केही दिनअघि पर्वत जिल्लाको चित्रे गाउँमा पुगियो। विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई वन्यजन्तु अनुसन्धान तालिमको सिलसिलामा हामी त्यहाँ पुगेका थियौँ। दुई दशक अघिसम्म गाउँ भरिभराउ थियो। आजभोलि बस्ती पातलिएको छ। सुनसान पनि छ। पछिल्लो समय शुरुवात गरिएको घरबास कार्यक्रमले यो सुन्दर गाउँमा सुनमा सुगन्ध थपेको छ। तैपनि वन बढ्दै छ। वन्यजन्तु सहजै देखिन थालेका छन्।
तालिमकै क्रममा सामाजिक सर्वेक्षणको लागि हामी गाउँतिर छिरेका थियौँ। एक जना आमासँग भेट भयो। आमाले दुःख गरेर बनाएको सामुदायिक भवन, हाम्रो तालिमलाई उपलब्ध गराएको एउटा कुखुरा, बजारका मानिसहरू, विषादीको प्रयोग, गाउँको रमाइलो आदिको बारेमा यसरी कुरा गर्नुभयो।
हेर्नुस् यो साढे तीन मिनेटको छोटो भिडिओ ।