यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मेरी क्रिसमस कि ह्यापी होलिडेज ?

मधुसूदन आचार्य, क्यानडा

क्रिसमस क्रिश्चियन धर्मावलम्बीहरु तथा पश्चिमी देशका वासिन्दाहरुको प्रमुख चाड हो । यो चाड हरेक बर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन मनाईन्छ । सबैलाई थाहा भएकै कुराहो कि क्रिश्चियन धर्मावलम्बीहरु भगवान् जिसस क्राइस्टको जन्मको रुपमा क्रिसमस चाड धुमधामका साथ मनाउने गर्दछ्न । पश्चिमी देशहरुमा २४ तारिखका दिन अधिकांश अफिसहरु आधा दिनमा नै विदा हुन्छ । २५ तारिखका दिन अत्यावश्यक सेवाबाहेकका सबै पसल तथा कार्यालयहरु विदा हुन्छन् । स्कूल तथा विश्वविद्यालयहरु केहिदिन अघिदेखि नै एक वा दुईहप्ताको लागि जाडोको विदादिई बन्द हुन्छ र नयाँ बर्ष लागेपछि खुल्छ । धेरैजसो कर्मचारिहरु यसैसमयमा आफ्नो संचित विदा लिई आफ्नो मातापिता भएको ठाउंमा वा अन्यत्र घुम्न जान्छन् । कतिपय देश, प्रान्त तथा राज्यहरुमा कार्यालयहरु २६ तारिखका दिन पनि विदा हुन्छ । बेलायत लगायत कमनवेल्थ राष्ट्रमा २६ तारिखलाई बक्सिड.डे भनेर भनिन्छ र सो दिन अधिकांश पसलहरुले अत्याधिक मात्रामा सामानहरुको भाउमा छुट दिई बर्षको अन्त्यमा पुराना मोडेका सामानहरु बेच्ने हुँदा मानिसहरुको पसलहरुमा विहानै देखि घुइचो लाग्दछ ।

साना कम्पनीहरु देखि ठूला कम्पनिहरुले बर्षमा एकपटक डिसेम्बर लाग्नासाथ आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रात्रिभोज वा दिवाभोजमा निम्त्याई हर्षोल्लासका साथ खानपिन, नाचगान, एक आपसमा भलाकुसारी गरी मनाउंदछन् । त्यस्तै कतिपय साना कम्पनीहरुले रात्रिभोज वा दिवाभोज नगरे तापनि आफ्ना कर्मचारीहरुलाई क्रिसमस वोनस भनि केहि रकम दिन्छ्न । क्रिसमसमा गरिएको खर्चलाई अफिसको खर्चमा देखाउन मिल्ने कर सम्बन्धि नियमहरु सबैजसो पश्चिमि देशहरुमा छ ।

अक्टोवर ३१ तारिखका दिन हेलोइन मनाएको भोलिपल्ट नोभेम्बर एक तारिखका दिन देखि नै पसहरुमा, मलहरुमा क्रिसमसका सजाउने आदि सबैखालका सामान बिक्रिका लागि राखिन्छ । एक महिना अगाडि देखि नै कतिपय घरमा रंगी चंगी बिजुलीबाली तथा अन्य सजावटका सामानहरु प्रयोगगरी सजाइन्छ । घरभित्र क्रिसमस ट्रि सजाएर राखिन्छ । क्रिसमस ट्रि का लागि साल वा धुपिको सानो रुख वा प्लास्टिकबाट बनेको हरियो रुख प्रयोग गरिन्छ । यो रुखलाई बिभिन्न रंगी चङ्गी चिजहरुबाट सजावट गरिन्छ । आफ्ना नातेदार, इष्टमित्र, बन्धुबान्धवहरु एक आफसमा उपहार दिने गर्दछन् र आफुले पाएको उपहार क्रिसमस ट्रिको बरपर राख्दछन् ।

