gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

युवा पुस्ता भड्काउने गीत हरिवंशको कलमबाट : के महजोडीको सिर्जनशीलताले अवकाश लिएको हो?

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कलाकारिताको क्षेत्रमा अमर नाम हुन्। मह जोडीका रुपमा उनीहरुले विशेषतः व्यङ्ग्य क्षेत्रमा अतुलनीय योगदान गरे। उनीहरुका व्यङ्ग्य अचेलका जस्ता मुख बङ्ग्याउने खालका हुँदैन थिए। वाक तथा प्रकाशन स्वतन्त्रता संविधानका अक्षरमा मात्र सीमित भइरहेका बेला यिनै मह जोडीले आफ्ना तीखा संवादको व्यङ्ग्यले सत्ताधारीलाई आच्छुआच्छु बनाउँथे। नागरिकलाई जागरुक बनाउँथे। राजनीतिक परिवर्तन पछि सामाजिक सन्देश दिने टेलिफिल्महरु पनि प्रशस्त बनाए उनीहरुले, चाहे भूमि समस्यासम्बन्धी होस्, चाहे फोहरमैला अथवा एचआइभी, बैँक आदि। त्यसैले उनीहरु ‘लिजेन्ड’ भइसकेका छन्। तर यस्ता गजबका पर्सनालिटीले युवा पुस्तालाई भड्काउने एउटा गीत बनाएको सुन्दा भने अचम्म लाग्यो। युट्युबमा स्क्रोलब्याक गरी गरी हेरेँ, के साँच्चै यो गीतको रचना हरिवंश आचार्यले नै गरेका हुन्?

केही समयअघि एउटा नेपाली फिल्म आएको थियो याद होला तपाईँलाई। नाम नै कस्तो तोरीलाउरे खालको थियो- दाल, भात, तरकारी। नाम जस्तै फिल्म पनि तोरीलाउरे भएको भन्दै समीक्षकहरुले तीखो आलोचना गरे।

फिल्मको आलोचना भए पनि एउटा गीत खुबै चल्यो। युट्युबको ट्रेन्डिङमा आयो। बस, टेम्पो, सार्वजनिक स्थानमा पनि खुबै बजेको सुनिन्थ्यो। अझै पनि सुनिन्छ।

नेपाल आइडलको पहिलो सिजनमा शीर्ष तीन स्थानमा रहन सफल निशान भट्टराई र अञ्जु पन्तको स्वरमा शम्भुजित बाँस्कोटाको संगीत रहेको यो गीतको मान्छे आकर्षित गर्ने पहिलो लाइन हो- भिजिट भिसामा हजुर भिजिट भिसामा।

दोस्रो लाइन छ- भूइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा।

गीत सुन्ने सबैले फिल्म हेर्नुपर्छ भन्ने छैन, फिल्मको कथा बुझ्नु पर्छ भन्ने छैन। मैले पनि यो फिल्म हेरेको छैन। त्यसैले फिल्मको कथासँग यो गीतको तादात्म्यता कति मिलेको छ मलाई थाहा छैन। तर दिनहुँ बस, टेम्पो वा एफएमहरुमा बज्ने गरेको यो गीतले मानिसको दिमागमा कस्तो असर पार्न सक्छ, त्यो लेख्दैछु।

सबैभन्दा पहिला यो भिजिट भिसा भनेको के हो बुझौँ।

के यो टुरिस्ट भिसा जस्तो हो?

हैन। टुरिस्ट भिसा भनेको निश्चित अवधिका लागि दिइन्छ। त्यो अवधि सकिएपछि उनीहरु अनिवार्य देशबाट बाहिरिनु पर्छ। तर भिजिट भिसामा जानेहरु भने त्यसरी फर्कनु पर्दैन। यो भिसालाई रोजगारी वा रेसिडेन्स भिसामा परिवर्तन गर्न पनि सकिन्छ।

