यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

थुक्क! मेरो सपनाको अमेरिका!!

-हरि घिमिरे, भर्जिनिया-

सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा।

सागरलाई अमेरिका जाने धून चढ्यो। उसले कयौं प्रयास गर्‍यो। तर सफल हुन सकेको थिएन। आफ्ना सम्पूर्ण नजिकका नातेदार अमेरिका बसेर आकर्षणको केन्द्र बनेका थिए। फेरि उसको एकदमै मिल्ने साथी आनन्दले “जसरी भए पनि आऊ; बाँकी म गरौंला”भनेर हौसला दिइरहेको थियो। त्यसैले अब उसका जिजीविषा अमेरिकाले नै पूरा गर्छ भन्ने आठोटका साथ प्रयासमा लागेको थियो तर जब भिसा दिनेबेला हुन्थ्यो- “तपाई त्यहाँबाट फर्किनु हुन्छ भन्ने विश्वास हामीले भेटेनौं त्यसैले सरी”भन्दै अस्वीकार गरिदिन्थ्यो। त्यसबेला मन अमिलो बनाएर आक्रोशले भरिएको अनुहारका साथ फर्केको तीतो अनुभव उससँग धेरै थियो।

केटाकेटी त झन् अमेरिकाबाहेक अन्यत्र पढ्दै नपढ्ने मनस्थिति बोकेर हिडेका थिए। अमेरिकन कयौं विश्वविद्यालयबाट ‘आइ-ट्वाण्टी’को ओइरो लागेको थियो। तर छात्रवृत्तिको पर्खाइमा उनीहरु थिए। विचरी श्रीमती श्रीमान् र छोरा-छोरीले जे-जे चाह्यो त्यही पूरा गरिदिन भगवानसँग प्रार्थना गर्थिन्। अर्थात् उनको निजी चाहना केही थिएन।

अचानक एक दिन सागरलाई कलेजमा काम गर्दागर्दै फोन आयो-“डिभी पर्‍यो रे” त्यो पनि अमेरिकामा बसेका आफन्तले नाम हेरेर “ हो कि होइन?” भनेर केटाकेटीलाई फोन गरेका रहेछन्। त्यबेला सागर पनि निश्चित हुन सकेन। पछि गएर नम्बर, नाम, ठेगाना आदि हेरेपछि निश्चित भयो-डिभि परेको रहेछ।

सागरको परिवारमा खुसीयाली चायो। हल्ला-खल्ला भयो। तर केश नम्बर अलिकमाथि भएको हुनाले दोस्रो चिठी नआउँने हो कि भनेर उनीहरुको मन चसक्क हुन्थ्यो। यस्तो अन्योल र डरलाग्दो समयको बचाइ लगभग दुइ महिना भयो। त्यसपछि दोस्रो चिठी आयो अन्तर्वार्ता पनि भयो। दूतावासका कर्मचारीको बधाइ खाँदै संसारमा ठूलो विजय प्राप्त गरेको जस्तो गरेर तिनीहरु आए। अमेरिका जाने उच्चतापक्रमको ज्वरो बोकेर एकातिर उनीहरु किनमेल गर्न थाले भने अर्कातिर घरका सामान थन्क्याउँने र बाँढ्ने काममा लागे।
एक कान-दुइ कान-मैदान हुँदै छिमेकी,इष्टमित्र, कुलकुटुम्ब सबैले बधाइ दिए। सद्भाव राखे। सहयोग गरे। केही दिनपछि सागरको परिवार अमेरिका उड्यो।