हामी नेपालीहरुले दशैंमा सबै परिवारजन एक ठाउँमा भेलाभई खानपिन गरे जस्तै क्रिसमस चाडमा पनि कतिपय परिवारहरु डिसेम्बर २४ तारिखका दिन नै भेलाभई विभिन्न परिकारहरु बनाई पारिवारिक रात्रीभोज गर्दछन् । तर कतिपय परिवारहरु भने डिसेम्बर २५ तारिखका दिन पारिवारिक रात्रिभोज गर्दछन् । कतिपय ठाउँमा डिसेम्बर २५ तारिखका दिन नै आफुले पाएको उपहारको प्याकेट खोल्दछन् भने कतिपय ठाउँमा भने भोलिपल्ट २६ तारिखका दिन विहान मात्रै खोल्दछन् ।

पश्चिमी धर्मनिरपेक्ष देशहरुमा क्रिसमसको विदा धार्मिकरुपमा नभई बार्षिक चाडका रुपमा दिइन्छ । अहिलेको क्रिसमस चाड व्यापारिक रुपमा बदलिएको छ । सबै उद्योग व्यवसायीहरु यसै समयमा आफ्ना विभिन्न सामानहरु बेच्ने प्रयास गर्दछन् । पश्चिमीदेशहरुमा कुनै पनि धर्मनमान्नेहरुको संख्या बढदो छ । यस्ता व्यक्तिहरुपनि क्रिसमसको बेलामा बार्षिक विदाको रुपमा क्रिसमस मनाउँदछन् । यही समयमा मानिसहरुले नयाँ ठाउँमा घुम्नजाने, मिठो खान पिन गर्ने, एक आपसमा उपहार लिनेदिने तथा व्यक्तिगत सामानकालागि अत्यधिक रकम खर्च गर्दछन् । सन् २००७ मा बेलायतम गरिएको एक सर्वेक्षण अनुसार सरदर एक व्यक्तिले झण्डै चारसय पाउण्ड क्रिसमसको बेलामा खर्च गर्दछ ।

अहिले क्रिसमस चाड संसारका दुई बिलियन मानिसहरुले मनाउँदछन् । क्रिश्चियन धर्मको कुनै इतिहास वा कुनै परम्परा नभएका देशहरुमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढदो छ । इन्टरनेटको बढीभन्दा बढी प्रयोग तथा संचारको सुबिधाले गर्दा अहिलेको ग्लोवल इकोनोमिको जमानमा विविध कारण तथा देखा सिखीले वा एक आपसमा सम्पन्न देखाउन वा आफु पनि विदेशी परम्पराको ज्ञाता भएको देखाउनेआदि कारणले गर्दा नेपाल लगायत अन्य देशहरुमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढदो छ ।

पश्चिमी देशमा बस्ने नेपालीहरुले कसरी मनाउँदछन् क्रिसमस ?
विदेशमा बसोबास गर्ने कतिपय क्रिश्चियन धर्म नमान्ने नेपालीहरुपनि क्रिश्चियनहरु जस्तै घर घरमा क्रिसमस ट्रि राख्ने र सजाउने गर्दछन् । पहिलो पुस्ताका नेपालीहरुले समेत आफ्ना बच्चाहरुलाई यो हाम्रो चाड हैन तर हामी यहाबसोबास गरेको हुनाले, घुमौ फिरौं, नयां लुगा कपडा, सामान किनौं, साथीभाई आफन्त मिली संगै खाना खाऔं तर क्रिसमस ट्रि चाई घरमा ल्याउन हुन्न भन्न सक्दैनन । आफ्नो धर्म संस्कृति बच्चाहरुलाई सिकाउन दशैंको टिकाको एक दिन विदालिई यसको महत्ववारेमा बच्चाहरुलाई सिकाउन सक्दैनन । तर क्रिसमस ट्रि घरमा ल्याएमा विदेशी भइन्छ भन्ने त्यस्ता नेपालीहरुलाई भ्रम परेको हुन सक्छ । दुईचार बर्ष नेपाल छोडेर बिदेशमा बस्नेहरुको यो चाल छ भने विदेशमा जन्मेका वा यहिं हुर्केका दोश्रो पुस्तादेखि के हुनेहो अचम्म लाग्दछ ।

