gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

सपना र ऐँठन : अर्थ र यथार्थ

imagesसपना पनि सबै समाजका मान्छेको सोँच र भावनामा क्षणिक, तर गहिरो प्रभाव पर्ने कुराहरु मध्ये पदर्छ। मान्छेले मात्र होइन निदाउने जति सबै प्राणीहरुले देख्छन अनगिन्ती सपनाहरु। तर सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रुपमा विकसित भैसकेकोले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका एकदम फरक हुन्छ। मस्तिष्कको बिकसित स्वरुप, प्रयोग, र सपनाको प्रकारमा अनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन्। हाम्रो मस्तिष्क सर्वश्रेष्ठ भएकोले स्वभावैले सपना पनि हामीले बढी देख्छौं, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं।

हामी हाम्रो जीवनकालमा तीन भागको एक भाग सुतेर बिताउँछौं भने ६ वर्ष जति सपना देखेर। हाम्रो हरेक रातको औसत २ घण्टा सपनामा बित्छ। धेरै जसो सपना त हामीलाई यादै हुँदैन, करिब ४% जतिमात्र आंशिक या पूर्णरुपले याद हुन्छ। सपना देखेको ५ मिनेटमा ५०% र १० मिनेटभित्र ९०% बिर्सिन्छ। प्राय सपना २० मिनेटभित्र सकिन्छन्।

हरेक मान्छेले दिनमा ३-७ वटासम्म सपना देख्छ। घुरेको बेलामा सपना देखिन्न। सपनाले भोगाई र अनुभवसँग पनि सम्बन्ध राख्दछ। त्यसैले बालकले कम सपना देख्छन् र ती सबैजसो खेल तथा खाना सम्बन्धि हुन्छन्। बालकहरुमा डर बढी हुने भएकोले डरलाग्दा सपना पनि देख्छन्।

मानव मस्तिष्क र पशुपंक्षीको मस्तिष्कको बिचको अर्को एउटा ठुलो भिन्नता के पनि हो भने पशुपंछीलाई मैले सपना देखें भन्ने कुरा पनि थाहा हुँदैन, निद्रा खुलेपछि सपना नै पूर्णत बिर्सिहल्छन, र प्रभाव पनि शुन्य हुन्छ।

विपनामा पनि परिचित शत्रुहरुको आकृति, खतराको संकेत, शत्रुहरूका केही ब्यबहारको ज्ञान, र मौसमबारेका थोरै कुरा सिवाय आफ्नै जीवन, जगत, तथा अन्य कुनै पनि प्राणीको बारेमा केही पनि ज्ञान हुँदैन उनीहरुलाई। आफ्नै वर्ग र समुदायको बीचमा संचार सम्पर्क तथा भावनात्मक साटासाटीचाहिं हुन्छ, तर एकदम सिमित मात्रामा मात्रै।

उदाहरणको लागि कुनै गाईको माउ र बाछालाई छुटायो भने छुटाउने बित्तिकैचाहिँ माउ मर्ला झैं गर्छ, तर ५ दिनभित्रमा बाछोलाई करिब-करिब भुलिसक्छ। त्यस्तै माउ लगभग अघाएको छ, बाछो टाटासुकाइ छ, एकमुठी घाँस दुबैको बीचमा हालिदियो भने कठै मेरो बाबा कति भोकायौ नि ! यत्ति भए पनि खाऊ भनी माउले बाछोलाई किमार्थ खान दिंदैन, आफैले हत्तनपत्त हसुर्छ। दूध खुवाउनुको कारण पनि कठै बच्चा भोकायो भनेर नभई दूधले कचौंडो चर्किनुले हो। पशुपंछीमा संवेग र तर्कशक्ति अद्यावधि प्रारम्भिक अवस्थाको छ।

अर्थको हिसाबले भन्नु पर्दा पनि पशुपंछीले खाना प्राप्त गर्न र स्वार्थ पूर्ति गर्न केही झिनामसिना कुराहरुको नक्कल गरे पनि ती नक्कल गरिएका कुराको अर्थ उनीहरुलाई रत्ति पनि थाहा हुँदैन। जस्तै:- एउटा सुगालाई “चोर आयो” भन्ने कुरा सिकायो भने चोर आउँदा पनि राम्रो मान्छे आउँदा पनि चोर आयो नै भन्छ। यसको अर्थ त्यसलाई “चोर” र “सद्धे” शब्दहरुको बीचको विभेद मात्र होइन की दुवैको अर्थ नै थाहा हुँदैन।

