यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

उपप्रमले दुबईमा भनेको- नेपाल ‘भर्जिन ल्याण्ड’ हो रे ! यसकारण पत्याउन गाह्रो

– मेघराज सापकोटा/यूएई –

– सामान्य भाषामा भर्जिन ल्याण्ड भन्नाले जे रोपे पनि फल्ने, जेमा लगानी गरे पनि नाफा भइहाल्ने भन्ने बुझिन्छ। मात्र लगानी अर्थात् पैसाको जरुरत पर्दछ। लगानीकर्ताले लगानी गरेको पैसा डुब्दैन भन्ने विश्वाश दिलाउन सकियो भने मात्र विदेशीले आएर लगानी गरिदिने हुन्। पैसा डुबाउन वा नोक्सान हुन कसैले पनि लगानी गर्दैन।

-विदेशमा बसेर नियाल्दा नेपालको सुरक्षा अवस्था अहिले पनि सन्तोषजनक छैन। टोले गुण्डादेखि झोले (राजनीतिक कार्यकर्ता) गुण्डासम्मलाई पाल्नु पर्ने अवस्था छ। आफूले लगानी गरेर केही प्रतिशत शेयरको मालिक उनीहरुलाई बनाइएन भने अर्बौको लगानीमा ताला लगाएर कुलेलाम ठोके हुन्छ। यसले गर्दा साना तथा मध्यम लगानीकर्ताहरुमा सधैं त्राहीमाम छ। लगानी गर्न गुण्डा पाल्नु पर्ने। कमाएर उसलाई पाल्नु पर्ने। शेयर पनि उसैलाई दिनु पर्ने। सजिलो छैन नि!

-प्रवासी नेपालीहरुको आँखामा अहिले पनि नेपाली बजार तस्करहरुकै नियन्त्रणमा छ। बिचौलियाहरुले बजारको मूल्य तोक्छन्। इमान्दार लगानीकर्ताले कालाबजारीहरुसँग प्रतिस्पर्धा गर्ने अवस्थै छैन।

– कतारबाट फर्केका एकजना नेपाली ब्यापारीले ३५ लाख लगानी गरेर काठमाण्डौमा मदिराको डिलर खोले। हाल उनी कालाबजारीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर ब्यवसाय बन्द गर्नु पर्ने अवस्थामा पुगेका छन्। बजारमा सोही सामान कालाबजारीले धेरै सस्तो मूल्यमा वितरण गरिरहेको छ। सेटिङमा भ्याट र अन्य कर छलेर आएका ती सामान बजार मूल्य भन्दा सस्तो हुने गर्छ।

उपप्रमले दुबईमा भनेको- नेपाल ‘भर्जिन ल्याण्ड’ हो रे ! यसकारण पत्याउन गाह्रो

– मेघराज सापकोटा/यूएई –

कुरा अघिल्लो महिनाको हो। नोभेम्बर १८ तारिखमा नेपाली दूतावास अबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा दुबईमा ‘नेपालमा लगानीका सम्भावना’ विषयमा एउटा कार्यक्रमको आयोजना गरियो। कार्यक्रमका प्रमुख अतिथि थिए ‘दुबई एअर शो’ मा भाग लिन यूएई आएका उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल।

उप-प्रधानमन्त्री एअरशो हेर्न दुबई आएर नेपालले के उपलब्धि हासिल गर्छ या गर्‍यो, थाहा भएन। रक्षामन्त्रीसमेत रहनु भएका उप-प्रधानमन्त्रीले केही बताउनु भएन। खै, आयो राम गयो राम हो कि! दुबई घुम्न मात्र आएको हो कि? सरकारको यत्रो खर्च गरेर आइसकेपछि त नेपालले केही प्रतिफल त पाओस् भन्ने हाम्रो मनमा खट्केको कुरा हो। यति सोध्न त जनताले पनि पाउलान् नि!

