यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कपिलवस्तुमा वन्यजन्तुलाई बढ्दो सकस

-प्रशान्त घिमिरे-

शाक्यमुनिहरुको राजधानी र गौतम बुद्ध हुर्किएको कपिलवस्तुले धार्मिक सास्कृतिक इतिहासमा मात्रै होइन प्राकृतिक वर्तमान पनि उत्तिकै महत्व राख्छ। घना जंगल, ठुला ताल तलैया र समथल फाटमा समेटिएको कपिलवस्तु जिल्लामा बन्यजन्तुको प्रचुर सम्भावना रहको छ।

सन् २०१४/१५ मा बाणगङ्गा नदिको किनार, जगदीशपुर ताल र वरपरका जंगलमा दुई महिना स्वचालित क्यामेरा ट्रयाप राखेर बन्यजन्तुको खोजि गरिएको थियो। उक्त अनुशन्धानमा ८ प्रजाति का स्तनधारी बन्यजन्तु फेला परेको साना स्तनधारी बन्यजन्तु सँरक्षण तथा अनुशन्धान फाउन्डेसनका अनुशन्धानकर्ता सागर दाहाल बताउछन। दाहालको अनुशन्धानमा संकटापन्न सुचीमा रहेको दुर्लभ मलहा बिरालो सहित ठुलो निर बिरालो , सानो निर बिरालो, खरायो , जंगली बिरालो, खैरो न्याउरि मुसा, स्यालको तस्बिर खिचिएको थियो। प्रसस्त पानीको स्रोत, खेतबालि र जंगलको समिश्रणले बन्यजन्तुको पारिस्तिथिकी सन्तुलित बनाउन सहयोग गर्ने दाहालको आंकलन छ।


पानीको स्रोत नजिक भेटिएको निलगाईको बच्चा

हालै सन् २०१८/१९ मा पनि कपिलवस्तुको त्यसै क्षेत्र लगाएत चुरेको फेदीबाट तौलीहवा सम्मको बाणगङ्गा खोला र वरपरको जंगलमा स्वचालित क्यामरा नै राखी दुई महिना बन्यजन्तु सर्वेक्षण गरिएको थियो। भुवन सिह बिस्टको नेत्रित्वमा गरिएको उक्त अनुशन्धानले दाहालले भेटे बाहेक अन्य आठ स्तनधारी बन्यजन्तु फेला पारेको थियो। अनुशन्धानकर्ता बिस्ट भन्छन “ हामीले चितुवा सहित गाजले निरबिरालो, निलगाई, चित्तल, दुम्सी, आसामी बादर,लंगुर पनि भेट्यौ‘’। उक्त अनुशन्धानमा मलाह बिरालो नभेटिनुले चिन्तित बनाएको बिस्ट बताउछन। “ यसले पक्कै राम्रो संकेत गरेको छैन, हामीले नभेटाउनुले यसको संख्या घटेको हुनसक्ने संकेत दिएको छ “ बिस्ट भन्छन। खोलाको आसपासमा मान्छेहरुको निकै आवत जावत छ । राति पनि मान्छे हिडेको क्यामरामा फोटो खिचिएको छ त्यो नै बन्यजन्तुको लागि एउटा खतरा हो। अनुशन्धानकै बेला जंगलमा बन्दुक पड्काएको आवाज सुनिथ्यो, खोलामा बिजुलीमात्र होइन, बिष समेत प्रयोग गरि माछा मारिन्छ। संरक्षित क्षेत्र बाहिर यो सबै एकै पटक रोक्न सम्भव पनि छैन, त्यसैले जनचेतना फैलाउनु र जिबिकापार्जनसंग सँरक्षणलाई जोड्नु नै यसको उपाए हुनसक्ने बिस्टको ठम्याई छ ।


राति १ बजे क्यामरा ट्रयापमा परेको चितुवा

गान्दिभ काफ्लेको २००९ को रिपोर्टले नेपालमा पाइने तिनै प्रजातिका ओत कपिलवस्तुमा पाइने लेखेको भएपनि अहिले सम्म नभेटिएकोमा चिन्तित रहेको दाहाल बताउछन। उनि भन्छन अझै पनि बासस्थान व्यवस्थापनमा जोड दिएनौ भने मलाह बिरालोपनि स्थानिय रुपमा लोप हुनसक्ने ठुलो खतरा छ । २०१३ सम्म बाघ रहेको संकेत पनि फेला परेको कपिलवस्तुमा अहिले त्यस्तो कुनै सूचना छैन।

बन्यजन्तुको बासस्थान सँरक्षण गर्ने, चोरी सिकारी नियन्त्रण र उद्दारमा निरन्तर काम गरिरहेको डिभिजन बन कार्यलय कपिलवस्तुका सुचना अधिकृत मदन मोहन सानडिल्या बताउछन। उनि अनुशन्धानकर्ता तथा बिज्ञहरुले बन्यजन्तुलाई देखिएको खतराबारे डिभिजन बनसंग छलफल गरे सँरक्षणको बाटो खोज्न सजिलो हुनेमा जोड दिन्छन। यसो त सँरक्षण क्षेत्र बाहिर बन्यजन्तुको सम्रक्षण गर्न हम्मे हम्मे नै छ। बासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण र सँरक्षण सचेतनाका कार्यक्रम नै कम हुनु बन्यजन्तु सँरक्षणलाई ठुलो चुनौती रहको छ ।

संरक्षित क्षेत्र भित्रका बाघ, गैडा र हिऊ चितुवा जस्ता बन्यजन्तुमा सरकारि एवंम अन्य गैरसरकारी निकायले ठुलो लगानी गरेका छन्। तर त्यो बाहेक अन्य क्षेत्रमा भने अलिक कम चासो देखिन्छ। यदि समयमै कपिलवस्तु जस्ता बन्यजन्तुको प्रचुर सम्भावना बोकेका ठाउहरुमा प्रयाप्त लगानीमा अनुशन्धान एवंम सँरक्षण गर्न सकियो भने रास्ट्रिय सँरक्षण उदेश्य पुरा हुन्थ्यो कि ?

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)