तर हामीलाई सपनामा देखिने शब्द, दृश्य, घटना आदिको अर्थ झन्डै पुरै थाहा हुन्छ, भलै सपनाको परिणाम हुने नहुने, सुल्टो पर्ने उल्टो पर्ने, आंशिक हुने पूर्णरुपले हुने कुरा कुनै रुपले पुष्टी गर्न नसकियोस। अर्थै थाहा नभए पनि हाम्रो मस्तिष्कले के होला भनी तर्क गर्छ। यिनै अर्थ लाग्ने र तर्कना आउने जस्ता कुराले हाम्रा संवेगहरुलाई गहिरो प्रभाब पर्छन, र त्यही प्रभावको आधारमा हामीले सपनाहरु आंशिक वा पूर्णरुपले सम्झिन्छौँ अनि के अर्थ होला भनी घोत्लिन्छौँ। कुनै कुराको अर्थ बुझ्नु, नबुझे तर्क गर्नु, बुझ्ने प्रयास गर्नु, र अन्ततोगत्वा बुझीछाड्नु नै मान्छे यतिबिघ्न बिकसित हुनुको मूल कारण हो।

आजको दिन सम्ममा सपना देखिनुका देखाउनै मिल्ने प्रमाणित त्यथ्यहरु पनि छैनन, अनि यस प्रकारको सपनाको अर्थ र परिणाम यो नै हुन्छ भनेर ठोकुवा गरेर भन्न सकिने आधारहरु पनि छैनन्। तथापि अचम्मअचम्मका सपना देखिने कुरा हामी सबैले अनुभब गरिरहेको सर्बब्यापी कटुसत्य नै हो। हुन त आफूले अर्थ लाउन नसक्दैमा अर्थै नै हुँदैन भन्नु बुद्धिमानी ठहर्दैन, तै पनि कुनै बहुस्वीकार्य बैज्ञानिक तर्क र अनुसन्धानको प्रमाणित परिणामबिना अर्थ हुन्छ नै भन्नु पनि त झनै अन्धविश्वासी बन्नु हो !

मानव सभ्यताको सुरुआत देखि नै संसारका सबै समाजका जानिफकारहरुले बिभिन्न कोणबाट सपना देखिनुको कारण खोतल्ने प्रयत्न गरे पनि आजसम्म आइपुग्दा ती सबैलाई चेतन अवस्थामा सिर्जित, तरंगित तथा दबित सोंचका अचेतन वा अर्च-चेतन अवस्थामा बिनारोकतोक पूरा हुन र रित्तिन पुगेका आवश्यक पक्ष (Psychologically Necessary) भन्ने मनोबैज्ञानिक दृष्टिकोण, र प्राणीको जीवनचक्र अन्तर्गत स्वाभाविक रुपले चल्ने मस्तिष्क तथा शरीर संयन्त्रका केही परिणाम (Physiological Simulations) भन्ने जीवबिज्ञानबादी दृष्टिकोण नै तर्कसंगत र विश्वासयोग्य बन्न पुगेका छन्।
मनोबैज्ञानिक सिधान्तको आधारमा सपनाको सर्बप्रथम तार्किक व्याख्या गर्ने Sigmund Freud अनुसार सपना भनेको चेतन अवस्थामा पलाएका अनेकन तिब्र अभिलाषा र कुण्ठामा अर्को पक्षको नकारोक्ति अथवा सामाजिक, नैतिक, धार्मिक, कानुनी आदि बन्धनको कारणले अबरोध आई पूर्ण चेतन अवस्थामा खुम्चिनु परेको इच्छा वा चाहाना सुषुप्त आवस्थामा स्वतन्त्रतापूर्बक प्रष्फुटित हुनु हो भनेर भनेका छन्।

Dr. Freud ले सपनामा कसैसंग शारीरिक लसपस वा सम्भोग नै गरेको देखिनुको कारण चेतन अवस्थामा आफू इच्छित व्यक्तिसंगको चाहेजस्तो पहुँचमा कुनै प्रकारको ब्यबधानको परिणाम हो भन्छन्।