बेलायत, क्यानडा, अमेरिका लगायत अन्य पश्चिमी मुलुकमा धेरै संख्यामा विदेशीहरु विभिन्न धर्मावलम्बीहरु बस्ने भएकाले धेरैजसो पसलमा ह्याप्पी होलिडेज भन्ने लेखिन्छ, मेरी क्रिसमस भनिंदैन । त्यस्तै अफिसको पार्टीलाई पनि क्रिसमस पार्टी भनिंदैन, एनुअल होलिडेज पार्टी भनिन्छ । सहकर्मीलाई भन्दा मेरी क्रिसमस भनिंदैन, ह्याप्पी होलिडेज, सिजन्स ग्रिटिङ भनिन्छ । तर, बिडम्बना नेपाली नेपालीहरु बीचमा नै मेरी क्रिसमस भन्दछन । विदेशी गोराले चाहिं ह्याप्पी होलिडेज भनिरहेको हुन्छ तर हामी नेपाली भने मेरी क्रिसमस भन्दछौ, कस्तो दुःखको कुरा । इमेल तथा फेसवुकमा सबै नेपाली नेपालीबिचमा मेरी क्रिसमस भनी ग्रिटिङ आदान प्रदान हुन्छ, के गर्नु यस्तो देख्दा नेपालीहरुमा देखा सिखीको सोच तथा छेपारोले रङ बदले जस्तै कति चाडै नेपालीले रङ फेरेको भनी दुःख लाग्दछ । तर उहाँहरुलाई लाग्ला मेरी क्रिसमस भनेर के भयो र ? घरमा क्रिसमस ट्रि ल्याएर के भयो र ? हुनत केहि भएन तर तपाईले आफ्नो पहिचान मेटाउंदै हुनुहुन्छ । पश्चिमी संस्कारमा तपाई आफ्नै पहिलो पुस्तामा घुलमिल भएर बिलाउंदै हुनुहुन्छ ।

हामी बिदेशमा बस्ने नेपालीहरुले आफ्नो मौलिक चाडहरु दशैं, तिहार, ल्होसार, बुद्धपूर्णिमा, शिवरात्री, रामनवमी, कृष्णाष्टमि, छैठ, गठेमंगल, इन्द्रजात्रा, फागु पूर्णिमा लगायत अन्य नेपालमा मनाइने चाड पर्वहरुका वारेमा बिदेशमा बसेपनि आफ्ना सन्ततिहरुलाई सिकाएमा, जानकारी गराएमा हाम्रो परम्परा, संस्कृतिको जगेर्ना केहि पुस्ताकालागि भएपनि रहने थियो । अर्काको देखासिखी गरेर आफ्नो रुटलाई लत्याउनु हुन्न, आफ्नो पहिचान भनेको आफ्नो रुट, आफ्नो संस्कृति, आफ्नो भाषा हो । अरुको धर्म संस्कृतिलाई आदर गरौं र आफ्नो धर्म संस्कृतिको जगेर्ना गरौं यहि नै सबै बुद्धिमानीको कर्तव्यहो जस्तो लाग्दछ ।

यो लेख लेख्नुको अर्थ क्रिसमस चाडको यथार्थ नेपालीभाषीलाई जानकारी गराउने उद्देश्यले लेखिएको हो । यो लेख कुनै धर्म तथा संस्कृतिको प्रचारगर्न वा कुनै धर्म संस्कृतिको निन्दा गर्नका लागि हैन । यो लेखलाई तोडमोड वा अन्य अर्थ नलगाई पढन सबैमा हार्दिक निवेदन गर्दछु । लेखको मूल उद्देश्य अरुको धर्म, चाड, परम्पराबारे जानकारी राखौं । तिनलाई आदर गर्दै आफ्नो चाड, परम्परा, धर्म (यदि तपाई कुनै धर्म मान्नुहुन्छ भन मात्र, हैन भने मानवसेवा नै ठूलो धर्म हो) आफ्ना सन्ततीहरुलाई सिकाऔं भन्ने हो ।

धन्यवाद ।

(December 19th, 2013 मा पहिलो पटक प्रकाशित)

9 comments to मेरी क्रिसमस कि ह्यापी होलिडेज ?

