यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

१२ वर्षपछि फेरि दक्षिण कोरिया पुग्ने संयोग यसरी जुर्‍यो

सन् २००७ अर्थात् १२ वर्षअघि म पहिलो पटक ठूलो जहाज चढेर नेपाल बाहिर जाँदै थिएँ। गन्तव्य थियो दक्षिण कोरियाको राजधानी सउलमा नागरिक पत्रकार (सिटिजन रिपोर्टर)हरुको विश्व सम्मेलन। त्यतिबेला कोरियाको ओहमाइन्युज सिटिजन जर्नलिज्ममा निकै चलेको वेबसाइट थियो। अघिल्लो वर्ष चार जना नेपालीलाई बोलाइएकोमा कोरियाली दूतावासले भिसा दिन अस्वीकार गरेपछि जान पाइएको थिएन। सन् २००७ मा भने म एक्लैलाई बोलाइएको थियो। थाइ एयरको जहाज चढेर एक्लै बैँकको सुवर्णभूमि विमानस्थलमा केही घण्टाको ट्रान्जिट बिताएर इन्छन विमानस्थल सउल पुगेको थिएँ।

आयोजकले बस चढेर होटलमा पुग भनेको थियो। तर कोरियामा बस्ने नेपालीहरुले बसमा चढेर ठाउँ थाहा पाउन गाह्रो हुन्छ भनेर बढी जान्ने भई सुझाव दिएपछि ट्याक्सी चढेर जाँदा पहिलो दिन नै एक लाख ७० हजार वन त्यो भनेको १७० अमेरिकी डलर चुना लागेको सम्झँदा हाँसो उठ्छ। भारतीय र पाकिस्तानी साथीहरुले निकै पछिसम्म मलाई ट्याक्सी चढेर १७० डलर सकाएको भन्दै उडाएका थिए। मेरो रुममेट भारतीय साथी थिए। टेलिभिजन रिपोर्टर ती भारतीय साथीको सडक दुर्घटनामा पोहोर मृत्यु भयो।

कोरिया जाँदाका पुराना ब्लगहरु
जाँदैछु म त्यहाँ….
चुपचाप बस्ने भिक्षु र कुरौटे जापानी
बैंककमा पनि एनटीसीकी दिदीले दुःख दिन छाडिनन्
यहाँ पनि ट्राफिक जामले छाडेन
दुर्गन्धित खानाले दिक्क
यात्रा अपडेट
दक्षिण कोरियाको ‘चन्द्रसूर्य’ विश्वविद्यालय
हेर्ने हैन त दक्षिण कोरियाको टप युनिभर्सिटी
गुड बाई सउल
ट्रान्जिटको टाइम पास

त्यतिबेला हामी दक्षिण एसियाका साथीहरु हिन्दी भाषामा कुरा गर्थ्यौ। पछि थाहा भयो, कोरियामै बस्ने एक नेपाली पनि सम्मेलनमा सहभागी रहिछिन्। त्यसपछि नेपाली बोल्न पनि पाइयो। तर सधैँ सँगै हिँडेको देखेर अरु सहभागीहरुले ‘तिमीहरु हज्बेन्ड वाइफ हो कि क्या हो’ भन्न थालेपछि हामी सँगै हिँड्न छाड्यौँ। हामी सहभागीहरुको ग्रुपलाई दक्षिण कोरियाली भोलिन्टियरहरुको व्यवस्था गरिएको थियो।


त्यतिबेला मेरो प्रिजेन्टेसनको विषय थियो- युट्युब। सन् २००५ मा भर्खर भर्खर युट्युब खुलेको थियो। युट्युबमा अहिले जस्तो मनिटाइज थिएन। इन्टरनेट पनि साह्रै स्लो थियो। डायल अप इन्टरनेट चलाएर भिडियो क्वालिटी एकदम कम गरेर युट्युबमा भिडियो अपलोड गरिन्थ्यो २०६२/६३ को आन्दोलनको। दङ परेका थिए त्यहाँका सहभागीहरु मेरो युट्युब अनुभव सुनेर।