भेलामा यूएईमा ब्यवसाय गरेर बसिरहेका नेपाली, भारतीय, इराकी, जोर्डनी, बङ्लादेशी लगायत विभिन्न देशहरुबाट आएका ब्यवसायीहरुलाई निमन्त्रणा गरिएको थियो। कार्यक्रममा एनआरएनए र नेपाल एसोसियसनका प्रतिनिधिहरु सहित अन्य केही नेपाली समुदायका प्रतिनिधिहरु समेत उपस्थित थिए। नेपाल सरकारको उप-प्रधानमन्त्रीसँग भेट्न पाइने पो त। अरु देशका भए बाल पनि नदिन सक्थे। तर नेपालका जनताप्रेमी नेता। विदेशमा जसले पनि सजिलै ‘एक्सेस’ पाउने। सेल्फी खिच्न पाइने। बोलाए भन्दा पनि बढी उपस्थित भए। बस्ने कुर्सी नै पुगेन।

कार्यक्रम निर्धा्रित समय भन्दा झण्डै १ घण्टा ढिलो अर्थात ८ बजे तिर सुरु भयो। उप-प्रधानमन्त्री ईस्वर पोख्रेलले १३ मिनेट लामो अङ्ग्रेजी भाषामा लिखित मन्तव्य पढेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्बान गरे। दु:ख दु:खले अङ्रेजी पढे भन्दा पाप लाग्दैन हो। यो माथिल्लो ओहोदामा बसेका सरकारी कर्मचारी, नेता र मन्त्रीहरुले यसो अलि अलि अङ्रेजी सिक्नु नि। टोन, पिच, इन्टोनेसन, स्ट्रेस आदि मिलाएर बोल्नु राम्रो हो। नेपाली स्टाइलमा अङ्रेजी त जसले नि बोल्छ। प्रोननसिएसन पनि जान्नु पर्‍यो के।

उप-प्रधानमन्त्री पोखरेलले वैदेशिक लगानीको लागि नेपाल भर्जिन ल्याण्ड रहेको जिकिर गरे। उनले नेपालमा हाइड्रोपावर, कृषि, पर्यटन, उद्योग, हवाईसेवा लगायत अन्य क्षेत्रमा लगानी गरे उच्च प्रतिफल पाइने कुरामा विश्वस्त हुन लगानीकर्ताहरुलाई भनिरहे। उपस्थित ब्यवसायीहरुले एकोहोरो सुनिरहे। कोही कोही पट्यार लाग्दो मुद्रामा पनि देखिन्थे।

यूएईका प्रधानमन्त्री तथा दुबईका शेख मुक्तम अल नायनको निमन्त्रणामा यूएई भ्रमणमा रहेका उप-प्रधानमन्त्री पोखरेलले नेपाल र यूएई बीचको आपसी सम्बन्ध दरिलो भएको उल्लेख गर्दै यहाँका शेखलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको र त्यो आग्रहलाई शेख मुक्तमले सकारात्मक रूपमा लिएको पनि उप-प्रधानमन्त्रीले भने।

उप-प्रधानमन्त्रीको जोडबल एउटै कुरामा केन्द्रित थियो ‘नेपालमा लगानी गर’। अर्थात् वैदेशिक लगानी भित्र्याउने।

नेपाल सरकारले अहिलेसम्म पनि खासै वैदेशिक लगानीलाई आकर्षित गर्न सकेको छैन। तीस खर्ब रूपैयाँको नेपाली अर्थतन्त्रमा २०।३० अर्ब रूपैयाँ बराबरको विदेशी लगानी आफैंमा केही पनि होइन। यो दुई तिहाइको सरकारले पनि वैदेशिक लगानीमा कुनै ठूलो ब्रेकथ्रु गर्नसकेको छैन र गर्ने सम्भावना पनि न्युन छ।

