हामी नेपालीहरु नेपाली टाइम भन्दै समयको अपमान गर्न खप्पिस छौँ। इतिहासमा पहिलो पटक ढिला भएको बारे राष्ट्रव्यापी बहस भएको छ। बहसले सारा सभ्यताको मापदण्ड भत्काएको छ। अब बहस पञ्चायती मण्डले र गणतान्त्रिक मण्डलेहरुबीच फोहरी भइसकेको छ। त्यतिमात्र हैन, संविधानले दिएको आवतजावतको स्वतन्त्रतालाई खिल्ली उडाउँदै पञ्चायती मण्डलेको पारामा जिल्ला प्रवेश निषेधको गैर का नु नी वक्तव्यसमेत सत्तारुढ दलका भ्रातृ संगठनहरुले निकाल्न थालेछन्। अब यत्रो विवाद भइरहेको बेला बुद्ध एयरमात्र चुप बसेर भो त? कति मिडियामा स्रोतहरु भनेर मात्र बोल्ने? बुद्ध एयरले सोमबार दिउँसो आधिकारिक विज्ञप्ति निकालेको छ। खासमा बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पठाएको घटनाको सत्यतथ्यबारेमा जानकारीलाई नै विज्ञप्ति बनाएर सार्वजनिक गरेको हो। विज्ञप्ति अनुसार मन्त्री रिसेड्युल गरिएको उडान समयभन्दा १० मिनेट ढिला र उडान २४ मिनेट ढिला भएको हो। ज्ञानेन्द्र शाहीले भने एक घण्टा ढिला भएको फेसबुकमा लेखेका थिए।
यस्तो छ बुद्ध एयरले दिएको जानकारी –
श्रीमान् महानिर्देशकज्यू
नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, काठमाण्डौ
विषयः घटनाको सत्य तथ्य बारेमा।
मिति २०७६ भाद्र २८ गते शनिवारको उडान नं. BHA 406 मा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्टराई समेत रहनुभएको थियो सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिए बमोजिम पाइएको छ।
१) काठमाडौँबाट नेपालगन्जका लागि विमान १६:५० बजे उड्नुपर्नेमा काठमाण्डौंबाट नै २३ मिनेट ढिला भई १७१३ मा उडेको थियो र विमान नेपालगन्जमा १८:०२ मा अवतरण गरेको थियो।
२) काठमाडौँको Buddha Air Flight Operation ले नेपालगन्जलाइ दिएको Revised Time अनुसार नेपालगन्जबाट विमान १८:२५ को सट्टा १८.४० मा उड्नुपर्ने थियो।
३) बुद्ध एयर सँगै जस्तो यति एयरलाइन्सको विमान १७.५३ मा अवतरण गरेर १८:२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८:३० मा अवतरण गरेर १८:५१ मा उडेपछि हाम्रा यात्रुहरु विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए। सोही समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८:२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत् फोन गरेर हामी धम्बोजी आइपुग्यौँ भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यु आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरुलाई १८:३० तिर विमानमा बोर्डिङ गर्नुभएको थियो तर त्यसो नभई उहाँहरुले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो।
४) माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरु कै अगाडि १४-१५ जना यात्रहरुको समूह हाम्रा विमान परिचारिकाहरुले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशित भई विमानबाट १८:४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरुसंग वादविवाद गर्न थाल्नुभएको थियो। सो विवाद ६-८ मिनेट जति चलेको थियो।
५) मन्त्रीज्यु १८:५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह उहाँतिरै फर्केर तपाइँ किन ढिला आउनुभएको, तपाइँले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आकोशित हुनथालेपछि मन्त्रीज्यू चपचाप विमानभित्र चढ्नुभयो र सो समूह मन्त्रीज्यूसंगसंगै विमान भित्र एकैचोटी चढेर एकै ठाउँमा उभिएर ४-५ मिनेटसम्म अझ बढी आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो।
६) नेपालगन्जलाइ दिएको Revised Time अनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९:०४ मा विमान उडेको थियो।
७) उल्लेखित घटनामा माननीय मन्त्रीज्युका सुरक्षाकर्मी र सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो।
रुपेश जोशी
निर्देशक,
बजार व्यवस्थापन विभाग
बुद्ध एयर प्रा लि.