अहिले सोच्दा अनौठो लाग्छ। अहो, कसरी गरियो त्यतिबेला १५/२० एमबीको भिडियो रात रातभर लगाएर अपलोड। त्यतिबेला कोरियाली र अरु देशका सहभागीहरुले गजब भनेर गरेको प्रशंसा अहिले पो बुझ्दैछु।

यस पटक मंगोलियाको भ्रमण भने टेकक्याम्पमा सहभागी हुनका लागि थियो। दुई जना नेपाली साथीहरु पनि थिए- कान्तिपुरकी बिनु सुवेदी र नेपालखबरका प्रविण कोइराला। मंगोलियास्थित अमेरिकी दूतावासको आयोजनामा भएको यो टेकक्याम्पमा disinformation लाई कसरी काउन्टर गर्ने भन्ने मुख्य थिम थियो। रुस र चीन जस्ता विशाल देशको बीचमा रहेको भूपरिवेष्ठित देश मंगोलियामा कहिल्यै पुगिएला भन्ने सोचिएको थिएन। तर अहिले मंगोलियामा धेरै साथीहरु भए। किर्गिजस्तान, कजाखस्तान, उज्बेकिस्तान, म्यान्मार, भियतनाम, भुटान र नेपालका तीन तीन जना गरी २१ जना विदेशी सहभागी थिए। अमेरिकाले विभिन्न देशमा आयोजना गर्ने यस्तो टेकक्याम्पले प्रविधिको माध्यमद्वारा कनेक्सन क्रियट गर्ने, नागरिक समाजलाई सशक्त पार्ने आदि उद्देश्य राख्छ।

मंगोलियाबाट फर्कने क्रममा हाम्रो टिकट काटिएको थियो हङकङ हुँदै बैँकक र त्यहाँबाट काठमाडौँ फर्कने। तर हङकङमा ट्रान्जिटमा बस्न पनि नेपाली पासपोर्टधारीलाई भिसा चाहिने कुरा मलाई थाहा थियो। चिनियाँ दूतावासको वेबपेजमा स्पष्ट लेखिएको छ

Nepalese citizens must obtain a visa for Hong Kong prior to arriving in HK for whatever purpose including transit.

यसमा केही अपवादहरु छन् जस्तै क्याथे प्यासिफिक र ड्रागन एयरको उडानमा जाने भए ट्रान्जिट भिसा चाहिँदैन। अस्ट्रेलिया जाँदा त्यही एयरको विमानमा गएका थियौँ बुद्धिसागर र म। ट्रान्जिट भिसा चाहिएको थिएन। त्यस्तै नेपाल एयरलाइन्सबाट यात्रा गर्नेलाई पनि चाहिँदैन रहेछ।

हामी मंगोलियाको राजधानी उलनबटारबाट हङकङसम्म मंगोलियाको मियाट एयरलाइन्सबाट र त्यहाँबाट थाइ एयरमा बैँकक र बैँककबाट काठमाडौँ पनि थाइ एयरमा जाँदै थियौँ। हङकङको थाइ एयरलाई सोधेको, ट्रान्जिट भिसा चाहिन्छ भनेर इमेल गर्‍यो। मियाटलाई सोध्दा गोलमटोल जवाफ थियो। चाहिन्छ पनि भने जस्तो छ, चाहिँदैन पनि भने जस्तो छ। ध्यान दिएर हेर्दा चाहिँदैन भने जस्तो लाग्यो-

tirv/nanp/trhk/trbkk/dektm

TIMATIC-3 / 24OCT19 / 0823 UTC

NATIONAL NEPAL (NP)

TRANSIT HONG KONG (SAR CHINA) (HK)

TRANSIT THAILAND (TH) /DESTINATION NEPAL (NP)

ALSO CHECK DESTINATION INFORMATION BELOW

VISA TRANSIT HONG KONG (SAR CHINA) (HK)

…… NORMAL PASSPORTS ONLY ……

VISA REQUIRED, EXCEPT FOR PASSENGERS WITH A HONG KONG (SAR CHINA) PERMANENT IDENTITY CARD.