दुबई सरकारले अघिल्लो ६ महिनाको अवधिमा मात्र ४७ बिलियन दिर्हाम (१४ खर्ब रुपैयाँ) बैदेशिक लगानी भित्र्याउन सफल भएको छ। वैदेशिक लगानीलाई प्रोत्साहित गर्न उसले ‘फ्री जोन’ देखि अन्य क्षेत्रमा शत प्रतिशत ‘वनरशीप’ मा लगानी गर्न खुकुलो कानून लागू गरेको छ। आयकर छैन। सुरक्षाको प्रत्याभूति गरेको छ। भनेजस्तो कम्पनी एक दिनमै खोल्न सक्ने कानून ल्याएको छ। अर्थात् कसरी हुन्छ विदेशीलाई आकर्षित गर्न सम्भव भएसम्म सबै काम गरेको छ। अझ यूएईले त साना तथा मझौला लगानीकर्ताहरुलाई झनै प्रोत्साहित गरेको छ। त्यसैले त विदेशीहरु आउँदै कम्पनी खोल्दै ब्यापार ब्यवसाय गर्छन्।

उप-प्रधानमन्त्रीले पनि नेपाल लगानीको लागि भर्जिन ल्याण्ड रहेको भन्दै गर्दा कसरी ‘भर्जिन’ हो भनेर विश्वस्त पार्न सके जस्तो चाँही लागेन। फ्री जोन खोल्ने प्रकृयामा होला तर खोलिसकेको छैन। वैदेशिक लगानीको मुनाफामा आयकर छैन भने पनि अन्य अदृष्य करहरु छन्। कानुनी र प्रशासनिक झमेलाहरु उत्तिकै छन्।

सामान्य भाषामा भर्जिन ल्याण्ड भन्नाले जे रोपे पनि फल्ने, जेमा लगानी गरे पनि नाफा भइहाल्ने भन्ने बुझिन्छ। मात्र लगानी अर्थात् पैसाको जरुरत पर्दछ। लगानीकर्ताले लगानी गरेको पैसा डुब्दैन भन्ने विश्वाश दिलाउन सकियो भने मात्र विदेशीले आएर लगानी गरिदिने हुन्। पैसा डुबाउन वा नोक्सान हुन कसैले पनि लगानी गर्दैन।

उप-प्रधानमन्त्रीले विदेशीलाई नेपालमा लगानी गर भनिरहँदा मेरो छेउमा बसेका पेशाले इन्जिनियर एक नेपाली भने यूएईमा लगानीको अवसर खोजिरहेका थिए। यूएईमै एक करोड रुपैयाँसम्मको साना तथा माझौला किसिमको कम्पनी खोल्न उनी अहिले पनि लालायित छन्। एक मात्र कारण यूएईको लगानी मैत्री वातावरण। एकै करोडको भए पनि त्यो लगानी नेपाल लैजान पाए पनि त हुन्थ्यो नि।

तसर्थ उप-प्रधानमन्त्रीले भनेजस्तो नेपाल भर्जिन ल्याण्ड हो कि हैन भन्ने प्रश्नको उत्तर चाँही खोजिन जरुरी छ। हो नेपालको पाछिल्लो अवस्था आशामुखी छ। अर्थतन्त्रको लगातार उकालो लगाइको तथ्याँकले विदेशमा बसेका नेपालीहरु स्वयम पनि लगानी गर्न पाए हुन्थ्यो भनेर लालयित देखिन्छन्। तर उप-प्रधानमन्त्रीले भनेको भर्जिन ल्याण्डमा लगानीको सुरक्षाको टड्कारो प्रश्न भने उनीहरुले सधैं उठाउने गर्छन्।

विदेशमा बसेर नियाल्दा नेपालको सुरक्षा अवस्था अहिले पनि सन्तोषजनक छैन। टोले गुण्डादेखि झोले (राजनीतिक कार्यकर्ता) गुण्डासम्मलाई पाल्नु पर्ने अवस्था छ। आफूले लगानी गरेर केही प्रतिशत शेयरको मालिक उनीहरुलाई बनाइएन भने अर्बौको लगानीमा ताला लगाएर कुलेलाम ठोके हुन्छ। यसले गर्दा साना तथा मध्यम लगानीकर्ताहरुमा सधैं त्राहीमाम छ। लगानी गर्न गुण्डा पाल्नु पर्ने। कमाएर उसलाई पाल्नु पर्ने। शेयर पनि उसैलाई दिनु पर्ने। सजिलो छैन नि!