  • Shyam Shrestha

    All I want to say to this author is …. Great, creating division among unity. We celebrate all festive because we respect others. I think your article lacks that on every corner of your writing. Amen! 🙂

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    लेखक को सोचाइ अधिकांस बिदेसिएका नेपालि सग सहमत हुने देखिन्छ । तर म दुबिधामा आफुलाई पाउछु , नेपालीलाई राम, कृष्ण , सिब ले सुख संकट बाट बचाउने हो कि , जिजस ले हो कि , बुद्द ले होकी ? इन्डियन को ब्यबहार हेर्दा राम , कृष्ण , सिब उनीहरुको पेवा हो , धोति सोतिलागाउने उनीहरु सग नजिक जस्तो । बुद्द लाइ पनि उनीहरु हाम्रो भान्छा , हामि हाम्रो भान्छाम , तनाब छ यहा । जिजस ले उनी खैरे हरुलाई त् राम्रो हेर्न भ्याएको छैन , दुखि छन् त् हामि ब्राउन स्किन लाइ के हेर्छ ? अल्लाह ले मिडल इस्ट हल्लाको छ , हामि जस्ता छाला का पनि पछि लागेका छन् ( पाकिस्तानी ) , ४-५ सय बर्स देखि दिन को तिन चार पल्ल्ट जमिन ढोक्छ ,प्रार्थना गर्छ , उतैतिर झन् काट मार छ , मान्छे झन् दुखि देखिन्छन ।
    तेसैले कहिले कहीसोच्छु , हामीले हाम्रो भन्ने के सचिकै हाम्रो हो ? हाम्रा सन्ततिले दिन को दस चोटी राम भनेर बगलीमा छुरा हाल्दा , कमसे कम राम त् भनेछ , भनेर गर्ब गर्ने कि बगलीमा छुरा हालेको मा दुख मनाउने ?
    इन्डिया , मोदी जसले आफूभन्दा बलियो अमेरिका , र बिस्व को अगि राम को कुरा गर्छ , साधु सन्त को कुरा गर्छ, गान्दिबाद भन्छ , तेही फेरी नेपालि लाइ पाए , उसको देश को सिमा मिचिदिये पनि हुने , उसको घर भित्र पसेर राजनीतिक , सैक्षिक , धार्मिक , सामाजिक हस्तछेप गरे हुने , उसको प्राकृतिक सम्पदा लुटे हुने , उसको बिकास मा हस्तछेप गरे हुने ?
    तेसैले राम उता छ , एता त् हराम छ ?
    तर अफसोच मान्न पर्ने अबस्था छ , धेर्म , कल्चर , देउता उतैतिर को छ ।
    मेरो भनाइ को सार चै मान्छे ले आफ्नो सुबिधाको लाइ घर बनायो , महल बनायो , हबाइजहाज बनायो , सेल फोन बनायो तेस्तै दुख विपद बाट परेको बेला जोगाउला बा ढुक्क भएर बस्न पाइएला भनेर भगवान बनायो ?
    यदि भगवान नै चाहिने हो भने , त् के इन्डियन ब्राण्ड नै प्रयोग गर्न पर्छ भन्ने छ ?
    म लाइत साथीभाई मुस्लिम छ भने मस्जिद पनि जाने , क्रिस्चियन छ भने चर्च पनि जाने , रमाइलो हेर्न , प्रसाद खान मन्दिर पनि जाने ।
    तेसैले नेपालि जुन माहोल मा बसेको छ , तेही माहोल मा मिलेर बसुन , क्रिसमस मनाउन , इद मनाउन । आफु आफु भेट्दा दसैँ तिहार मनाउन । आजको मितिमा म लाइ त् येस्तै लाग्छ । अरुको बिचार मेरो सग न मिल्न सक्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • prithvi nepali