कुरो यही रहेछ भने दुई तिरबाटै अतिरन्जित भएको र खासमा यो नेपालगन्जमै मिलिसक्नुपर्ने विवाद भएको देखियो। ट्विटरमा एक जनाले लेखेका थिए- रवीन्द्र अधिकारी भएको भए नेपालगन्जमै कुरा मिलाएर काठमाडौँ फर्कने थिए।
आन्तरिक उडानतर्फ सेड्युलमा विमान विरलै उड्छ। यो सबैलाई थाहा भएको कुरा हो। मन्त्री नहुँदा पनि काठमाडौँबाट नेपालगन्जका लागि विमान १६:५० बजे उड्नुपर्नेमा २३ मिनेट ढिला भई १७१३ मा उडेको रहेछ।
तर नेपालगञ्जमा सर्वसाधारण यात्रुले पाएको समय चाहिँ १८:२५ नै हो फेरि। त्यही अनुसार उनीहरु विमानस्थल पुगिसकेका हुन्छन्। काठमाडौँबाटै उड्दा भएको ढिला समेत जोडी सात बजेर चार मिनेटमा बल्ल उड्दा पनि एक घण्टा ढिला चाहिँ भएको थिएन खासमा।
यद्यपि, बुद्ध एयरलाई मन्त्री पक्षले पनि ढाँटेको चाहिँ देखिन्छ। मन्त्रीका सहयोगीले १८:२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत् फोन गरेर हामी धम्बोजी आइपुग्यौँ भन्ने जानकारी गराएका रहेछन्। तर खासमा उनीहरु टाढै रहेछन्। विमानका यात्रुहरु १८:३० तिर विमानमा बोर्डिङ गरेका रहेछन्। त्यसको १० मिनेटमा प्लेन नउडेपछि १८:४० तिर बाहिर निस्किएर १२/१५ जनाले विवाद गरेका रहेछन्।
बोर्डिङ गरेको २० मिनेटपछि बल्ल १८:५० मा मन्त्री आएका रहेछन्।
यहाँ मन्त्रीको गल्ती किन पनि देखियो भने उनले आफूहरु आइपुग्न यति समय लाग्छ भनी सही जानकारी गराएको भए बुद्ध एयरले त्यति छिट्टै यात्रुहरुलाई विमानमा बोर्डिङ गराउँदैन थियो। यात्रुहरु पनि बोर्डिङ गराइसकेको १० मिनेटसम्म पनि प्लेन किन नउडाएको भनेर आक्रोशित हुनु पर्दैन थियो।
यात्रुहरुको पनि कमजोरी कहाँ निर देखिन्छ भने उनीहरुले विमानभित्रको सुरक्षाको खिल्ली उडाए। ‘मन्त्रीज्यूसंगसंगै विमान भित्र एकैचोटी चढेर एकै ठाउँमा उभिएर ४-५ मिनेटसम्म अझ बढी आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो’, भनेर बुद्ध एयरले भनेको छ। विमान सुरक्षामा खेलाँची गर्नुहुन्न।