नत्र कि त नेपालमा लगानी गर्न एनसेल जस्तै ठग कम्पनी नै आउनु पर्‍यो जसलाई नाफा कमाएर कसरी कर नतिर्ने ज्ञान हुनु पर्‍यो। नेता र वरिष्ठ कालाकोटे (वकिल) किन्ने तरिका थाहा हुनु पर्‍यो । नत्र त खै ……!

प्रवासी नेपालीहरुको आँखामा अहिले पनि नेपाली बजार तस्करहरुकै नियन्त्रणमा छ। बिचौलियाहरुले बजारको मूल्य तोक्छन्। इमान्दार लगानीकर्ताले कालाबजारीहरुसँग प्रतिस्पर्धा गर्ने अवस्थै छैन।

कतारबाट फर्केका एकजना नेपाली ब्यापारीले ३५ लाख लगानी गरेर काठमाण्डौमा मदिराको डिलर खोले। हाल उनी कालाबजारीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर ब्यवसाय बन्द गर्नु पर्ने अवस्थामा पुगेका छन्। बजारमा सोही सामान कालाबजारीले धेरै सस्तो मूल्यमा वितरण गरिरहेको छ। सेटिङमा भ्याट र अन्य कर छलेर आएका ती सामान बजार मूल्य भन्दा सस्तो हुने गर्छ।

पछिल्ला दिनहरुमा नेपालमा अर्को आतंक पनि थपिएको छ- ‘मिडिया आतंक’। अनलाइन र यूट्युब खोलेर जथाभावी समाचार बनाउने चलन बढेको छ। करोडौको लगानी एउटा यूट्युबरले छिनभरमै स्वाहा पारिदिने सम्भावना पनि उत्तिकै छ। अर्थात् साना मिडियाको डनगिरी बढेको छ। सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग पनि उत्तिकै बढेको छ।

प्रजातान्त्रिक भनिने मुलुकहरुमा पनि कसैको बारेमा बोल्न वा लेख्न धेरै सोच्नु पर्छ। गलत नै भए पनि कारबाही गर्ने कानूनी निकायहरु छन्। तर ब्यक्ति वा अनलाइन मिडियाले सम्बन्धित निकायबाट पुष्टि नगरी बोल्न लेख्न पाइन्न। यसलाई पनि कानूनले नियन्त्रण गर्न जरुरी छ। लगानीकर्ताको लगानी एउटा सामान्य अनलाइन मिडियाको गलत समाचारले डामाडोल हुनसक्छ। लगानीकर्तालाई त्यो त्रासबाट मुक्त गर्न जरुरी छ।

अर्को तर्फ सरकारी कर्मचारीको रवैया सुध्रन जरुरी छ। आर्थिक अनुशासन कायम हुन जरुरी छ। कमिसन र घुस बिना बील पास नगर्ने कर्मचारीलाई तुरुन्त कारबाही गर्न नसक्नाले अहिले पनि लगानीकर्ता सताइएका छन्। यी काम कहिले बन्द होलान्?

वैदेशिक लगानीलाई आकर्षित गर्ने ठूलाठूला मुलुकहरुको कर्मचारी प्रशासन चुस्त र दुरुस्त छन्। कर्मचारीहरु अनुशासित छन्। उनीहरुलाई कामको समय सीमा तोकिदिएको हुन्छ। समयमा काम नसक्ने कर्मचारीले नेपालमा जस्तो फाइल टेबलमा राख्न पाउँदैन। समयमा बिल पास गर्न नसके आफूभन्दा माथिल्लो निकायमा जानकारी दिने र ग्राहकलाई सहजीकरण गरिदिने, सुझाव दिने गर्दछन्। ताकि उसले सच्याएर ल्याउन सकोस्। नेपालका कर्मचारीवृत्तमा यी सबै कुराको अभाव छ। कर्मचारीलाई लगानीमैत्री कसरी बनाउने?

