यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

परराष्ट्र मन्त्री ज्ञवालीले अंगदान गर्दा जताततै चर्चा, पत्रकार रिसालको बारेमा मौनता

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा उनको चर्चा चौपट्टै चुलिएको छ।

आजसम्म कसैले नगरेको काम गरेको झै उनको बारेमा प्रशंसाका शब्दहरु अनलाइन मिडिया तथा सोसल मिडियामा देखिएका छन्।

उनको अत्यधिक चर्चा भइरहदाँ थाहा पाउनु पर्ने कुरा के हो भने नेपालको लागि अंगदान नयाँ विषय होइन्। ज्ञवालीअघि अंगदान गर्नेहरु धेरै छन्।

जसमध्ये वरिष्ठ पत्रकार भैरव रिसाल पनि एक हुन्। उनले त अंगदानको नियम बन्नुअघि नै शरीरदान गर्ने घोषणा गरेका थिए।

उनलाई पछ्याउँदै अंग/ शरीरदान गर्नेहरु धेरै बढेका थिए।

‘अंग प्रत्यारोपण निमित तथा निषेध नियमावली २०७३ ’  ७३ सालको मंसिरमा मन्त्रिपरिषद बैठकले बिहीबार पारित गरेपछि सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मात्रै मृत्यु भएका व्यक्तिको मृगौला, फोक्सो, मुटु, प्याङक्र्याज, सानो आन्दा, आँखालगायत महत्वपूर्ण अंग झिकेर २४ घन्टाभित्र अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने बाटो खुलेको थियो।

त्यही नियमलाई पहिल्याउँदै मन्त्री ज्ञवाली दम्मपतीले अंगदान गरेका हुन्।

तर, ज्ञवाली भन्दा एक कदम अघि बढेर शरीरदान नै घोषणा गर्नेहरु धेरै छन्।

कानुन नै नबनिकन शरीरदान घोषणा गर्नेहरु बढेपछि गत भदौ एक गतेबाट लागू हुने मुलुकी देवानी संहिता ऐनले शरीर दान गर्न पाउने व्यवस्था गर्यो। देवानी संहिता ऐनको दफा ३८ को उपदफा १ मा, ‘कुनै पनि व्याक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रुपमा इच्छा व्यक्त गर्न सक्नेछ’ भनेर उल्लेख गरिएको छ।

त्यसपश्चात शरीरदान पनि गर्न पाउने बाटो कानुनी रुपमा खुलेको हो।

मन्त्री ज्ञवालीले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शरीरका ६ वटा अंगदान दिन मञ्जुरीनामा गरेका छन्।

मन्त्री ज्ञवालीले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रालाई मरणोपरान्त आवश्य भएको जुनसुकै बिरामीका लागी प्रयोग गर्न पाउने गरी मञ्जुरीनामा दिए।

उनको यो कदमको सर्वत्र चर्चा भएको छ।

तर,  कानुन बन्नुअघि नै शरीरदान गर्ने घोषणा गरेका वरिष्ठ पत्रकार भैरव रिसालले स्वैच्छिक मृत्युको बहश चलाइरहदाँ यसको चर्चा शुन्य छ। मिडिया तथा सामाजिक सञ्जालमा उनको चर्चा शुन्य जस्तै छ।

उनले सेतोपाटीलाई स्वैच्छिक मृत्यबारे भनेका थिए।

 

बिरामले च्यापेर बाँचेका, मरेका अनि आधा बाँचेका अथवा अलिकति बाँचेका मान्छे मैले देख्या छु। जसलाई जीवनमा फेरि उठ्ने सम्भावना छैन र निको हुने सम्भावना पनि छैन भने त्यस्ता व्यक्तिले स्वेच्छाले मर्न पाउनु पर्छ।

अल्जाइमर भएको मान्छेबारे धेरैलाई थाहा छ। उनीहरूले दिसापिसाब नै थाहा पाउँदैन। अल्जाइमर भएको मान्छेले त अझै संकल्प गर्न पनि सक्दैन।