यात्रुहरु तात्तिएका थिए। मन्त्री अलिकति ‘कूल’ भएर स्थितिलाई नियन्त्रणमा लिइदिएको भए यो सब लफडा नै हुने थिएन। ठीक छ ल, यात्रुहरु रिसाए। उनीहरुको कुरा पनि सुनियो। मन्त्रीले भन्नुपर्थ्यो, ‘ल ठीक छ तपाईँहरुको कुरा मैले सुनेँ। सकियो? अब मलाई आफ्नो कुरा राख्न दिनुस्। खासमा म अगाडि नै आइपुग्नु पर्ने थियो। तर जुन बाटो हामी आयौँ, त्यहाँ गाईवस्तुहरु सडकमा भएकोले ढिला हुनपुग्यो। तपाईँहरुको अमूल्य समय मैले लिइदिएँ। म हात जोडेर माफी चाहन्छु। म आजै काठमाडौँ पुग्न जरुरी थियो। भोलि संसदमा मेरो जवाफ दिने अति महत्त्वपूर्ण कार्यक्रम छ। मन्त्रालयका कामहरु पेन्डिङमा छन्। त्यसलाई अलपत्र पारेर म यहाँ नेपालगन्जमा मोजमस्ती गरेर बस्न मिल्दैन। चाहेको भए म हेलिकप्टरमा जान सक्थेँ। तर तपाईँहरुकै करको पैसालाई म यसरी दुरुपयोग गर्न चाहँदिनँ। तपाईँहरुले नै मलाई विश्वास गरेर यो ठाउँमा ल्याउनु भएको हो। मैले तपाईँहरुको अमूल्य समय जानाजान हैन, परिस्थितिवश लिइदिएको हुँ। तपाईँहरुसँग माफी माग्दै हवाई उडान नियमित गर्न के के गर्नुपर्ने हो, तपाईँहरुकै सुझाव अनुसार अघि बढ्न म तयार छु।’
यति भनेर आफ्नै कुनै सहयोगीलाई त्यसको भिडियो खिच्न लगाएर सामाजिक सञ्जालमा हालेको भए अरिङ्गालमात्र हैन, सर्वसाधारणले पनि त्यसलाई भाइरल बनाउँथे। रामधुलाई गरियो, मुसो लुके झैँ लुक्नुभयो भनी लेख्ने आफै हावा साबित हुन्थ्यो।
तर यहाँ त स्थितिलाई उत्तेजक बनाउने प्रतिस्पर्धा छ। ज्ञानबहादुर उर्फ ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा गणतान्त्रिक मण्डले पठाएर भाँडिन्छ। प्रहरीलाई जरुरी पक्राउ पूर्जी जारी गर्न लगाएर ज्ञानेन्द्रलाई थुनिन्छ। सत्तारुढ पार्टीका भ्रातृ संगठनहरु विज्ञप्ति निकाल्छन्- फलानोलाई जिल्ला प्रवेश गर्न दिन्नौँ भनेर। ए बाबा, को हुन् उनीहरु जिल्ला प्रवेश गर्न दिने नदिने डिसिजन गर्नेहरु? सरकारमा बसेर कानुन पालना गर्नुपरेन? रुल अफ लले चल्ने देश कि हुल अफ लले चल्ने हो देश?
अनि सत्तारुढ दलका एक अध्यक्ष प्रचण्ड भने प्रतिकार गर्न निर्देशन दिने। हे दैव, देश चलाउन अब पशुपतिनाथको कृपा नभई भएन।
उद्ध्येअन मन्त्रि को एस्तो ताल र Airlines हरु को झुट ले नेपाल को airlines हरु EU को ब्लैक लिस्ट बाट चाडो हट्नेछ
गजुरे राजनीति गर्नेले आफु सर्वेसर्वा हुन् अप्ठ्यारो …सबै भत्काउन्दै आउनेले अहिले अराजकताको प्रतिकार गर भनेको अर्थ देस ब्यबस्थापनमा तृती बा गल्ति गर्नेको बिरुद्ध सगठित बिरोधको प्रतिकार गर भनेको भन्दा उसलाई अप्ठ्यारोमा पार्न खोज्नेको प्रतिकार गर भनेको जस्तो लाग्छ/
