१२ फोटोमा झिलिमिली बत्तीले धपक्क बलेको काठमाडौँ

तिथि विवादका कारण बुधबार पनि तिहार बाँकी छ। सरकारले पनि बुधबार किजापूजाको विदा दिएको छ। तीन वर्षदेखि झैँ यसपालि पनि उज्यालो चाड तिहारमा विद्युत प्राधिकरणले बिजुलीको समस्या आउन दिएन। पहिलेको तिहारको त अहो, के कुरा गर्नु र। नियमित लोडसेडिङको त कुरै छाडौँ, लक्ष्मीपूजाको दिन जहिल्यै बत्ती जाने। कहिलेकाहीँ त भोलिपल्टसम्म बत्ती आउँदैन थियो। तर कुलमान घिसिङको नेतृत्व विद्युत प्राधिकरणमा आएपछि तीन वर्ष भो ढुक्कसँग बिजुली बलेको। हेर्नुस् उज्यालो काठमाडौँका केही फोटो 

यो कलंकीबाट देखिएको उज्यालो काठमाडौँ हो। यसमा तपाईँ डाँडामा स्वयम्भू देख्नसक्नुहुन्छ।

यसमा दुई अग्ला भवन ग्रान्ड होटल र सोल्टी सिटी अपार्टमेन्ट हुन्।

यी तलका फोटो चैँ यही कुरालाई लङ एक्सपोजरमा राखेर क्यामेरा घुमाउँदा देखिएका दृश्य हुन्।

काठमाडौँका विभिन्न सडक कस्तो देखिन्छ, भिडियो हेर्नुस्-

विद्युत प्राधिकरणको झिलिमिलीको भिडियो-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Social Media Auto Publish Powered By : XYZScripts.com