    एकदम सही कुरो । नेपालीहरुले एक आपस मै, नेपाली समुदाय भित्रै “मेरी क्रिस्मस” भनेको “पोइला गएकी श्रीमतीले घोर्ले छोरो पाइ” भनेर गर्व गरे जस्तै हो भन्दा हुन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Krishna

    Jesus christ was born on end of September I think

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Pratik Pradhan

    Merry Christmas everyone,

    Hope by now, the author has changed his viewpoint.

    By celebrating Christmas, you will not be a Christian. Neither you will forget your culture or tradition.

    I am Buddhist. Born and brought up in Nepal so celebrated all Hindu festivals.

    In regards to Seasons greetings, it is political correctness not to offend people who do not celebrate Christmas. As far as I know Nepalese people are very liberal and open minded.

    Like many people, I celebrate Christmas as an occasion not as a religious festival and yes off course I celebrate Dashain and Tihar too.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Prakash_Edm_Canada

    The reason American and Canadian people say “Happy Holiday” is not because they don’t have faith in Christianity or any religion, it is in fact, just to be a “politically correct”. Both USA and Canada’s constitution prohibits government funding, interests and favour to any particular religion or religious activities. It is illegal for government staff, political people to favor one particular religion or speak on behalf of one particular religion during office hours, thus during this time they say “Happy Holidays” so that they are politically correct or legal. Rest who does not own government or political position say Marry Christmas. Plus, Boxing Day is not a day for discount, this day when (back then) rich people give away unwanted gifts and foods to poor people mainly their servants and slaves putting these items in a box (most popular was shoebox).

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Prakash_P_Edm_Canada

  • Shyan Pandey

    हामी बिदेशमा बस्ने नेपालीहरुले आफ्नो मौलिक चाडहरु दशैं, तिहार, ल्होसार, बुद्धपूर्णिमा, शिवरात्री, रामनवमी, कृष्णाष्टमि, छैठ, गठेमंगल, इन्द्रजात्रा, फागु पूर्णिमा लगायत अन्य नेपालमा मनाइने चाड पर्वहरुका वारेमा बिदेशमा बसेपनि आफ्ना सन्ततिहरुलाई सिकाएमा, जानकारी गराएमा हाम्रो परम्परा, संस्कृतिको जगेर्ना केहि पुस्ताकालागि भएपनि रहने थियो । अर्काको देखासिखी गरेर आफ्नो रुटलाई लत्याउनु हुन्न, आफ्नो पहिचान भनेको आफ्नो रुट, आफ्नो संस्कृति, आफ्नो भाषा हो । अरुको धर्म संस्कृतिलाई आदर गरौं र आफ्नो धर्म संस्कृतिको जगेर्ना गरौं यहि नै सबै बुद्धिमानीको कर्तव्यहो जस्तो लाग्दछ ।

    Tapai le kati jana nepali family chinnu bhayeko chha prabas ma? kati jana family le dashain namanai christmas matra manaunchhan? Yeha lai katti ko hekka bhayo, sabai family members ko ekai choti bida hune bhaneko yestai samaya ma ho. Dashain ma ta student ko exam parirako huncha ani kaamdaari ko kaam. Samanya jaankari samma ta thikai thiyo tara yesma aadharhin niskarsha nikalera feri maafi maagnu haasyadpad bhayo. Merry christmas bhandai ma galat hoidaina. Christianity ko kati wota domination tapai lai thaha chha?