अव केहि सब्द गजुरे राजनीतिको बारेमा/ पाउ त् मोल्ने तर शिरमा टेक्नको लागि; प्रसंसा त् गर्ने भोलि सखापै पार्नको निमित उदाहरण: भारत सिट नझुक्ने तर नेपालि सिट झुक्ने राजतन्त्र महान रास्त्रवादी भन्दै पछि तानाशाही भनेर ..गरेको/ गालि त् गर्ने तर भोलि तेसैलाई आफ्नो महा नायक बनाउनको लागि उदाहरण:भारत र गिरिजालाई पहिला …भन्ने पछि तिनिहरुलाईनै …मानेको/ निहुरेर पस्ने पसे पछि भत्काउने; उदाहरण कांग्रेस भित्र पस्न कांग्रेसीको सबै भन्दा ठुलो बैरी पार्टी यमालेको सरकारलाई ढाले/ कांग्रेस पसी सके पछि कांग्रेसकै सरकारमा रहेर यामाले सिट मिलेर कांग्रेसीलाई ..नै गरे/ यमाले सिट मिल्न त् मिले तर यमालेको नामो निसानानै मितायर; यो कुराको उदाहरण उ आफै बनेकै छ/ उ जहा पसे बसेको छ त्यो सबै ईतिहासनै बनेकोछ; उदाहरण उसैको मावोबादी पार्टीकै लिउँ न / उ सबैलाई चुनौती दिन्छ तर उसलाई जुन कुरामा कसैले चुनौती दिन्छ त्यो कुरालाईनै सखाप बनाई दिन्छ/ उ मुर्ति होईन गजुर पुजिने मन्दिरको गजुर बन्न राजनीति गर्छ; हेर्नुस त् अहिले यमाले कहा छ र य्मालेको सुर्य मदन भण्डारी र मनमोहन कहा छ र उ कहा छ त्यहा/
लोकतन्त्र भनेकै बैचारिक सघर्षलाई मान्यता दिने ब्यबस्था हो/ बैचारिक संघर्ष भनेको असहमति र बिकल्पको प्रस्तुति हो/ बैचारिक संघर्षमा परि हाले संगठित र शसस्त्र संघर्ष पनि समाहित हुन्र सक्ने कुरा त् उसैले तेस्तै गरेरै प्रमाणित गरेको थियो/ त् अहिले उ नेपालको राजनीतिमा गजुर जस्तै बने भन्दैमा उसको प्रकारको लोकतन्त्रमा असहमत हुनु र तेस्को बिकल्प दिनु बा खोज्नु कसरि “प्रतिगामी बा अराजक हुन्छ?
योगेश भट्टराईबाट आशा थियो, माटोमा मिल्ने देखियो|
मन्त्रि भएर प्लेनमा औषधि स्प्रे गर्ने, एयरपोर्टमा पार्किङ्ग व्यवस्था मिलाउने, बिजनेस लंज बनाउने —जुन काम चाहि सचिव र एयरपोर्टका व्यवस्थापकहरु बाट हुनपर्ने| मन्त्रीले त निर्देशन दिने मात्र होइन, समयमा भए नभएको प्रगति विवरण लिने हो|
पर्यटन मन्त्रालयका अधिकृतहरुका काम बिदेशमा भ्रमण पर्यटन गर्नु मात्र हो?
