वडा अध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधीले बाईक देखि गाडीसम्म खरिद गरिरहेको बेला कर्णालीका जनप्रतिनिधीले भने साइकल खरिद गरेका छन्।
अन्य जनप्रतिनिधिहरु जनताको कर विलासी वस्तुमा खर्च गरिरहेको बेला कर्णालीका जनप्रतिनीधीहरुले फरक काम गरेका हुन्।
कर्णाली प्रदेशलाई स्वच्छ र प्रदुषण मुक्त बनाउनलाई साइकल चढ्ने अभियान सुरु गरेको कर्णालीका जनप्रतिनिधीहरुले बताएका छन्।
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई धुलो, धुवाँरहित बनाउन साइकल मार्गका रुपमा विकास गर्न चालु आर्थिक वर्षको बजेट तथा योजना अघि सारेको थियो।
त्यही योजना कार्यन्वयन गर्न त्यहाँका कर्मचारीहरुले हप्तामा एक पटक शुक्रबार साइकलमा कार्यालय आउजाउ गर्ने नियम बनाएका छन्।
३० हजारका दरले १० साइकल कर्मचारीलाई वितरण भइसकेको छ।
कार्यालयमा झण्डै ५० बढी कर्मचारी रहेकोमा नयाँ १० साइकल र पुराना ४ वटा गरी १४ वटा साइकल मात्रै छन्। जसले गर्दा १४ जना कर्मचारीले मात्रै प्रयोग गर्न पाउने छन्।
मुख्यमन्त्रीले अहिले नै साइकल चढ्ने छैनन्।
कर्णालीका जनप्रतिनीधी जस्तै फरक काम गरेर चर्चामा आउने अर्का मेयर हुन्, ललितपुरका महानगरपालिकाका मेयर चिरिबाबु महर्जन।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य झण्डै डेढ करोड रुपैयाँको महंगो गाडीमा हुइँकिरहेको बेला छिमेकी महानगरपालि ललितपुरका मेयर महर्जन चाहिँ २० वर्ष पुरानो टोयोटाको थोत्रो गाडीमा कुदिरहेका छन्।
महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले विरुवालाई पानी हाल्ने प्रयोजनका लागि ट्यांकर किनेका छन्।
१ करोड रुपैयाँ गाडी किन्न छुट्याइएको भएपनि नयाँ रोपिएका विरुवालाई हिउँदमा पानी हाल्न समस्या हुने देखिएपछि त्यसैबाट ट्यांकर किन्ने चिरिबाबुले निर्णय गरेका हुन्।
२ वटा ट्यांकर किन्न महानगरपालिकाले करिब ६० लाख खर्च गरेको छ।
कसतो नमिलने तुलना करनु भयो मित्र ले /
कहाँ साना तिना सहर र कहाँ कठमनडु महा नगर / मेट्रो पोलिस पो हो त् कठमनडु महा नगर /
साना तिना ले जे सुकै करुन , हमरा “विद्द्या” पनि भएका र चिटिक्क “सुन्दर” पनि भएका विलक्ष्ण बत्तीस लक्षण ले युक्त “विद्या सुन्दर” साक्य जी ले त् कठमनडु महा नगर को इस्स्ज्त को लागि पनि डेढ करोड को गाडी चढ्नु पर्छ . अझ भनने हो भने कम से कम हेलीकापटर खरिद करनु परने हमरा विद्या सुन्दर ज्यु लाइ /
कठमनडु महा नगर को धुलो , मैलो , गन्दा मल र ढल मा कहाँ कुलचिने हामरा सुन्दर र नाजुक साक्य जी ले / गुरुरुरु हेलीकापटर मा सयर करनु परने /
ए माले याने की मार्क्स वाद र लेनिन वाद ले राष्ट्र पति महोदया र अनेकन त्याग करेका मार्क्स र लेनिन वादी नेता लाइ गाडी , बंगला र सुविधा दिलाउनु परछ भन्ने त् लखिएको नै छ /
मन परे हरियो नपरे रातो !
4
0
“साइकलको कुरा उठेकोले”
“नेपालले चाहे बनाउन सक्ने साइकल रिक्सा बनाउने प्रयाश समेत नगरेको कारण के होला; भारतको नाकाबन्दीलाई “बेअसर” बनाउने भयकैले हो बा भारतको नेपालमा अरवौंको साइकल रिक्सा बेच्ने ब्यापार चौपट हुने भयकोले हो?