तर त्यसको ग्यारेन्टी भने हुन्न। भिजिट भिसामा गएर बिचल्ली भएकाहरुको खबर अक्सर मिडियामा आइरहन्छ। जस्तै : ‘भिजिट भिसा’मा युएई जाने ? दुःख पाइएला है !, भिजिट भिसामा कामदार विदेश पठाउन तस्करको ‘सेटिङ‘, युएईको भिजिट भिसा दुरुपयोग हुँदै, रोजगारी चाहनेलाई भिजिट भिसाको बाटो नअपनाउन एनआरएनएको सुझाव

अर्थात् भिजिट भिसामा कमाउन भनी विदेश गएका धेरैले दुःख पाउँछन्। तर हरिवंश आचार्यले आफ्नो कलमबाट पहिलो क्याची लाइन नै लेखे-

भिजिट भिसामा हजुर भिजिट भिसामा
भूइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा

अर्थात् जसरी सकिन्छ, त्यसरी विदेश जाऊ। भिजिट भिसामै भए पनि जाऊ।

भिजिट भिसा र वर्किङ भिसाको फरक नबुझेका सोझाहरुलाई दलालले भिजिट भिसा भनेपछि उसले गीत सम्झन सक्छ- भिजिट भिसामा। अहो, गीतले त राम्रै भनेको छ भिजिट भिसा। भइहाल्छ नि। ठगिने सम्भावना बारे रत्तिभर पनि आशंका नपलाउने स्थिति आउन सक्छ।

अब गीतको अन्तरामा जाउँ। पहिलो अन्तरामा गाउँछन्-

यता सूर्यनारायण डुबे उता लागिदिन्छ घाम
यता मान्छे निदरीमा उता भइदिन्छ काम

यो केही अर्थ नदिने लाइन हो। यता दिन हुँदा उता पश्चिमी देशमा रात हुन्छ। यता रात पर्दा उता दिन हुन्छ। यता मान्छे सुत्दा उता काम गर्ने समय हुन्छ। साहित्यिक अर्थ लगाउने मान्छेले यता मान्छे सुत्छन् उता काम गर्छन्। त्यसैले उताको विकास भएको भन्न सक्लान्। त्यो बेग्लै कुरा भयो। सबैभन्दा घातक वाक्य त यसपछि आउँछ। नेपालमै काम गर्नुपर्छ, नेपालमै श्रम गरेर पसिनाको कमाई खानु पर्छ, स्वरोजगार रही अरुलाई पनि रोजगारी सिर्जना गर्नुपर्छ, अनि पो देशको विकास हुन्छ भन्ने खालको सन्देश दिनुपर्ने ठाउँमा वरिष्ठ कलाकारको कलमले यसो पो लेख्यो-

यता जति हाड घोटे, ठीक्क हुन्छ लाउन खान
उता काम गर्‍यो भने, पाइन्छ है राम्रो दाम

अर्थात् यहाँ देशमा जति काम गरे पनि पैसा कमाइँदैन। के बस्नु यस्तो झुर देशमा। त्यसैले देशका युवा वर्ग हो, जाऊ विदेशमा। उता विदेशमा गएर काम गरे राम्रो दाम पाइन्छ। राम्रोसँग कमाइन्छ। जाऊ है जाऊ उता। यता बसेर कामै छैन।

अझ अर्को अन्तरा झन् डेन्जर पो छ। हरिवंश आचार्यले लेखेका छन्-

के गर्नु र यस्तै रैछ प्रभु दैवको लिला
उहिले नै उड्नु पर्थ्यो धेरै भइसक्यो ढिला

यो ट्रेन्डिङमा परेको गीतको अन्तरा सुन्नेहरुलाई नेपालमा बसिरहेको समय खेर गइरहेको, विदेश जान ढिला भइसकेको र छिटो भन्दा छिटो भिजिट भिसामै भए पनि विदेश जान उत्प्रेरित गर्छ।

छिनछिनमा युवापुस्ताको कानमा ठोक्किने यो गीतका अधिकांश शब्दले विदेश अहिले जाउँ कि भोलि जाउँ पारिरहन्छ। अन्तिममा रहेको एउटा लाइन
‘आँखाबाट झरी पर्छ सम्झी आफ्नो गाउँ’ त्यसका अगाडि फिक्का पर्छ।