नेवानि ओरालो बाटोमा हिंडेको छ| खालि नंया गन्तब्य स्थानहरुमा उडानको लागि थपेर मात्र हुँदैन| नाफा हुने सेक्टरमा उडानहरु थप्न पर्ने हो| नेवानिका कर्मचारीहरुका व्यवहारमा आमुल परिवर्तन हुन् आवश्यक छ| अध्यागमन र भन्सारका कर्मचारीहरु २४/७ क्यामेराको निगरानीमा हुनपर्छ|
वाइडबडी काण्ड के भयो? सेलाएर गएको हो?? हिमाल आरोहीहरुसंग जानपर्ने तर नगएर घरै बसी भत्ता तलब लिएका लियजन अफिसरहरुलाई के कारवाही भयो? दुई तह घटुवा गरिदिन पर्छ तब देख्छन रमिता| पर्यटन बोर्ड भंग गरेर अन्य कुनै कार्यमूलक बोर्ड गठन गर्नुस|
एयरपोर्टमा अपेक्षा अनुसार काम नगर्नेलाई सरुवाले मात्र पुग्दैन, देशको लाज र भ्रष्टचार संग सरोकार छ, एक वा दुई तह पद घटुवा गरिदिनुस भोलि देखि सतर्क हुन्छ|
एयरपोर्ट, भन्सार, कर र मालपोतका कर्मचारीहरु मुलुकका धमिरा हुन्, डेंगु हुन्|
होइन कस्तो खालको समाचार हो यो? “बुद्ध एयरसमेत विज्ञप्ति निकाल्न बाध्य” रे। यो सम्पूर्ण घटना घट्नुको प्रत्यक्ष जिम्मेवार पक्ष भनेकै बुद्ध एयर हो त उ त्यसै चुप लागेर बस्न मिल्छ? कुनै पनि सार्बजनिक सवारीमा यात्रा गर्दा एकजना व्यक्ति समयमा नआईपुगेकै कारणले त्यसको असर भलै बाँकि यात्रीहरुमा पर्न गयो भने पनि त्यसको दोष त सेवा प्रदायक संस्थालाई नै जानुपर्छ नकि व्यक्तिलाई । यो त सरासर संस्थाको ब्यबस्थापन पक्षको कमजोरी हो।
यो कस्तो बहुदलीय ब्यबस्था हो?
यक दलले अर्को दल र दलकालाई जस्तो जस्तो भन्छन तेस्तो त् समाजमा खराव भन्दा खराव व्यक्तिलाई पनि भन्दैन/ सब्दले मात्रै …भने गरे त् कुरा उनीहरु बिचको भनेर हामि नागरिक …पनि बस्थे होला त् तिनीहरुले यकले अर्कोलाई …गर्नको निमित नागरिक र ब्यबस्थालाई नै बलिको बोकानै बनाउञ्छन/ यहि कुराको अर्को उदाहरण हो यो; नेपालगंज जस्तो समयमा जहाज उदे अचम्मै मान्नु पर्ने बिमानस्थलमा मन्त्रि पनि यात्रु भयको जहाज केहि मिनेट ढिलो उदेकोमा यत्रो बवाल मच्चाउनु/
यो बवाल मन्त्रीको कारणले केहि मिनेट जहाज ढिलो उदेको कारणले त् हुँदैहोईन/यात्रु-मन्त्रि कारण केहि मिनेट जहाज ढिलो उडेकोलाई आफु वा आफ्नो पार्टी सत्तामा नरहेको सरकारको बिरोध गर्ने निहुँ बनायको मात्रै हो/
सबै कुरा पार्टीका ठुला नेताहरुको कोठे सहमति अनुसार हुने बन्ने देसमा कमसेकम सत्ताको नेतृत्व त् नागरिकको बहुमत पायको दलले मात्रै गर्न पाउने हुनु यो व्यवस्थाले नागरिकलाई दियको यक मात्र अधिकार हो/ यो कुरामै बिरोध गर्नु भनेको दलहरुले नागरिकहरुको बहुमतको पनि नम्मान्ने भन्नु नै हो/ यस्ताहरुले लोकतन्त्रको आख्यान व्याख्यान गर्दै हिड्ने अनि यसैलाई लोकतन्त्रको बिशेषता मान्ने इनिहरु जत्तिको खुस्केट जोकरहरु अरु को होला?
अब सबैले प्रतिकार गर्न थाल्यो भने नेताहरु कता पुग्ने हो !!!
मन्त्रालय को लेत्टर पद प्रयोग गरेर सोकिया सचिब ले जारी गरेको बक्तब्य संग बजियो नि त यो त. एसले प्रस्ट हुन्छ कि झुट को राजनीति कोषले गरिरको छ. यो सरकार फासिस्ट सरकार मा परिणत हुदै छ. कमौनिस्ट सरकारका लागि आफ्ना कार्यकर्ता मात्र देशभक्त अरु सबै मण्डले राजाबादी .