VISA REQUIRED, EXCEPT FOR PASSENGERS WITH A HONG KONG (SAR CHINA) IDENTITY CARD. THE CARD MUST HAVE THE ASTERISK OR ‘R’ CODE.

VISA REQUIRED, EXCEPT FOR PASSENGERS WITH A TRAVEL DOCUMENT ISSUED BY HONG KONG (SAR CHINA) WITH “HOLDER’S ELIGIBILITY FOR HONG KONG (SAR CHINA) PERMANENT IDENTITY CARD VERIFIED

TWOV (TRANSIT WITHOUT VISA): VISA REQUIRED, EXCEPT FOR PASSENGERS TRANSITING THROUGH BANGKOK (DMK) ARRIVING ON THAI AIRASIA (FD) OR THAI AIRASIA X (XJ) WITH A CONFIRMED ONWARD TICKET FOR A FLIGHT ON THAI AIRASIA (FD) OR THAI AIRASIA X (XJ) TO A THIRD COUNTRY WITHIN 12 HOURS. THE CONNECTING FLIGHT MUST BE BOOKED ON THE SAME TICKET. THEY MUST STAY IN THE INTERNATIONAL TRANSIT AREA OF THE AIRPORT AND HAVE DOCUMENTS REQUIRED FOR THE NEXT DESTINATION. VISA REQUIRED, EXCEPT FOR PASSENGERS TRANSITING THROUGH BANGKOK (BKK) WITH A CONFIRMED ONWARD TICKET FOR A FLIGHT TO A THIRD COUNTRY WITHIN 12 HOURS. THEY MUST STAY IN THE INTERNATIONAL TRANSIT AREA OF THE AIRPORT AND HAVE DOCUMENTS REQUIRED FOR THE NEXT DESTINATION. – THIS TWOV FACILITY DOES NOT APPLY TO PASSENGERS TRAVELING ON ANGKOR AIR (K6), BEIJING CAPITAL AIRLINES (JD), BUSINESS AIR (8B), CEBU PACIFIC (5J), EASTSTAR JET (ZE), GOLDEN MYANMAR AIRLINES (Y5), INDIGO (6E), JEJU AIR (7C), JET ASIA AIRWAYS (JF), JETSTAR (JQ), JETSTAR PACIFIC (BL), JIN AIR (LJ), JUNEYAO AIRLINES (HO), LAO CENTRAL AIRLINES (LF), MANDARA AIRLINES (RI), NORWEGIAN AIR (DY), OKAY AIRWAYS

हङकङमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई त अध्यागमनको थुनामा परेका थिए। नेपाली पासपोर्टधारी भनेपछि नाच्न लगाउनेसम्मका काम गरिन्छ भन्ने खबर त्यतैको मिडियामा आएकै हो। त्यसैले कन्फर्म नभई यात्रा गर्न नहुने विचारमा थिएँ म।

हङकङमा हामीलाई त्यति गाह्रो भए पनि हङकङवासीलाई भने नेपालमा सजिलो छ। एयरपोर्टमै अन अराइभल भिसा पाइन्छ।

आयोजकलाई अन्तिम समयसम्म भिसा चाहिने हो कि हैन भन्दै तनाव दिँदै थिए म। आयोजकहरु पनि कन्फ्युज नै भए। अन्तिममा आयोजकले ट्रान्जिट भिसा लिन कति गाह्रो छ, लिन मिल्दैन भनेर सोध्यो। त्यो लिन त एक हप्ता लाग्छ भनेपछि हाम्रो टिकट नै परिवर्तन गरिदियो। हामी हङकङ नगई उलनबाटरबाट सीधै सउलको इन्छन एयरपोर्टमा र त्यहाँबाट सीधै काठमाडौँ गरी बिहान ८ बजे उलनबाटरबाट हिँडेको साँझ ६ बजे काठमाडौँ आइपुगियो।

