सन् २०११ को जुन महिनामा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले क्युबाको हवानाबाट देशबासीका नाममा टेलिभिजनबाट सन्देश दिँदै आफू क्यान्सरस सेल्स भएको ट्युमर हटाउनका लागि अपरेसनका लागि त्यहाँ आएको र स्वास्थ्य लाभ भइरहेको बताए।
त्यतिन्जेल उनको स्वास्थ्य अवस्थाबारे कसैलाई केही जानकारी दिएकै थिएन। धेरैलाई अचम्म लाग्यो यो सुनेर।
अर्को महिना जुलाईको सुरुमा भेनेजुएलाको सरकारले राष्ट्रपति चाभेजको स्वास्थ्य स्थिति सामान्य रहेको र ट्युमर पूरै निकालिएको अनि उनको स्वास्थ्य पूर्ण निको हुने विज्ञप्ति जारी गर्यो। तर त्यसको १४ दिनमै क्यान्सरको थप उपचारका लागि चाभेज क्युबा गएको समाचार त्यहीँको टेलिभिजनले प्रसारण गर्यो। देशवासी अचम्ममा परे। राष्ट्रपति आउटडोर गतिविधि गर्न सक्षम थिएनन् त्यसैले उनी घरमै रहे र www.daisyslots.com मा स्लट खेल्नमा समय खर्च गरे।
सन् २०१२ मा भेनेजुएलामा राष्ट्रपतिको चुनाव हुँदै थियो। चुनावको तीन महिनाअघि सन् २०१२ को जुलाई ९ मा चाभेजले आफू क्यान्सरबाट पूर्ण रुपमा निको भइसकेको घोषणा गरे।
चुनाव उनैले जिते। चौथो कार्यकालका लागि उनी राष्ट्रपति निर्वाचित भए।
पूर्ण रुपमा स्वस्थ भइसकेको घोषणा गरेको चार महिनापछि नोभेम्बर २०१२ मा उनले आफू क्यान्सरको थप उपचारका लागि क्युबा जान लागेको बताए।
त्यसपछिका दिनहरुमा उनी बिरामी परेको, निको भएको खबरहरु आइरहे। साँचो खबर आधिकारिक रुपमा कतै दिइएन।
सन् २०१३ को मार्च ५ मा उपराष्ट्रपति निकोलस मादुरोले चाभेजको मृत्यु भएको घोषणा सरकारी टिभीबाट गरे।
तर उनको मृत्यु वास्तवमा त्यो भन्दा धेरै नै अघि भइसकेको दावी पनि गरियो। चाभेजका पू्र्व बडीगार्ड लियाम्से सालाजारले भेनेजुएलाबाट भागिसकेपछि उनको मृत्यु सन् २०१२ को डिसेम्बर मै भइसकेको दावी गरे।
त्यस्तै तत्कालीन महान्यायाधिवक्ता लुइस ओर्टेगा डियाजले पनि चाभेज वास्तवमा डिसेम्बर २०१२ मै मरिसकेको र मृत्युको घोषणा राजनीतिक कारणले रोकिएको दावी गरे।
भेनेजुएलाको पत्रिकामा छापिएको उनको भनाई अनुसार चाभेजको मृत्यु डिसेम्बर २८ मै भइसकेको थियो। तर उनका नजिकका सहयोगीहरुले यो जानकारी सार्वजनिक गर्न ढिला गरे। र मृत्युको सर्टिफिकेट पनि महान्यायाधिवक्ताको कार्यालयमा कहिल्यै पनि बुझाएनन्।
घोषणा गरिएको भन्दा तीन महिनाअघि नै मृत्यु भइसकेको ती दावी सही हुन् कि हैनन्, त्यो थाहा पाउन सजिलो छैन। तर स्वास्थ्य अवस्थाबारे सही जानकारी आधिकारिक रुपमा नदिनाले नै यस्तो अवस्था आएको थियो। नत्र आफू निको भइसकेको भनेर घोषणा गरी चुनाव लडेको एक वर्ष नपुग्दै चाभेजको मृत्यु हुने थिएन।
सन् १९९४ को जुलाईमा उत्तर कोरियाका राष्ट्रपति मनोवैज्ञानिक तनावका कारण स्ट्रोक भएर स्वास्थ्य स्थिति बिग्रेकोले उपचार भइरहेको समाचार प्योङयाङ रेडियोले दिएको थियो।
वास्तवमा उनको मृत्यु भइसकेको थियो। तर ३४ घण्टासम्म त्यसलाई लुकाएपछि बल्ल आधिकारिक रुपमा घोषणा गरिएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति किन लुकाउनु पर्ने?