हेर्दा सामान्य लाग्ने माथिका कुराहरु भोगाइमा जटिल लाग्छन्। यी सामान्य कुराहरुलाई सुधार गर्न सकियो भने पनि उप-प्रधानमन्त्रीले भने जस्तो भर्जिन ल्याण्ड बन्न नेपाललाई कसैले रोक्न सक्दैन। हैन भने नेपाल ल्याण्ड रहे पनि भर्जिन रहँदैन। वैदेशिक लगानी बढ्दैन। विदेशीले त के विदेशमा हुने नेपालीले पनि लगानी गर्दैनन्। ती मसँगै बसेका नेपाली साथी त नेपालमा लगानी गर्न डराइरहेका छन् भने विदेशीले कसरी लगानी गर्लान्?

उप-प्रधानमन्त्रीको कुराले पहिले नेपाली विश्वस्त हुनसक्नु पर्‍यो। नेपालीले नै उप-प्रधानमन्त्रीको कुरा पत्याएनन् भने झन् विदेशीले कसरी पत्याउने नेपाल भर्जिन ल्याण्ड हो भनेर। छेउमा बसेका एकजना ब्यवसायी त ‘तिमीहरुले नै भर्जिनिटी तोडिसक्यौ कुरा गर्छौ’ भनेर रिस पोख्दैथिए । उनले भन्ने खोजेको भर्जिनिटी चाँही अर्कै हो, छाडा शब्द हो।

उप-प्रधानमन्त्री एअर शोमा आएता पनि यूएईका ब्यवसायीलाई भेटेर नेपालको बारे केही कुरा सुनाउन चाहनु तारिफयोग्य छ। प्रतिफल एकैचोटीमा नदेखिए पनि यसको राम्रो पक्ष के पनि हो भने उनिहरुको कानमा नेपालमा पनि ब्यवसाय गर्न सकिने रहेछ है भन्ने चाँही पर्‍यो। भोलिका दिनमा विश्वासिलो नेपाली पार्ट्नर भेटेको खण्डमा हाइड्रोपावर, एग्रीकल्चर, होटल र हस्पिटालिटीको क्षेत्रमा संयुक्त लगानी गर्न के बेर?

तर त्यो भन्दा पहिले नेपाललाई भर्जिन ल्याण्ड चाँही बनाउन पर्‍यो के।

1 comment to उपप्रमले दुबईमा भनेको- नेपाल ‘भर्जिन ल्याण्ड’ हो रे ! यसकारण पत्याउन गाह्रो

  • madan bajracharya

    नदेखेको बा नदेख्नेलाई उनिहरुले नदेखेको कुराको बर्णन जसरी गरे पनि हुन्छ, चन्द्रमालाई ब्रम्हाको छोरी भने जस्तै; गोहिलाई झिङे माछा झिङालाई माहुरी भने पनि हुन्छ, कुरा तेस्तै हो लगानी गर्न सक्ने तर नेपाल नदेखेको बिदेशी र् नेपाल नबुझेको स्वदेसि lagaani कर्ताको निमित नेपाल “भर्जिन लैन्द” भनेको पनि। लौत कसैले नेपालमा नेताहरुको मित मित्र ज्वाई ससुरो साले ठुलदाई आदी आदी भयको भारतको नेपालमा उस्को उत्पादनको ब्यापार र् स्वार्थमा अलिकती पनि आँच केही उद्योग खोलुन खोल्नु पनि पर्दैन खोल्छु मात्रै भनुन त् अनि पोल खुल्छ नेपाल भारत लैन्द हो बा भर्जिन लैन्द हो भनेर।

    नेपालमा कागजको आवश्यकता भारतले मात्रै गर्दै आयको थियो। तर भ्रिकुटी काज कारखानाले अव नेपालको कागजको आवश्यकता भ्रिकुटी कागज कारखानाले नै गर्न सकिने भनेको लगतै त्यहा भीषण आगो लाग्यो अनि पछी त बन्दै गरे; भारतलाई ठुलदाई भन्नेले।