बीचमा दक्षिण कोरियाको इन्छन एयरपोर्टमा एक घण्टा चानचुन मात्रै ट्रान्जिटमा बसियो। त्यस क्रममा पनि टर्मिनल १ देखि टर्मिनल २ सम्म जानलाई दुई वटा रेल चढियो। गुगलमा पहिले नै जानकारी हेरिसकेको भएर खास कन्फ्युजन भएन। साथीहरुलाई म अनुभवी मान्छेको पछि लाग भन्दै जिस्कँदै पछि लगाइयो। वेब चेक इन गरेर आफूलाई पायक पर्ने सिट छानियो।

१२ वर्षपछि आकाशबाटै भए पनि कोरियालाई हेरियो। ट्रान्जिटमै भए पनि केही बेर कोरियाली भूमिमा बसियो।

मंगोलिया भ्रमणका गजबका अनुभवहरु भने अबका केही दिनमा ब्लगमा लेख्नेछु।

5 comments to १२ वर्षपछि फेरि दक्षिण कोरिया पुग्ने संयोग यसरी जुर्‍यो

  • Madan

    Visa required.

    TWOV (Transit Without Visa):
    Nationals of Nepal traveling on Cathay Pacific (CX) or Cathay Dragon (KA) are allowed to transit without a visa if passenger has a valid visa or proof of residency of Australia, Canada, Japan, Korea (Rep.), New Zealand, United Kingdom, USA or a Schengen Member State.

    WARNING: A HKG Transit Visa is required when connecting with an airline other than Cathay Pacific (CX) or Cathay Dragon (KA).
    https://www.iatatravelcentre.com/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • PP

    “नेपालमा टेक्दा जिउ नै सिरिङ्ग हुने गरी जुन आनन्द आउँछ त्यो नेपाली पासपोर्ट बोकेर यात्रा गर्नेलाइ बाहेक अरुलाई आउला जस्तो लाग्दैन।”
    दरो गफ हन्दिनु भो त ! विदेशमा बसेर विदेशकै सेवा गर्ने, फर्किएर देशको सेवा गर्ने कुनै प्लान नभएका नेपालीले नेपालको पासपोर्ट बोके पनि “सम्बृद्ध देश” को बोके पनि केहि फरक छैन । कहिले काही घुम्न या परिवार भेट्न नेपाल आउने नेपालीले पासपोर्ट मात्र नेपाली भएकै आधारमा नेपाल आउँदा अरुलाई भन्दा आफुलाई आनन्द आउछ भन्नु आत्मरति मात्र हो । आफ्नो व्यवहार या जीवन अर्को देशको पासपोर्ट बोक्ने भूपू नेपाली संग ठ्याक्कै मिल्छ भने पासपोर्ट मात्र बोक्नु उल्टो देशलाई बोझ हो, कम से कम भूपू नेपालीले त कहिले कहिँ परिवार भेट्न आउँदा भिसा फी त तिर्छ नेपाल सरकारलाइ । लगानी गर्न या परिवारलाइ सपोर्ट गर्न एनारनलाइ पनि रोकेको छैन क्यारे संबिधानले ।

    “सरकार चलाउनेहरूले गर्दा विदेश यात्रामा जतिसुकै दुख र हेपाइ खप्नु परे पनि नेपाल लेखेको पासपोर्ट बोक्दा बेग्लै मीठो अनुभूति भैरहन्छ।”
    नेपाली पासपोर्ट लिएर विदेशमा यात्रा गर्दा दुख पाइने सरकार चलाउने ले गर्दा मात्र हैन । खेलाडी होस् कि कलाकार, जहाँ गयो त्यहि लुकेर बस्दिने चलनले हो हेपाइ खाइने।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • सत्य प्रकाश