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्रान्डी अस्पतालमा गए। उनलाई के भएको हो भन्ने बारे उनका सहयोगीहरुले सकेसम्म सूचना लुकाउन कोशिश गरे। उनलाई आइसियुमा भर्ती गरी डायलासिस समेत गरियो। तर अस्पतालको विज्ञप्तिमा त्यसबारे केही पनि लेखिएन। सहयोगीहरुले सकेसम्म सामान्य उपचारका लागि गएको हो भन्ने भान पार्ने कोशिश गरिरहे।
डायलासिस मृगौलाले काम नगरेपछि रक्त शोधनको कृत्रिम विधि हो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको हो भन्ने कुरा ओपन सेक्रेट हो। कसले मृगौला दान गरेको थियो भन्ने समाचार समेत मिडियामा उहिल्यै आइसकेको हो।
प्रत्यारोपण गरिएको मृगौला सधैँ काम लाग्ने हुँदैन। समयसँगै पुनः अर्को मृगौला प्रत्यारोपण गर्नुपर्ने स्थिति पनि आउन सक्छ। यो पनि जगजाहेर कुरा नै हो।
प्रधानमन्त्रीको विल पावर गजबको छ। उनी आफ्नो स्वास्थ्य प्रति सचेत छन्। समयमा औषधि खान्छन् भन्ने कुरा पनि सबैलाई थाहा छ। प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना सबैले गरी हाल्छन्।
यस्तो अवस्थामा प्रधानमन्त्रीलाई भएको के हो, उपचार के गरिँदैछ भन्ने कुरा लुकाएर केही उपलब्धि हुने जस्तो लाग्दैन। आखिर ती कुरा मिडियाबाट लिक भइहाल्छ। बुधबारपछि बिहीबार र शुक्रबार पनि डायलासिस गर्नुपर्ने, रगतमा संक्रमण भएको समाचार मिडियामा लिक भएकै छन्। आधिकारिक रुपमै जानकारी दिने हो भने नानाथरीका हल्ला पनि चल्न पाउँदैन। यसबाट फाइदा पो हुन्छ।
तर डायलासिस गरिसक्दा पनि केही भएको छैन, सामान्य उपचार हो, आजै डिस्चार्ज हुन्छन्, भोलि डिस्चार्ज हुन्छ भनेर झुटो बोलेर कसैलाई केही फाइदा हुने जस्तो त लाग्दैन।
आखिर देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जान्न पाउने हक देशवासीलाई त हुन्छ नि।
अपडेट : ग्रान्डी अस्पतालले दोस्रो विज्ञप्तिमा हेमोडायलासिस गरेको जानकारी दिएको छ। बिहीबार राति नै प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको छ र उनी बालुवाटार गएका छन्।
मित्रले दिपेन्द्र को जिउन्दै रहेको बेलामा उस्को चिता तयार गर्दै गरेको कुरामा केही थप्न चाहन्छु। नागार्जुन् दरवार मुनि नै डौरन् पानि भनिने तोल छ्। गिरिजा राज्दरवार मन्त्रि भयको सरकारले दीपेन्द्रलेनै दरवार भित्र राजा रानीको हत्या गरेको भन्ने कुरा जिउज्यान लगायर प्रचार गर्दै गरेको बेला डौरन् पानीको बाशिन्दाले “होईन दीपेन्द्रलाई नागार्जुन् डाँडाको दरवार बाट लखेत्त्दै त्यहा मारेको थियो” भन्दै थियो।त्यो देख्ने बाशिन्दाहरु सबै मरी सकेको त् पक्कै छैन नै होला।दरवार हत्या कान्ड भयको लगतै सिमापारि…… को सेना तयार अवस्थामा राखियको ब्भन्ने कुरा पनि चर्चामै आयको थियो।