    नेपालीको जुत्ताको आवश्यकता पुरा गर्न बाँसबारी छाला जुत्ता कारखाना सछ्यम भयो भनेको लगतै त्यो कारखानानै भारतीयलाई बेचियो तर चलाऊन होईन त्याहा भयको इतालिमा बनेको भारतलाई उपलबध नगराईने छाला प्रशोधन गर्ने मेसिन उथायर भारत लग्न दिन।बांसबारी छाला जुत्ता कारखानामा जे भयो तेस्तै गरियो जनकपुर चुरत कारखानामा। कस्लाई थाहा छैन सुर्य् तोबाक्को कम्पनी भारतको इन्दियन तोबाक्को कम्पनिको नाम मात्रै बदलेको नेपालमा स्थापना गरेको कम्पनी हो भनेर?

    नेसनल ट्रेदिङ कम्पनिले पनि नेपालीलाई भारतिय् उत्पादनको उत्पादनको बिकल्प दिने अपराधी कम्पनी भयकैले बन्द भयको हो। तर नेपाल बायु सेवा निगमा धराशी बनाउन जुन तहको नेताको समेटा सन्लग्नता भयको थियो तेस्ले नेपाल बयु सेवा निगम धरासाही हुने हद सम्म पुग्नुको कारण नेपाल बायु सेवा निगमले भारतले मागेको श्रोत र् भुमि नदियकोले नेपाल माथि गरेको नाकाबन्दी झन्डै बिफल्नै बनाउन खोजेकोले हो। हो निगमा भित्र
    नालायक र् भ्र्स्तहरु छन;तर तिनिहरुलाई त्यहाँ लगाउन नसकेको निगमको नियम र् देसको कानुन कमजोर भयर हो? होईन म् त्यहा तिस बर्षा कामा गरेको; देखेको पनि छु भोगेको पनि ती नालायक भ्र्स्तहरु कसरी निगम छिरे र् कस्को कारनले तिनिहरु त्याहा जती सुकै नालयक भ्र्स्त भय पनि निगममा तिके भनेर।

    यसो होईन कोही भन्छ भने लौत कुनै बिदेशिलाई पञ्चेस्वरमा लगानी गरुन भन्न् लगाउन; भारतलाई किन सप्त कोशी उच्च बांध बनाउन दिने नेपालीले आँफै बनाउने; अनि तेस्को पानी भारतलाई बेच्ने भनेर त्यो बांध बनाउन बिदेशिलाई लगानी गर्न आव्हान गरुन अनि पोल खुल्छ नेपाल भर्जिन लैन्द हो बा भारतको सयमा उनान्सय् प्रतिशत मोहियानी हक लाग्ने लैन्द हो भनेर।

    मित्रहरु नेपाललाई बिकशित बनाउन सक्ने सबै छ्यत्र् अर्को कालापानि सुस्ता बनाईयको छ्। नेपाल भर्जिन लैन्द भनेर कसैले गफ नलगाय हुन्छ।
    अर्को कुरा पनि लेखी हालौं; मित्रहरुले अनुमान लगाउनुस् त् ५० लाख नेपालीले जिउ ज्यान सुकायर रगत बगायर बिदेशमा कमायाको दलर युरो कता गैइरहेछ भनेर। अनुमान लगाउन गार्हो भयो? लौ सुन्नुस्; नेपालमा कमसे काम करोद भारतिय् कामदारले रोजगारी पाउन्दै छन। तिनिहरुले नेपालमा कमायको नेरुलाई भारुमा सातेर जती रकम भारत लाग्दै गरेको छ् त्यो रकम भारतको तेश्रो ठुलो बिदेशी मुद्राको श्रोत बनेको छ्। के नेपालले तेत्रो भारु कमाउन्छ? कमाउन्दैन तर बिदेसियको नेपालीले कमायार नेपाल पथायको बिदेसी मुद्रा नेपालको …. हरुले भारतको केन्द्रिएे बैन्का बुझायर भारु सित सातेर ल्याउन्छन र् नेपालमा भारतीयलाई सात्न्न दिन्छन नेरु सित खुला सतही सुबिधा भन्दै !!!।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0