लिजेन्ड भइसकेपछि स्रष्टाको केही नैतिक जिम्मेवारी पनि हुन्छ। अझ चल्ने खालका गीतहरुको शब्दले र त्यसभित्र लुकेका अर्थहरुले समाजलाई सही दिशातर्फ डोर्‍याउन उत्प्रेरणा दिने हुनुपर्छ।

तर यो गीतमा फगत शब्दजाल छ। अन्त्यमा आउने शब्दमात्र मिलाउन खोजिएको छ। जस्तै भिसा, दिशा। घाम, काम। लिला, ढिला। एउटा अन्तरामा त त्यो पनि मिलेको छैन।

यता जति हाड घोटे, ठीक्क हुन्छ लाउन खान
उता काम गर्‍यो भने, पाइन्छ है राम्रो दाम

यहाँ खान र दाम शब्द मिलेको छैन। तर हरिवंश दि ग्रेटले लेख्या हो दाइ, के फरक पर्छ र। ठोक्दिम् ठोक्दिम्। कसले उनको गीतको बारेमा चुइँक्क बोल्न, लेख्न, आलोचना गर्न सक्छ?

गीतमा ‘लेटेन्ट मिनिङ’को कुनै अस्तित्व छैन। ‘मेनफेस्ट मिनिङ’को अर्थ शब्दले जे बोल्दैछ, त्यही मात्र अडियन्सले प्राप्त गर्दछ। कुनै लुकेको भूमिगत अर्थ छैन। एउटै सोझो अर्थ लाग्छ गीतको- एनिहाउ, विदेश जाऊ।

दुई करोडभन्दा बढी युट्युबमा बजेको यो गीतले वास्तवमा कस्तो सन्देश दियो युवापुस्तालाई, हरिवंश दाइले नसोचे पनि अरुले सोच्ने हो कि! ताकि वाह वाह गरेर फेरि यस्तै म्यानपावर एजेन्सीलाई मात्र हित गर्ने वाहियात गीतको सिर्जना नहोस्।

16 comments to युवा पुस्ता भड्काउने गीत हरिवंशको कलमबाट : के महजोडीको सिर्जनशीलताले अवकाश लिएको हो?

  • Kaushal Budhathoki

    We can agree to disagree.
    अब गीत सुनेरै विदेश जाने प्रेरणा लिन्छन् भन्नुहुन्छ भने त होला त नि भन्नुपर्यो |
    गीतले विदेश पलायन हुन लालायीत गर्ने भन्दा पनि बरु यो गीतले वर्तमान नेपालमा सर्बब्याप्त सामाजिक चलनलाई उजागर गरेको चाहिं हो|

  • madan bajracharya

    सायद धेरैलाई मन पर्दैन होला तापनि मेरो परिचित ब्यक्तिनै भय पनि उसको परिवारका सिट सम्भंद अत्यन्त निकट नै भय पनि मलाई मदन कृष्णको स्वर शैली मात्रै मन पर्छ तर उसले देसकै निमित समाजमा भयको विकृतिलाई गित व्यंग बात चेतना जगाउन खोज्ने पात्र भयको लाग्दैन/ उ मात्र पेसागत हिसावले सफल व्यक्ति हो बस/

    उसको सफल गित व्यंग उसैको चेतनाले शिर्जना गरेको कमै छ बढी तेस्तोले लेखेको हो जो सहि मानेमा देसमा बिकृतिको बिरोधको निमित साहित्यको मार्ग चुनेको थियो/ तर उनीहरु पर्दाको पछादिनै रहे/

    मदन कृष्णले अहिले सम्प्पन्न अर्थात दिन सक्ने ससक्त नागरिक नै हो तर गित गायर व्यंग गरेर उसले लिन त् धेरै लियको छ तर गित सुनेर बा व्यंग सुनेर पिडा अभाव भुल्न नसक्ने लाई मदनले दियको के छ?