सपनामा सम्भोग बारेका धेरै नै अध्ययनहरुमा झन्डै शतप्रतिशत साक्षात्कारहरुबाट जीवनमा कयौं पटक सम्भोगको सपना देखेको तर आफ्ना नजिकका नातेदारसंगको त्यस्तो सम्बन्ध एक पटक पनि नदेखेको भन्ने उत्तर आउनुले Dr. Freud को तर्कलाई ठुलै बल पुर्याउंछ किनकी सामाजिक स्वभाबको कुनै पनि मानबले आफ्ना नजिकका नातेदारलाई कल्पंदैन।

सपना सम्बन्धि अन्य दुई धार पनि छन जसको बुझिने गरी अर्थ लगाउँदा सारांश यस्तो हुन आउँछ। एकथरीले मस्तिष्कको काम गर्ने तरिकालाई आधुनिक वाईफाई (Wi-Fi), रेडियो, टिभी, एन्टिना आदिको काम गर्ने तरिका जस्तैजस्तै परिकल्पना गरी सपना भनेको अर्ध-चेतन अथवा अचेतन अवस्थामा पनि निरन्तर तर अब्यबस्थित रुपमा प्रसारित भैरहने न्युरन (Neuron) का बिद्दुतीय संकेतहरुबाट मस्तिष्कले कुनै पूर्ण तथा अर्ध अर्थ लगाएको वा लगाउन कोशिस गरिरहेको क्षण भनेर परिभाषित गर्न खोजेका छन।

अर्काथरीले सपना भनेको इन्टरनेट चलाउने कम्प्युटरमा इन्टरनेट बन्द गरेपछि पनि कम्प्युटरमा रहिरहने Temporary Internet Files, Browsing history, AutoComplete, Feeds & Web Slices, Cookies जस्तै दिमाग चेतन अवस्थामा रहँदा घटेका घटना वा श्रब्य, दृश्य, अनुभव आदिका छायाँ रुप हुन्। जसरी कम्प्युटरका त्यस्ता कुरा डिलिट गरेपछि हट्छन, दिमागका यस्ता कुराहरु पनि सपना देखेपछि हट्छन, र दिमागले ताजगीपन पाउँछ भन्ने अर्थ लगाएका छन्। दुवै धार अति वजनदार र धेरै हदमा त्यथ्यसंगत छन्।

दर्शनशास्त्रीहरुले सपना देख्नु भनेको हामीले देख्ने र भोग्ने बाहेको छुटै संसारको अनुभब हो, सपना नै तत्वज्ञानको मूल श्रोत हो, र यदि सपना नभएको भए यो संसार यति बिकसित हुने थिएन भनी आफ्ना तर्कहरु तेर्छ्याएका छन्। उनीहरुको तर्कलाई यसरी अनुबाद गर्न ठिक होला “भूतमा बिश्वास गर्नु भनेको परमेश्वरमा बिश्वास गर्नु पनि त हो नि !”

बिसौं शताब्दीको अन्ततिर आएर भने मस्तिष्क र शरीरको काम गर्ने तारिक, र निद्रा बिचको अन्तर सम्बन्ध स्थापित गरी सपना देखिनुको साँच्चैको उन्नत र बैज्ञानिक व्याख्या गरिएको छ। यसलाई राम्रोसंग बुझ्नको लागी मस्तिष्कको तरंगको गतिको संयन्त्र (Brain Wave Mechanism) पनि बुझ्नु पर्ने हुन्छ।

मस्तिष्कमा मूलतः Delta, Theta, Alpha, Beta गरी ४ प्रकारका तरंगहरु पैदा हुन्छन, जसलाई इलेक्ट्रोएनसफलग्राम Electroencephalogram (EEG) नामक यन्त्रको मध्यमले नाप्न अथवा देख्न सकिन्छ। ती सबैको बहने गति (Frequency) अवस्था अनुसार फरकफरक हुन्छ। हामी एकदम सजग भएको बेला अथवा हरेक दृष्टिले मस्तिष्कलाई अत्यधिक प्रयोग गरेको बेला Beta Brain Waves एकदम सक्रिय हुन्छन र यिनीहरुको गति (Frequency) १३-४० प्रति सेकेन्ड हुन्छ। हामी शान्त र धैर्य अवस्था (Relaxed State) मा रहेको बेला Alpha Brain Waves सक्रिय हुन्छन, साथै यिनीहरुको Frequency ८-१२ प्रति सेकेन्ड हुन्छ।