आदी कुराहरुले नेपालको राजनैतिक् परिवर्तन को कुरामा मात्रै होईन नेपालको राजनीतिमा ठुलो पदमा रहेको ब्यक्तिहरुको दैनिकी मात्रै होईन स्वास्थ् को कुरामा पनि नेपालमा भारतको स्वार्थको राजनीतिको प्रभाव रहने गरेको आशंका गर्न सकिने कुराहरु भयको महसुस हुन्छ। कुरा भारत परस्त भयको आरोप लागेको नेपाली काङ्रेस पार्ती र् तेस्को नेत्रित्व मा सुसिल कोईराला जस्तो भारतको दवाव नतेर्ने सभापति र् देसकै प्रधान मन्त्रि हुनु जति अस्चर्य् जनक कुरा हो त्यो भन्दा आश्चर्य् जनक कुराहरु बिरामी भयको सुसिल कोईराला घर भित्रै जसरी बित्नु भयो र् बिपी गिरिजाको नाम जप्दै गर्ने काङ्रेसिहरु ले भारतको दवाव नतेर्ने सुसिल कोईरालाको नाम समेत् नलिनु बढी आस्चर्य् जनक छ्। आज जति भारतको दवाव नतेरेकोले ओलिको जति “वाहवाह्” हुँदै आयको छ् त्यो भन्दा बढी वाहवाह् त् सुसिल कोईरालाको हुनु पर्थ्यो; तर त्यस्तो भयन किनभने सुसिल कोईराला “कोईराला भजन पार्तिमा” नाम मात्रैको कोईराला बन्नु भयो।
हाम्रा प्रधान मन्त्रीज्युको स्वास्थ्य लाभको कामना गर्दछु|
साथसाथै नेपालीले यो पनि भन्न पाउनु पर्छ कि प्रधानमन्त्री बिरामी संगै मुलुकलाई पनि रोगग्रस्त नबनाऔ| वालुवाटारलाई अस्पातलमा परीणत गर्न भएन|
गिरिजाले त्यसै गरेर परिवार र निकटजनलाई राज चलाऊन दिए| सुशील त झन महारोगी नै थिए| देश प्रगति गर्न साटो भांडमा गए| कुनै कतैतिर योगदान नभएकी र प्रजातन्त्रको आन्दोलन ताका गायब भएकी योग्यताहीन सुजातालाई बाउकी छोरी भएकै आधारमा मात्र के खाएर माधव कुमार नेपालले परराष्ट्र र त्यसपछी बाउ सकक्षको रोदन विलाप पछी उपप्रधानमन्त्रीको जागिर बढुवा सेमत गराए| यो भन्दा घ्रिणित काम के हुन सक्ला? नेपाली जनताले काङ्रेसको यो कुक्रित्यलाई पचाए पनि बुझ्ने जान्नेले अझसम्म हजम गर्न सकेका छैनन| आलम काण्ड त्यही बेलाको हो, सबैलाई हेक्का होस्| पूर्व मन्त्री देवेन्द्र कंडेललाई भारतीय नागरिकता लिएको भन्नेले सुजाताको ईतिहास पनि एक्चोटी हेरेर कार्वाही गर्नपर्यो| कि शेरेज्युले छेरे जस्तो १२ बर्ष पछी जस्तै पाप कटनी हुन्छ?