बहराइन-हिथ्रो हुँदै अठार घण्टाको उडानसँगै अमेरिकाको वाशिङ्गटन अन्तराष्ट्रिय विमान स्थलमा सागरको परिवार पुग्यो। त्यहाँ सागरको अभिन्न मित्र आनन्द स्वागत गर्न बसेको थियो। सागरको बालसखा आनन्द दश वर्षदेखि परिवार सहीत उतै बसेको थियो। लगभग बीस वर्ष अघि प्रेमविवाह गरेको उसका दुइटा छोरा र एउटी छोरी थिए। अमेरिकी भूमिका लामो सङ्घर्ष गरेर त्यहाँको माटालाई जिती अहिले व्यवस्थित जीवन बिताइरहेको आनन्दको आग्रहमा सागरका परिवार त्यहाँ गएका हुन् नत्र क्यालिफोर्नियामा बसेका ससुरालीकामा जाने उनीहरुको योजना थियो। उनीहरु गाडीमा अमेरिकाको बाटो हेर्दै आन्नदको घर आइपुगे-भव्य कार, आधुनिक बङ्गला, सुन्दर सजावट,राम्रो-सानो चिटिक्क परेको बगैंचा,छरी काटेर मिलाए झैं मिलाइएको दुबोको चौर,एकैनासे घाँसे मैदान,पङ्तिबद्ध रोपिएका एकै काँटका रुख, वाह! यी सबै देख्ता आनन्द कम्ति शान-सौकतसँग बसेको छैन भन्ने छनक पाइन्थ्यो। घरको भित्रि सजावट पनि उत्तिकै लोभ लाग्दो थियो। सफा-सुग्घर पनि उस्तै थियो। अमेरिका प्रवेशको पहिलो प्रभाव नै सागरलाई “आकर्षक’ लागेको थियो।

सफलताका तीन सूत्र हुन्छन् रे-योग्यता,साहस र कोशिश। त्यसैलाई संझेर सागरले आनन्दलाई भन्यो-“तिमीले त सफलताका लागि चाहिने सूत्र लागू गरेछौ नि!”
“ के गर्ने त सफलताको कुनै ‘लिफ्ट’ हुँदैन;सिढीं चढ्दै जानु पर्छ, नेपाल होइन यो रातारात सफल हुने,यहाँ त ठूलो सङ्घर्ष गर्नु पर्छ। यति गर्न यत्रो वर्ष लाग्यो।” आनन्दले यथार्थ बतायो।

बेलुका आपसमा कुशल-मङ्गलको आदान-प्रदान गर्दै,बालसखाका विगतका घटनाका संझना गर्दै अनि आपसी ख्याल-ठट्टा गर्दै सबैले खाना काए। आनन्दकी श्रीमती ज्यादै फरासिली र खुला दिलकी स्वास्नीमान्छे भन्ने सागरलाई पहिले नै थहा थियो। अझ भनुँ-आनन्द र श्रीमतीका बीचको सम्बन्ध खुला किताब जस्तै भने पनि हुन्छ। शंकारहितको निश्छल जिन्दगी बाँचेका थिए यी दम्पतीले। एक अर्काको सहयोगबाट नै अमेरिकामा पनि ‘आदर्श’ बनेर बसेको देख्यो सागरले।

भोलिपल्ट देखि अमेरिकी भूमिमा बस्ने तौर-तरिका,बाँच्ने आधार, काम गर्ने शैली,आफ्नो जीवन उचाल्ने उपाय,आदि सागरले बुझ्न थाल्यो। आनन्दका दुइटा ग्यास स्टेशन थिए;त्यसैमा काम गर्ने कि भन्ने सल्लाह पनि भएको थियो तर छुट्टै गर्नु राम्रो भनेर अन्यत्र काम खोज्न थालियो। बरु छोरा-छोरीलाई कलेज नखुलुञ्जेल तिनै ग्यास स्टेशनमा काम गर्न जाने कर आनन्दले गर्‍यो। केटाकेटी त्यतैतिर लागे। नजिकै डेरा खोजियो। किनभने सागरलाई थहा थियो-माछा र अतिथी तीन दिनपछि गह्नाउन र अप्रिय लाग्न थाल्छन्।

पच्चीस-छब्बीस हजार डलर बोकेर आएको सागरले महिनाको दुइ हजारमा तीन बेड रुमको अपार्टमेण्ट लियो। “अब काम भएन भने पैसा त त्यसै सकिन्छ” यही चिन्ताले बूढा-बुढीले नै काम खोज्न थाले। आनन्दकी श्रीमतीका सत्प्रयासले सागरकी श्रीमतीलाई नजिकै ‘बेबी सिटिङ्’को काम मिल्यो। दुइ हजार महिनाको दिने गरी भारतीय डाक्टर दम्पतीले उसलाई काममा बोलाए। यता आनन्दकै सूत्रमार्फत सागरले पनि म्यारिएट होटलमा ‘एकाउन्टेण्ट’ को काम पायो। केटाकेटी कलेज जान थाले। सागरलाई साँच्चै लाग्न थाल्यो-सपनाको अमेरिका।