त्यस्तै कल्पना र गहिरो सोंच वा ध्यानमग्न भएको बेला Theta Brain Waves सक्रिय हुन्छन र तिनीहरुको Frequency ४-७ प्रति सेकेन्ड हुन्छ, अनि मस्त मरे जस्तै अति गहिरो निद्रामा परेको बेलामा Delta Brain Waves सक्रिय हुन्छन जसको Frequency ०.५-३ प्रति सेकेन्ड हुन्छ। कुन Brain Waves हो भन्ने कुरा Waves को मात्र र गतिबाट थाहा हुन्छ।

निद्राका ४ चरण हुन्छन्। निदाउने बित्तिकैको ५-१० मिनेटको समयमा हामी आधा बिउँझेको र आधा निदाएको अवस्थामा हुन्छौं। सानो ब्यबधानले पनि निद्रा भंगहुन सक्छ। तर बाहिरी वातावरणका कुराहरु बिस्तारै धिमा हुँदै गैरहेका हुन्छन र दिमाग पूर्ण रिल्याक्सको अवस्थातर्फ उन्मुख भैरहेको हुन्छ। यो अवस्थामा मस्तिष्कले एकदम धेरै तर एकदम बिस्तारै Theta Waves सम्प्रेषित गरिरहेको हुन्छ। दोश्रो चरण करिब २० मिनेटको हुन्छ। यो अवस्थामा शरीरको तापक्रम तथा मुटुको धड्कनको गति दुवै घट्न सुरु गर्छ। तेश्रो चरणमा जब हामी एकदमै गहिरो निद्रामा पर्छौं एकदम बिस्तारै Delta Brain Waves निस्कन थाल्छन। चौथो चरणलाई Rapid Eye Movement (REM) को चरण भनिन्छ जसमा स्वासप्रस्वास प्रक्रिया बढीरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्तसंचार र रक्तचाप बढिरहेको हुन्छ, तर ऐक्षिक मांसपेशीहरु एकदम निस्क्रिय अथवा केही थाहै नपाउने (paralyzed) अवस्थामा पुगेका हुन्छन। करिब ९९% सपना यही बेलामा देखिन्छन्।

राम्रो सपना छ भने REM को जुनैसुकै चरण भए पनि केही फरक पर्दैन, सपना पुरै देखिन्छ अथवा वाताबरण सम्बन्धि कारणले भंग हुन्छ, तर यदि डरलाग्दो तर्किनु पर्ने वा भाग्नु पर्ने सपना छ, अनि REM को अवस्था प्रारम्भिक वा अन्तिम चरणमा छ भने त्यो बेला हाम्रा ऐच्छिक मांसपेशीहरु अर्ध निस्क्रिय अवस्थामा हुन्छन, र त्यही अवस्थामा मेसो नपाई शरीरका अंगहरु चलाउँदा कतै ठोक्किन वा च्याप्पिन गई निल डाम पर्न जान्छ। यो अवस्थामा दुखेको पनि महसुस हुँदैन।

सपना डरलाग्दो देखिनु अनि बिहान उठ्दा निल डाम देखिनु नै अबैज्ञानिक भाषामा ऐठन हो। त्यति मात्र होइन यदि REM को मध्य चरणमा डरलाग्दो, आफै त्यसको सिकार भएको सपना देख्ने व्यक्तिले त ओछ्यानमै पिसाब गर्छ, अनि सपनामा दिमागी मात्र प्रतिकार गर्दागर्दै उठ्दा पसिनैपसिना र एकदम थकित हुन्छ।

के हो त सपना ? हाम्रो मस्तिष्कको Front Lobe मा हुने Neocortex भन्ने भाग ६ सतहमा बाँडिएको हुन्छ। यसले नै थाहा पाउने, अनुभब गर्ने, शरीरका अंगलाई गति निर्देशन गर्ने, भाषा सिक्ने, अर्थ लाउने, विचार प्रबाह गर्ने आदि कुरामा मुख्य भूमिका खेल्दछ। धेरै प्रकारका काम गर्ने भएकोले यसको संजाल (Network) पनि एकदम जटिल हुन्छ। REM को अवस्थामा brain stem बाट आइरहने संकेतहरुलाई यसले जोडेर कुनै परिचित दृश्य तथा संवेगमा बदली अर्थ लाउने कोशिस गरिरहेको हुन्छ। त्यो दृश्य पूर्ण कथा, आंशिक कथा, केही मात्र चित्र, राम्रो अनुभब, डरलाग्दो संवेग, कुनै नयाँ सुज जे पनि हुन सक्छ। यदि REM कै अवस्थामा ब्युँझियो भने त्यो कुरा याद हुन्छ साथै हाम्रो सचेत मस्तिष्कले त्यसको अझै अर्थ खोज्दै जान्छ र लम्बिन्छ, नत्र सपना मै सिद्दिन्छ।