  • Kaushal Budhathoki

    सालोक्य जी !
    माइसंसार मा आउने तपाइको लेखहरु सबै राम्रो हुने गरेको छन् तर यो लेख चाहि मलाई चित्त बुझेन |
    In my opinion, you are reading too much into the lyrics. Dal Bhat Tarkari is an entertainment movie, and you can take the song in the same manner. A lot of people read your blog and I feel like you should not be formulating controversies. If you read the comments on this article, you will see for yourself that your article is priming these peoples’ mind to negatively respond to the song.

    • मेरो कुरा प्रष्ट छ- Entertainment movie को song भन्दैमा विदेशै जान प्रेरित गर्ने, नेपालमा त जति हाड घोटे पनि केही हुन्न, विदेशमा गए प्रशस्त पैसा पाउने भन्ने सन्देश दिनु हुन्न। त्यो पनि कम्तिमा मह जस्तो वरिष्ठ कलाकारहरुबाट ।
      फिल्मको गीतसँग मिल्ने लिरिक्स भन्लान्, त्यो भनेर पनि सुख पाइन्न। फिल्म नहेर्नेहरुले गीतमात्र सुन्दा पनि गलत सन्देश जान्छ यसका शब्दहरुबाट । यो entertainment Movie को lyrics भन्दैमा छुट पाइन्न । हरिवंशकै ‘हाम्री आमा साह्रै नै बाठी छन्..’ गीतको लिरिक्स सुन्नुस्, त्यो पनि ठट्यौली नै हो। तर त्यसमा कति राम्रो सन्देश छ।

  • basu

    यो गीत को सन्देश मलाई पनि पटक्कै मन परेको थिएन । गलत र अर्थहीन सन्देशमूलक यो गीतको बारेमा ढिलै भएपनि समिक्षा गरेर मेरो मनको बोली बोल्नु भयो । सालोक्यजीलाई धेरै धन्यवाद ।
    सिनेमा फ्लप भएर महले आत्मालोचना त गरेका थिए नै । गीतको बारेमा पनि केहि बोल्लान् कि?

  • मलाई त अर्को गीत, दल भात तरकारी, तरकारी मा मुल.. औ हामी पिरेम गरु भयोउ ठुला ठुला भन्ने गीत पनि वाहियात नै लाग्यो.

  • प्रविण के.सी.

    नेपालीहरु बिदेश जाँदा खाली लेबर भिषामा मात्र जानु पर्ने हो र ? भिजिट भिषा, बिजिनेस भिषा अथवा टुरिस्ट भिषामा जाँदा नेपालीहरुको मौलिकता खस्किने हो र ?

  • प्रतिबन्ध लगाउनु पर्ने गित हो यो ।

  • Sunil London,

    पहिला यो जोडी साच्चै नै “मह” थियो, बिस्तारै मिश्री हुनथाल्यो, अनि चिनी सख्खर हुदै हाल सेक्रिन बन्न पुग्यो, अर्थात् उच्चस्तर बाट निम्नस्तर तिर खस्कदै गरेको प्रष्टै देख्न सकिन्छ ! उहाहरु हाल बौध्दिक भन्दा व्यवसायिक मार्ग मा लागिरहनु भएको कुरा मैले भनिरहनु पर्दैन होला !!!

  • Gyan

    धन्यवाद उमेश जी / मलाई पनि शुरुमा सुन्दाखेरी नै यी लाइनहरुमा केहि कुरा खट्केको थियो र एस्तो गीत गाउन हुन्थेन जस्तो लागेको थियो / हामीले जे जस्तो लेखेपनि जस्तो गाए पनि नेपाली जनताले पचाई हाल्छन नी भन्ने दरिद्र मानसिकता र अहमताले गर्दा वास्ता नगरेको जस्तो देखियो /

