पशुपतिनाथको मन्दिर कयौँ पटक पुगिसक्नुभएकोहरुलाई पनि पशुपतिको छायाँ दर्शन भनेको थाहा नहुनसक्छ। मैले पनि दुई वर्षअघि पहिलो पटक हेरेको थिएँ। वर्षमा एकपटक मात्र गरिने भएकोले धेरैलाई थाहा नभएको हुनसक्छ। राम्रो खालको पात्रो (जस्तै तोयनाथ पञ्चाङ्गको पात्रो) छ भने त्यसमा लेखिएको हुन्छ कुन दिन यस्तो छायाँ दर्शन हुन्छ भन्ने। अचेल त हाम्रोपात्रो एपमा पनि यसबारे जानकारी राखिएको हुन्छ। माघ शुक्ल चतुर्दशीको दिन छायाँ दर्शन गराइन्छ। सम्झन सजिलोका लागि स्वस्थानी व्रत कथा जुन दिन टुङ्गिने हो, त्यसको अघिल्लो दिन। अर्थात् शनिबार थियो यो वर्षको छायाँ दर्शन।
आज सबैभन्दा पहिला पशुपतिको मूलद्वार अर्थात् शिवको वाहन नन्दीको विशाल मूर्ति भएको ठाउँ अगाडिको ढोकामा राखिएको भर्याङमा चढेर शिवलिङ्ग दर्शन गरियो। यो दिन विशेष पूजा गरी शिवलिङ्गलाई सजाएर मुकुट लगाइने रहेछ। स्थानीय धोबीखोलादेखि पूर्व तथा बाग्मती नदीदेखि पश्चिममा जन्मिएका स्थानीय नेवार समुदायले यो कार्यको समन्वय गर्ने परम्परा रहेछ।
विशेष देखिएको थियो शिवलिङ्ग। विशेष किसिमको शृङ्गार थियो, शिवलिङ्गमा आँखा बनाइएको थियो र माथिपट्टी विशेष किसिमको मुकुट लगाइएको थियो। पशुपतिनाथ मन्दिरभित्र फोटो/भिडियो खिच्न निषेध हुनाले यो हेर्न आफै पुग्नुपर्छ। लिङ्ग मात्र नभई आँखासहितको मूर्ति जस्तो थियो आज पशुपतिको शिवलिङ्ग।
छायाँ दर्शन भने त्यहाँ गराइँदैन। यसका लागि मन्दिरको दक्षिण ढोका जानु पर्ने रहेछ। यो ढोकाको बाहिर तलपट्टी वर्गाकार तामाको पाता रहेछ जसलाई धर्मशिला भनिन्छ। त्यसैमा पानी भरिने रहेछ। त्यही पानीमा पशुपतिनाथको मूर्तिको छायाँ देखिँदो रहेछ।
छायाँ दर्शन दिउँसोदेखि साँझ आरती नहुँदासम्म गरिन्छ। दुई वर्षअघि हामी साँझतिर पुगेका थियौँ। धेरै भिड थिएन, त्यसैले दुई पटक लाइन बसेर छायाँ दर्शन गर्न पाइएको थियो। आज भने दिउँसो ४ बजेतिर पुगेकोले लाइन लामो थियो। छायाँ दर्शन गर्न मन छ र लामो लाइन बस्न मन छैन भने मेरो सुझाव साँझ आरती हुनुभन्दा अघिको समय मिलाएर पुग्नुस्, धेरै लाइन बस्न पर्दैन।
लाइन लामो भएकोले म मन्दिर वरपर नै डुलेर त्यहाँको चर्तिकला हेर्दै थिएँ। पुजारीको चर्तिकला रमाइलो लाग्यो। पशुपतिमा मूल पुजारी भारतीय हुन्छन्। अरु भने नेपाली हुन्छन्। त्यस्तै एक नेपाली पुजारी दक्षिण ढोकामा बसेर आफ्ना चिनजानकालाई लामो लाइन छलेर छोटो बाटोबाट आउन सहजीकरण गरिरहेका थिए। दायाँ पट्टी लामो लाइन थियो, उनी बायाँ पट्टीबाट प्रहरीलाई भन्दै आफ्नो चिनजानकालाई भित्र आउन भन्थे। प्रहरी पनि पुजारीले भनेपछि जान दिन्थ्यो। त्यसो त प्रहरीकै चिनजानको आउँदा पनि उसले ठाउँ छाडिदिन्थ्यो नै।
अझ रमाइलो त एक भारतीय जोडी आउँदा भयो। पहिले एक जना नेपालीले पुजारीलाई भेटे। त्यसपछि पुजारी आफैले ती जोडीलाई लाइन बस्न नपर्ने चोर बाटोबाट छिराए। म अगाडि बसेर हेरिरहेको थिएँ। पहिले केटाले हेर्यो। केटी लाइन बसेर आउनेहरुको अलि भिड भएकोले जान हिच्किचाइरहेकी थिइन्। तर पुजारी आफैले जोडबल गरेर अगाडि पठाए। दुवैले दर्शन गरिसकेपछि केटीले ब्यागबाट दुई वटा हो कि तीन वटा रातो नोट निकालेर पुजारीलाई दिइन्। त्यो भनेको दुई हजार रुपैयाँको भारतीय नोट। पुजारीले त्यसलाई गोजीमा राखे। यता लाइनमा भने बूढाबूढीहरु पनि बसिरहेका थिए।