चन्द्र शमशेरको पालामा बेलाइतले बनायको भन्दा उत्कृस्ट मेसिन गण आदि हतियार समेत बनाउने गेहेन्द्र शमशेरले नेपालमा रेल र जिप गाडी समेत बनाई सकेको थियो/ तेतिबेला भारतमा सियो पनि बन्दैनथ्यो/
भारतको नाम चलेको नेपालमा खुबै बिक्ने साइकल रिक्सा मोटर र मोटर साइकल सबै तेस्रो मुलुकको सामान र प्रविधि प्रयोग गर्ने जडान उद्योग कै उत्पादन हो/ नेपालले चाहे बा नेपालको सरकारले अनुमति दियको भय नेपालीले घर घरमै साइकल रिक्सा भारतले जस्तै बनाउन सक्छ/
नेपालले बर्सेनि भारतमा बनेको साइकल रिक्सा किन्छ डलर सिट साटेर ल्यायको भारु तिरेर/ नेपालमा साइकल रिक्सा कसैले पनि घर घरमै बनाउन सक्छ र हजारौं लाई रोजगारी दिन सक्ने उद्योग पनि खुलिन सक्छ/ यसो गरे नेपालले भारत बात साइकल रिक्सा आयात गर्ने पर्दैन/ तापनि सरकारले यसो गर्न गराउन दिंदैन/ कारणहरु के होला?
०१. नेपालमा उहिले देखि भारतीय स्वार्थमा लिखित अलिखित रुपमा नेपालमा भारतको स्वार्थ मा बाधक नबन्ने किरिया खायको सरकार हुने भयकोले?
०२. साइकल रिक्सा पनि भारतको नाकाबन्दीको असर कम गर्ने कारक भयकोले?
०३. आम नेपालीले बनाउन सक्ने बनाउन दिय कोहि अरव मलेसिया जानु नपरे नेपाल पसे जत्तिको बिहारीलाई आवाश रोजगारी र नागरिकता तक्राउन गाह्रो हुने भयकोले?
०४. अहिले तेस्रो मुलुकमा बनेको करोडौं पर्ने गाडी सुबिधा लिनेहरुलाई प्रधान मन्त्रि पदमा रहेको मरिचमानले जस्तै साइकल चढेर सिंह दरवार जान दवाव कसैले देला भनेर हो?
०५. माथि उल्लेख गरेको कुनै कारण होईन भने नेपालमा साइकल रिक्सा बनाउने उद्योग खोल्ने अनुमति दिने …..हरु “उनीहरुको भारतको नाकाबन्दी अगाडी नझुक्ने गद्दार अरास्त्रवादी मरिचमान बा तेसतै कुनैले खोल्नै लागेको कुनै पनि उद्योग नेपालमा खोल्नै नदिने कसम खायर बसेकोले हो?
०५.
मन परे हरियो नपरे रातो !
2
0
विद्यासुन्दर क्षमता, भिजन र नेत्र्तित्व नभएको मेयर हो भन्ने प्रमाणित भैसकेको छ| | काठमाडौँवासीले पार्टि, नाता र मुस्कान हेरेर मात्र भोट हालेपछि यो गति भएको हो कि के हो? जति चाडो उंहाले राजीनामा दिन सक्यो उति भलो सबैको हुनेछन|
गुठी विधेयक बिरोधमा उर्लने कुर्लने जनता उठेर उनलाई सम्मान्पुर्बक फिर्ता बोलाउन परो|
नाउ मात्र सुन्दर तर महानगरलाई कुरुप पार्दा नबोल्ने कस्तो मेयर? राजनीति र गफगाफले मात्र शहर बन्दैन| भेनाज्यु किन मौन रहनुहुन्छ जब सालोज्यु निकम्मा देखिएका छन् र औंला जनताले सत्तारुढ दल प्रति ठडाएका छन?
मन परे हरियो नपरे रातो !
2
0
६२/६३ पछि नेपालीले पाएको भनिएको लोकतन्त्र अथवा परिवर्तन पश्चात नेपाली राजनितिमा सवारी साधनहरुको प्रशस्तै चर्चा भएका छन् । कहिले बाबुरामले चढेको मुस्ताङ्ग गाडी, कहिले लालबाबुको साईकल सवारी, कहिले राष्ट्रपतिकोको लागि महंगो सवारी, जनताको लागि बिद्युतिय बस, न्यायधिसहरुले अवकास पश्चात घरमै लैजान पाउने सरकारी सवारी, ने.वा.नि.को वाईडबडी र न्यारो बडी, प्रदेश सरकारले किनेका विभिन्न मुल्यका गाडी, अहिले कहिं साईकल कहिं ट्याङ्कर ………..
परिवर्तन भनेकै नेता तर उच्च पदस्थ कर्मचारीले गाडी चढ्ने रहेछ । जय लोकतन्त्र ।
मन परे हरियो नपरे रातो !
2
0
चिरिबाबुको निर्णय मा चै इमान्दारिताको झल्को आउछ , साइकल प्रसाद हरु को चै लहड मात्र हो कि ?
मन परे हरियो नपरे रातो !
2
0