  • गौरव

    म मह जोडीको फ्यान हुँ| तर हरिबंशको यो गीतका दानाहरु पटकै मन परेको छैन|
    अहिले आएर शिखरको चुलीमा पुग्न थालेपछि हरिबंशले आफ्नो हैसियत देखाउन थालेका हुँन भनेर कसैले भन्यो भने अपत्यार मान्नु पर्दैन|
    नेपालीलाई हँसाएर, खुशी बनाएर, फंसाएर जेजसरी हुन्छ टन्न कमाएपछि सन्तानलाई युरोप अमेरिका बसाउने र नेपालमा गफ दिने चलनको अपवाद भने छैनन्| जे होस्, उहाहरुले फंसाएर चै होइनन| फंसाउने अरु नै हुँन|
    यो अप्रेरणादायी गीत हरिबंश जस्ता प्रातिभाले रचना र प्रस्तुत गरेको हो भन्दा लाजै लाग्यो|
    पंचायत व्यवस्थाको करतुत र मदनकृष्णदाई माइनस हरिबंश केहि होइनन चाहि भन्दिन तर त्यतातिर सोच्न वाध्य हुनपर्ने दिन नआओस| उनको १५ जनाले सम्पादन र भुल सुधार गरेको चिना हराएको मान्छेमा आत्मरति बाहेक केहि त्यस्तो देखिदैन जुन इमान्दार भएर खुलाउन सकिन्छ| सम्भवत उंहा बाट धेरै अपेक्षा भएर होला|
    हरिबंशले फ्यानको कदर गर्ने हो भने उक्त दही चिउरे गीतका लाइनहरु सच्याउन सके राम्रो|

  • राजन

    आलोचना गर्न लायक गित रहेछ । मनासिब आलोचना भएकोमा चित्त बुझ्यो ।

  • jiban kumar adhikari

    यो सहि कुरा हो हरिबन्स र मदन दाई हामि सबै ३ करोड नेपाली हरुको सान हुन् , उनीहरुले नेपाली कला छेत्र , जनचेतना को लागि गरेको मेहेनत र योगदान लाइ नेपाली जनता हरुले कहिले भुल्ने छैनन् , तर जब देखि वहा हरु सानो पर्दा र रंगमंच बाट अलि बाहिर निस्केर सिनेमा ठुलो पर्दा मा देखा पर्न थाल्नु भयो तब देखि वहा हरुको त्यो पहिलेको अभिनय मा हुने मिठास र संदेश हराउदै ज्यादा फोस्रो र जर्जर लाग्ने भएको भान हुन्छ.तेसैले वहाहरुले यस्तो कुरा मा ध्यान दिनु पर्ने देखिन्छ , हुनत वहा हरु जस्तो बरिस्ठ कलाकार हरु लाइ को बारेमा बोल्नु भनेको सुर्य को अगाडी मैन बत्ति देखाउनु जस्तो हो तर पनि यौटा वहा हरुको फ्यान र सुभचिन्तक को नाता ले आफ्नो बिचार मात्र राखेको हु एस्लाई अन्यथा नलिनु होला.

  • Shankar

    यो पक्ष्य चै निश्चय पनि मह जोडीले बिचार गर्नु भएनछ | उहाहरु आफु लेजेण्ड भैसकेको कुरा भुल्नु पनि आफैमा महानता हो | यथार्थ चित्रण चै बेजोड छ |
    न भए अन्तरजातीय बिहे, विधाबा बिहे , अस्पताल स्थापना आदि जस्ता थुप्रै सुभ कार्य गरेको यी जोडीलाई आज स्मरण गर्न पाएकोमा धन्य महसुस गरेको छु |

  • Bikram Thapa

    अहिले सम्म को सबै भन्दा बकवास लेख उमेश जी जस्तो मेडियाकर्मी को कलम बाट,
    कुरोलाइ जहाँ लग्यो उतै जान्छ महाशय…

    बिक्रम (कुवैत)

  • Raju

    मलाई पनि यो गीत सुनेको दिन देखि नै खस्केको कुरा लेखिदिनु भो! सालोक्यजी लाई धन्यवाद। महजोडिको लेभलको स्रष्टाले यो लेभलको गीत लेख्नु भनेको मजस्ता धेरै शुभचिन्तकको चित्त दुखाउनु मात्र हो। आइन्दा अलि ख्याल राखिदिनु होला!