आनन्द भएकाले सागरलाई नेपालको अभाव खासै ख्ड्केन। छुट्टी भयो कि सबै आनन्दका घरमा जम्मा हुन्थे। वरिपरिका साथीहरु पनि आउँथे। मद्यपानको रमाइलोमा विदा सकिन्थ्यो। नेपालमा हुँदा पनि सागर र आनन्द कम्ति रमाइलो गर्दैन थे। काठमाण्डौमा सम्पन्न जीवन बिताएको आनन्द साहित्यमा पनि उत्तिकै रुची राख्थ्यो। बिहे गरेपछि सागरलगायत साथीहरुलाईघरमा निम्ता दिन्थ्यो। “रेष्टुँरामा नजानू बरु घरमैं बोलाउँनु” भन्ने आग्रह श्रीमतीको थियो रे। घरमा मद्यप्रेमी साथी जम्मा भयो अनि गीत-गजल-मुक्तक सुनाउँथे। सागरका गजल आनन्दलाई सारै मार्मिक लाग्थ्यो। कहिले कही आनन्द आफ्नी पत्नीका अगाडि आफ्नो प्रेम-प्रसङ्गलाई सजीव ढङ्गले वर्णन गर्थ्यो। उसकी पत्नी पनि सागरलगायत साथीहरुको जस्तै कौतुहलका साथ त्यो कथा सुन्ने गर्थी। कथा भन्दा आनन्दले गल्ति गर्‍यो भने पत्नी सुधार गरिदिन्थी-“त्यो कता कविताको होइन विमलाको हो”। जब त्यो कथा सकिन्थ्यो अनि पत्नी भन्थी-“अब उषाको कहानी सुनाइदिनुस्न”। पती र पत्नीका बीचमा यस्तो खुला सम्बाद सागरले आजसम्मकतै सुनेको पनि छैन र देखेको पनि छैन। यहाँ अमेरिकामा पनि उनीहरुको त्यो सम्बन्ध रत्ति कम देखिएन अझ मौलाएको जस्तै लाग्यो।

वरपारका साथीहरुले प्रस्ताव राखे-“ अब हाम्रो समूह ठूलो भयो सधै आनन्द र भाउजूलाई मात्र दु:ख दिनुहुन्न त्यसैले ‘पोर्टलक’ को व्यवस्था गरौं”। सहमती भयो। ;अबदेखि प्रत्येक घरबाट केही न केही बनाएर ल्याउँने-कसैले दाल,कसैले मासु,कसैले अचार, कसैले तरकारी कसैले पेय-पदार्थ आदि-इत्यादि..।

अरुभन्दा आनन्द कामका दृष्टिले अलिक अव्यवस्थित थियो। आफ्नो ग्यास स्टेशन भएको हुनाले ऊ जतिखेर पनि व्यस्त हुन्थ्यो र जतिखेर पनि फुर्सद हुन्थ्यो। उसको कुनै समय तालिका थिएन। तर सागरको चाहि पाँच दिन कठोर परिश्रम गर्नु पर्ने अनि दुइ दिन आराम पाउँने। काममा उसले नेपालको कामभन्दा ज्यादा बोझ अनुभव गरेको थियो। त्यसैले होला नेपालको भन्दा विदा मूल्यवान् ठानेको थियो। विदाको सदुपयोग गर्न साहित्य लेखन, घुमफिर,खानपिन आदिकै लागि सागर साथीहरुसँग कार्यक्रम बनाउँथ्यो। परिवारका सबै सदस्य सहभागी हुन्थे। रमाइलो गर्थे।

जुलाईको महिना। डिसीको प्रचण्ड गर्मी। सबैले सल्लाह गरे-समुद्रमा पटडी खेल्न जाने। ए, त्यसबेला अमेरिकाको स्वतन्त्रता दिवस चार जुलाईको पनि विदा परेकाले लामो छुट्टी थियो। शुक्रबार बेलुका सागर र आनन्दले ‘ग्रोसरी’ गरे। खरबूजा, पानी,बार्बिक्यूका सामान,आदि-इत्यादि ल्याए अनि आनन्दले-“म कादारलाई कामको तालिका पनि दिन्छु र ‘क्लोजिङ्’ पनि गरेर आउछु”भन्दै आफ्नो ग्यास स्टेशनतिर गयो। राति एघार बजेतिर सागरलाई उनीहरुकै छिमेकी गोविन्द के.सी.ले फोन गर्‍यो-“आनन्द दाइको ग्यास स्टेशनमा त गोली चल्यो रे” सबै दौडादौड गरे। ग्यास स्टेशनमा पुगे। पुलिसले चारैतिर घेरेको रहेछ। सागरले मुटुमा हात राखेर पुलिससँग सोध्यो-“के भयो?”