मन्दिरमा पुजारीको यो चर्तिकला हेरेर रमाइलो लाग्यो। यसपालि छायाँ दर्शन गरिएन, मान्छेको मनमा रहेको लोभको छायाँ दर्शन गरियो। फेरि एक पटक मूल ढोकाबाटै भर्याङ चढेर पशुपतिको मूर्ति दर्शन गरी फर्किएँ।
पशुपतिनाथ मन्दिर हिन्दूहरुको लागि पवित्र तीर्थ स्थल मानिए पनि बौद्ध धर्मावलम्बीहरुले पनि बोधिसत्व अवलोकितेश्वरका रुपमा मान्ने गर्छन्। वर्षमा एक पटक बौद्ध धर्मावलम्बीहरुलाई पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा बोधिसत्वको मुकुट राख्न दिइन्छ। छायाँ दर्शनको दिन राखिने मुकुट र यो मुकुट फरक हो। बोधिसत्वको मुकुट राखिने दिन बखुमद अष्टमी हो। यसलाई मुखाष्टमी पनि भन्ने गरिन्छ। यो मुकुटमा पञ्चबुद्ध अंकित हुन्छ। यो वर्ष गएको मंसिर १८ गते यो परम्परा अनुसारको पूजा सम्पन्न भइसकेको छ।
केहि बिसय नौला लागे यो ब्लग पढ्दा खेरि
१) लिङ्ग मा पनि आँखा , लिङ्गमा आखा राख्ने तात्पर्य के हो ? आखा न भए गलत ठाउमा प्रवेश गर्ला भन्न खोजेको हो कि ?
२) पुजारीले घुस लिएर भगवान को नजिक पठाउने ? यो त् पैसा लिएर सेलेब्रेती भेटे जस्तो भएन ।
जब येस्ता कुरा सुन्न मा आउछा , बचेखुचेको धार्मिक आस्था पनि सेलाएर जान्छ ।
यसपालि छायाँ दर्शन गरिएन, मान्छेको मनमा रहेको लोभको छायाँ दर्शन गरियो।
भनाईले मन छोयो।
पशुपतिनाथले कल्याण गरून्।
नेपाल घुसैघुस घुसपैठ को मारामार छ पशुपति पनि घुसखोरीले सधै गरिव
कृति र् कर्तुतले को के हो त्यो भन्छ। मन्दिरामा रखिन्दैमा ईस्वरको मुर्ति हुँदैन। त्यस्तो दच्छिणा खोर लाई मुलभत्त भनेर मुलभत्त हुँदैन। प्रचन्द्रले पसुपतिमा भारतीय चोटटा मुलभत्त हुने ब्यब्स्था खारेज गरेर नेपाली ब्राम्हन मुलभत्त हुने बनाय। नेपाली मुलभत्त बने पछी पसुपतिमा मुलभत्त हुने भरतिय् मुलभत्त होईन दच्छिणा खोर भयको सबैले थाहा पायो। तर नेपाली काङ्रेसका नेताहरु पसुपतिमा भारतिय् नै मुलभत्त हुनु पर्छ भनेर सदकमा बिबेक र् राष्ट्रवादको कट्टु फुकालेर नाङो तान्दव नाच नाचे। अनि नेपालको पसुपति नाथको मन्दिर पनि धार्मिक कालापानि बन्यो। तव काङ्रेसी चुप बसे; कालापानिमा भारतिय् सेना तैनाथ गर्दा चुप बसे जस्तै।
पञ्चायत कालमा जोगमेहर गृह मन्त्री बनेको बेला पसुपतिमा धन सोहर्ने काल सकायर भारत फर्कन लागेको दच्छिनाखोरले ५२ वता ठुला ठुला सुतकेस बिमानस्थल बाट लग्न लागेकोमा भन्सारले नजान्ची लग्न नदिने भने पछी तत्कालै लैनचोरको अघोसित सम्राट त्याहा पुगेर ती बाकशहरुमा कुतनैतीक छाप लगायर भन्सार जान्छ गर्न नपाउने गरी भारत लग्न दियो।
पसुपतिको कोश नेपालको राजाहरुले समेटा सापती लिने कोस हो। के त्यहा त्यो कोस बाँकी छ्? तेस्को जान्छ गर्नु पर्दैन; हिसाव राख्नु पर्दैन? राज्यले पदाधिकारी नियुक्त हुने पसुपतिको मन्दिर राज्यको मन्दिर हो कसैको निजी मन्दिर होईन।पसुपतिमा त्यो दच्छिणा खोर भारतिय् को राजाई चल्नु नेपालको धार्मिक सार्वभौम सत्ताको नाङो अपमान हो।