनि १५ वर्षभित्र शाखा मार्गहरु बनाइने रे।
यो चाहिँ राजधानीको फोटो रे। काठमाडौँ भन्ठान्नुभएको ? हैन। यो त नारायणगढ हो। नारायणगढ देशको केन्द्रमा रहेकोले नारायणगढलाई राजधानी प्रस्ताव गरिएको रे।
यो चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल। अहँ अहँ, त्रिभुवन विमानस्थल हैन। यो त सिमरामा बनाइने नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पो त।
मर्स्याङ्दी नदीको ताल
माथिल्लो कालिगण्डकीमा बग्गीको प्रयोग।
त्यति मात्र हैन, पोखराको सराङकोट, अन्नपूर्ण चौथो र माछापुच्छ्रेमा रज्जुमार्गको व्यवस्था।
मेलम्चीमा बढी समय लाग्ने भएकोले सुन्दरीजलमा बाँध बनाएर खानेपानी आपूर्ति गर्ने।
यी र यस्ता अनेक अरु कल्पना र प्रस्तावहरु।
तपाईँलाई गाईजात्राको कल्पना जस्तो लाग्यो कि ? हैन, यो त नेपाल राष्ट्रिय विकास पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख भएको विषय पो त। यो पार्टी जपानी मूलका नेपाली नागरिक ताकाशी मियाहाराले स्थापना गरेका हुन्। २० वर्षमा समुन्नत नेपाल बनाउने लक्ष्य यसले राखेको थियो। तर गतिलो भोट नआएपछि यो पार्टी त्यत्तिकै तुहियो। उनको पार्टीको जतिको पनि घोषणापत्र बनाउन नसक्नेहरु अहिले घरी नयाँ घरी वैकल्पिक शक्ति भन्दै आइरहेका छन्। हेरौँ उनीहरुको हविगत के हुने हो।
15 हजार जनता को हत्या गरेर , लाखौं युवक हरु लाई विदेश जान वाध्य पारेर, चेलिबेटी लाई विदेशमा बेचिन वाध्य गराएर ,
गाऊँ हरु सुनसान बुढा बूढी मात्र बाँकी।
केटा हरु अरब मा ऊँट चराउने र बाथरूम सफा गर्ने, केटी हरु काठमांडौ को डांस बार या अरब वा अफ्रीका को क्लब मा जिउ बेचने ।
देश लाई यसरी खोक्रो बनाएर हत्यारा छविलाल ले 12 बर्ष रडाको मचाएर आज आएर घिउ हालेको बासमती भात र खसी खाएर आलीशान घर मा बसेर भुंडी हल्लाउँदै कमल थापा संग हातेमालो गरेर बसेको छ।
यिनै उडन्ते गफले त जनता रत्तिएका छन्
कुरा गर्यो कुरैको दुख , आफु जंगे बनेर सब फटाह बाहुन नेताहरुलाई तह पनि लगाउन न सक्ने , गालि पनि कत्ति गर्नु ? हो कुलमान जस्ता को हात मा परे देश बन्थ्यो कि ?
बाबुराम प्रचण्ड इन्डियाको दलाली गरेर नेपालि सेना र सरकार सग गरिब जनजातिलाई भिडाएर , उनीहरुको लास मा टेकेर सत्ता मा पुगे , देश बिकास त् परको कुरा , देश मा कानुनि राजको समेत ब्यबस्था गर्न सकेन उल्टो अकुत सम्पति जोडेर , भ्रास्ताचार गरेर आफु जोगिन र पावर मा सधै रहन यो पार्टी , त्यो पार्टी गर्दै जथाभाबी बोल्दै यो ठाउसम्म आइपुगेको छ | भन्नलाई जन नेता , तर २-४ सुरक्ष्या गार्ड अगि पछि न लगाई हिड्न डराउछ |
फेरी पनि परेको बेला सिटामोल समेत खान न पाएको जनतालाई केवल कार , मेट्रो रेल को सपना देखाउन खोज्छ |
फटाह बोल्नु को पनि हद हुन्छ नि | बास्तब मा यो चुनाब को समेत कुनै अर्थ छैन , किनकि एसले फेरी चुनेर ल्याउने भनेको तेही चोर हरुलाई नै हो | प्रजातनत्रिक परिपाटी को बुइ चढेर गलत कार्य गर्ने अभ्यास भैसकेको छ उनीहरुलाई | नाम प्रजातन्त्र को , काम , आचरण मन्परितान्त्र्को |
हिजो आफुले फेल गरेर जिरो ग्रेड दिएको र नालायक घोसित गरेको , ‘घिचौ र घिच्न दिउ ‘ को सिद्दान्त का प्रणेता देउवा ” लाइ देखेर ज्ञानेन्द्र समेत जोस चलेछ , उनि भन्दैछन अब मैले नेतृत्त्व लिने बेला आयो |
Hait kati hansu hau
100 percent jhuto
वाक्कै लागिसक्यो यी मुर्खहरूको कुराले । कहिलेकाहीं त नेपालको सबै न्युज च्यानलनै बन्द गरौं जस्तो लाग्छ । कतिमात्र जनताहरूलाई ललाई फकाई लुट्न खोज्ने भनेको नी ।
Kya gazzab.. janata pani khub harsit.. malai pani election ma uthna man lagyo.. kaam gari dekhaunu vanda pani chutkila sunayera jitido rahexa.. jite paxi europe america le pani samman garne.. 😀 😀