१० वर्षमा समय चक्र कसरी घुम्ने रहेछ भन्ने उदाहरण अहिले देख्न पाइएको छ। सन् २००८ मा माइसंसारको एउटा ब्लगको शीर्षक थियो- ज्ञानेन्द्रको घर छैन रे, मेरो लिउ न त: शर्मा। जनआन्दोलनको राप र ताप ताजै थियो। गद्दीच्युत राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट विस्थापित गर्ने तयारी भइरहेको थियो। बस्ने ठाउँ भएन भनेर सरकारसँग आवास मागे ज्ञानेन्द्रले। अनि एक नागरिकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिकका तर्फबाट घर र गाडीको प्रस्ताव राखे। त्यो ब्लग लेखेको दिन नेपाल ल क्याम्पसमा जम्मा भएका नागरिहरुले सरकारले दिएको नागार्जुन दरबार छाडी बुद्धनगरमा रहेको घरमा बस्न र उनको लागि एउटा गाडीको समेत प्रस्ताव गरेका थिए। घर नवराज शर्माको नाममा रहेको सुविधासम्पन्न आधुनिक घर थियो भने गाडी चाहिँ बा ३ च २४६४ नम्बरको प्राडो हो। घर र गाडीको प्रस्ताव गर्ने नवराज शर्माले नागरिक बनेका पूर्व राजालाई आवाश नभएको भनिएकाले आफूले घर दिने निर्णय लिएको बताएका थिए। उनले सरकारी सुविधा लिन नमिल्ने भन्दै साधारण नागरिकसरह बस्न आग्रह गरेका थिए।
१० वर्षपछि आज त्यस्तै एउटा कार्यक्रम भयो। यो लक्षित थियो- राष्ट्रपतिसित।
राष्ट्रपति विद्या भण्डारीको गाडीका लागि १८ करोड रुपैयाँ सरकारले दिने खबर सार्वजनिक भएपछि सर्वसाधारण सामाजिक सञ्जालमा त उत्रिएकै थिए, शनिबार सडकमा पनि उत्रिए। युवाको एक समूहले पशुपति मन्दिरबाहिर भिख मागे।
भिख माग्नेहरुले एक रुपैयाँ मागेका थिए। यसरी भिख मागेर आएको रकम राष्ट्रपतिलाई गाडी किन्नका लागि दिने भनिएको थियो।
भिख माग्ने कार्यक्रममा आएकाहरुले ब्यानर पनि गजब गजबको बनाएका थिए। एउटा थियो- समृद्धि हाम्रै पालामा, १८ करोडको झापड गणतन्त्रको गालामा। अर्को थियो- घुम्तीनिर लेट भयो, परदेशीको पसिना हजुर राष्ट्रपतिको गाडीमा चेट भयो।
अर्को झन् मज्जाको छ- जापान टोकियो, १८ करोडमा आँखा ठोक्कियो, सासै रोक्कियो, गाँसै रोक्कियो। थप एउटा- कटर कटरमा, १-१ रुपैयाँ उठाएर राष्ट्रपतिलाई गुडाऔँ मोटरमा (१८ करोडको)।
यति धेरै आलोचना र व्यङ्ग्य भए पनि दुई तिहाई बहुमतको सरकारलाई बाल भए पो। अस्ति पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले सोधे- अनि के राष्ट्रपतिले साइकल चढ्ने?
पत्रकार बरा लुरुक्क परे, साइकल त नचढ्ने, तर के १८ करोडकै गाडी चाहिँ चढ्नु पर्ने हो र भनेर सोध्ने हिम्मत गरेनन्।
राष्ट्रपति, उनको सचिवालय र सल्लाहकार भने केही बोल्दैनन्। जति आलोचना भए पनि चुप। छवि सुधार्नु नै छैन।
यो बजै लाई नारायण हिटी मै सारीदिय कस्तो होला?
एक रुपैयाँ मागेर कहाँ पुग्यो त ? ३ करोड नेपाली छ ६ रुपैयाँको दरले माग्नु पर्यो ।
असम्भव असम्भव असम्भव किनकी सोंच र चिन्तन जतिसुकै अब्बल दर्जाको भएतापनि शिद्धान्तलाई यदि यथार्थ र ब्यबहारमा खरो उतार्न सकिएनभने केही लेख्नखोजीएको तर लेख्न नसकिएको कोरा काग़ज़ समान हुनजान्छ,अर्थात भोग विलास र विलासिताको जीवन जीउन चाहनेहरुकालागी जतिनै ब्यगंसहितका शब्दावलीका तीरहरु प्रहारगरेपनि हात्तीलाई नांग्लो ठटाय सरहनै हुनजान्छ।
हाम्रा पर्धान्मंत्रिले नाकाबन्दीको बेला अलिकति कमाएको इज्जत बिद्या भण्डारीले खोस्दी सकिन | रामवरण ज्यु बरु राम्रा रास्ट्रपति थिए |
कम्युनिस्ट भनेको नै शाशक र शाशित बर्ग हो, नेता र जनतान्बर्ग हो, र यसको शुरुवात नै असमानता बाट शुरु हुन्छ, धनको असमानता, शक्ति को असमानता, अधिकार को असमानता, मान पर्यादाको असमानता, र सबैकुराको असमानता !
लोकतन्त्रको सबै सबै भन्दा उच्च पदकालाई अलंकारिक मात्रै बनायर १८करोदको गुद्दने दव्वामा सवारी गराउनु भन्दा सदन र सरकारले गल्ति गरे सुधार्न सक्ने र आवस्यक परे सजाय समेत दिन सक्ने कार्यकारिणी अधिकार दिनुनै सबै भन्दा ठुलो सम्मान हुने छ/
ए हजुर, यत्रो विवाद र शंका भैरहदा, राष्ट्रपति किन मौन? जनता अघि आएर चाहिएन मलाई यस्तो उस्तो महँगो गाडी, म जनताकी छोरी, जनताकी राष्ट्रपति एउटा मितव्ययिताको दृष्टान्त बन्न चाहन्छु भन्दिए वाह वाह हुन्थ्यो, सबैजना मत्थर| एकचोटी फेरि सश्रद्धा स्व. मदन भण्डारीको स्मरण हुनेथियो|
कुनै उपलब्धि बेगरको विदेश भ्रमण गरेर राष्ट्रको ढुकुटी रित्याउन भन्दा गाउँ गाउँमा कम खर्चमा हिंडेर गए राम्रो हुने थियो| त्यो खर्च स्वास्थ्य चौकीमा दिए हुन्थ्यो|
हिम्मत भए पद समाप्त भएपछी चाहिएन मलाई पेन्सन सुबिधा र भत्ता भन्नुवर्नु कुरै छैन, बरु अझ थप सुविधा कसरि लिउ भन्नेमै ध्याउन्न छ| लिने र दिने कम्युनिष्टहरुको यस्तो चाल देखेपछि कुर्लने भए एकमात्र खगेन्द्र संग्रौला सर| कुन्सांग काकाले भारी पुग्ने तरिकाले लोप्राईदिंदा पनि सुने नसुने झैँ गर्छन सत्ताका पट्टाधारीहरु| जे पनि आन्दोलन गरेरै ढाल्नु पर्ने देखियो|
नेकपाको सरकार दिनहु असफलता तिर लम्किरहेछ| भनेजस्तो कार्यक्रम र उपलब्धि सबै शुन्य| अझै सुधारिने र सही ट्रयाकमा आउने समय छ दुई तिहाईको सरकारलाई|