सबैजना कृतिनिधि बिष्ट हुँदैनन्। सबैजना डिपी भण्डारी पनि हुँदैनन्। कृतिनिधि बिष्टका लागि महिनाको ३० हजार रुपैयाँ तलब दिएर नर्स नै राख्दिएका थिए अरे। डिपी भण्डारीका लागि पनि मान्छे राखिएको छ रे। भण्डारीको परिवारले पनि निकै मिहिनेत गरेका छन् भन्ने सुनेको छु। अल्जाइमर भएपछि अथवा अर्को अवस्थामा एउटा निश्चित उमेर भएपछि अब बाँच्दैन, औषधी पनि लाग्दैन भने मर्न पाउनु पर्छ भन्ने मेरो भनाइ हो।

स्वीट्जरल्यान्डमा इच्छा मरण सजिलो छ भन्ने सुनेको छु। मैले थाहा पाएअनुसार अन्य देशका समेत कति मान्छे स्वीट्जरल्यान्ड गएर इच्छा मृत्यु गर्छन्।

बाहिर यस्तो व्यवस्था पहिला नै छ भने नेपालमा किन कानुन नबनाउने?

 

3 comments to परराष्ट्र मन्त्री ज्ञवालीले अंगदान गर्दा जताततै चर्चा, पत्रकार रिसालको बारेमा मौनता

  • Govinda Giri Prerana

    मलाई थाहा भएसम्म शरीर दान दिने सम्भवत पहिलो व्यक्ति कवि क्षेत्रप्रताप अधिकारी हुन् । लामो प्रकृया र एकप्रकारको लडाईं नै उनले गरेका थिए मृत्योपरान्त शरीर दान दिनका लागि ।
    अँ, उनी सहायक मन्त्री पनि थिए पञ्चायती कालमा ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • कृष्ण

    मन्त्रीज्यु ज्ञवालीले अंगदाङ गर्नुभयो राम्रो हो, सही काम र धन्यवाद दिन चाहन्छु|
    तर यसैमार्फत यो भन्न भन्न चाहन्छु, उनी संघीय गणतन्त्रका असफल परराष्ट्र मंत्री हुन्| नेतृत्व, सुधार र भिजन नभएका हुन् चाहे दीर्घकालिन योजनाका लागि हुन् वा सुशासनका लागी|
    परराष्ट्रका बबाल, बबनडर र बेथितिका लागि उनी जिम्मेवार छन् तर दायित्ववोध छैन|
    कस्ता कस्ता राजदुतहरु छन्, उनीहरुको कामको सही मुल्यांकन, कस्ता कस्ता राजदुत नियुक्ति गरीएका छन्, त्यसबारे मन्त्रि नीरिह छन्| उनी मौन छन्|
    क्यापासिटी नभएकालाई यस्तो मन्त्रि दिएपछि बबाल हुने नै भयो| एउटा उपमेयर सम्मक भिजन र व्यवस्थापन नभएकालाई कविता लेखेको आधारमा पार्टि क्याडर भएकोले यस्ता महत्वपुर्ण जिम्मेवारी सुम्पेकोले यी सब बबाल हुन् गएका हुन्|
    भोलि उनले छुट्टी पाएपछि उनले जानी नजानी गरेका र गर्न दिएका नेपाली जनतालाई पछिसम्म बिझाउने कार्य कर्तुतहरु जब सामु आउछन तब अझ गाली गरेर केहि फायदा हुनेवाला छैन| कोर्स करेक्सन गर्ने भनेको अहिले हो| निच्च हाँसेर होइन, कुटनीतिमा दक्षता प्रयोग गरेर गर्ने हो|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ryan

    धेरैलाई थाहा नभय जस्तो छ, दाहाल यज्ञनिधि ले आफ्नो शासिर महाराजगंज स्थित शिक्षण आस्पताल लाइ दान दियको कुरा

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0