सपना पनि प्राणीको biological process को एक आबश्यक प्रक्रिया हो र करिब ९९.५% REM को अवस्थामामात्र पुरा हुन्छ। प्राणीले सपना देखेन भने biological process मा अबरोध आउँछ र अन्य बिभिन्न शारीरिक, मानसिक र सम्बेगात्मक रुपले नकारात्मक असर पर्छ। यदि सपना देखिएन भने शरीरमा प्रोटिन पुगेको छैन अथवा प्रोटिनको अनुपात बिग्रेको (Protein Disorder) छ, अनि व्यक्तित्वमा उत्तारचडाब छ भन्ने बुझ्नु पर्दछ।

थुप्रै अन्वेषणकर्ता, बैज्ञानिक, गणितज्ञ, कलाकार, लेखेक आदिले आफ्नो बिषको मूल चुरो सपनामै पत्ता लगाएका पनि थुप्रै उदाहरण छन् इतिहासमा।

सिलाइ मशिनका अविष्कारक Elias Howe ले १८८४ मा मशिन बनाइसकेपछि पनि सियोले कसरी काम गर्ने बनाउने होला भनी महिनौंसम्म सोंच्दा पनि मेसो पाउन सकेका थिएनन, एकरात गाउलेहरुले टुप्पामा प्वाल भएका खन्तीसहित उनलाई घेरिरहेको सपना देखे, अनि बिहान उठेर सियोको टुप्पोमा प्वाल बनाउनु पर्दो रहेछ भन्ने सुझ पाए।

जर्मन बैज्ञानिक Kekule ले Benzene को Molecule structure पत्ता लगाउन कति कोशिस गरे गरे, तर सकेनन्। सपनामा सर्पहरु मुखमा पुच्छर हाली गुजुल्टिएको देखे। जब बिउंझिए अरु organic compound जस्तै linear structure होइन की Benzene को Circular structure हुँदो रहेछ भन्ने कुराको ज्ञान खुल्यो।

Frankenstein की लेखिका Mary Shelly ले सपनामै आफ्नो कथाको बिषयबस्तु, प्लट, र लेख्ने तरिका पाएर लेख्न सुरु गरेकी थिइन्।

Golf खेलाडी Jack Nicklaus ले सपनामै Golf Club समाउने नयाँ तरिका देखेका थिए, जसले गर्दा Gulf Game मा क्रान्ति नै ल्याएको मानिन्छ।

Beethoven, Paul McCartney, Billy Joel लगायतका थुप्रै संगीतकारहरुले आफ्नो संगीतको ज्ञान सपनामा पाएका थिए। धर्मग्रन्थहरुमा पनि प्रसस्तै छन सपनाका कुराहरु।

मैले पनि यही Mysansar मा प्रकाशित “संसार हल्लाउने सिद्दान्त” नामक लेखमा Evolution Theory पूरा हुनको लागि थप अर्को आवश्यक सर्त “Passing down the minimum parental knowledge to offspring” पनि सपनामा देखेर राति नै उठेर लेखेको हुँ। बिज्ञहरुसंग यसबारे कुरा गर्दा यो शीर्षकमा अनुसन्धान भएका छैनन्। त्यसैले यो अनुसन्धान गर्न योग्य Valid Point छ भन्ने प्रतिक्रिया छ। भबिष्यमा यो Research Topic बन्न सक्छ।

अरुअरु पटक पनि शनिबार लेख पठायो, राति सपनामा नयाँ आईडीया आएर आइतबारका दिन फेरि यो छुटेछ त्यो छुटे छ भन्दै त्यही लेखमा सपनाका कुरा थपी पुन पठाएको छु Mysansar लाई २-४ पटक। आजभोलि भने लेख अघि नै तयार भए पनि, सपनामा केही देखे पनि नदेखे पनि आइतबारमात्रै पठाउने गरेको छु।

(Jul 27, 2014 मा पहिलो पटक प्रकाशित)

Comments