    विदेशमा बसोबास गर्ने कतिपय क्रिश्चियन धर्म नमान्ने नेपालीहरुपनि क्रिश्चियनहरु जस्तै घर घरमा क्रिसमस ट्रि राख्ने र सजाउने गर्दछन् । पहिलो पुस्ताका नेपालीहरुले समेत आफ्ना बच्चाहरुलाई यो हाम्रो चाड हैन तर हामी यहाबसोबास गरेको हुनाले, घुमौ फिरौं, नयां लुगा कपडा, सामान किनौं, साथीभाई आफन्त मिली संगै खाना खाऔं तर क्रिसमस ट्रि चाई घरमा ल्याउन हुन्न भन्न सक्दैनन । आफ्नो धर्म संस्कृति बच्चाहरुलाई सिकाउन दशैंको टिकाको एक दिन विदालिई यसको महत्ववारेमा बच्चाहरुलाई सिकाउन सक्दैनन । तर क्रिसमस ट्रि घरमा ल्याएमा विदेशी भइन्छ भन्ने त्यस्ता नेपालीहरुलाई भ्रम परेको हुन सक्छ । दुईचार बर्ष नेपाल छोडेर बिदेशमा बस्नेहरुको यो चाल छ भने विदेशमा जन्मेका वा यहिं हुर्केका दोश्रो पुस्तादेखि के हुनेहो अचम्म लाग्दछ ।

    khai. kata gayera yesto drishya hernu bhako hola? christmas tree ko kati parchha yeha lai shayad thaha nahola. Yeta tira manchhe le dhashain ma ta sel pakaudainan, christmas ma tree lyayera rakhnu ta para ko kura bhayo. Ali besi nai bhawana ma bahera lekhnu bhayeko lekh lagyo. Dashain ma sel khayera ani tihar ma chai ghar lipera laxmi puja garera chahi nepali bhainchha? Prabas ma basne dherai nepali haru ajhai pani tapai jastai daridra manasikta bata grasit chhan. Gyan chachhu kholnus ani hernus, tapai le dekheko nepali samaj pariwartit bhaisakyo, tapaile bujheko nepalipana ko paribhasha ferisakyo. Antya ma tapailai euta geet dedicate garna chahanchhu,
    “chaubandi ma patuki badhya chaina bhandai ma….
    malai nepali haina bhanna kaha painchha??”

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ratna

    घत लाग्दो लेखको निम्ति लेखकलाई धन्यवाद । दुइटा कुरा प्याच्च भनुम है – (१) जिसस क्राइस्ट अर्थात् येशु मसीहा भगवान् होइनन्, उनले खुदै भनेका छन पनि, उनि परमात्मा (भगवान्) सम्म पुग्ने एउटा सीड़ी मात्र हुन् (२) उनको जन्म २५ डिसेम्बरमा भएको होइन । उनको जन्म कहिले भएको हो त्यसमा एकमत छैन तर कहाँ भएको हो त्यो त सबैलाई थाहा नै छ । हालै लण्डनको दि इभ्निङ्ग स्ट्यान्डार्ड दैनिकमा एकजना विद्ले लेखेका छन, पुरानो वर्षको समापन जिससलाई सम्झेर मनाउन र नया वर्षको स्वागत गर्न २५ डिसेम्बर उपयुक्त मिति चयन भएको हुनुपर्छ रे, तर उनले पनि भनेका छन सो दिन मसीहाको जन्मदिन चाहिँ होईन । जे होस्, बाइबल राम्रो ग्रन्थ हो र मसीहाको उपदेश विश्वले मान्छ । तर कुनै पनि धर्म मान्ने अनुयायीहरु कुनै पनि चोखो चाहिं छैनन् । हत्या, हिँसा, बलात्कार, ठगी, डकैती, चोरी, अनैतिक कार्य सबले गर्छन, राष्ट्रपति देखि प्रधान मंत्री, साधु महाराज देखि महन्त, योगी, झाँक्री जो पनि काण्डमा मुछियेकै छन । क्रिसमस चाहिं तर सबैले मनाउँ र नयावर्षमा पुरानो खराब बानी त्यागेर राम्रो राम्रो उपदेशहरुको पालना गरौँ, यसमै मानव र विश्वको कल्याण छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)