राजनेताको पदमोह र लोभ अनि आसे-पासे-खासेहरुको लाभमा मुलुकलाई बन्धक नबनाऔ|
एउटा निश्चित विन्दु तोक्न पर्छ जब सम्पूर्ण मुलुक कै दायित्व लिएका ब्यक्तिले रोगको कारणले धान्न सक्दैनन| लोकतन्त्रमा प्रधान मन्त्रिको सकृयता यती धेरै हुनपर्छ, यस्तो अवस्थामा कि रोगीले दु:ख पाउँछ, कि त मुलुकले, वा दुवैले|
अहिले दुवैले दु:ख खेप्न परिरहेको छ| त्यो बिन्दु निर्धारण गर्ने बेला आएको छ|
पदमा आसीन भएकोले गर्दा श्वासथोपचार को उच्चतम सुविधा दिएर राख्ने हो वा मुलुकलाई पनि रोग ग्रस्त बनाउन बाट रोक्ने हो, एकाध वुद्धिजीवीहरु बोल्न थालेका छन तर आम जनताले पनि बोल्नपर्यो जसले गर्दा गिरिजा र सुशील युगमा नजाओस, किम र चाभेजको अवस्था नआओस| नेपालको लोकतन्त्रमा अहिलेको सरकार जनताले मत दिएर ल्याएका हुन|
पुन: हाम्रा प्रधान मन्त्रीज्युको स्वास्थ्य लाभको कामना गर्दछु|
पुरानो कुरा र् देउपाको ओली यस्तो हो त्यस्तो हो भन्ने हल्लालाई अहिले महाकालिमै बगाउदै गरौ। संबिधान बन्दै गर्दा र् मधेशबादीलाई मुकुन्दो बनाएर मोदिले नेपालको संबिधान उस्ले चाहे जस्तो बनाउन नाकाबन्दी गरेको सामना गर्ने ओली अहिले अस्वस्थ् हुनु अत्यन्त दु:खद कुरा हो। छिटो निको होस् र् मोदिको नाकाबन्दिको समानआ गर्दै गरेको बेला भन्दा अझै बढी स्वस्थ् होस्। यस्को निमित हाम्रो कामना मात्रैले केही हुँदैन ओली आँफै पनि मोदिको दवावलाई बाल पनि मत्लव नराख्ने सुसिल कोईराला बिरामी हुँदाको कुरा सम्झेर सचेत हुनु पर्छ। कसै कसैको “हजुर स्वस्थ् भैसक्यो” भन्ने कुरा अस्वस्थकर् पनि नहोला भन्न् सकिन्दैन। तेसैले आफ्नो चिकित्सक र् आफ्नै मनको कुरा सूनौ सन्खा लागे कुदी हाल्नुस् अस्पातल नेपालको डाक्तर पनि कम् छैनन।
Rajdarbar hatya kanda ko belama tetibelaka yubaraj dipendra shaha ko adhikarik mrityu ghosana hunu agi nai pashupatima chita tayar bhaisakeko kura pashupati wariparika sthaniyebasi sabailai thaha thiyo. Tyo belama rajaka samarthanma purai desh orliyeko thiyo ra kehi holaki bhanne darle corfew samet lagaunu pareko thiyo.tesaile dipendra jiudao ra sakusal cha bhanera dekhauda wa bhanam abastha agyat rakhda desh purai shocked bhaye pani shanta thiyo. Tara ahile ko situation ma chahi bahusankhek janataharubata naruchaieka netaharuko swastha abastha agyat rakhnu parne karan chahi yo neta kahile marla ra mero palo aaula bhandai basne afnai partyka followerlai thaha nadina hunuparcha. Janatale tireko taxle Rogi-biramai netako upacharma kharcha bhayeko tara janata afai thorai paisa kamauna chahi bidesh janu parna badhe parne netalai kehi hola bhanera janatale chinta ta liyeko liyei ho.