“ एउटा दुर्व्यसनी कालेले पैसा लुट्ने क्रममा चलाएको गोलीले कामदार र ‘ओनर’ दुवै घाइते भएर हस्पिटलमा छन्। “

सागरलगायत सबै दौडेर हस्पिटल पुगे। डाक्टरलाई भेटेर अवस्था बुझ्दा –डाक्टरले भन्यो-“सरी हामीले बचाउन सकेनौं”

सागरका अगाडि संसार घुम्यो। विजुली चढ्केर वज्र परे जस्तो भयो। थुचुक्क भुँइमा बसेर क्वा-क्वा रुँदै भन्यो-“थुक्क! मेरो सपनाको अमेरिका!” (September 1st, 2012 मा माइसंसारमा पहिलो पटक प्रकाशित)

6 comments to थुक्क! मेरो सपनाको अमेरिका!!

  • हरि घिमिरे

    सही हो।यस्तो घटना अपर्झट जहाँ पनि घट्न सक्छ।त्यसबेला म अमेरिका थिएँ, त्यही परिवेशमा यो कथा रचियो।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • हरि घिमिरे

    यो केवल काल्पनिक हो मित्र!
    घटना जहाँ पनि हुन्छन्।जहिले पनि हुन्छन्।जस्ता पनि हुन्छन्।मैले २०१२ सालमा लेखेको यस कथामा सबै काल्पनिक हुन।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • हरि घिमिरे

    काल्पनिक हो।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    01.अमेरिकामा प्रहरिले समायको ब्यक्तिलाई अदालतले मात्रै छोड्न सक्छ।
    ०२. मिलापत्र सहमति आदिको कुनै गुन्जाइस छैन।
    03 प्रहरी कार्यवाहिको निमित उजुरी जाहेरी को जरुरी छैन, अपराध भयको जानकारी भय् प्रहरीले कार्यवाही गर्छ।
    ०४ अपराध गरेको रिकर्द ब्यक्तिको बिबरनमा राखिन्छ र् त्यो रिकर्द अदालतको आदेशमा मात्रै मिताउन सक्छ.
    ०५ कुनै पनि ब्यक्तिलाई रोजगारी बा कुनै पनि अवसर दिनु अघि ब्यक्तिको विवरण हेर्छ।
    ०६ गरेको अपराध प्रक्रिति अनुसार आफ्नो योग्यता अनुसार पाउन सकिने रोजगारी र् अवसरमा बन्देज लाग्न सक्छ
    ०७ रोजगारी बा अवसर दिनेले मात्रै होईन कसैले पनि आवश्यक भयमा कुनै ब्यक्तिको रिकर्द हेर्न सक्छ। कसैको पनि ब्यक्तिगत रिकर्द देखाउने थुप्रै वेव साईतहरु ससुल्क बा निसुल्क कसैले पनि हेर्न सक्छ। जस्तै इन्स्तायन्त चेकमेत्.कम”
    ०८ कानुन बिपरित हुने सानो भन्दा सानो अपराध गरेकोमा पनि यदी प्रहरी कार्यवाही भयको छ् भने त्यो पनि ब्यक्तिको रिकर्दमा आजिवन् रहन्छ।

    त् अपराध गरेका ब्यक्तिहरु आजिवन् कही कतै रोजगारी पाउन नसक्ने समेत् हुन्छ। त्यस्तो अवस्थामा पुगेकाहरु पनि भोको त् हुन्छ नै तर भोक मेटाउन सक्ने कमाउन पनि कही कतै कसैले तेस्तालाई रोजगारी दिन्दैन। तेसैले तिनिहरु ५० दलर लुत्न पनि ग्यास स्तेसनमा लुत्न मार्न जान्छन.
    यो कुरा यक किसिमले ठिकै पनि हो तर यसैको कारनले ब्यक्तिले सुध्रिने अवसर नपाउने भयकोले यक चोटि अपराध गरेको ब्यक्तिले सुध्रिने अबसर नपाउने भयर बान्च्नको निमित पनि अपराधै गर्नु पर्ने हुन्छ।