    तपाईं विदेश भ्रमणमा जानुभएछ| धेरै मिस गर्यौ| बिशेष गरी लिम्पियाधुरा सम्बन्धमा| यस बिषयमा चाडै ब्लग लेख्नुहोला |
    यहाँ असान्दर्भिक त्यही बारे उकुसमुकुस पोख्न मन लाग्यो|
    १ लिम्पियाधुरा एरिया दार्चुला जिल्लामा पर्छ| के त्यहा सीडिओ खटिएका थिएनन? अब को को थिए र किन सीमा सुरक्षा बारे काम गरेनन त्यस्को छानवीन गरेर अहिले अवकाश लिएकै भए पनि जो जो सलग्न र काम नगरेका छन, पेन्सन रोक्का गर्नपर्‍यो वा सत्य तथ्य वाहिर आउनपर्‍यो|
    २ दोस्रो कुरो, दार्चुलाको सांध सीमानामा हाम्रा सेना तैनात थिएनन? थिए भने खोइ काम गरेको? जाडो भयो भनेर तलतिर झरने हो?
    ३ प्रहरीको भूमिका आन्तरिक शान्ति सुरक्षा भए पनि के यतिका बर्षसम्म सुतेरै बसेका थिए त?
    राजनैतीक नेत्रित्व सहित सेना र प्रहरी अनी कर्मचारी सयन्त्रको नेत्रित्व पक्षका जिम्मेवारीबारे अवलोकन गरिन पर्‍यो| मुलुक डुबाउने को हुन? गफैले मात्र देश बन्छ? सुरक्षित हुन्छ?
    अहिले अवकाश लिएका भए पनि खुरुक्क बोलाएर कसले काम नगरेको हो खुलाउन परो र सजाय दिनपर्‍यो|
    अब देशले बिकासमा गति लिनपर्ने बेलामा यस्तो सीमा विवादमा परेर अल्झने र समय खर्च गर्ने स्थिती कसको लापरवाही र नजरअन्दाजले हुन गयो?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • BB

    “यदाकदा विश्वकै सबैभन्दा समृद्ध” समेत भनिने मुलुकमा दशकौंसम्म काम गरेको भएपनि नेपालकै पासपोर्ट चलाउने गरेको छु। अपबाद बाहेक घुम्नलाइ र कतिपय ट्रान्जिटलाइ समेत सबैतिरजसो नेपाली पासपोर्ट बाहकलाइ भिसा चाहिने अवस्था छ।

    नियम राम्ररी बुझेर र समयमै भिसा लिंदा समेत अध्यागमन नराम्रो दुख धेरै पटक पाएको छु। भिषा नै भएपनि निकै लामो केरकार र धेरैपटक बिशेष कोठामा लागेर सोधपुछ पनि गरेका छन्।

    जापान, कोरिया, चीन, अस्ट्रेलिया, रसिया, क्यानाडा, सिंगापुर र बेलायतको अध्यागमन/ट्राञ्जिट मा समय लगाए पनि बिनम्र कर्मचारी थिए. अरबतिर र हङ्गकंग धेरै सजिला तर थाइल्याण्ड, दिल्ली र अमेरिकी कर्मचारीले रुनु न हास्नु पारेका छन्. अझ , हालै, थाइल्याण्डकि कर्मचारीले मेरो पासपोर्ट हेरेर “अंग्रेजी बोल्न आउँछ? मैले सोधेको बुझेर जवाफ दे, होइन भने यहींबाट फ़र्काइदिन्छु” भनेको बेला नेपाली पासपोर्ट अब नाबोकौं जस्तो समेत लागेको थियो।

    तर, नेपालमा ल्याण्ड हुँदा वा, भारतबाट स्थल मार्गबाट नै पनि नेपालमा टेक्दा जिउ नै सिरिङ्ग हुने गरी जुन आनन्द आउँछ त्यो नेपाली पासपोर्ट बोकेर यात्रा गर्नेलाइ बाहेक अरुलाई आउला जस्तो लाग्दैन। सरकार चलाउनेहरूले गर्दा विदेश यात्रामा जतिसुकै दुख र हेपाइ खप्नु परे पनि नेपाल लेखेको पासपोर्ट बोक्दा बेग्लै मीठो अनुभूति भैरहन्छ। 

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Narayan

    Where is the official info regarding the non requirement of obtaining a transit visa while travelling Cathy pacific/Dragon? I would appreciate if you share a link.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)