नेपालमा एक रात बिताएर चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किसके। विशिष्ट पाहुनालाई विदाइ गर्नका लागि हाम्रा राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री सबै पुगेका थिए। भ्रमणका क्रममा सूचना विभागले आधिकारिक फोटोहरु उपलब्ध गराएको थियो। त्यसैमध्येको एउटा फोटो हो यो माथिको।
फोटोमा बायाँबाट क्रमशः राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, हाम्रा राष्ट्रपति र उपराष्ट्रपति देखिन्छन्।
शायद् यो फोटोग्राफरहरुको आग्रहमा दिइएको पोज होला। तर सरकारी आधिकारिक फोटोको पोज हेर्नुस् त- प्रधानमन्त्रीले हातै उठाउनु भएको छैन। उपराष्ट्रपतिले त आशीर्वाद पो दिएको जस्तो देखिन्छ, विदाइको हात हल्लाएको हैन।
अचम्म लाग्ने कुरो, यो पोजको फोटो किन आधिकारिक रुपमा वितरण गरियो? यसमा त उपराष्ट्रपतिको पोज हाँसउठ्दो पो देखिन्छ। सूचना विभागका हाकिमहरुलाई यही फोटो चाहिँ किन मन पर्यो होला, अचम्म !
नजान्ने हरु नेता भएपछि येस्तै हो चि बाहेक अरुले किन हात हल्ल्यायेका होलान| हा हा|
यि सबैजना चिनफीङ सँगै जान लागेका जसरी हामीलाई पो हात हल्लाएछन् त!
केही पोस्टहरु चैं शालोक्यले किन लेखे होलान् जस्तो लाग्ने ।