    मैले ग्यास स्तेसनमा रातिको शिफ्तमा काम गर्दै गर्दा यक जना यस्तै सुध्रिन चाहेर पनि अपराधीनै बन्न बाधी भयको ब्यक्ति देखेको थिय। त्यो ब्यक्ति रातिको २ बजे तिर हरयक दिन जस्तै आउन्थे खाने कुरा लिन्थे रेस्तरुम भित्र गयर खान्थे र् केही खाने कुरा गोजिमा राखेर तेतिकै जाने गर्थ्यो। माथिको कुरा बुझेकोले म् देखेर पनि नदेखे जस्तै गर्थे। तर अतिनै भय् पछी मैले उस्लाई सम्झाउने प्रयास गरे। उस्ले पहिला त् होईन म् त्यस्तो गर्दिन भने तर पछी आफ्नो दु:ख को बारेमा भन्यो। महिनाको छसात हजार तलव पाउने जागिरए थियो। तर यकदिन दिस्कोमा झगडा भयछ र् अर्को ब्यक्ति घाईते भयो। झगडा गरेर कसैलाई रगतै आउने गरी पिते त्यसरी पित्नेलाई “फेलोनी” अर्थात अपराधिको पगरी लगाई दिन्छ; उ पनि फेलोनिमै दरियो। नोकरी चत्त भयो अर्को नोकरी पनि पाउन नसकिने भयो फेरी १० बर्ष सम्म कोही सित कुनै पनि हालतमा झै झगडा गर्न नपाउने गरी प्रोबेसन् मा जाकियो। तेसैले त्यो ब्यक्ति भोक मिताउन चोर्न आउने रहेछ।

    यो कुरा सुने पछी मैले उस्लाई चोर्नु पर्दैन, कम्पनिको नियम अनुसार तीन घण्टा सम्म पनि नबिकेकोले फाल्नु पर्ने स्यान्दविचहरु र् यक घण्टा भित्र नबिकेकोले फाल्नु पर्ने हतदगहरु म् बतुली राख्छु त्यो घर लगेर आफुले र् परिबारले खानु भने। त्यो लिन् उ रातिको दुई बजे तिर आउने गर्थ्यो। यक दिन उ आउने बेलामै मेरो ग्यास स्तेसन लुत्न ४ जना आयो। मलाईइ कुनामा राखे। तेतिकैमा त्यो ब्यक्ति आयो। उस्ले देखे बुझे। अनी मैले नबुझ्ने भाषामा कुरा गर्दै कसै गरेर ती लुत्न आउनेहरुलाई उस्ले ग्यास स्तेसन बाहिर लाग्यो। बाहिर उनिहरु बिच ठुलै फाईत भयो। यक छिन् पछी त्यो ब्यक्ति रक्ताम्मे भयर म् कहाँ आयो र् मुर्छ्या भयो। मैले उस्को घाउहरु मा ब्यान्देज लगाउदै थिय् तेतिकै मा ८ वता प्रहरिको गाडी आई पुग्यो। र् त्यो ब्यक्ति पनि होसमा आयो। प्रहरिले उस्को आईदी छेक् गरी सके पछी घाईते अवस्थामै हतकदी लगायो र् मलाई प्रहरिले त्यो ब्यक्ति फेलोनी हो भने। मैले मेरो ज्यान बच्चाउने त्यो मेरो निमित अमेरिकामा सबै भन्दा सज्जन ब्यक्ति हो भनेर बयान दिय्। प्रहरिले के तिमी यो कुरा अदालतमा पनि भन्छौ भने मैले हो भन्छु भने।

    त् के कानुनको कठोरताले गर्दा अपराधि बन्न बाध्य् भयकालाई थुक्क भन्न् मिल्ला?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ALT

    yo true story ho ki kapanik?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • purushottam

    yasto apratyasit mrityuko ghatana Americamamatrai hune bhanne ta hoina hola ni ! sansarakai junsukai mulukma pani yasta ghatana ghatiraheka hunchhan, Nepalamai pani kati kahalilagda ghatana hunchhan harek samayama, ani feri mrityu saswat satya pani ho tesaile Americama matra yasto hunchha bhanne kura bhram matra ho ani crime is crime and just pray for victim

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0